
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
बिर्तामोड, १५ बैशाख । झापा विद्युतीय व्यवसायी संघले संघको भवन निर्माणका लागि जग्गा प्रदान गर्ने अग्रवाल दम्पत्तीलाई सम्मान गरेको छ । आज ‘नव बर्ष २०८१ सालको शुभकामना आदानप्रदान तथा संघद्वारा प्रकाशित क्यालेन्डर विमोचन कार्यक्रमका बीच जग्गादान गर्ने व्यवसायी दिपचन्द्र अग्रवाल र उनकी धर्मपत्नी अनिता अग्रवालाई सम्मान गरिएको हो । दिपचन्द्र झापा विद्युतीय व्यवसायी संघको संस्थापक अध्यक्ष हुन् । उनले संघको भवन निमार्णका लागि बिर्तामोड–४ मा ८.५ धुर जग्गा प्रदान गरेका छन् । लामो समयदेखि इलेक्ट्रिक व्यवसायमा आबद्ध अग्रवालले सामाजिक उत्तरदायित्व वहन गर्दै संघको भवन निमार्णका लागि जग्गा उपलब्ध गराएको बताए । अग्रवाल दम्पत्तीलाई प्रमुख अतिथि बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष…
बितामोड, १५ बैशाख । झापाको बिर्तामोडमा इन्टरनेशनल व्युटीपालर ट्रेनिङ एण्ड सर्भिस सेन्टर सञ्चालनमा आएको छ। काठमाडौँमा मुख्य कार्यालय रहेको सेन्टरको झापाको बिर्तामोडमा पहिलो पटक ११औ शाखा सञ्चालनमा आएको हो । शाखाको प्रमुख अतिथि बिर्तामोड उद्योग बाणिज्य संघका अध्यक्ष राजु न्यौपाने, इन्टरनेशनल व्युटीपालर ट्रेनिङ एण्ड सर्भिस सेन्टर काठमाडौंकी सीइओ पुनम लामिछाने, जिल्ला सहकारी संघका सदस्य कृष्ण पौडेल लगायतले संयुक्त रूपमा उद्घाट गर्नुभएको थियो । ट्रेनिङ सेन्टरबाट बेसिक, एड्मान्स, फूल व्यूटीसियन लगायतका कोर्ष अध्यापन हुने ट्रेनिङ सेन्टरकी सञ्चालक सुमित्रा पनेरु (सुमी) ले जानकारी दिनुभयो । विदेश जानेका लागि एक महिने विशेष कोर्ष सञ्चालन हुने उहाँले बताउनुभयो । १५ लाख रुपैयाँको लागतमा सञ्चालनमा…
बिर्तामोड, १५ बैशाख । झापाको बिर्तामोड नगरपालिकाले यहाँका वडा सदस्यहरुलाई क्षमता विकास तालिम दिएको छ । तालिमको नगर प्रमुख पवित्रा महतारा प्रसाईले व्यानर वाचन गरेर उद्घाटन गर्नु भयो । कार्यक्रममा बोल्दै नगर प्रमुख पवित्रा महतारा प्रसाईले यस प्रकारका तालिम, गोष्टीले काममा आत्मविश्वास् बढ्ने बताउनु भयो । उहाँले तालिममा सिकेको कुरालाई व्यवहारमा कार्यान्वयन गर्न आग्रह गर्दै जनप्रतिनिधिले जिम्मेवार ढंगले प्रस्तुत हुनु पर्ने धारणा व्यक्त गर्नुभयो । यस्तै उप प्रमुख नगेन्द्र प्रसाद संग्रौलाले जनप्रतिनिधिले पार्टीगत आधारमा नभई स्वतन्त्र र न्यायिक ढंगले जनतालाई सेवा सुविधा दिनु पर्नेमा जोड दिनुभयो । उहाँले स्थानिय सरकारको सुशासन दिने कुरामा पच्पन्न जना जनप्रतिनिधि नै लागेको बताउनु भयो…
