
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
सन्तोष शर्माझापा, ७ असार । झापाको कचनकवलस्थित सर्पदंश उपचार केन्द्र बनियानीमा साढे छ सय बढी सर्पदंशका बिरामीको उपचार गरिएको छ । केन्द्रमा पछिल्लो चार वर्षमा ७५ जना भारतीय नागरिकसहित छ सय ५३ जना सर्पदंशका बिरामीको उपचार गरिएको कचनकवल गाउँपालिकाका जनस्वास्थ्य निरीक्षक नविन मिश्रले जानकारी दिनुभयो । उपचार गरिएका बिरामीमध्ये ४८ जनालाई विषालु र छ सय चार जनालाई अविषालु सर्पले टोकेको उहाँले बताउनुभयो । “अहिलेसम्म केन्द्रमा उपचारका लागि आएका एक जनाको बिरामीको पनि मृत्यु भएको छैन”, उहाँले भन्नुभयो, “जटिल प्रकारका बिरामीलाई थप उपचारका लागि रेफर गर्दा केही बिरामीको मृत्यु भएको छ ।” जटिल प्रकारका बिरामीलाई भेन्टिलेटर आवश्यक पर्ने भएकाले केन्द्रमा उक्त…
मेचीनगर, ७ साउन । झापाको मेचीनगरबाट प्रहरीले करिब चार लाखको अवैध कपडा बरामद गरेको छ । इलाका प्रहरी कार्यालय काँकरभिट्टा र शसस्त्र प्रहरी बल नेपाल प्रस्थावित सीमा सुरक्षा गुल्म काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले मेचीनगर–६ मेचीपुलबाट नेपालदेखि भारततर्फ अबैध रुपमा भन्सार छलि लुकाई छिपाई लैजादै गरेको कपडा प्रहरीले बरामद गरेको हो । प्रहरीले कुर्ता १३९ पिस, थैली ४०० पिस, हन्जु ११० गरी करिब ३ लाख ९९ हजार बराबरको कपडा नियन्त्रण गरी इलाका प्रहरी कार्यालय काँकरभिट्टामा ल्याएर राखिएको सो सम्बन्धमा थप अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
झापा, ७ असार । आकाशमा कालो बादल मडारिनेबित्तिकै गौरीगञ्ज गाउँपालिका–१ होक्लाबारीकी ओस्नी राजवंशीको मन अधीर हुन्छ । वर्षासँगै घर नजिकको नदीमा आउने बाढीबाट आफ्नो र परिवारका सदस्यको ज्यान जोगाउने चिन्ताले उनलाई सताइरहन्छ । गाउँ नजिकबाट बगेको कनकाईमा बाढी आउँदा वर्षौँदेखि गाउँ डुबानमा पर्दै आएको उनले सुनाए । होक्लाबारीका अधिकांश बासिन्दा विपन्न छन् । वर्षा सुरु भएसँगै त्रसित उनीहरू कनकाईमा पानीको सतह बढेको नियालिरहन्छन् । राति निद्रामा रहेका बेला बस्तीमा बाढी पस्ने पीरले उनीहरू निश्चिन्त निदाउन सक्दैनन् । प्रत्येक वर्षको वर्षायाम यसरी नै बित्ने गरेको छ । बस्तीमा बाढी पस्न नदिन भरपर्दो बाँधको व्यवस्था नहँुदा बर्सेनि सास्ती झेल्नु परेको वडा नं…
झापा, ७ असार । झापाको झापा गाउँपालिका–१ स्थित सालमाराबाट लागुऔषधसहित दुई भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । बिहीबार साँझ झापा–१ सालमारा झुलुङो पुल बगानमा चेकजाँचको क्रममा साइकलयात्री भारत जिल्ला किसनगञ्ज कुतवाभिट्टा नँया टोलका ४० वर्षीय जुलमात हुसेन र पछाडी सवार सोही स्थानका २० वर्षीय तोसिफ आमललाइ चेकजाँच गर्ने क्रममा ब्राउनसुगरजस्तो देखिने लिसाईलौ खैरो पदार्थ जस्तो प्लाष्टिकसहित २० ग्राम ५५० मिलि ग्राम फेला परेकोले निजहरुलाई नियन्त्रणमा लिई सो सम्बन्धमा थप अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
चन्द्र बस्नेतकनकाई, ७ असार । झापाको कनकाई नगरपालिका वडा नम्बर ७ ले वडाबासीलाई मिटर बक्स वितरण गरेको छ। वडा कार्यलय परिसरमा आज एक कार्यक्रमको आयोजना गरी यहाँका विपन्न आठ घर–परिवारलाई मिटर बक्स वितरण गरिएको हो । वडाका अतिविपन्न परिवार जो आफूहरुले मिटर बक्स खरिद गरी बत्ति बाल्न सक्ने अवस्था छैन, उहाँहरुको पहिचान गरी वडाको तर्फबाट विद्युतका लागि मिटरबक्स उपलब्ध गराएको वडा अध्यक्ष भीष्मभूषण सिटौलाले बताउनुभयो । कार्यक्रममा समाजसेवी महेश्वर शिवाकोटीले पछिल्लो समय सीमित स्रोत साधनले पनि वडाबासीलाई सन्तुलनमा राखेर भेदभाव नगरी सेवा दिँदै भएको भन्दै वडा अध्यक्षसहित सबै जनप्रतिनिधिलाई धन्यवाद दिनुभएको थियो । साथै उहाँले विपन्नलाई उपचारका लागि भन्दै वडाले…
