झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

बलिउड सुपरस्टार सलमान खानको घरबाहिर १४ अप्रिलमा भएको फायरिङले मानिसहरुलाई अचम्भित बनायो । यस घटनामा प्रहरीले तुरुन्तै कारवाही गर्दै अनुसन्धान सुरु गरेको थियो । प्रहरीले आरोपीलाई पक्राउ गर्‍यो । घटनाको अनुसन्धान गरिरहेको नयाँ मुम्बई प्रहरीले लरेन्स बिश्नोई ग्याङका ५ जना आरोपीविरुद्ध मुद्दा दायर गरिसकेको छ । सिद्धू मुसेवालाको झैं सलमानको पनि हत्या गर्ने उनीहरुले योजना बनाएको प्रहरीको दाबी छ । प्रहरी अधिकारीका अनुसार मुद्दामा विश्नोई ग्याङले सलमान खानको हत्या गर्नका लागि २५ लाख भारु सुपारी दिएको उल्लेख छ । आरोपीहरुले पाकिस्तानबाट अत्याधुनिक हतियार एके–४७, एके–९२ र एम–१६ का साथै ट्रकीमा बनेको जिगाना पेस्तोल समेत खरिद गर्ने तयारी गरेका थिए ।…

Read More

काठमाण्डौ, १८ असार । युरो कप फुटबलमा आज राति दुई वटा खेल हुँदैछन् । अन्तिम १६ का खेलअन्तर्गत आज राति रोमानिया र नेदरल्यान्डस् तथा अस्ट्रिया र टर्की खेल्नेछन् । नेपाली समयअनुसार राति पौने १० बजे रोमानिया र नेदरल्यान्डस्बीच खेल हुँदैछ । यस्तै राति पौने १ बजे अस्ट्रिया र टर्कीबीच खेल हुनेछ । आज बिहान भएको खेलमा स्लोभेनियालाई पेनाल्टी सुटआउटमा ३–० गोलले हराएर पोर्चुगल युरोकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको हो । यस्तै गएराति भएको खेलमा बेल्जियमले गरेको आत्मघाती गोलबाट विजयी भएको फ्रान्स क्वाटरफाइनलमा पुगेको छ । आजका खेलसँगै युरो कप २०२४ को अन्तिम १६ का खेल सकिने छन् । क्वाटरफाइनलका खेल…

Read More

काठमाडौँ, १८ असार । नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री प्रचण्डले राजीनामा नदिने निर्णय गरेको छ । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको माओवादी पदाधिकारीको आकस्मिक बैठकले राजीनामा नदिई विश्वासको मतको सामना गर्ने निर्णय गरेको हो । बैठकपछि सचिव देवेन्द्र पौडेलले भने, ‘प्रधानमन्त्रीले गलेर राजीनामा दिने कुरा हुँदैन । संविधान बमोजिम संसदबाट विश्वासको मतको सामना गर्ने निर्णय गरेको छ ।ु अहिले सरकारलाई समर्थन गरेका दलहरूले समर्थन फिर्ता नलिएकाले विश्वासको मत कहिले लिने भन्ने विषयमा केही सोच नबनाएको उनले बताए । मध्यरातमा दुई दल बसेर गरेको सहमतिबाट राष्ट्रिय सहमति नहुने पनि माओवादीको निष्कर्ष छ । कांग्रेस र एमाले मिलेर ०४७ को व्यवस्थातिर जान खोजेको…

Read More

बनियानी, १८ असार । झापाको कचनकवल गाउँपालिकामा १५ शैय्याको आधारभूत अस्पताल सञ्चालनको तयारी भइरहेको छ । कचनकवल गाउँपालिका–६ बनियानीमा सुविधा सम्पन्न अस्पताल भवन निर्माण भइरहेको छ । गाउँपालिकाले १५ शैय्याका आधारभूत अस्पतालहरुको नमूना संगठन संरचना र दरबन्दी स्थानीय तहलाई पठाई सकेको छ । मेडिकल जनरलिस्ट तह ९ वा १० एक जना, आठौं तहको मेडिकल अधिकृत दुई जना, स्टाफ नर्स ६, हेल्थ असिस्टेन्ट ४, आयुर्वेद सहायक १, ल्याब टेक्निसियन, रेडियोग्राफर, फार्मेसी सहायक, डेण्टल हाइजिनिष्ट, एनेस्थेटिक सहायक, अप्थाल्मिक सहायक, नायब सुब्बा प्रशासन १–१, कार्यालय सहयोगी ६ र सरसफाइकर्मी ३ गरी ३० जनाको दरबन्दी व्यवस्था गरेको छ । कचनकवल गाउँपालिकाले आर्थिक वर्ष २०८१–८२…

Read More

झापा, १८ असार । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबार देशभर साधारणतयादेखि पूर्णतया बदली रहने छ । देशैभरका धेरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको पनि सम्भावना रहेको छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक(दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ । ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू–क्षयका जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यस बाट ती क्षेत्रहरूमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई…

