झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, १६ फागुन । नेपाल मुस्लिम नागरिक समाज केन्द्रिय समितिले झापासहित देशभरका १५ जना उम्मेद्वारलाई प्रतिनिधिसभा निर्वाचनमा समर्थन गर्ने भएको छ । समाजले आज झापा गाउँपालिका–४ मा पत्रकार सम्मेलननको आयोजना गरी झापाका ४ सहित १५ जना उम्मेद्वारलाई समर्थन गर्ने जनाएको हो । समाजले समर्थन गरेका उम्मेदवारलाई मतदान गरी विजयी गराउन आग्रहसमेत गरिएको छ । नेपाल मुस्लिम नागरिक समाज केन्द्रिय समितिका अध्यक्ष स्वर्गीय मसुरुद्दिन अन्सारीका माइला छोरा अब्दुल सद्दाम अन्सारीले पत्रकार सम्मेलनमा आफ्ना स्व. पिताले समाजमा गरेका सामाजिक कार्यका बारेमा जानकारी दिँदै फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा १५ जना उम्मेद्वारलाई भोट दिन मुस्लिम समुदायलाई आह्वान गरेका हुन् । सामाजिक क्षेत्रमा…

Read More

भद्रपुर, १६ फागुन । झापा क्षेत्र नं. ३ का नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेदवार डिल्लीराम घिमिरे हिक्मत यतिबेला आम मतदाताको घरदैलोमा व्यस्त छन् । ‘सुशासन र रोजगारका लागि समाजवादको तयारी, राष्ट्रियता र लोकतन्त्रको रक्षा हाम्रो जिम्मेवारी’ भन्ने नाराका साथ २६ बुँदे प्रतिबद्धता पत्र लिएर उम्मेदवार घिमिरे मतदाताको घरदैलोमा व्यस्त भएका हुन् । आफ्ना एजेण्डा प्रस्तुत गर्दै उहाँले आफूलाई मतदान गरेर जिताउन अपिल गरिरहेका छन् । जेन्जी आन्दोलनको मूल भावनालाई आत्मसात गर्दै युवाले चाहेको परिवर्तनका लागि आफू उम्मेदवार बनेको उहाँले बताउनुभयो । झापा क्षेत्र नं. ३ को परम्परागत विरासत भत्काएर आमनागरिकको विरासत खडा गर्ने सोचका साथ उहाँले मतदाताका गुनासो, दुःख र…

Read More

दाद भएको ठाँउमा खराब औषधि परयो भने घाउ पाकेर पिप आउने हुन्छ, त्यसका साथै बढ्ने प्रक्रिया तीव्र हुन्छ, चहरयाउने र मान्छे हिँडडुल गर्न नसक्ने अवस्थामा पुग्छ । अनुहारको दाद विद्यालय जाने बालबालिकामा बढी हुन्छ । दाद हुँदा औषधि नमिसाइएको सादा साबुनले नुहाउनु पर्छ । नुहाएपछि कटनको कपडाले राम्रोसँग पुछेर सुक्खा बनाउने । चिकित्सकको सल्लाहमा मात्र औषधि प्रयोग गर्ने । जथाभावी औषधि प्रयोगले साधारण औषधिले ठीक हुने ढुसी पनि निको नहुने क्रम बढेको छ । बाह्य संक्रमण नजुधोस् भनेर सचेत रहने । आफूखुसी उपचार कहिल्यै पनि नगर्ने । चिकित्सकलाई भेट्नुअगावै जथाभावी औषधि प्रयोग गर्दा सामान्य किसिमको फंगल्सको संक्रमणमा पनि लामो समय…

