
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
भद्रपुर, ८ जेठ । झापाको कचनकवल गाउँपालिकाबाट लागुऔषध ब्राउनसुगरसहित एक महिला पक्राउ परेका छन् । सोमबार दिउँसो कचनकवल गाउँपालिका–४ स्थित सुनकोशी चिया बगानबाट सोही स्थानकी ३६ वर्षीया अलिसा शेखलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी कृष्णकुमार चन्दले जानकारी दिनुभयो । चिया बगानमा लागुऔषध कारोबार भइरहेको भन्ने विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय केचनाबाट खटिएको प्रहरी टोलीले शंका लागेर शेखलाई चेकजाँच गर्दा उनको साथबाट प्लाष्टिकमा पोका पारेको अवस्थामा २ पोका (४० ग्राम ८४० मिलिग्राम) ब्राउनसुगर बरामद भएको थियो । उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
मलेसिया, ८ जेठ । मलेसियन सरकारले वैदेशिक कामदारको आवेदनमा रोक लगाउने म्याद फेरि लम्ब्याउने निर्णय गरेको छ । गृहमन्त्री दत्तुक सेरी सैफुद्दीन नासुशन इस्माइलले यसबारे जानकारी दिएका हुन् । देशमा विदेशी कामदारको संख्या अर्थ मन्त्रालयले प्रक्षेपण गरेको १।७१ करोड श्रमशक्तिको १५ प्रतिशतभन्दा बढी हुन नहुने सैफुद्दिनले सोमबार पत्रकार सम्मेलनमा दोहोर्याए। ‘विदेशी कामदारहरूको हालको संख्या, जसमा स्वीकृत कोटा भएका, प्रवेशको लागि पर्खिरहेका र रिक्यालिब्रेसन २।० ृकार्यक्रमे मार्फत दर्ता भएकाहरू समावेश छन्, अर्थ मन्त्रालयले तोकेको अधिकतम सीमा यो वर्ष डिसेम्बर ३१ सम्ममा पुग्ने अपेक्षा गरिएको छ,’ उनले भने । सरकारले २०२३ मार्चदेखि विदेशी कामदारको नयाँ भर्नामा रोक लगाएको छ। ‘सोमबार बैठकमा ृमानव…
एजेन्सी, ८ जेठ । यौन प्राकृतिक आवश्यकता हो । यद्यपि, मुटुरोगको समस्या भएका धेरैमा एउटा जिज्ञासा हुनसक्छ–कतै यौन क्रियाकलापले मुटुलाई झन् जोखिम त पार्दैन ? यो दुविधा हुनु स्वभाविक हो । किनकि जति खुलेर अन्य स्वास्थ्य समस्याको चर्चा गरिन्छ, त्यति यौनबारे गरिंदैन । चिकित्सकसँग पनि संकोचका कारण बिरामीले यसबारे खुलेर प्रश्न सोध्दैनन् । जसले गर्दा यौन जीवनमा प्रत्यक्ष–अप्रत्यक्ष रुपमा प्रभाव पारिरहेको हुनसक्छ । मुटुमा समस्या भएपछि यौन जीवनमा असर पार्छ ? शारीरिक तथा मानसिक अवस्था, उपयुक्त व्यक्ति तथा वातावरणजस्ता विषयले यौनको नतिजा फरक पार्न सक्छन् । तर यौन आधारभूत आवश्यकता नै हो र यसलाई कुनै रोगमा पनि पूर्ण वर्जित विषय…
काठमाडौँ, ८ जेठ । अभिनेता पल शाहले प्रहरीसँगको मुठभेडको दुई तस्बिर सामाजिक संजालबाट शेयर गरेका छन् । मंगलवार बिहानै फेसबुकमा सार्वजनिक फोटोमा उनी वृद्ध अवस्थामा देखिएका छन् । तस्बिर फिल्म ‘पुजार सार्की’ अभिनय सिलसिलाको हो । फिल्मको रिलिज दुई दिन बाँकी भन्दै उनले यी तस्बिर सार्वजनिक गरेका हुन् । ‘मेरो करियरमा महत्वपूर्ण चलचित्र ‘पुजार सार्की’ साबित हुनेमा म ढुक्क छु । मैले केही दिन अगाडी पनि भनेको थिएँ कि म अर्को चलचित्र ‘रावायण’को छायाङ्कनका कारण ‘पुजार सार्की’को प्रचारमा प्रत्यक्ष सहभागी हुन सकेको छैन’, उनले अगाडि भनेका छन् ‘मेरो भूमिका र प्रचारको सहभागिताका विषयमा मेरा शुभेच्छुकहरुले देखाउनु भएको चासो र चिन्ताप्रति…
काठमाडौं, ८ जेठ । कान्तिपुर पब्लिकेसन्सका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । जिल्ला अदालत धनुषाले उनको नाममा पक्राउ पुर्जी जारी गरेको सूचना अधिकारी डम्बरप्रसाद घिमिरेले जानकारी दिए । सिरोहियाविरुद्ध जिल्ला प्रहरी कार्यालयमा नागरिकता दुरुपयोगको उजुरी परेको थियो । १६ वैशाख २०८१ मा प्रहरीमा परेको जाहेरीमा सिरोहिया गैरनेपाली नागरिक रहेको र नागरिकताको दुरुपयोग गरिरहेको आरोप थियो । आफूविरुद्ध प्रहरीमा जाहेरी परेपछि सिरोहियाले आफूमाथि धरपकड हुन सक्ने भन्दै सर्वोच्च अदालतमा प्रतिषेधको रिट दायर गरेका थिए । उक्त रिटमा सुनुवाइ गर्दै सर्वोच्चले गृह मन्त्रालयसँग सिरोहियामाथि अनुसन्धान गर्नुपर्ने कारण माग गरेको थियो ।