झापा, १५ बैशाख । कृषि ज्ञानकेन्द्र झापाले समृद्धि दिदीभाइ कृषि फर्मलाई ढुवानीको साधन प्रदान गरेको छ । ज्ञान केन्द्रले शुक्रबार एक समारोहका बीच झापा गाउँपालिका–६ स्थित किराँतचोकमा उक्त सवारी साधन हस्तान्तरण गरेको हो । व्यावसायिक केरा खेतीका लागि ढुवानी साधन खरिद सहयोग कार्यक्रम अन्तरर्गत सो फर्मलाई ५० प्रतिशत अनुदान प्रदान गरिएको ज्ञान केन्द्रका प्रमुख सागर बिष्टले जानकारी दिए । उत्पादित केराको बजारीकरणमा सहयोग पु¥याउन पिकअप गाडि सहयोग गरिएको उनले बताए । ढुवानीका साधनमा फर्म र ज्ञान केन्द्रको ५०÷५० प्रतिशत लगानी छ । दिदिभाई कृषि फर्मको ८ लाख र ज्ञान केन्द्रको ८ लाख गरी कुल १६ लाखमा खरिद गरिएको सानो गाडि…
झापा, १५ बैशाख । प्रविधिको दुनियाँमा समाजलाई सशक्त उपस्थिति गराउने माध्यमका रुपमा प्रयोग गरिने कम्प्युटर सफ्टवेयरहरुको निर्माता कम्पनी प्रथम आइटी सिस्टमको ११औं वार्षिक साधारण सभा तथा छैटौं अधिवेशन आज झापाको बिर्तामोडमा सम्पन्न भएको छ । रजिष्टर्ड कार्यालय काठमाडौंमा रहेको उक्त कम्पनीले बिर्तामोडमा कर्पोरेट शाखा सञ्चालन गरी पूर्वका व्यवसायिक प्रतिष्ठान तथा वित्तीय संस्थाहरुलाई सेवा प्रवाह गरिरहेको छ । हाल नेपालका ६०० भन्दा बढी सहकारीहरुमा फिनटेक इको सिस्टमसहितको आफनो सफ्टवेयरहरु सञ्चालनमा ल्याएको कम्पनीले चेन स्टोरहरु, डिपार्टमेन्ट स्टोरहरुको लागि लेखास्त्र सफट्वेयर बिक्री गरी सेवा पुर्याउँदै आएको साधारणसभाका अवसरमा अध्यक्ष लोकप्रिय खनालले जानकारी दिए । कम्पनीका अध्यक्ष खनालको अध्यक्षतामा सञ्चालित साधारणसभामा उनले गत आर्थिक…
बिर्तामोड, १४ बैशाख । झापाको बिर्तामोडमा आयोजित एक कार्यक्रमका बीच प्रविधिको बढ्दो प्रयोग, साइवर अपराध र कानूनी व्यवस्थाबारे छलफल भएको छ । नारी सञ्चार गृह झापाकी अध्यक्ष रेजिना गौतमको अध्यक्षता तथा बिर्तामोड नगरपालिका ४ नम्बर वडाका वडाध्यक्ष राहुल शर्माको प्रमुख आतिथ्यमा सञ्चालित कार्यक्रममा प्रमुख अतिथि शर्माले प्रविधि अभिन्न अंग बनिसकेको अहिलेको युगमा प्रविधिको प्रयोगबाट हुने जोखिमबारे सबैले सचेत रहनुपर्ने बताए । पटक पटकको छलफल गर्दा समय अनुसार प्रविधिको प्रयोगबाट हुने अपराध र त्यस बिरुद्ध भएका कानूनी व्यवस्थाबारे सबैले सचेत हुन आवश्यकता ठानेरको उल्लेख गर्दै ध्यानपूर्वक सिक्न र सिकेको कुरा अरुलाई पनि शेयर गर्न सुझाए । बिर्तामोड पालिका ४ नं। वडा…
चन्द्र बस्नेतकनकाई, १४ बैशाख । झापाको कनकाई नगरपालिकाका नगर प्रमुख राजेन्द्रकुमार पोखरेलले सबै नगरवासीमा हात्तीपाइलेको औषधि सेवन गर्न आग्रह गर्नुभएको छ। विश्वका ७२ देश मध्ये ७१ वटा देशमा हात्तीपाइलेको औषधि खुवाइदै गरेको र नेपालका ७७ जिल्ला मध्ये १ जिल्लामा बाहेक ६९ जिल्लामा औषधि खुवाइने अभियान सम्पन्न भइसहेको र ७ वटा जिल्लामा मात्र यस बर्ष औषधि सेवन गराइदै गरेको अवस्थामा कोशी प्रदेशमा झापा जिल्ला मात्रै बाकी रहेकाले उक्त रोग निर्मुल नभएकाले यो नै अन्तिम पटक बनाई सबै नगरबासीले हात्तीपाइलेको औषधि सेवन गर्न नगर प्रमुख पोखरेलले आग्रह गर्नुभएको हो। कनकाई नगर हरेक क्षेत्रमा पहिलो हुँदै गएपनि हात्तीपाइले औषधी सेवनमा पछि परेकाले नगरबासी…