Read More

सङ्खुवासभा, १६ फागुन । संखुवासभाको मकालु गाउँपालिका–५ र २ जोड्ने बेलीब्रिज भाँचिएको छ । मकालु–५ को नुम र वडा नं २ सेदुवा जोड्ने अरुण नदीमा निर्माण गरिएको बेलीब्रिज भाँचिएको हो । आज बिहान ९ः०० बजे सिमेन्ट बोकेको लावेट ट्रक तार्ने क्रममा बेलीब्रिज भाँचिएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी नायब उपरीक्षक कुमारप्रसाद मैनालीले जानकारी दिए । ठूला सवारीसाधन तार्ने क्रममा पुल गाडीसहित भाँचिएको हो । बेलीब्रिज भाचिँदा नुम सेदुवा सडकखण्डको भित्री सडकमा प्रदेश–०३–००१ क २९२० नम्बर ट्रक अरुण नदीमा खसेको छ । ट्रक नदीमा खसेर दुर्घटनामा हुँदा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका– ९ का ४० वर्षीय अर्जुन श्रेष्ठ गम्भीर घाइते भएको प्रहरी नायब…

Read More

वासिङ्टन डिसी, १६ फागुन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि गरिएको संयुक्त सैन्य आक्रमणको बचाउ गर्दै यसलाई ‘अमेरिकी जनताको रक्षाका लागि चालिएको कदम’ भएको बताएका छन्। उनले इरानी शासनबाट हुन सक्ने आसन्न खतराहरू समाप्त पार्नका लागि अमेरिका र इजरायलले यो संयुक्त कारबाही गरेको स्पष्ट पारेका हुन्। आक्रमणको केही समयपछि सम्बोधन गर्दै ट्रम्पले भने, ‘केही समयअघि अमेरिकी सेनाले इरानमा ठूलो सैन्य अभियान सुरु गरेको छ। हाम्रो उद्देश्य इरानी शासनको खतरालाई जरैदेखि उखेलेर अमेरिकी नागरिकहरूको सुरक्षा गर्नु हो।’ यता, इजरायलले इरानमाथि मिसाइल प्रहार गरेको पुष्टि गरिसकेको छ भने अमेरिकी अधिकारीहरूले पनि यसमा आफ्नो प्रत्यक्ष सहभागिता रहेको जनाएका छन्। इरानको राजधानी तेहरानमा श्रृङ्खलाबद्ध…

Read More

झापा, १६ फागुन । रातोपाटीकर्मी पत्रकार अर्जुनकुमार आचार्यमाथि साङ्घातिक आक्रमण गर्ने नेकपा एमाले निकट ‘भोलेन्टियर्स फोर्स’का सदस्य विरुद्ध किटानी जाहेरी दर्ता भएको छ । घाइते पत्रकार आचार्यले शुक्रबार साँझ इलाका प्रहरी कार्यालय दमकमा जाहेरी दर्ता गराएका हुन् । आचार्यमाथि बिहीबार कमल गाउँपालिकाको जीवन चोकमा साँझ ५ बजे आक्रमण भएको थियो । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको घरदैलो अभियान भइरहेका बेला केही महिलाहरूले घण्टीमा भोट हाल्ने बताएपछि एमाले कार्यकर्ताहरूले उनीहरूमाथि अश्लील गालीगलौज गरेका थिए । सोही घटनाको भिडियो खिचिरहेका आचार्यलाई एमाले निकट भोलेन्टियर्स फोर्सको समूहले मुक्का र बुट प्रहार गर्दै निर्घात कुटपिट गरेको थियो । आचार्यले दर्ता गरेको जाहेरीमा कमल…

Read More

काठमाडौँ, १६ फागुन । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न देशभर मदिरा विक्री वितरणमा प्रतिवन्ध लगाइएको छ । निर्वाचन आयोगको सिफारिसमा सरकारले शुक्रवारदेखि मदिरा विक्री वितरण तथा सेवनमा रोक लगाएको हो । आयोगले प्रतिवन्धको कार्यान्वयन भए–नभएको बारेमा सुक्ष्म अनुगमन गर्ने पनि जनाएको छ । निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेले फागुन १५ गतेदेखि मतदान कार्य सम्पन्न नहुन्जेलसम्मको लागि मदिरा विक्री वितरण तथा सेवनमा प्रतिवन्ध लगाइएको जानकारी दिए । निर्वाचनको अवधिमा सम्भावित अवाञ्छित गतिविधि नियन्त्रण गर्न र शान्ति सुव्यवस्था कायम राख्न उक्त निर्णय गरिएको हो । तोकिएको अवधिमा मदिरा विक्री–वितरण वा सेवन…

