झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

बिर्तामोड, १४ साउन । नेपाल महिला संघ झापाले झापाका पाँचवटै क्षेत्रमा क्षेत्रस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ । नेपाल महिला संघ झापाका अध्यक्ष टिकादेवी सिटौला मैनालीको अध्यक्षता र नेपाली कांग्रेस झापाका कार्यबाहक सभापति केशवराज पाण्डेको प्रमुख आतिथ्यमा सम्पन्न बैठकले भदौ २ गतेदेखि ७ गतेसम्म प्रशिक्षण सञ्चालन गर्ने निर्णय गरेको हो । जस अन्तरगत भदौ २ गते क्षेत्र नं–१ मा, भदौं ४ गते क्षेत्र नं–२ मा भदौ–५ गते क्षेत्र नं–३ मा भदौ–६ गते क्षेत्र नं–४ मा र भदौ–७ गते क्षेत्र नं–५ मा क्षेत्रस्तरीय प्रशिक्षण सम्पन्न गर्ने निर्णय भएको सचिव उर्मिला ढकाल पोखरेलले जानकारी दिनुभयो । महिलाहरुको नेतृत्व विकास, महिला…

Read More

भद्रपुर, १४ साउन । झापाको बुद्धशान्ति गाउँपालिकाबाट लागुऔषध ब्राउनसुगरसहित प्रहरीले दुई युवालाई पक्राउ गरेको छ । बुद्वशान्ति–४ सट्टाभर्नामा लागुऔषध कारोबार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरी टोलीले आइतबार बेलुका सोही स्थानका २५ वर्षीय सम्बर राईलाई शंका लागि चेकचाँच गर्दा उनको साथबाट प्लाष्टिकबाहेक १ ग्राम ५३० मिलिग्राम ब्राउनसुगर फेला परेकोले छ । सम्बरसँगै कोठामा रहेको उनका भाइ २३ वर्षीय सुरेन्द्र राई समेतलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय धुलाबारीमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Read More

झापा, १४ साउन । आज साउन महिनाको दोस्रो सोमबार । झापाको विभिन्न शिवालयमा बिहानैदेखि दर्शनार्थीको भीड लागेको छ । साउन महिनाका प्रत्येक सोमबार व्रत बस्ने र शिव मन्दिरमा दूध र जल चढाई पूजा गर्ने प्रचलन छ । यसरी पूजा गरेमा मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास छ । साउने सोमबारलाई अत्यन्त शुभ मानिन्छ । यस वर्षको साउन महिनामा चार सोमबार परेका छन् । हरेक सोमबारमा व्रत बसेर महिला र पुरुषहरूले शिवको भक्तिपूर्वक पूजा गर्छन् ।

Read More

झापा, १४ साउन । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार देशभर आंशिक देखि साधारणतया बदली रहने छ। सबै प्रदेशका केही स्थानहरूमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका एक(दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ । मंगलबार पनि देशभर साधारणतया बदली रहने छ। सबै प्रदेशका केही स्थानहरूमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ ।

Read More

झापा, १४ साउन । झापाको बुद्धशान्ति गाउँपालिका–२ स्थित तिरिङ खोलामा अवैध उत्खनन् गर्ने दुई वटा ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । आइतबार दिउँसो इलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरी टोलिले जिल्ला बुद्धशान्ति–२ जयपुरस्थित तिरिङखोलाबाट अवैध रुपमा नदीजन्य पदार्थ बालुवा लोड गरी बुधबारेतर्फ ल्याउँदै गरेको अवस्थामा को २ त ५१८८ र प्र १–०१–००२ त ०११२ नं को ट्याक्टरलाई नियन्त्रणमा लिई आवश्यक कार्बाहीको लागि बुद्धशान्ति गाउँपालिकामा बुझाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Read More