काठमाडौँ, ८ जेठ । प्रतिनिधि सभाको बैठक जेठ ११ गतेसम्मका लागि स्थगित भएको छ । मंगलबार बसेको बैठकमा नेपाली कांग्रेसको अवरोधका बिच राजनीतिक दलसम्बन्धी विधेयक दोस्रो संशोधन २०८० फिर्ता भएको छ । यस्तै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले ‘लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८१ सभामा पेस गरेका छन् ।
काठमाण्डौ, ८ जेठ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत पहिलो क्वालिफायरमा आज कोलकाता नाईट राइडर्स र सनराइजर्स हैदराबाद खेल्दैछन् । खेल अहमदाबादमा नेपाली समयअनुसार राति पौने ८ बजे शुरु हुनेछ । फाइनल पुग्नका लागि हुने पहिलो क्वालिफायर खेलमा सबैभन्दा महङ्गा दुई अष्ट्रेलियाली खेलाडी प्याट कमिन्स र मिचेल स्टार्क आमनेसामने हुँदैछन् । हैदराबादले कप्तान कमिन्सका लागि अक्सनमा २५ लाख डलर तथा कोलकाताले बलर स्टार्कका लागि २९ लाख ८० हजार डलर खर्चेको थियो । पहिलो क्वालिफायरमा पराजित टोलीले एक अर्को मौका पाउनेछ । भोलि हुने इलिमिनेटर खेलमा राजस्थान रोयल्स र रोयल च्यालेन्जर्स बेंगलुरु ९आरसीबी० खेल्ने छन् । आजको पहिलो क्वालिफायरमा विजयी…
भद्रपुर, ८ जेठ । झापाको कचनकवलबाट सशस्त्र प्रहरीले ठूलो परिमाणमा अवैध सामान बरामद गरेको छ । सोमबार दिउँसो कचनकवल गाउँपालिका–६ स्थित जमनाल मियाँको घरबाट भारतबाट अबैध रुपमा चोरी तस्करी गरी ल्याई लुकाई छिपाई राखेको २३ पोका कपडा बरामद गरिएको हो । सशस्त प्रहरी बल नेपाल नं २ गण हेक्सा झापाको विशेष सूचनाको आधारमा सशस्त प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म पेराबारीका सपनाउ प्रभात कुमार गौतमको कमाण्डमा खटिएको टोलीले भारतबाट चोरी तस्करी गरी ल्याई ठूलो मात्रामा भण्डारण गरी राखिएको निज जमनाल मिनीको घर खानतलासी गरी बरामद गरिएको र उक्त लत्ताकपडा ४८ लाख १८ हजार ७ सय मुल्य कामम भई मेची भन्सार…
झापाको मध्यभागमा रहेको बन्दमुक्त पर्यटकीय तथा विद्युत् चुहावटमुक्त नगर कनकाई नगरपालिकाको विविधि गतिविधिसँग सम्बन्ध्ति रहेर नगरप्रमुख राजेन्द्रकुमार पोखरेलसँग झापा अनलाइनका सम्पादक सन्तोष शर्मा र पत्रकार चन्द्र बस्नेतले गर्नुभएको कुराकानीको संक्षेप- आर्थिक वर्षको अन्त्यको संघारमा छौं । के–कस्तो काम भएका छन् ?आर्थिक वर्ष २०८०÷८१ का लागि कनकाई नगरपालिकाको कार्यपालिकाले गरेको निर्णय अनुसार अधिकांश कार्य सम्पन्न भइसकेका छन् भने कतिपय कार्यक्रम सम्पन्न हुने क्रममा छन् । संघीय सरकारसँग सहकार्य गरिएका कामहरु करिब–करिब सकिएको छ । प्रदेश सरकारसँगको कार्यक्रम पनि लगभग सकिने अवस्थामा छ । तोकिएको बजेट कटौती भइरहेको अवस्था के–कस्ता समस्या देखिएका छन् ?विकासका कुरा बजेटसँग प्रत्यक्ष जोडिएको हुन्छ । त्यसबाट प्रभावित…
झापा, ८ जेठ । झापाको कनकाईमा आज पूर्व प्रधानमन्त्री केपी ओलीसँग जिल्लाभरका बालबालिकासँग सम्वाद हुँदैछ । झापा जिल्ला बाल सञ्जालको आयोजनामा आज कनकाई उद्योग बाणिज्य संघको सभाहलमा ‘बासँग बालबालिका कार्यक्रम’मार्फत् पूर्व प्रधानमन्त्री ओलीसँग यहाँका बालबालिकाको सम्वाद हुने भएको हो । जिल्लामा रहेका बालबालिको समस्या समाधानार्थ कार्यक्रम आयोजना गर्न लागिएको बाल सञ्जाल झापाका अध्यक्ष अभिषेक मिश्रले जानकारी दिनुभयो । झापाका १४ वटा पालिकाबाट प्रत्यके पालिकाबाट ३० जना र कनकाईका गरी छ सय बालबालिकाले कार्यक्रममा सहभागिता जनाउने छन् । ओलीले बालबालिकाको समस्या र गुनासा सुन्नुका साथै प्रत्येक पालिकाको टोलीसँग छुट्टाछट्टै ४–५ अनौपचारिक कुराकानी गर्ने कार्यक्रम समेत रहेको छ । कार्यक्रमका लागि कनकाई…