Read More

भद्रपुर, १८ असार । वैदेशिक रोजगारको सिलसियामा मलेसिया रहेका झापा महेशपुरका ५५ वर्षीय चन्द्र लिम्बू उद्धारका लागि पहल शुरु भएको छ । वैदेशिक रोजगारीको शिलशिलामा २३ वर्षअघि मलेसिया पुग्नु भएका लिम्बू बिरामी अवस्थामा रहेको र उहाँले उद्धारका लागि पहल गरिदिन आग्रह गरेको समाचार झापा अनलाइनमा प्रकाशन भएसँगै उहाँको उद्धारका लागि चौतर्फी पहल शुरु भएको हो । लिम्बू विगत १४ वर्षदेखि परिवारसँग सम्पर्कविहीन अवस्थामा हुनुहुन्थ्यो । मलेसियामै बिमारी रहनुभएको चन्द्र लिम्बुलाइ मलेसियामै कार्यरत नेपाली युवा रोहन थापा क्षेत्रीले फेला पार्नुभएको थियो । उहाँले झापा अनलाइनसँग सम्पर्क गरेर आफन्तको खोजविन र उद्धारका लागि पहल गर्न अनुरोध गर्नुभएको थियो । उद्धारमा पहलकदमी गर्ने…

Read More

झापा, १८ असार । सत्ता समीकरणमा फेरबदलसँगै नेकपा माओवादी केन्द्रले पार्टीको पदाधिकारी बैठक बोलाएको छ । सचिव गणेश साहका अनुसार बैठक बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने रातोपाटीलाई जानकारी दिए । दुई ठुला दल नेपाली कांग्रेस र नेकपा एमालेबिच सोमबार मध्यरातमा नयाँ सरकार गठनका लागि सहमति भएको छ । सहमति अनुसार एमाले अध्यक्ष ओलीको नेतृत्वमा नयाँ सरकार गठनको तयारी सुरु गरिएको छ । प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारबाट नेकपा एमालेका मन्त्रीहरूले राजीनामा दिने भएका छन् । राजीनामा बुझाएपछि नयाँ सरकार गठनको प्रक्रिया सुरु हुने एमालेको भनाई छ । उता, नेपाली कांग्रेसले पनि हिजो भएको सहमति र नयाँ सरकार गठनबारे छलफल…

Read More

झापा, १८ असार । पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारबाट नेकपा एमालेका मन्त्रीहरूले राजीनामा दिने भएका छन् । नेपाली कांग्रेससँग नयाँ सरकार गठनका लागि सहमति गरेसँगै एमाले मन्त्रीहरुले राजीनामा दिन लागेका हुन् । सोमबार मध्यरातमा एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार गठन गर्ने दुई ठुला दलबीच सहमति भएको थियो । अहिले मन्त्रीहरूले राजीनामा बुझाउन जानेबारे छलफल भइरहेको छ । उता, नेपाली कांग्रेसले हिजो भएको सहमति र नयाँ सरकार गठनबारे छलफल गर्न पार्टीको पदाधिकारी बैठक बोलाएको छ । बैठक ९ बजे पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बस्नेछ ।

Read More

झापा, १८ असार । राष्ट्रिय परीक्षा बोर्डले पूरक परीक्षाको तालिका सार्वजनिक गरेको छ । परीक्षा साउन २३ गतेदेखि ३१ गतेसम्म सञ्चालन हुनेछ । असार १६ गतेको बोर्डको निर्णय अनुसार माध्यमिक शिक्षा परीक्षा (एसईई) मा नियमित परीक्षार्थीको रूपमा सम्मिलित भई ग्रेड प्राप्त गर्न नसकेका र अनुपस्थित भएका सबै परीक्षार्थीहरूका लागि पूरक (ग्रेडवृद्धि) परीक्षा सञ्चालन गर्ने गरेको थियो । परीक्षाको आवेदन फाराम परीक्षा नियन्त्रण कार्यालयको वेवसाइट www.see.gov.np बाट डाउनलोड गरी भर्न सकिनेछ । कुनै आकस्मिक बिदा पर्न गएमा पनि राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयको पूर्व सूचनाविना परीक्षा स्थगित हुनेछैन । परीक्षार्थीले आवेदन फाराम भरी प्रति परीक्षार्थी रु ५०० राजश्व खाता नं…

Read More

भद्रपुर, १८ असार । झापाको मेचीनगर नगरपालिकाबाट लागुऔषध खैरो हेरोइनसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । सोमबार राति मेचीनगर–६ स्थित पुरानो मेचीपुल हुँदै भारतबाट नेपालतर्फ आउँदैको अवस्थामा बिर्तामोड नगरपालिका–७ का ३३ वर्षीय सुरज लामा र बिर्तामोड–५ का २२ वर्षीय विजय मगरलाई ४ ग्राम खैरो हेरोइनसहित प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । को २५ प २४४५ नम्बरको स्कुटरलाई लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलिले शंका लागेर चेकजाँच गर्दा स्कुटरको फुटरेसमा प्लाष्टिकमा पोको पारी लुकाई छिपाई ल्याउँदै गरेको उनीहरुलाई पक्राउ गरिएको हो । उनीहरुलाई इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखी थप…

Read More