
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
चन्द्र बस्नेतकनकाई, २७ असार । झापाको कनकाई नगरपालिकामा जटिल प्रकृतिका रोग भएका बिरामीको संख्यामा बृद्धि भएको पाएको छ । जटिल रोग भएका बिरामीलाई संघिय सरकारबाट प्राप्त अनुदान बापतको पहिलो किस्ता स्वरुप गत चैतमा सहयोग रकम हस्तान्तरण गर्दा नगरमा यस्ता रोगीको संख्या ८८ जना रहेकमा अहिले ३ महिनामा नै यस्ता रोगी १४ जना थपिएर १ सय २ जना पुगेको कनकाई नगरपालिकाका जनस्वास्थ्य निरीक्षक नारायण अधिकारीले जानकारी दिनुभयो । यता नगर प्रमुख राजेन्द्रकुमार पोखरेलले रोगीको संख्यामा वृद्धि हुनु दुःखद भएपनि आम नागरिकमा चेतनाको स्तरमा सुधार आएकोमा खुशी प्रकट गनुभयो । उहाँले पहिले– पहिले यो रोग चेकजाँच गराउनै डराउने, रोग तेस्रो ,चौथो स्टेपमा…
झापा, २७ असार । पाल्पाको तिनाउ नगरपालिकामा ट्रकले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । बुधबार साँझ तिनाउ–३ दोभानमा लु २ ख ५३७३ नम्बरको ट्रकले लु ८६ प ६५१ नम्बरको स्कुटरलाई ठक्कर दिँदा रुपन्देहीको तिलोत्तमा नगरपालिका–४ डिङ्गानगरका २१ वर्षीय विवेक अधिकारीको मृत्यु भएको हो । स्कुटरको पछाडि सवार उनकीकी बहिनी १७ वर्षीया रश्मी अधिकारी गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ। बुटवलबाट पाल्पातर्फ आउँदै गरेको लु ८६ प ६५१ नम्बरको स्कुटरले सोही दिशातर्फ आइरहेको लु २ ख ५३७३ नम्बरको ट्रकलाई उछिन्ने क्रममा ठक्कर खादा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय…
झापा, २७ असार । सुनसरीको धरानबाट प्रहरीले करिब ३२ लाख बराबरको अवैध खयरको काठ नियन्त्रणमा लिइएको छ । चारवटा ट्रकसहित अवैधरूपमा लगिँदै गरेको खयरको काठ प्रहरीले नियन्त्रणमा लिएको हो । रामेछापबाट सुनसरीको धरानस्थित सूर्य कत्था उद्योगका नाममा लगिँदै गरेको काठ नियन्त्रणमा लिइ अनुसन्धान भइरहेको धरान सबडिभिजन वन कार्यालय प्रमुख धर्मनाथ यादवले जानकारी दिनुभयो । रामेछापबाट बा प्र ०१००६ ख २१११, बा प्र ०१००६ ख ३३४९, म प्र ०३००२ ख ००९५ र क प ०२००१ ख ०४१९ नम्बरको ट्रकमा लगिँदै गरेको काठमा कैफियत देखिएपछि प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीको निर्देशन र प्रहरीसँगको समन्वयमा नियन्त्रणमा लिइएको उहाँले बताउनुभयो । करिब रु ३२…
झापा, २७ असार । नेदरल्यान्ड्सलाई २–१ गोलअन्तरले पराजित गर्दै इङ्गल्यान्ड युरो कपको फाइनलमा पुगेको छ । सिग्नल इडुना पार्कमा गएराति भएको खेलमा इङ्गल्यान्डलाई लगातार दोस्रो पटक युरो कपको फाइनलमा पुगेको हो । नेदरल्यान्ड्सले खेलको सातौँ मिनेटमै खेलमा सुरुआती अग्रता लिएको थियो। जावी सिमोन्सले डिबक्स बाहिरबाट गरेको प्रहार गोलमा परिणत भएको थियो। तर, १८औं मिनेटमा ह्यारी केनले गोल गर्दै खेल बराबरीमा फर्काए । तर, दोस्रो हाफको इन्ज्युरी समयको पहिलो मिनेटमा ओली वाटकिन्सले गोल गर्दै इङ्गल्यान्डलाई जित दिलाए। जितसँगै इङ्गल्यान्ड अव आगामी सोमबार उपाधिको लागि स्पेनको सामना गर्नेछ ।
झापा, २७ असार । हाल मनसुन न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानभन्दा उत्तरतर्फ रहेको छ। जसको प्रभावले देशभर साधरणतया बदली रहेको छ । बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा कोशी र लुम्बिनी प्रदेशका एक–दुई स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभर साधरणतया देखि पूर्णतया बदली रहने छ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थानहरूमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा, सुदूरपश्चिम र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।…
