
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
काठमाण्डौ, १५ जेठ । सरकारले आउँदो आर्थिक वर्ष ९ सय मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा थप गर्ने लक्ष्य लिएको छ । आउँदो आर्थिक वर्ष २०८१–८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले आउँदो आर्थिक वर्ष ९ सय मेगावाट बिजुली थप गरी कुल क्षमता ४ हजार ५ सय मेगावाट पुर्याउने लक्ष्य लिएको जानकारी गराउनुभएको छ । यस्तै सरकारले आउँदो आर्थिक वर्षभित्र बङ्ग्लादेशमा बिजुली निर्यात गर्ने लक्ष्य लिएको छ । यसैगरी हिउँदयाममा हुने बिजुली अभाव पूर्तिका लागि बूढीगण्डकी, दूधकोशी, नलगाडलगायत जलाशययुक्त आयोजनाको काम शुरु गर्ने अर्थमन्त्री पुनले घोषणा गर्नुभएको छ । सरकारले आउँदो आथिक वर्ष ऊर्जा क्षेत्र विकासका लागि ५० अर्ब ७४…
काठमाडौं, १५ जेठ । सरकारले आगामी आर्थिक वर्षमा प्रदेश र स्थानीय तहलाई ५ खर्ब ६७ अर्ब रुपैयाँ दिने घोषणा गरेको छ । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् । उनले प्रदेश र स्थानीय तहलाई समानीकरण अनुदान, समपूरक अनुदान, ससर्त अनुदान र विषेश अनुदानका साथै राजस्व बाँडफाँटबाट प्रदेश र स्थानीय तहलाई ५ खर्ब ६७ अर्ब रुपैयाँ दिन लागिएको जानकारी दिए । उनले आगामी वर्ष समानिकरणबाट प्रदेशलाई ६० अर्ब रुपैयाँ र स्थानिय तहलाई ८८ अर्ब रुपैयाँ दिन लागिएको बताए । उनले विशेष अनुदानको रुपमा प्रदेशलाई ४ अर्ब रुपैयाँ र स्थानीय तहलाई ८ अर्ब रुपैयाँ दिन…
काठमाण्डौ, १५ जेठ । सरकारले आउँदो आर्थिक वर्षको बजेटमा पाँच वटा मुख्य प्राथमिकता कायम गरेको छ । आउँदो आर्थिक वर्ष २०८१–८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले बजेटको प्राथमिकता प्रस्तुत गर्नुभएको हो । सरकारका पाँच प्राथमिकता यस प्रकार छन्– १, आर्थिक सुधार र निजी क्षेत्रको प्रवर्द्धन२, कृषि, ऊर्जा, सूचना प्रविधि, पर्यटन, औधोगिक विकास र पूर्वाधार निर्माण३, शिक्षा, स्वास्थ्यलगायत सामाजिक क्षेत्रको विकास४, समावेशीता र सामाजिक सुरक्षा५, सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवामा सुधार त्यस्तै, प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रमका लागि सरकारले २ अर्ब ९८ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । आर्थिक वर्ष २०८१–८२ का लागि कृषि सुधार कार्यक्रम अन्तर्गत सरकारले उक्त…
काठमाडौँ, १५ जेठ । सहकारी ठगी सम्बन्धमा गठन गरिने भनिएको संसदीय छानबिन समितिको कार्यादेश(टीओआर) मा दलहरुबिच सहमति भएको छ । सिंहदरबारस्थित कानुन तथा न्याय मन्त्रालयमा बसेको कार्यदलको बैठकले चार बुँदे सहमति गरेको हो । कार्यदलमा गरिएको सहमतिलाई प्रधानमन्त्री पुष्षकमल दाहाल ‘प्रचण्ड’ समक्ष बुझाइएको छ । ‘सङ्घीय संसदमा प्रमुख विपक्षी दल नेपाली काँग्रेस र अन्य विपक्षी दलका प्रतिनिधि सभाका सदस्यहरूले विगत केही समयदेखि मुलुकको वित्तीय प्रणाली र सहकारी क्षेत्रमा देखिएका समस्याका बारेमा उठाउनुभएका मुद्दा र कानून विपरीत बचतकर्ताहरूको बचत दुरुपयोग भएको भनी संसदीय छानबिन समितिको माग हुँदै आएको विषयमा अध्ययन गर्न प्रतिनिधिसभा नियमावली २०७९ को नियम १८० बमोजिम ूसहकारी संस्था बचत…
स्वस्थ रहन नियमित व्यायाम गर्नु जरुरी छ । केही व्यक्तिहरू शारीरिक रूपमा सक्रिय र तन्दुरुस्त रहन हरेक दिन हिँड्छन् वा दौडन्छन यदि तपाईं चाहनुहुन्छ भने छिटो पैदल यात्रा (ब्रिस्क वाक) पनि गर्न सक्नुहुन्छ। वास्तवमा, छिटो हिँड्नु एक धेरै सजिलो र आरामदायक व्यायाम हो। यो सबैले गर्न सक्छन्। जान्नुहोस् छिटो गतिमा हिँड्नुका स्वास्थ्य लाभहरू ? हेल्थलाइनमा प्रकाशित समाचारका अनुसार छिटो हिँड्नु एकदमै सजिलो र प्रभावकारी कार्डियो वर्कआउट हो। साथै यो सबैको लागि उत्तम छ। छिटो हिँड्दा मुटु र फोक्सोलाई पनि फाइदा हुन्छ । नियमित कार्डियो व्यायामले विभिन्न प्रकारका शारीरिक र मानसिक फाइदाहरू प्रदान गर्दछ। यदि तपाईंको तौल बढ्दै गएको छ भने…
