
भद्रपुर, १४ साउन । झापाको बुद्धशान्ति गाउँपालिकाबाट लागुऔषध ब्राउनसुगरसहित प्रहरीले दुई युवालाई पक्राउ गरेको छ ।
बुद्वशान्ति–४ सट्टाभर्नामा लागुऔषध कारोबार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरी टोलीले आइतबार बेलुका सोही स्थानका २५ वर्षीय सम्बर राईलाई शंका लागि चेकचाँच गर्दा उनको साथबाट प्लाष्टिकबाहेक १ ग्राम ५३० मिलिग्राम ब्राउनसुगर फेला परेकोले छ ।
सम्बरसँगै कोठामा रहेको उनका भाइ २३ वर्षीय सुरेन्द्र राई समेतलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय धुलाबारीमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