सन्तोष शर्माभद्रपुर, १४ बैशाख । हात्तीपाइले रोगको स्रोत नै मानिस रहेको जनाइएको छ । हात्तीपाइले रोगविरुद्धको आम औषधि सेवन अभियानबारे आज पत्रकारसँग अन्तरक्रिया कार्यक्रममा प्रस्तुति दिँदै स्वास्थ्य कार्यालय झापाका निमित्त प्रमुख रमेश बाराकोटीले हात्तीपाइले रोगको परजीवी मान्छे र लामखुट्टेमा मात्र हुने भएकाले मानिस नै प्रमुख स्रोत भएको उहाँले बताउनुभयो । ‘लामखुट्टेको जीवनचक्र एक÷ डेढ महिनाको हुन्छ’, उहाँले भन्नुभयो, ‘तर, मानिसको आयु लामो हुने भएकाले हात्तीपाइले रोगको परजीवी मानिसको शरीरमा लामोसम्म रहिरहन्छ, जसका कारण हात्तीपाइले रोगको जोखिम रहिरहन्छ ’ हात्तीपाइले रोगमुक्त बनाउन सबैले औषधि सेवन गर्नुको विकल्प नभएको उहाँले बताउनुभयो । सोही कार्यक्रममा प्रदेशसभा सदस्य छविलाल चुडाल, जिल्ला समन्वय समिति झापाका…
बिश्वनाथ श्रेष्ठ हात्तीपाईले (फाईलेरिया) रोग मानिसलाई शारिरीक रुपमा अशक्त, असमर्थ तथा अपाङ्गता गराउने सरुवा रोग हो।यो एक प्रकारको मसिनो धागो आकारको जुका जस्तै परजीबिको संक्रमणले गर्दा हुन्छ।यो रोग क्युलेक्स जातको संक्रमित पोथी लामखुट्टेको टोकाईबाट सार्दछ।हात्तीपाईले गराउने परजीवि Wuchereria Bancrofti, Brugia Malayi , Brugia Timori गरी तीन प्रजातिका हुन्छन् तर नेपालमा Wuchereria Bancrofti प्रजाति मात्र पाईएको छ। हात्तीपाईले रोगका लक्षण तथा चिन्हहरुः यस रोगका लक्षण तथा चिन्हहरु प्राय लामो समयपछि मात्र देखा पर्दछ।मानिसको शरीरमा यस रोगको परजीबि प्रबेश गरेको ८ देखि १६ महिनामा मात्र यस रोगको लक्षण देखिन्छ।शुरुका अवस्था (Acute Manifestation) मा ज्वरो आउने, जाडो हुने, शरीरमा कम्पन आउने, लिम्फ नलीहरु…
झापा, १४ बैशाख । झापाको अर्जुनधारा नगरपालिका–८ पिपल चोकस्थित मजनुर महमदको घरमा आगलागी हुँदा दुई लाख बढीको क्षति भएको छ । बिहीबार बेलुका ४ बजे उनको एलवेस्टर फल्स सिलिङको छाना भएको बाँस र टिनको टाँटी बेरा भएको भुईतले घरमा कोही नभएको अवस्थामा पश्चिम पट्टीको कोठामा विद्युत सर्ट भई अचानक आगलागी भएको थियो । उक्त आगलागी स्थानीयबासीको सहयोगमा बेलुका ५ः३० बजे नियन्त्रणमा आएको थियो भने आगलागीबाट कोठामा रहेको सुन एक तोला, नगद भारु ५ हजार, लत्ताकपडा, काठपात समेत जलेर नष्ट हुँदा करिब २ लाख १० हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।