
झापा, ८ जेठ । झापाको कनकाईमा आज पूर्व प्रधानमन्त्री केपी ओलीसँग जिल्लाभरका बालबालिकासँग सम्वाद हुँदैछ ।
झापा जिल्ला बाल सञ्जालको आयोजनामा आज कनकाई उद्योग बाणिज्य संघको सभाहलमा ‘बासँग बालबालिका कार्यक्रम’मार्फत् पूर्व प्रधानमन्त्री ओलीसँग यहाँका बालबालिकाको सम्वाद हुने भएको हो ।
जिल्लामा रहेका बालबालिको समस्या समाधानार्थ कार्यक्रम आयोजना गर्न लागिएको बाल सञ्जाल झापाका अध्यक्ष अभिषेक मिश्रले जानकारी दिनुभयो । झापाका १४ वटा पालिकाबाट प्रत्यके पालिकाबाट ३० जना र कनकाईका गरी छ सय बालबालिकाले कार्यक्रममा सहभागिता जनाउने छन् ।
ओलीले बालबालिकाको समस्या र गुनासा सुन्नुका साथै प्रत्येक पालिकाको टोलीसँग छुट्टाछट्टै ४–५ अनौपचारिक कुराकानी गर्ने कार्यक्रम समेत रहेको छ । कार्यक्रमका लागि कनकाई नगरपालिकाको विशेष आर्थिक सहयोग गरेको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