Read More

झापा, १६ फागुन । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा भारतसँग सीमा जोडिएको झापाको दशगजा क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ। मेचीनगर, भद्रपुर र गौरीगन्जलगायतका सीमा नाकामा नेपाली सेनासहित सुरक्षाकर्मीको उपस्थिति बढाइएको छ। झापाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालका अनुसार नेपाल–भारत सीमा क्षेत्रमा चेकजाँच तथा चौबीसै घण्टा निगरानी बढाइएको छ। निर्वाचनको समयमा अवाञ्छित गतिविधि हुन नदिन आवश्यक सुरक्षा व्यवस्था मिलाइएको उहाँले बताउनुभयो। प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तीन दिन अन्तर्राष्ट्रिय सीमा नाका बन्द गरिने प्रमुख जिल्ला अधिकारी गेलालले जानकारी दिनुभयो। आउँदो सोमबार राति १२ बजेदेखि निर्वाचनको दिन बिहीबार राति १२ बजेसम्म झापासँग जोडिएका सबै अन्तर्राष्ट्रिय सीमा नाका बन्द…

Read More

सुनिता राईइलाम, १६ फागुन । जिल्ला प्रशासन कार्यालय इलामले प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ लाई लक्षित गर्दै जिल्लामा सवारी आवागमन तथा मदिरा बिक्री वितरणमा विशेष व्यवस्था लागू गरेको छ। कार्यालयद्वारा जारी सूचनाअनुसार फागुन २० गते राति १२ बजेदेखि मतदान कार्य सम्पन्न नहुँदासम्म अत्यावश्यक बाहेकका सवारी साधन सञ्चालनमा रोक लगाइनेछ। एम्बुलेन्स, दमकल, शववाहन, विद्युत् सेवा, दूरसञ्चार सेवा लगायत अत्यावश्यक सेवाका सवारी भने सञ्चालन गर्न पाइनेछ। अन्य सवारी साधन सञ्चालनका लागि सम्बन्धित निकायबाट अनुमति लिनुपर्ने व्यवस्था गरिएको छ। यसैगरी होली पर्व मनाउने सन्दर्भमा पनि प्रशासनले शान्ति सुरक्षा खलबलिने गतिविधि नगर्न आग्रह गरेको छ। सार्वजनिक स्थानमा अमर्यादित व्यवहार, जबरजस्ती रङ्ग दल्ने, पानी फाल्ने, होहल्ला गर्ने…

Read More

बिर्तामोड, १६ फागुन । झापाको बिर्तामोड नगरपालिका–४ स्थित भित्री सडक खण्डमा गएराति कार र मोटरसाइकल एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । बिर्तामोड–४ कञ्चनजंघा स्कुल छेउस्थित भित्री सडकमा कार र मोटरसाइकल एक आपसमा ठोक्किँदा मोटरसाइकल चालक मेचीनगर–१३ चारआलीका २५ वर्षीय विशाल पौडेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्र खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार मोटरसाइलक पछाडि सवार कनकाई–६ का २५ वर्षीय चन्द्रकिशोर चापागाईं गम्भीर घाइते भएका छन् । राति करिब ९ः२० बजे बागमती प्रदेश–०१–०२५च ६०५० नम्बरको कार र प्र१–०१–०१६प ३९५९ नम्बरको मोटरसाइकल एक आपसपमा ठोक्किएका थिए…

Read More