
झापा, २७ असार । नेदरल्यान्ड्सलाई २–१ गोलअन्तरले पराजित गर्दै इङ्गल्यान्ड युरो कपको फाइनलमा पुगेको छ । सिग्नल इडुना पार्कमा गएराति भएको खेलमा इङ्गल्यान्डलाई लगातार दोस्रो पटक युरो कपको फाइनलमा पुगेको हो ।
नेदरल्यान्ड्सले खेलको सातौँ मिनेटमै खेलमा सुरुआती अग्रता लिएको थियो। जावी सिमोन्सले डिबक्स बाहिरबाट गरेको प्रहार गोलमा परिणत भएको थियो। तर, १८औं मिनेटमा ह्यारी केनले गोल गर्दै खेल बराबरीमा फर्काए ।
तर, दोस्रो हाफको इन्ज्युरी समयको पहिलो मिनेटमा ओली वाटकिन्सले गोल गर्दै इङ्गल्यान्डलाई जित दिलाए। जितसँगै इङ्गल्यान्ड अव आगामी सोमबार उपाधिको लागि स्पेनको सामना गर्नेछ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


