

लिची भिटामिन सी तथा पोटाशियमको महत्वपूर्ण स्रोत हो । लिची स्वादिष्टका साथै स्वस्थ्यबर्धक पनि हो ।
लिची खानाले गर्मी मौसममा शरीरलाई पानीको मात्रा सन्तुलित बनाउन मद्दत गर्छ । लिचीमा ६५ प्रतिशत क्यालोरी हुन्छ जुन शरीरका लागि लाभदायी हुन्छ ।

लिचीका फाइदाहरु यसप्रकार छन् :
१. लिचीमा प्रशस्त मात्रामा मिनरल्स, क्याल्शियम, फस्फोरस, म्याग्नेशियम हुन्छ जुन शरीरको बिकासका लागि फाइदाजनक हुन्छ ।
२. लिचीमा भिटामिन सी तत्व हुन्छ जसले त्वचामा चमक ल्याउनुका साथै शरीरमा रोगप्रतिरोधात्क क्षमता बढाउछ र पाचन शक्तिलाई मजबुत बनाउन मद्दत गर्छ ।
३. लिचीको सेवनले शरीरमा रगतलाई सफा र स्वस्थ राख्नमा मद्दत गर्छ ।
४. लिचीको सेवनले महिलाहरुमा हुने स्तन क्यान्सर रोग लाग्नबाट जोगाउँछ ।
५. लिचीको सेवन गर्नाले ब्लडप्रेशर कन्ट्रोल गर्न मद्दत गर्छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।