झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, १५ साउन । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशभर आंशिकदेखि साधरणतया बदली रहेको छ । बागमती प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ । आज दिउँसो देशभर साधरणतया बदली रहने छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा मधेस प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। आज राति कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघ चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको…

Read More

फुङ्लिङ, १५ साउन । ताप्लेजुङ जिल्लामा हिउँचितुवाले चौँरी तथा याकलाई आक्रमण गर्नेक्रम बढ्दै गएको छ । गत वर्ष आर्थिक वर्ष २०८०–८१ मा कञ्चनजङ्घा संरक्षण क्षेत्रबाट निस्केका चितुवाले किसानले गोठमा पालेका १६ याक मारिदिएको थियो । कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्को कार्यालयका अनुसार फक्ताङलुङ गाउँपालिका–७ याङ्माका आङ्मु शेर्पा, गोम्बो शेर्पा, नाम्ग्या शेर्पा, छिरिङ शेर्पा, झम्जुक शेर्पा, छिमिदोर्जे शेर्पा, छेतेन टासी शेर्पा, भोमो शेर्पा र तेन्जिङ शेर्पाले पालेको याक हिउँचितुवाले आक्रमण गरी क्षति पुर्याएको हो । उच्च हिमाली क्षेत्रका किसानको मुख्य आम्दानीको स्रोतका रूपमा रहेका याक पालन नै रहेको छ । कार्यालयका सचिव मनकुमार लिम्बूले हिउँचितुवाबाट आक्रमण भई क्षति भएका याकको प्रविधिक…

Read More

ताप्लेजुङ, १५ साउन । ताप्लेजुङमा अवस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा ९मुकमलुङ० मा सङ्कलन भएको रु आठ करोड बढी भेटी रकम मौज्दात रहेको छ । पाथीभरा क्षेत्र विकास समितिको नाममा हालसम्म सङ्कलन भएको उक्त भेटी रकम मौज्दात रहेको हो । पाथीभरा क्षेत्र विकास समितिको वार्षिक प्रतिवेदनअनुसार हालसम्म कूल रु आठ करोड १३ लाख ७९ हजार तीन सय ६३ भेटी रकम मौज्दात रहेको जनाइएको छ । समितिले पाथीभरा क्षेत्रमा विभिन्न संरचना निर्माण तथा भौतिक पूर्वाधार योजनामा भएको खर्च, कर्मचारी पारिश्रमिक र अन्य खर्च कटाएर भेटीवापत सङ्कलन भएको उक्त रकम समितिसँग मौज्दात रहेको समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङले बताए । गत आर्थिक वर्ष २०८०–८१…

Read More

कनकाई, १५ साउन । झापाको कनकाई नगरपालिकाले विद्युतीय गाडी खरीद गरेको छ । कामको सिलसिलामा भाडाको गाडी प्रयोग गर्दै आएको नगरपालिकाले सोको अन्त्यका लागि गाडी खरीद गरेको हो । इन्धन खपतमा न्यूनीकरण गर्ने र विद्युतीय गाडीको प्रबद्धन गर्ने सरकारी योजना अनुरुप नै नगरले विद्युतीय गाडी खरीद गरेको नगरपालिकाले जनाएको छ । नगरको कामका लागि गाडी अपुग भएर भाडामा ल्याउनु पर्ने भएपछि त्यसको अन्त्यका लागि जनप्रतिनिधि निर्वाचित भएर आएको करिब ७ वर्षपछि पहिलो पटक सानो विद्युतीय गाडी किनिएको नगरका रहेको निमित्त प्रमुख प्रशासकीय अधिकृत जमुना कटुवालले बताउनुभयो । आर्थिक वर्षको सुरुवाति चरणमा गाडी नचाहिने भए पनि आर्थिक वर्षको अन्त्यतिर २–३ महिनामा…

Read More

बनियानी, १४ साउन । झापाको कचनकवल गाउँपालिकामा आज एक युवतीले झुन्डिएर आत्महत्या गरेकी छिन् । सोमबार साँझ कचनकवल गाउँपालिका–७ स्थित बालुबाडीकी २१ वर्षीया छोरी करुणा राजवंशीले आफ्नै कोठाको बलोमा झुन्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार उनकी आमाले उनलाई झुन्डिएको अवस्थामा भेटेपछि पासो काटेर प्रादेशिक अस्पताल लगिएको थियो । अस्पतालले उनलाई उपचारको क्रममा साँझ ७:३५ बजे मृत घोषित गरेको थियो । आत्महत्याको कारण खुलेको छैन भने प्रहरीले थप अनुसन्धान अघि बढाएको छ ।

Read More

झापा, १४ साउन । मुस्ताङमा तालुधर्से अर्जुनक नामको नयाँ प्रजातिको चरा भेटिएको छ । चराविद् सञ्जय था श्रेष्ठ र शङ्कर तिवारीले उपल्लो मुस्ताङको समर क्षेत्रमा नयाँ प्रजातिको चरा फेला पार्नुभएको नेपाल पन्छीविद् सङ्घले जनाएको छ । नेपाल बर्ड रेकर्ड कमिटी (चरा अभिलेख तथा प्रमाणीकरण गर्ने समिति) का अध्यक्ष डा तुल्सी सुवेदीले श्रेष्ठ र तिवारीले उक्त तिनधर्से अर्जुनक जातको चरा नेपालमा पहिलो पटक भेटिएको विज्ञप्तिमार्फत जानकारी दिनुभयो । स्पोटेड फ्लाइक्याचर (Spotted Flycatcher) अङ्ग्रेजी नाम भएको उक्त चराको वैज्ञानिक नाम मुसिकापा स्ट्रिएटा (Muscicapa Striata) रहेको कमिटीका अध्यक्ष सुवेदीले जानकारी दिनुभयो । समुन्द्री सतहबाट तीन हजार छ सय ५० मिटर उचाइमा यही साउन २…