झापा, १४ साउन । पछिल्लो समय युवाहरूमा विदेश जानेमात्र होइन, स्वदेशमै उद्यम गर्नुपर्छ भन्ने मानसिकता पनि विकसित हुँदै गएको छ । विभिन्न तालिम प्रदायक संस्थाबाट तालिम लिई व्यवसाय सञ्चालन गर्दै आएका व्यक्तिहरूको सङ्ख्या पनि बढ्दै गएको छ । प्यारीमाया लिम्बू झापाको बुद्धशान्ति–४ मन्दिरचोकमा ढाकाको उद्यम गर्छिन् । एपिएस ढाका ट्रेनिङ सेन्टरका नाममा घरेलु तथा साना उद्योग चन्द्रगढी झापामा उद्योग दर्ता गराएर उहाँले व्यवसायसँगै ढाकाको क्षेत्रमा काम गर्ने नयाँ व्यक्तिलाई तालिम प्रदान गर्दै आएकी छन् । हालसम्ममा उनले आफ्नो उद्योग र स्थानीय तह, घरेलुलगायत विभिन्न सङ्घसंस्थामार्फत तीन सयभन्दा बढी मानिसलाई ढाकासम्बन्धी तालिम दिइसकेकी छन् । उनी भन्छिन्, “तालिम लिएका अधिकांश व्यक्ति…

Read More

झापा, १३ साउन । झापाको झापा गाउँपालिकामा आज दिउँसो मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा बाबुको मृत्यु भएको छ भने छोरा घाइते भएका छन् । झापा गाउँपालिका–३ फुलगाछी चोक स्थित कुमरखोद–सुरुङ्गा सडक खण्डमा सुरुङ्गाबाट झापा गाउँपालिकातर्फ आउँदै गरेको प्रदेश १–०१–०१६–१६१२ नम्बरको मोटरसाइकल आफँै अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक सोही स्थानका ५४ वर्षीय निजामुदिन मियाँको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिनुभयो । मोटरसाइकल पछाडी सवार उनका छोरा १९ वर्षीय सालेमान मियाँ घाइते भएका छन् । घाइते उनीहरुलाई उपचारको लागि बिर्तासिटी अस्पताल बिर्तामोड पठाएकोमा अस्पताल पु¥याउना निजामुदिनलाई चिकित्सकले चेकजाँच गर्दा मृत्यु भइसकेको बताएका…

Read More

झापा, १३ साउन । श्रीलंका पहिलोपटक एसीसी महिला एसिया कप च्याम्पियन बनेको छ । फाइनलमा भारतविरुद्ध आठ विकेटको जित निकाल्दै श्रीलंका च्याम्पियन बनेको हो । आइतबार दमुल्लामा भएको खेलमा भारतले प्रस्तुत गरेको १६६ रनको लक्ष्य घरेलु टिम श्रीलंकाले १८.४ ओभरमा पूरा गरेको थियो । महिला एसिया कपको इतिहासमा प्रतियोगिताको सबैभन्दा सफल टिम भारतले सातपटक उपाधि जितेको छ । यस्तै, बंगलादेश एकपटक च्याम्पियन बनेको छ ।

Read More

झापा, १३ साउन । पूर्वमन्त्री गोविन्दराज जोशी भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्दै नौ महिना कैद र ६९ लाख १५ हजार रुपैयाँ जरिवाना तोकिएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय विनोद शर्मा र बालकृष्ण ढकालको संयुक्त इजलासले आइतबार उनलाई भ्रष्टाचारी ठहर गरेको हो । उनीमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ०५९ सालमा अनुसन्धान थालेको थियो । ०६० पुस १८ गते जोशीविरुद्ध गैरकानुनी सम्पत्ति आर्जन गरेको भन्दै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको थियो । जोशीलाई तीन करोड ९३ लाख ६२ हजार ५७६ रुपैयाँको बिगो कायम गरी मुद्दा दायर गरिएको थियो ।

Read More

झापा, १३ साउन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जारी पार्टी पदाधिकारी बैठकमा २०८४ को निर्वाचन एक्लै लड्ने र जित्ने योजनाका साथ छलफल भइरहेको बताउनुभएको छ। आइतबार पार्टी केन्द्रीय कार्यालयमा पेरिसडाँडामा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्री एवं अध्यक्ष प्रचण्डले सो कुरा बताउनुभएको हो। अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘पार्टीको पदाधिकारी बैठक चलिरहेको छ। बैठकमा २०८४ को चुनाव एक्लै लड्ने र जित्ने योजनाका साथ छलफल चलिरहेको छ। यस्तो महत्वपूर्ण समयमा तपाईँहरू पार्टीमा आउनुभएको छ। यसले फेरि माओवादीलाई शक्तिशाली बनाएर देशमा सुशासन कायम गर्न महत्वपूर्ण सन्देश दिनेछ।’ उहाँले १८ महिना सरकारको नेतृत्वमा रहँदा सुशासन, सामाजिक न्यायका पक्षमा अहोरात्र काम गरेको…

Read More