झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

सन्तोष शर्माभद्रपुर, ३० जेठ । झापाका स्वास्थ्य बिमा सहयोगी विभिन्न माग राख्दै स्वास्थ्य बिमा बोर्डको कार्यालयमा धर्ना दिएका छन् । पारिश्रमिक बृद्धि, १५ प्रतिशत कर खारेजी, नियमित पारिश्रमिक पाउनुपर्ने लगायतको माग गर्दै उनीहरुले स्वास्थ्य बिमा बोर्ड शाखा कार्यालय झापामा विरोध प्रदर्शन गर्दै धर्ना दिएका हुन् । बिमा सहयोगीहरुले कार्यालय प्रमुख लक्ष्मी कणेललाई मागसहितको ज्ञापन– पत्र बुझाएका छन् । बिमा बोर्डको कार्यालय परिसरमा बिमा सहयोगीहरुले ‘साह्रै पर्यो बिमा बोर्ड आइँदैछ, ताला लगाइँदैछ’, ‘१० प्रतिशत पारिश्रमिकमा १५ प्रतिशत कर मान्य छैन’, ‘२० प्रतिशत पारिश्रमिक निर्धारण गर’ लगायतका नाराबाजी गर्दै विरोध प्रदर्शन गरेका थिए । बिमा सहयोगी रुमिला राईले धेरै दबाब र समस्याका…

Read More

विराटनगर, ३० जेठ । कोशी प्रदेश प्रहरी कार्यालयको प्रादेशिक अनुसन्धान समुहबाट खटिएको प्रहरी टोलीले लागुऔषध ब्राउनसुगरसहित २ जनालाई पक्राउ गरेको छ । आज दिउँसो विराटनगर महानगरपालिका–१५ स्थितबाट दुहवी नगरपालिका– ४ का २० वर्षीय पारस चौधरी र गौरादह नगरपालिका–२ का ३५ वर्षीय संजिव खड्कालाई शंकास्पद अवस्थामा फेला पारी चेकजाँच गर्दा उनिहरुको साथबाट २ ग्राम ५३ मिलिग्राम ब्राउन सुगर बरामद गरेको हो । ब्राउनसुगरसहित पक्राउ परेका उनीहरुको इलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भइरहेको छ ।

Read More

बिराटनगर, ३० जेठ । मोरङको सुन्दरहरैंचा नगरपालिका–१२ विराटचौकबाट मोटरसाइकल चोरीमा संलग्न २ जनालाई कोशी प्रदेश प्रहरी कार्यालयको प्रादेशिक अनुसन्धान समुहबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ । गत मंगलबार बिराटचौकको बजरंगबली रिकन्डिसन सेन्टरबाट बिना कागजात चोरीको मोटरसाइकल को ३५ प २२०२ नम्बरको पल्सर मोटरसाइकल खरिद बिक्री गर्ने स्थानीय ४० वर्षीय शंकर दाहाल र धनपालथान गाउँपालिका–१ का १९ वर्षीय अजय मण्डल समेतलाई पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुको इलाका प्रहरी कार्यालय दुहबी सुनसरीबाट थप अनुसन्धान भइरहेको छ ।

Read More

लिची भिटामिन सी तथा पोटाशियमको महत्वपूर्ण स्रोत हो । लिची स्वादिष्टका साथै स्वस्थ्यबर्धक पनि हो । लिची खानाले गर्मी मौसममा शरीरलाई पानीको मात्रा सन्तुलित बनाउन मद्दत गर्छ । लिचीमा ६५ प्रतिशत क्यालोरी हुन्छ जुन शरीरका लागि लाभदायी हुन्छ । लिचीका फाइदाहरु यसप्रकार छन् : १. लिचीमा प्रशस्त मात्रामा मिनरल्स, क्याल्शियम, फस्फोरस, म्याग्नेशियम हुन्छ जुन शरीरको बिकासका लागि फाइदाजनक हुन्छ । २. लिचीमा भिटामिन सी तत्व हुन्छ जसले त्वचामा चमक ल्याउनुका साथै शरीरमा रोगप्रतिरोधात्क क्षमता बढाउछ र पाचन शक्तिलाई मजबुत बनाउन मद्दत गर्छ । ३. लिचीको सेवनले शरीरमा रगतलाई सफा र स्वस्थ राख्नमा मद्दत गर्छ । ४. लिचीको सेवनले महिलाहरुमा हुने…

Read More

कुनै समय अभिनेता राजेश हमालका फिल्म वर्षमा महिनाभन्दा ज्यादा रिलिज हुन्थे । विगत ७–८ वर्षयता भने उनका एउटै फिल्म आएका छैनन् । उनको पछिल्लो फिल्म ‘सकुन्तला’ थियो । यसपछि उनले फिल्ममा काम नै गरेका छैनन् । जसले गर्दा अब उनले फिल्म क्षेत्र छाडेका त होइनन् भन्ने आशंका उब्जिएको छ । र, यसबारेमा उनले प्रष्टीकरण समेत दिनुपर्ने अवस्था आइपुगेको छ । यसै साता ६०औं जन्मदिन मनाएका उनले हालै एक अन्तर्वार्तामा आफूले फिल्म क्षेत्र नछाडेको प्रष्ट पारेका छन् । उनी भन्छन्, ‘मैले यो विधा छाडेको छैन । म यसमा नै छु । अहिलेको विन्दूमा आइपुग्दा चाहिँ यो विधाले नै निम्त्याएका अन्य कार्यहरुमा…