Read More

दाङ, १४ साउन । श्रीमानले फलामको रड प्रहारबाट दाङमा श्रीमतीको मृत्यु भएको छ । राजपुर गाउँपालिका–१ रसरी खोलाका ३८ वर्षीय गणेश घर्तीले आफ्नो श्रीमती ३७ वर्षीय बसन्ती घर्तीको फलामको रड प्रहार गरी हत्या गरेको अभियोगमा घटनास्थलबाट नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक कालिका कार्कीले जानकारी दिनुभयो । दुवै जना आइतबार बेलुका सँगै खाना खाएर कोठामा सुत्न गएका थिए । तर बिहान अबेरसम्म घरको ढोका नखुलेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले घरको ढोका खोलेर हेर्दा फलामको रडले टाउकोमा प्रहार गरी श्रीमती हत्या गरेको, श्रीमान् गणेशलाई फलामको रड सहित सोही कोठाबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । मदिरा सेवन गरेर श्रीमान्–श्रीमतीको विचमा…

Read More

भद्रपुर, १४ साउन । फुटबलका पूर्व राष्ट्रिय खेलाडी गम्भीर राईको हृदयघातको कारण निधन भएको छ । झापाको भद्रपुर–१० चन्द्रगढी बजार निवासी ५६ वर्षीय राईको उपचारको क्रममा विर्तामोडस्थित बीएण्डसी हस्पिटलमा हिजो बेलुका निधन भएको हो । केही दिनदेखि अस्वस्थ रहनुभएका राई लामो समयदेखि मधुमेह रोगको औषधि सेवन गरिरहनु भएको पारिवारिक स्रोतले जनाएको छ । २०२५ साल फागुन ५ गते जन्मनुभएका राई यु १६, यु १९ र नेपाल युथ फुटबल टिमको सदस्य हुनुहुन्थ्यो भने एनआरटी, जनकपुर चुरोट कारखाना र मनाङ मर्स्याङ्दीजस्ता चर्चित क्लबमा आबद्ध रही राष्ट्रिय–अन्तर्राष्ट्रिय खेलहरुमा सहभागी हुनुभएको थियो । झापा जिल्ला फुटबल संघको उपाध्यक्ष र सदस्य पदको जिम्मेवारी सम्हालिसक्नुभएका राईले…

Read More

भद्रपुर, १४ साउन । भद्रगोल अवस्थामा चलिरहेका संस्थागत विद्यालयले वर्तमान कानुन विपरित गरिरहेका कृयाकलाप नियन्त्रणको माग राख्दै सरोकारवाला कार्यालयमा माग पत्र पेश गरिएको छ । निजी विद्यालय पीडित शिक्षक संघर्ष समिति झापाले भद्रगोल अवस्थामा चलिरहेका निजी विद्यालयहरुलाई नियम संगत बनाउन माग राखेर जिल्ला प्रशासन कर्यलय झापा, श्रम तथा रोजगार कार्यलय, भद्रपुर नगरपालिका र शिक्षा विकास समन्वय इकाई झापामा ध्यानाकर्षण पत्र बुझाएको हो । संयोजक नितेश सिंहको नेतृत्वमा गएको प्रताडित शिक्षक कर्मचारीको टोलीले ज्ञापनपत्र बुझाएको थियो । पछिल्लो समय झापामा रहेका अधिकाम्स निजी विद्यालयले श्रम ऐनमा प्रष्ट लेखिएको दरबन्दी सिर्जना प्रकृया उंलग्घन गर्दै स्थायी र अस्थायी दरबन्दी एउटा पनि कार्यान्वयन गरेका…

Read More

कचनकवल, १४ साउन । कचनकवल गाउँपालिका–१ स्थित डाकुपाडामा रहेको भुतेश्वर शिव मन्दिरमा सावन पर्व (बोलबम) मेला २०५६ सालदेखि प्रारम्भ गरिएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।  मन्दिर व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मण सिंह राजवंशीका अनुसार शिव मन्दिरको स्थापना २०१२ सालमा गरिएको थियो । स्व. वैद्यनाथ राजवंशीले उपलब्ध गराएको २ बिगाहा १६ कट्ठा जमिनमध्ये १ बिगाहा १६ कट्ठा मन्दिरको लागि र १ बिगाहा स्थानीय आर्यघाट व्यवस्थापनको लागि छुट्टाइएको गाउँपालिका उपाध्यक्ष नवराज भट्टराईले बताउनुभयो ।  पालिका, प्रदेश र विभिन्न दाताहरूको सहयोगमा भुतेश्वर महादेवको शिव मन्दिरलाई पर्यटकीय स्थलको रूपमा विकास गरिएको छ। मन्दिर व्यवस्थापन समितिका पूर्व अध्यक्ष पदमलाल राजवंशीले बताए अनुसार, २०१२ सालमा दुई…

Read More