
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
पाँचथर, २९ मंसिर । पाँचथरको फाल्गुनन्द गाउँपालिका–६ खामेलकका ३६ बर्षीय प्रेमराज आङदेम्बेलाई छुरी प्रहार गरी हत्या गरेको आरोपमा सोही स्थानका ८२ बर्षीय वर्ण सिंह आङदेम्बेलाई प्रहरीले पक्राउ गरेको छ । मंसिर २८ गते वर्ण सिंह आङदेम्बेको घरमा सामान्य बाद विबादको क्रममा प्रेमराज आङदेम्बेलाई छुरी प्रहार गर्दा उनको घट्नास्थलमानै मृत्यु भएको थियो । घटनाको जानकारी प्राप्त हुनसाथ तत्काल प्रहरी चौकी आङसाराङबाट खटिएको प्रहरी टोलीले वर्ण सिंह आङदेम्बेलाई छुरी सहित नियन्त्रणमा लिएको थियो भने कानुनी प्रकृयाको लागि जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरिक्षक अनिश कुमार कर्ण सहितको प्रहरी टोली खटिएको थियो ।
दमक, २८ मङ्सिर । झापाको दमकबाट लागुऔषध खैरो हेराइनसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ। शनिबार साँझ करिब ६ बजे विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले दमक नगरपालिका–५ नारायण टोल निवासी ३१ वर्षीय रणबहादुर मगरलाई लागुऔषधसहित नियन्त्रणमा लिएको हो । प्रहरीले मगरको घर तथा शरीर तलासी गर्दा कोठाभित्र रहेको हेलमेटमा प्लास्टिकमा पोका पारी लुकाइ राखिएको अवस्थामा खैरो हेरोईन २ ग्राम २२० मिलिग्राम बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। साथै, उनको साथबाट नगद रु. २१ हजार ५०० र एक थान मोबाइल फोन पनि फेला परेको छ। बरामद सामग्रीसहित मगरलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय दमकमा ल्याइएको…
उच्च रक्तचाप, मधुमेह, मोटोपना तथा युरिक एसिड जस्ता स्वास्थ्य समस्या व्यक्तिको जीवनशैलीसंग समेत सम्वन्ध राख्दछ । खानपान तथा शारीरिक क्रियाकलापमा सामान्य ध्यान दिँदा यी रोगहरुबाट जोगिन त सकिन्छ नै रोग लागेकै भएपनि नियन्त्रणमा लिन सकिन्छ । डा प्रकाशराज रेग्मीले यी चारवटा स्वास्थ्य समस्याबाट मुक्तहुन केही टिप्सहरु दिएका छन् । हेरौँ ति टिप्सहरु – उच्च रक्तचाप भएकाहरुले ध्यान दिनु पर्ने कुराहरु –नून र चिल्लो पदार्थको सेवन कम गर्ने ।धूमपान, मद्यपान र सूर्तिजन्य पदार्थको सेवन नगर्ने जस्तैः रक्सी, चूरोट, खैनी, सूर्ती आदिमोटोपना घटाउने ।दैनिक ३० मिनेट देखि १ घण्टा हलुका पसिना आउने गरी हिंड्ने ।गहुँ, मकै, कोदो, फापर, गेडागुडी जस्ता रेसादार युक्त…
ब्रसेल्स, २७ मंसिर। युरोपेली सङ्घ (ईयु) ले शुक्रबार रूसी केन्द्रीय बैङ्कका सम्पत्ति कुनै पनि प्रकारले रुस फर्किन नदिने निर्णय गरेको छ । उक्त कदम युक्रेनमा जारी द्वन्द्वलाई दृष्टिगत गर्दै तत्काल लागू गरिएको हो । सङ्घले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, “सङ्घको अर्थतन्त्रमा पर्ने नकारात्मक असर कम गर्न यो निर्णय तत्काल प्रभावका लागि गरिएको हो ।” निर्णय अनुसार, रूसी केन्द्रीय बैङ्कको सम्पत्ति पूर्ण रूपमा प्रतिबन्धित गरिएको छ । यसले रूसी बैङ्कको तर्फबाट वा निर्देशनमा कार्य गर्ने कुनै पनि व्यक्ति, संस्था वा निकायसँग सम्बन्धित लेनदेनलाई पनि समेट्छ । युरोपेली परिषद् अध्यक्ष एन्टोनियो कोस्टाले सामाजिक सञ्जालमा लेख्नुभयो,“अक्टोबरको परिषद् बैठकमा रूसी सम्पत्ति सुरक्षित राख्ने…
फुङलिङ, २७ मङ्सिर । जेनजी आन्दोलनको क्रममा फरार कैदी ताप्लेजुङबाट पक्राउ परेका छन् । जेनजी आन्दोलनको क्रममा काठमाडौँस्थित सुन्धाराको जगन्थान देवल कारागार कार्यालयबाट फरार भएका मिक्वाखोला गाउँपालिका–१ प्रदिप लुङ्वा भन्ने शङ्कर लिम्बू पक्राउ परेका हुन् । लिम्बू कर्तव्य ज्यान मुद्दामा अदालतले १० वर्ष कैद सजाय भुक्तान गरिरहेको सूचना अधिकारी तथा प्रहरी निरीक्षक जटाशङ्कर यादवले जानकारी दिनुभयो । उहाँका अनुसार ३४ वर्षीय लिम्बूलाई शुक्रबार ताप्लेजुङको फुङलिङ नगरपालिका–५, बिरेन्द्र चौकबाट पक्राउ गरिएको हो । पक्राउ परेका फरार कैदीलाई आवश्यक कानुनी कारबाही तथा बाँकी सजाय भुक्तान गराउन आजै कारागार कार्यालय ताप्लेजुङमा पठाइएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जानकारी दिएको छ ।
