
चन्द्र बस्नेत
कनकाई, १४ बैशाख । झापाको कनकाई नगरपालिकाका नगर प्रमुख राजेन्द्रकुमार पोखरेलले सबै नगरवासीमा हात्तीपाइलेको औषधि सेवन गर्न आग्रह गर्नुभएको छ।
विश्वका ७२ देश मध्ये ७१ वटा देशमा हात्तीपाइलेको औषधि खुवाइदै गरेको र नेपालका ७७ जिल्ला मध्ये १ जिल्लामा बाहेक ६९ जिल्लामा औषधि खुवाइने अभियान सम्पन्न भइसहेको र ७ वटा जिल्लामा मात्र यस बर्ष औषधि सेवन गराइदै गरेको अवस्थामा कोशी प्रदेशमा झापा जिल्ला मात्रै बाकी रहेकाले उक्त रोग निर्मुल नभएकाले यो नै अन्तिम पटक बनाई सबै नगरबासीले हात्तीपाइलेको औषधि सेवन गर्न नगर प्रमुख पोखरेलले आग्रह गर्नुभएको हो।
कनकाई नगर हरेक क्षेत्रमा पहिलो हुँदै गएपनि हात्तीपाइले औषधी सेवनमा पछि परेकाले नगरबासी सम्पूर्णलाई यस बर्षको हात्तीपाइले रोगको औषधि सेवन गरेर हात्तीपाइले रोग पूर्ण रुपमा मुक्त गर्न पनि बारम्बार उहाँले आग्रह गर्नुभएको थियोे ।
कनकाई नगरसहित झापा जिल्लाभर बैशाख १६ देखि २२ गतेसम्म राष्ट्रिय हात्तीपाइले रोग निवारण अभियान अन्तरगत आम औषधी वितरण कार्यक्रम कनकाई नगरमा सम्पुर्ण तयारी पूरा भएको नगर स्वास्थ्य शाखाका प्रमुख खगेन्द्र दंगालले जानकारी दिनुभयो ।
कनकाईमा अभियान सहित रोगलाई निर्मुल पार्न नगरका सबै टोल, बस्ती ,वडा, नगरमा छुट्टाछुट्टै टोलका प्रतिनिधि संघ (सस्था , विध्यालयका प्रधानध्यापक तथा शिक्षकहरु त्यसैगरी स्वास्थ्य कर्मचारी , स्वास्थ्य स्वयंसेविका,सन्चार्कर्मी हरुबीचहरुलाई समेत पालिका स्तरीय अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको जनस्वास्थ्य अधिकृत नारायण अधिकारीले बताउनुभयो ।

राष्ट्रिय हात्तीपाइले रोग निवारणका लागि वितरण कार्यक्रम अन्तरगत नगरमा बैशाख १६ देखि २२ गतेसम्म राष्ट्रिय हात्तीपाइले रोग निवारण अभियान अन्तरगत आम औषधी वितरण कार्यक्रम सञ्चालन गरिने अभियान कनकाई नगरको जनसंख्या करिव ५३ हजार रहेको र त्यो मध्ये यस बर्ष ५१ हजारलाई औषधी सेवन गराइने लक्ष्य रहेको कनकाई स्वास्थ्य शाखाकी सिनियर अनमी टीका दवाडीले जानकारी दिनुभयो ।
कनकाई नगरमा १४ वटा सामुदायिक र २३ वटा संस्थागत बिद्यालयमा अध्ययनरत करिव १४÷१५ हजार बिद्यार्थीलाईसमेत औषधि खुवाइने कार्यक्रममा बताइएको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