फिक्कल, ७ असार । इलाम जिल्लाको माङसेबुङ गाउँपालिकाले ग्रामीण किसानको जीवनस्तर उकास्न बाख्रा वितरण गरेको छ । माङसेबुङ गाउँपालिकाले बिहीबार वडा नं ४ का तीनवटा बाख्रापालन समूहलाई ७८ वटा उन्नत जातका पाठी र छवटा जातका ‘ब्याडे बोका’ वितरण गरेको हो । कोशी प्रदेश सरकारको बाख्रापालन प्रवर्द्धन कार्यक्रमअन्तर्गत ७५ प्रतिशत सरकारको अनुदान र २५ प्रतिशत किसानको लागत साझेदारीमा बाख्रा वितरण गरिएको माङसेबुङ गाउँपालिका ४ नं वडाध्यक्ष नवीन लिम्बूले बताए । उक्त कार्यक्रमअन्तर्गत सो वडाका सगरमाथा बाख्रापालन समूह, सरस्वती बाख्रापालन समूह र मिलीजुली बाख्रापालन समूहले प्रतिसमूह २६ वटाका दरले ७८ वटा उन्नत जातका पाठी र प्रतिसमूह दुईवटाका दरले छ वटा ब्याडेबोका पाएका…
झापा, ७ असार । आज दशौँ अन्तर्राष्ट्रिय योग दिवस मनाइँदैछ । संयुक्त राष्ट्रसङ्घको महासभाबाट सन् २०१४ को डिसेम्बर ११ मा योग दिवस मनाउने प्रस्ताव पारित भएपछि सन् २०१५ को जुन २१ देखि यो दिवस मनाउन थालिएको हो । महासभामा उक्त प्रस्ताव भारत सरकारले प्रस्तुत गरेको थियो । सरकारले दिवस मनाउन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठको अध्यक्षतामा मूल समारोह समिति गठन गरेको छ । समितिले भक्तपुरको एसओएस बालग्राममा विशेष कार्यक्रमको आयोजना गर्ने भएको छ । उक्त कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रमुख अतिथिका रूपमा सहभागी हुने कार्यक्रम रहेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ । कार्यक्रममा सरकारका विशिष्ट पदाधिकारी,…
अर्जुनधारा, ७ असार । झापाको अर्जुनधारा–५ फूलबारीस्थित शहरी स्वास्थ्य केन्द्रको आयोजनामा एक दिने विशेषज्ञ सेवासहितको निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । अर्जुनधारा–५ नं. वडा कार्यालयको आर्थिक सहयोग र अर्जुनधारा–९ स्थित शनिश्चरे अस्पतालको प्राविधिक सहयोगमा आयोजित उक्त शिविर वडामा रहेका महिलाहरुलाई लक्षित गरी सञ्चालन गरिएको वडाध्यक्ष गीताराज खड्काले जानकारी दिए । शिविरमा विशेषज्ञसहितको सेवासँगै गर्भवती महिलाहरुलाई पोषिलो आहार वितरण, रगत तथा पिसाब परीक्षण, महिला स्वयम्सेविकाहरुलाई स्वास्थ्य सामग्री दुई थान बिपी सेट र दुई थान थर्मोमिटर वितरण गरिएको केन्द्रका प्रमुख रोशन बस्नेतले जानकारी दिए । अस्पतालका डाक्टरद्वय डा. दीपा बखती र डा. सन्तोषकुमार शाहले स्वास्थ्य परीक्षण गरेको शिविरमा ८० जनाभन्दा बढीले…
बिर्तामोड, ७ असार । बिर्तामोड नगरपालिका वडा नम्बर ६ मा निर्माण गरिएका बाख्राको खोरहरुको अनुगमन गरिएको छ । नगर प्रमुख पवित्रा महतारा प्रसाईले शेर्मा टोलमा पुगेर नगरपालिकाको सहयोगमा निर्माण गरिएका बाख्राका खोरहरुको अनुगमन गर्नु भएको हो । अनुगमनका क्रममा नगर प्रमुख प्रसाईले खोरलाई अझै व्यवस्थित बनाउन सबैलाई सुझाव दिनुभयो । बिर्तामोड नगरपालिकाले मेयर पकेट प्याकेज कार्यक्रम अन्तर्गत बाख्रा पालनका लागि प्रति कृषक समूह ४५ वटाका दरले बाख्रा, बिउ बोका, खोर निर्माणका लागि प्रति खोर ३५ हजार रुपैयाँ, बाख्राको वीमा, खोप, सिजनको घाँस र औषधी उपचारमासमेत सहयोग गर्दै आएको छ । नगरपालिकाले आर्थिक वर्ष २०७४÷०७५ यता ६ सय ७५ वटा बाख्रा,…
भद्रपुर, ६ असार । नेपाली दुग्ध किसानहरुको बक्यौता रकम तत्काल भुक्तानी पाउने ब्यवस्था मिलाउन माग गर्दै नेपाल किसान महासंघ झापाले प्रधानमन्त्री समक्ष ज्ञापन पत्र पठाएको छ । महासंघका अध्यक्ष रतन थिङ्लावोको नेतृत्वमा गएको किसानहरुको टोलीले जिल्ला प्रशासन कार्यालय झापाका प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोलामार्फत ज्ञापनपत्र पठाएको हो । विभिन्न ११ सुत्रीय माग राखेर बुझाइएको ज्ञापन पत्रमा नेपाली किसानले उत्पादन गरेको सबै दुध खरीद गरी मिल्क होडिेको अन्त्य गरिनुपर्ने, उत्पादनका आधारमा दिइदै आएको अनुदान कार्यक्रम पुनः सञ्चालनमा ल्याइनुपर्ने, सहुलियत कृषि ऋण र पशु विमा अनुदान कार्यक्रम परिणाममुखी बनाइनुपर्ने, कृषि वीमामा सरकारका तर्फबाट दिइने अनुदान तत्काल उपलब्ध गराएर किसानलाई वीमा वापतको…