Read More

काठमाडौं, ३० जेठ । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय अध्यक्ष पदमा उपेन्द्र यादव निर्विरोध निर्वाचित भएका छन्।पार्टी स्थापना कालदेखि नै नेतृत्व गर्दै आएका यादव अहिले जनकपुरमा भइरहेको राष्ट्रिय महाधिवेशनबाट पुनः अध्यक्षमा चयन भएका हुन्। निर्वाचन प्रक्रिया अनुसार जसपा नेपालको नेतृत्व चयनका लागि उम्मेदवारी दर्ता भएको थियो। जसमा अध्यक्ष पदका लागि उपेन्द्र यादवको मात्र उम्मेदवारी परेपछि उनी निर्विरोध भएका हुन्। अध्यक्षबाहेकका पदमा नेताहरूको उम्मेदवार परे पनि नामावली भने सार्वजनिक भइसकेको छैन। जनकपुरधाममा जसपा नेपालको महाधिवेशन चलिरहेको छ। मधेस प्रदेशको जनकपुरधामस्थित महेन्द्र नारायण निधि भवनमा जारी महाधिवेशनबाट २०१ सदस्यीय केन्द्रीय समितिका लागि आज बिहान ८.३० बजेदेखि उम्मेदवारी दर्ता कार्य भइरहेको निर्वाचन…

Read More

झापा, ३० जेठ । झापामा मिस्टर झापा बडी बिल्डिङ प्रतियोगिता हुने भएको छ । फस्ट स्टेप फिटनेशनको आयोजनामा झापमा १७ वर्षपछि आगामी असोज १९ गते मिस्टर झापा हुने भएको आज बिर्तामोडमा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिइयो । आयोजक समितिका अध्यक्ष सुवास मेचेले झापामा रहेका शारीरिक सुगठनका खेलाडीहरुलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको बताउनुभयो । “१७ वर्ष पहिला मैले ट्रफी उचालेयता मिस्टर झापा भएको छैन”, उहाँले भन्नुभयो, “जिल्लामा रहेका खेलाडीलाई केही मात्रा भए पनि प्रोत्साहन गर्न प्रतियोगिता गर्न लागेका छौं ।” विभिन्न पाँच वटा तौल समूहमा हुने प्रतिस्पर्धाबाट मिस्टर झापा छनोट गरिने छ । प्रतियोगितामा प्रथमलाई मिस्टर झापाको…

Read More

झापा, ३० जेठ । गिरीबन्धु टि इस्टेटले स्थानीयले चिया बगान हटाउन दबाब दिएपछि बगान स्थानान्तरण गर्ने टुंगोमा पुगेर जग्गा सट्टापट्टाका लागि निवेदन दिएको दाबी गरेको छ । झापाको बुट्टाबारीस्थित गिरी बन्धु टी इस्टेट प्रालिले आज पत्रकार सम्मेलन गरी सो जानकारी दिएको हो । ‘चिया बगान हटाउन निरन्तर जन दबाव आएको र स्थानीय जनताहरुसहित राजनीतिक दलका स्थानीय प्रतिनिधिहरु समेतको रोहबरमा छलफल हुँदा चिया बयान कायम राख्न तीव्र विरोध आएको कारण उक्त क्षेत्रबाट चिया बगान हटाउनु नै उपयक्त हुने टुंगोमा पुगेर नै उपयुक्त ठाउँमा चिया बगानको व्यवस्था गर्ने गरी जग्गा सट्टापट्टाको लागि निवेदन गरिएको हो,’ प्रालिले जारी गरेको विज्ञप्तिमा लेखिएको छ ।…

Read More

एजेन्सीँ, ३० जेठ । फिफा विश्वकप – २०२६ र एएफसी एसियन कप–२०२७ को संयुक्त छनोट अन्तर्गत दोस्रो चरणको आफ्नो अन्तिम खेलमा नेपालले यमनसँग बराबरी खेलेको छ । साउदी अरबको प्रिन्स मोहमद विन फहद स्टेडियममा गएराति भएको खेलमा नेपाल र यमनको खेल २–२ को बराबरीमा सकिएको हो । योसँगै अघिल्ला ५ खेलमा हार र गोलविहीन नेपालले बराबरीबाट अङ्क जोडेको छ । नेपालका फरवार्डद्वय सञ्जीव विष्ट र जिलेस्पीजंग कार्कीले एक–एक गोल गरे । दुवै खेलाडीको यो अन्तर्राष्ट्रिय पहिलो गोल पनि हो । खेलको नवौँ मिनेटमा नसीम अल–गाहवाहीले पेनाल्टीमा गोल गर्दै यमनलाई अग्रता दिलाएका थिए । नेपालका लागि खेलको २३ औँ मिनेटमा सञ्जीवले…

Read More

सरोज भट्टराईशिवसताक्षी, ३० जेठ । झापा शिवसताक्षी नगरपालिका वडा नं. ४ ले आ.व. २०८०/८१ का योजनाहरु सम्पन्न गरेको छ । वडाको भौतिक पूर्वाधार, कृषि, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रहरुमा चालु आ.व.को सम्पन्न गरेको वडा नं. ४ को कार्यालयले जनाएको छ । वडाध्यक्ष विष्णुप्रसाद प्रसाईले आफ्नो वडाको कुनै पनि नागरिक औषधि उपचारको अभावमा मर्नु पर्दैन भन्ने अठोट गरेका छन् । आफ्ना वडामा भएका विपन्न परिवारलाई वडा कार्यालयले निशुल्क स्वास्थ्य विमा गरिदिएको छ । चालु आ.व.मा वडाका ६० विपन्न परिवारलाई स्वास्थ्य विमा गरिदिएको वडाध्यक्ष विष्णुप्रसाद प्रसाईले जानकारी दिए । वडाका नागरिक सामान्य रोगबाट उपचार खर्चको अभावमा अकालमा मृत्यु हुनु पर्दैन । उनले भने,…

Read More