
कनकाई, २६ असार । रक्तदान जीवन दान’ भन्ने मुख्य उद्देश्य राखेर झापाको सुरुङ्गामा रक्तदान कार्यक्रम गरिएको छ ।
रोटरी क्लब अफ कनकाई सुरुङ्गा तथा रोट्र्याक्ट क्लब अफ कनकाई सुरुङ्गाको संयुक्त आयोजनामा आज रक्तदान कार्यक्रमको आयोजना गरिएको हो ।रक्त सञ्चार केन्द्र झापा शाखाको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा ५४ जनाले रक्तदान गरेको बताएको छ । वर्षातको समयमा रगतको अभाव हुन सक्ने अवस्थालाई मध्यनजर गर्दै रोटरी क्लवले रक्तदान कार्यक्रमलाई आफ्नो वार्षिक क्लालेण्डरका रुपमा संचालन गर्दै आएको रोटरी क्लव अफ सुरुङ्गाका अध्यक्ष लुवराज उप्रेतीले जानकारी दिनुभयो ।

दान मध्येको पनि महादान रक्तदानमा स्थानीय स्तरमा रहेका बैंक तथा बित्तिय संस्थाहरुबाट उल्लेख्य सहभागीता रहेको अध्यक्ष उप्रेतीले स्पष्ट पार्नुभयो । स्वार्थ भन्दा माथी सेवा भन्ने सिद्धान्तलाई आत्मसाथ गर्दै विश्वव्यापी रुपमा सामाजिक क्रियाकलाप गर्दै आइरहेको अन्तर्राष्ट्रिय सामाजिक संस्था अन्तर्गतको रोटरी क्लब अफ सुरुङ्गाले रक्तदान कार्यक्रमलाई निरन्तरता दिँदै अघि बढ्ने जनाएको छ ।
विभिन्न सेवाका क्षेत्रमा सदस्यलाई जिम्मेवारी प्रदान गरेको रोटरीले सर्भिस प्रोजेक्ट अन्तर्गत रक्तदान कार्यक्रमको आयोजना गरेको हो । रक्तदान आफ्नो स्वास्थ्यका लागि पनि फाइदाजनक भएकाले नियमित रुपमा रक्तदान गरि रगत अभावको अवस्थालाई समेत कम गर्न सकिने कार्यक्रम संयोजक समेत रहेका क्लवका प्रेसिडेन्ट नोमिनी अर्जुन बोहोराले बताउनुभयो ।
रगतको माग अत्यधिक रहेको वर्तमान अवस्थालाई मध्यनजर गर्दै रोटरी क्लवले गरेको सहयोग अत्यन्तै महत्वपूर्ण अनि समय सान्दर्भिक भएको भन्दै कार्यक्रमका प्रमुख अतिथी रेडक्रसकर्मी ढकालले मानवीय सेवाका क्रममा झापाको रगत काठमाण्डौ सम्म पुर्याउँनु परेको जानकारी दिनुभएको थियोे ।
झापाको कनकाई –३ सुरुङ्गा स्थित कुमुदिनी भवन परिसरमा आयोजित रक्तदान कार्यक्रमको उद्घाटन नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकाल क्लबका अध्यक्ष लुवराज उप्रेती, कनकाइ वडा न ३ का अध्यक्ष युवराज चौलागाईं, रोटरी इन्टरनेशनलका एसिस्टेन्ट डिस्ट्रीक गभर्नर विनोद बस्नेत पुर्व अध्यक्षहरुले संयुक्त रुपमा उद्घाटन गरिएको कार्यक्रममा स्वागत तथा औचित्यमाथी प्रकाश कार्यक्रम संयोजक अर्जुन बोहराले गर्नुभएको थियो ।
क्लबका अध्यक्ष उप्रेतीको अध्यक्षमा आयोजित कार्यक्रममा रेडक्रस सोसाइटी झापाका सभापति ढकाल, कनकाइ वडा न ३ का अध्यक्ष चौलागाईं, रोटरियन विनोद बस्नेत, लाइन्स क्लब अफ कनकाई सुरुङ्गा अध्यक्ष रुपनारायण खतिवडा लगायतले शुभकामना मन्तव्य राख्दै मानवीय सेवाको क्षेत्रमा रोटरी क्लव अफ सुरुङ्गाले खेलेको भूमिका प्रशंसनीय रहेको बताउनुभएको थियो ।
कार्यक्रममा नेपाल रेड्क्रस सोसाइटी उप शाखा सुरुङ्गाका सभापति बालकृष्ण प्रसाईं, कनकाई वडा न ३ का वडा सदस्यीय अनिल गोयल क्लवका पुर्व अध्यक्ष समेत रहेका रोटरी इन्टरनेशनल डिष्ट्रिक ३२९२ वर्ष २०२४÷२५ का एसिस्टेन्ट गभर्नर कुमारमणि पोखरेल, पुर्व अध्यक्षहरु सुशिलकुमार श्रेष्ठ, खेमप्रसाद प्रसाई, निवर्तमान अध्यक्ष शिवकुमार कडेल सहित अन्य पदाधिकारी तथा सदस्यहरु साथै रोट्रयाक्टका अध्यक्ष प्रतावबाबु जमरकट्टेल, निवर्तमान अध्यक्ष सारिका गिरी सहित पदाधिकारी एवं सदस्यहरु, स्थानीय क्रियाशिल संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरुको समेत बाक्लो उपस्थिती रहेको रक्तदान गर्नेलाई प्रमाणपत्रसमेत वितरण गरेका थिए । कार्यक्रमको संचालन रोटरी क्लवका सचिव सोमनाथ उप्रेतीले गर्नुभएको थियो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