नयाँ दिल्ली, १५ जेठ । बलिउड अभिनेता सलमान खानको आगामी फिल्म ‘सिकंदर’मा दक्षिण भारतका चर्चित अभिनेता सत्यराजको इन्ट्री भएको छ । एआर मुरुगादासको निर्देशनमा बन्न लागेको यस फिल्ममा उनी खलनायकको भूमिकामा देखिने चर्चा छ । सत्यराजले ‘बाहुबली’ फ्रेन्चाइजमा कटप्पाको भूमिका निभाएका थिए । अभिनेता आफैंले हालैको एक अन्तर्वार्तामा ‘सिकन्दर’मा आफूलाई कास्ट गरिएको बताए । यस फिल्ममा आफू खलनायकको भूमिकामा देखिने पनि उनले बताएका थिए । फिल्ममा सलमान मुख्य भूमिकामा हुनेछन् । उनको अपोजिटमा रश्मिका मन्डनालाई काष्ट गरिएको छ । फिल्मलाई साजिद नाडियाडवालाले निर्माण गर्दैछन् । पहिलो पटक बन्दैछ सलमान–रश्मिकाको जोडी यस महिनाको सुरुमा, निर्माताहरूले फिल्मसँग सम्बन्धित नयाँ घोषणा गरेका थिए…
काठमाडौं, १५ जेठ । क्रिस्टियानो रोनाल्डोले साउदी प्रो लिगमा एकै सिजन सर्वाधिक गोल गर्ने कीर्तिमान बनाएका छन् । लिगको अन्तिम खेलमा अल(इतिहाड विरुद्ध २ गोल गर्दै रोनाल्डोले एकै सिजन ३५ गोलको कीर्तिमान बनाए । उक्त खेलमा रोनाल्डोको टोली अल नासेर ४२ ले विजयी भएको थिए । ३९ वर्षीय रोनाल्डोले यसअघि अब्देराजाक हमदाल्लाले सन् २०१८(१९ मा राखेको ३४ गोलको कीर्तिमान तोडेका हुन् । सन् २०२३ जनवरीमा म्यानचेष्टर युनाइटेड छाडेर साउदी पुगेका पोर्चुगिजका फरवार्ड रोनाल्डो अल नासेरका लागि सबै खाले प्रतियोगितामा ६९ खेलमा ६४ गोल गरेका छन् । अन्तिम खेलमा जितपछि अल नासेर साउदी लिगमा दोस्रो भएको छ । च्याम्पियन अल हिलालभन्दा…
सन्तोष शर्माभद्रपुर, १५ जेठ । झापाका गर्भवती तथा सुत्केरी महिलाका लागि कोशी प्रदेश सरकारले पौष्टिक पिठो उपलब्ध गराएको छ । तीन महिनाको गर्भवतीदेखि दुई वर्षसम्मको सुत्केरीका लागि प्रदेश सरकारले ३० हजार नौ सय २० केजी पौष्टिक पिठो उपलब्ध गराएको स्वास्थ्य कार्यालय झापाका जनस्वास्थ्य निरीक्षक विश्वनाथ श्रेष्ठले जानकारी दिनुभयो । “आमा र बच्चालाई आवश्यक पौष्टिक तत्व परिपूर्ति गरी उनीहरुको स्वास्थ्य सुधार गर्न प्रदेश सरकारले यो कार्यक्रम ल्याएको हो”, उहाँले भन्नुभयो, “आर्थिक अवस्था कमजोर भएका गर्भवती र सुत्केरी महिलालाई यसले धेरै फाइदा पुग्छ ।” पौष्टिक पिठोमा विभिन्न १५ प्रकारका भिटामिन र मिनिरल्स मिसिएको छ । जसले गर्भवती र सुत्केरीलाई आवश्यक पौष्टिक तत्व…
झापा, १५ जेठ । नेपाली जनताको सङ्घर्ष, बलिदान र परिवर्तनसँग जोडिएको गणतन्त्र स्थापनाका अवसरमा आज राष्ट्रिय दिवस मनाइँदैछ । तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (माओवादी) को सशस्त्र युद्ध र सात संसदीय राजनीतिक दलको शान्तिपूर्ण आन्दोलनको जगमा तत्कालीन राजा ज्ञानेन्द्र शाहले आफ्नो प्रत्यक्ष शासनसत्तालाई जनतालाई फिर्ता गर्दै २०६३ वैशाख ११ गते तत्कालीन संसद् पुनःस्थापना गरेका थिए भने त्यसपछि गठित सरकारबाट भएको संविधानसभाको निर्वाचनबाट निर्वाचित संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ गते व्यवस्थापिका–संसदबाट गणतन्त्र स्थापनाको घोषणा गरेको थियो । सरकारले ‘गणतन्त्र दिवस २०८१’ लाई भव्यरूपमा मनाउन ‘गणतन्त्र दिवस मूल समारोह समिति गठन गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा यही जेठ…
झापा, १५ जेठ । नेपालमा स्थानीय वायुसँगै देशको पूर्वी भूभागमा ‘रेमल’ चक्रवातको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशको कोशी, मधेस, बागमती, गण्डकी र कर्णाली प्रदेश लगायत बाँकी पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रहेको छ। बागमती प्रदेश र गण्डकी प्रदेशको थोरै स्थानहरूमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षा इइरहेको छ। आज दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा साधारण बदली तथा बाँकी भूभागमा आंशिकदेखि मौसम मुख्यतया सफा रहने छ। कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा मधेस प्रदेश र कर्णाली प्रदेशका एक–दुई स्थानमा चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश,…