धनकुटा, २७ मङ्सिर । धनकुटा नगरपालिका–७, स्थित बस पार्कबाट प्रतिबन्धित लागुऔषधसहित छ जनालाई प्रहरीले पक्राउ गरेको छ । शुक्रबार राति करिब ११ बजे प्रतिबन्धित औषधसहित उनिहरुलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा सुनसरी धरान उप–महानगरपालिका–१५, बस्ने बस्ने २० वर्षीय अनिष राई र २० वर्षीय युनिशा तामाङ रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख एसपी शरत कुरमार थापा क्षेत्रीले जानकारी दिनुभयो । यस्तै, धनकुटा नगरपालिका–६, बस्ने १९ वर्षीय मौसम खड्गी, १८ वर्षीय सोनाम, १६ वर्षीय डम्बर राई, र मोरङको रतुवामाई नगरपालिका–६, बस्ने १९ वर्षीयसंजय मगरलाई अनुसन्धानका प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । बसपार्क छेउमा सञ्चालित नानुको होटल एण्ड्र लजमा लागुऔषध कारोबार…
कास्की, २७ मंसिर । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री कुलमान घिसिङले मुलुकलाई दू्रतगतिमा विकासको बाटोमा अगाडि बढाउन युवा नेतृत्व आवश्यक रहेको बताएका छन्। शनिवार पोखरामा आयोजित एक कार्यक्रममा बोल्दै उनले आगामी निर्वाचनपछि मुलकमा युवा नेतृत्व आउनुपर्ने र उसले मात्रै देशलाई विकासको बाटोमा अघि बढाउने जिकिर गरेका हुन् । मन्त्री घिसिङले आगामी निर्वाचनपछि बन्ने सरकारले देशलाई सही बाटोमा अघि बढाउनुपर्ने भएकाले सोही सोचलाई अगाडि बढाउने गरी युवा नेतृत्व चयन गर्न सबैले लाग्नुपर्ने समेत बताए । उनले मुलुकको पूर्वाधार क्षेत्रको विकासमा तिब्रता दिनका लागि निजी क्षेत्रको लगानी आवश्यक भएकाले त्यसका लागि आवश्यक नीतिगत व्यवस्था गर्न पनि ढिलाई गर्न नहुनेमा जोड दिए । मन्त्री…
मोरङ, २७ मंसिर। हात्तीको आक्रमणबाट मोरङको सुन्दरहरैचामा एक जनाको मृत्यु भएको छ । सुन्दरहरैचा नगरपालिका–१२ बिराटचोकका ६० वर्षीय भवकृष्ण घिमिरेको घटनस्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय बेलबारीका प्रमुख प्रहरी निरिक्षक राजिव गिरीका अनुसार घिमिरे दूध बिक्रीका लागि स्थानीय डेरीमा जाने क्रममा जङ्गली हात्तीको आक्रमणमा पर्नुभएको थियो । आज बिहान करिव ६ः३० बजे बिराटचोकस्थित बस्तीको बीचमै घिमिरेलाई आक्रमण गरेको थियो ।
झापा, २७ मंसिर । नेपाली यु–१९ युवा क्रिकेट टोलीले एसिसी अन्डर–१९ एसिया कपमा श्रीलङ्कालाई जितको लागि ८३ रनको लक्ष्य दिएको छ । दुबईको द सेभेन्स रङ्गशाला जारी खेलमा श्रीलङ्कासँग निकै कमजोर प्रदर्शन गर्दै नेपाल २८ दशमलव ५ ओभरमा ८२ रनमै अलआउट भएको हो । श्रीलङ्काका सेथ्मिका सेनेविरत्नले ९।५ ओभरमा २५ रन खर्चेर ५ विकेट लिँदै नेपालको इनिङ्स ध्वस्त पारे । यही मङ्सिर २६ गतेदेखि सुरु भएको उक्त प्रतियोगितामा विभिन्न आठ टोली सहभागी छन् । नेपाल समूह ‘बी’ मा छ । नेपालसँगै बङ्गलादेश, श्रीलङ्का र अफगानिस्तान छन् । समूह ‘ए’ मा भारत, पाकिस्तान, युएई र मलेसिया छन् ।
हिन्दु परम्परा अनुसार जौलाई बिशेष गरी पूजाआजामा प्रयोग गर्ने गरेको पाइन्छ । जौ पूजाका लागि मात्र नभएर खानमा पनि उत्तिकै उपयोगी हुन्छ भनेर तपाइँलाई थाहा नभएको पनि हुनसक्छ । जौको सेवन गर्नाले शरीरमा बिभिन्न किसिमका रोग लाग्नबाट बचाउँछ । जौको पिठो निकालेर त्यसलाई रोटी बनाएर खानाले ब्लड शुगरको मात्रा नियन्त्रण गर्न मद्दत गर्छ । साथै यसको सेवनले भोक नियन्त्रण पनि गर्छ । जौको सेवनले शरीरमा रोगप्रतिरोधात्मक क्षमता बढाउँछ । जौकोपिठेमा प्रशस्त मात्रामा प्रोटीन, क्याल्शियम तथा भिटामिन हुन्छ जसको नियमित सेवनले हड्डी बलियो बनाउँछ । जौको सेवनले हड्डी दुखाइ कम गर्न मद्दत मिल्छ । जौको सेवनबाट शरीरलाई प्रशस्त मात्रामा पौष्टिक तत्व…