बिर्तामोड, २६ असार । बिर्तामोडमा अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रम सञ्चालन हुने भएको छ । कार्यक्रम सञ्चालनका लागि बिर्तामोड नगरपालिका र करुणा फाउण्डेसनविच मंगलबार सम्झौता भएको हो। सम्झौतामा बिर्तामोड नगर प्रमुख पवित्रा महतारा प्रसाई, उप प्रमुख नगेन्द्र प्रसाद संग्रौला, प्रमुख प्रशासकीय अधिकृत राधाकृष्ण खतिवडा, महिला विकास अधिकृत पुष्पा कार्की र साझेदार संस्था करुणाको तर्फबाट कार्यकारी निर्देशक दिपकराज सापकोटा, व्यवस्थापक सन्तोष घिमिरेलगायतले हस्ताक्षर गर्नु भयो । नगर प्रमुख प्रसाईले कार्यक्रमलाई सफल बनाउन सबैलाई सुझाब दिनुभयो ।उहाँले अपाङ्गता रोकथाम तथा पुनस्स्थापनाका लागि जटिलताहरु धेरै भएपनि प्रयास आवश्यक रहेको धारणा राख्नुभयो । पहिलो एक वर्षको प्रगतिका आधारमा कार्यक्रमलाई थप अगाडि बढाइने नगर प्रमुख…
भद्रपुर, २६ असार । अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ)–को सहयोगमा नेपाल उद्योग वाणिज्य महासंघले निर्यातजन्य कृषिवस्तु चिया र अलैंची क्षेत्रमा सञ्चालन गर्दै आएको ‘व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य कार्यक्रमअन्तर्गत ‘कृषि क्षेत्रको स्वयम्सेवी निर्देशिका’ बन्ने भएको छ । विगत तीन वर्षदेखि झापा र इलामका चिया तथा अलैंची उद्योगहरुमा सञ्चालित व्यवसायजन्य स्वास्थ्य र सुरक्षा कार्यक्रम प्रभावकारी देखिएपछि यसको निरन्तरता र दीर्घकालीन स्थायित्वका लागि निर्देशिका तयार गर्न लागिएको बताइएको छ । यसै सन्दर्भमा निर्देशिकामा उल्लेख गर्नुपर्ने विषयहरुका सम्बन्धमा यसै साता सरोकारवालाहरुसँग छलफल गरी सुझाव संकलन गरिएको छ । झापाको विर्तामोडस्थित टाइमलेस मुमेन्ट होटलको सभाहलमा झापा र इलामका सरोकारवालाहरु बीच निर्देशिकामा के–कस्ता विषय समेट्दा व्यवसायजन्य सुरक्षा…
झापा, २६ असार । झापाको कचनकवल गाउँपालिकामा रोजगार रणनीति तर्जुमाको लागि संवाद तथा अभिमुखीकरण कार्यक्रम भएको छ। आज रोजगार शाखाको आयोजनामा गाउँपालिकाको सभाहलमा सञ्चालन भएको कार्यक्रम कचनकवल गाउँपालिकाका अध्यक्ष कालेन्द्रप्रसाद सिंह राजवंशी अध्यक्षता तथा गाउँपालिका उपाध्यक्ष नवराज भट्टराईको उपस्थितिमा भएको हो । कार्यक्रममा कचनकवल पालिकामा स्थानीय तहको रोजगारी (स्वरोजगार सहित) अभिवृद्धिका लागि सरोकारवालाको धारणा तथा सङ्कलन प्रश्नावलीको माध्यमबाट छलफल गरिएको रोजगार शाखाकी संयोजक सन्जु ढकालले बताउनुभयो । ढकालका अनुसार, यस छलफलले रोजगारको रणनीति तर्जुमा गर्न महत्त्वपूर्ण भूमिका खेल्नेछ । गाउँपालिकाका अध्यक्षले कार्यक्रमको उद्घाटन गर्दै सरोकारवालाको सुझाव तथा प्रतिक्रियालाई विशेष ध्यानमा राखी काम अघि बढाउने प्रतिबद्धता जनाउनुभयो । उहाँले सबैको सहयोग…
कनकाई, २६ असार । रक्तदान जीवन दान’ भन्ने मुख्य उद्देश्य राखेर झापाको सुरुङ्गामा रक्तदान कार्यक्रम गरिएको छ । रोटरी क्लब अफ कनकाई सुरुङ्गा तथा रोट्र्याक्ट क्लब अफ कनकाई सुरुङ्गाको संयुक्त आयोजनामा आज रक्तदान कार्यक्रमको आयोजना गरिएको हो ।रक्त सञ्चार केन्द्र झापा शाखाको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा ५४ जनाले रक्तदान गरेको बताएको छ । वर्षातको समयमा रगतको अभाव हुन सक्ने अवस्थालाई मध्यनजर गर्दै रोटरी क्लवले रक्तदान कार्यक्रमलाई आफ्नो वार्षिक क्लालेण्डरका रुपमा संचालन गर्दै आएको रोटरी क्लव अफ सुरुङ्गाका अध्यक्ष लुवराज उप्रेतीले जानकारी दिनुभयो । दान मध्येको पनि महादान रक्तदानमा स्थानीय स्तरमा रहेका बैंक तथा बित्तिय संस्थाहरुबाट उल्लेख्य सहभागीता रहेको अध्यक्ष…
एजेन्सीँ, २६ असार । भारतको उत्तर प्रदेशमा पर्ने उन्नावमा बस दुर्घटना हुँदा कम्तीमा १८ जनाको ज्यान गएको छ । आज बिहान आगरा–लखनऊ एक्सप्रेस वेमा यात्रुवाहक बस दुर्घटना भएको हो । बिहारको सीतामढीबाट दिल्ली गइरहेको बस दूध बोकेको ट्याङ्करसँग ठोक्किएको बीबीसीले जनाएको छ । ज्यान गुमाउनेमा १४ जना पुरुष, ३ जना महिला र एक जना बालक रहेका छन् । यस्तै दुर्घटनामा १९ जना घाइते भएका भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुर्घटनामा ज्यान गुमाएकाहरूप्रति समवेदना प्रकट गर्दै राष्ट्रिय राहत कोषबाट मृतकका परिवारलाई २ लाख रुपैयाँ सहयोग र घाइतेहरूलाई प्रतिव्यक्ति ५० हजार दिइने घोषणा गर्नुभएको छ ।