
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
शिवसताक्षी, १८ चैत । झापाको शिवसताक्षी नगरपालिकाका वडा नं. ४ का वडाध्यक्ष विष्णु प्रसाईंले आफ्नो जन्म दिन एक प्राथमिक विद्यालयमा मनाएका छन् । उनले आफ्नो जन्म दिनमा शिवसताक्षी ४ को विश्वडुब्बामा रहेको कनकाई प्राथमिक विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेर मनाएका हुन् । जन्म दिनको अवसरमा शिवसताक्षीका दक्षिणी क्षेत्रमा आदिबासी समुदायका छोरा छोरीहरु अध्ययन गर्ने विद्यालयका ६० जना विद्यार्थीहरुलाई कपि, पेन्सील, इरेजर लगायतका सामाग्री वितरण गरेको वडाध्यक्ष विष्णु प्रसाईले जानकारी दिए । उनले विपन्न समुदायका छात्र छात्राहरुलाई अध्ययन सहयोग पुर्याउने उद्देश्यले शैक्षिक सामग्री वितरण गरेको बताए । उनले भने, विद्यार्थीहरु शिक्षित र नैतिवान बन्न आवश्यक छ । तर आर्थिक अवस्थाका…
शिवसताक्षी, १५ चैत । झापाको शिवसताक्षीमा जारी प्रदेशस्तरीय नविन राई स्मृति भेट्रान कप फुटबल प्रतियोगिताको आइतबार भएको खेलमा सिविसी भेट्रान क्लब सेमी फाइलनमा प्रवेश गरेको छ । धुलाबारी भेट्रान क्लबलाई ट्राइबेकरमा ४–२ गोल अन्तरले हराउँदै सिविसी भेट्रान क्लब चन्द्रगढी सेमी फाइनलमा प्रवेश गरेको हो । खेलमा धुलाबारीको तर्फबाट १८ औं मिनेटमा जर्सी नं. ९ का महेस सरकार र जर्सी नं. ११ का सुजन साक्यले एक एक गोल गरेका थिए । खेलको २३ औं मिनेटमा सिविसीका तर्फबाट जर्सी नं. १६ का सुवास खड्काले गोल गरेपछि खेल २–१को अन्तरमा रहयो । खेलको इन्जुरी समयमा सिविसीका जर्सी नं. १७ का प्रेमकुमार लिम्बु (बी)ले…
बिर्तामोड, १८ चैत । बिर्तामोड–१० स्थित महेन्द्र ज्योति माविको खेल मैदानमा जारी चौथो वडाअध्यक्ष टोल स्तरीय फुटबल प्रतियोगिताको आइतबार भएको खेलमा उदय रत्न, तोरीबारी, शिवालय टोलको संयुक्त टिम विजयी भएको छ । विजयी टीमले उज्यालो मिर्मिरे टोललाई २–१ ले सडेनडेथमा पाखा लगाएको हो । निर्धारित ८० मिनेटको खेलमा दुवै टीमबाट गोल नभए पछि खेल ट्राइबेकरमा धकेलिएको थियो । ट्राइबेकरमा उदय रत्न ं तोरीबारी ं शिवालय टोलको संयुक्त टिमका तर्फ बाट हेमन्त शेर्पा, समिर शेर्पा र सञ्जय दर्जीले गोल गरे भने पराजित टिम उज्यालो मिर्मिरे टोल का तर्फ बाट समिर लिम्बू, अर्जन रिमाल र देक मान लोकक्तामले गोल गरेका थिए ।…
बिर्तामोड, १८ चैत । झापामा १० हजार भन्दा बढी सहकारीकर्मी र सदस्य एकै ठाउँमा भेला हुँदैछन् । ६७ औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा यही चैत २० गते झापाको बिर्तामोडमा उनीहरु भेला हुने भएका हुन् । सहकारी दिवस मनाउन र सहकारी अभियानलाई अझ सशक्त रुपमा अघि बढाउन यहाँको सहकारीकर्मी र सदस्य एकत्रित हुन लागेको आज जिल्ला सहकारी संघ झापाको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । संघका अध्यक्ष गणेश ढकालले “सहकारीमा सुशासनः प्रविधि र एकीकरण” भन्ने मूल नारा अन्य थप २९ वटा नारासहित भव्यताका साथ सहकारी दिवस मनाउन लागिएको बताउनुभयो । ‘अबको सहकारी अभियानलाई सबल र बलियो बनाउन सहकारी क्षेत्रमा सुशासन…
झापा, १८ चैत । छिमेकीको कुटाइबाट झापाको गौरादहमा एक जना महिलाको मृत्यु भएको छ । गौरादह नगरपालिका वडा नं ७ तामाङ चोक बस्ने ३५ वर्षीया सुमित्रा मुर्मूको छिमेकीको कुटाइबाट मृत्यु भएको हो । बुधवार राति ९ बजेको समयमा स्थानीय ४५ वर्षीय मेघराज दर्जीले मुर्मूलाई मरणासन्न हुनेगरी कुटपिट गरेका थिए । दर्जीले चामल चोरिरहेको अबस्थामा मुर्मूले फेला पारेको उनलाई पक्राउ गर्न खोज्दा चोरीमा संलग्न दर्जीले मुर्मूलाई संवेदनशील अंगहरुमा मुक्का र लात प्रहार गरी घाइते बनाएर भागेको बताइएको छ । घाइते मुर्मूलाई छिमेकीले आम्दा अस्पताल दमक पु¥याए पनि उनको उपचारका क्रममा मृत्यु भएको बताइएको छ । मृतकका आफन्तहरुले अस्थायी प्रहरी चौकी जुरोपानीमा…
झापा, १८ चैत । नेकपा एमाले झापाको ११ औं अधिवेशले प्रेमबहादुर गिरीलाई अध्यक्षमा निर्विरोध चयन गरेको छ । अध्यक्षका प्रत्यासी उम्मेद्वार भनिएका शिव ढुङ्गेलले उम्मेद्वारी नदिएपछि गिरी अध्यक्षमा निर्बिरोध भएका हुन् । अध्यक्ष गिरीसंँगै उपाध्यक्षमा शिव ढुंगेल र सचिवमा तुलसी कार्की समेत निर्विरोध चयन भएका छन् । शनिवार बिहान १०.३० बजेदेखि दिउँसो ३ बजेसम्म तोकिएको उम्मेदवारी दर्ताको समयभित्र अध्यक्ष, उपाध्यक्ष र सचिवमा एक–एक जनाको मात्र उम्मेदवारी दर्ता भएको हो । उपसचिवमा भने असारु राजवंशी, अनिता कन्दङ्वा र टीका मग्रान्तीले उम्मेदवारी दिएका छन् । यसअघि अध्यक्ष पदका लागि आकांक्षा राखेका ढुंगेल उपाध्यक्षमा सर्वसम्मत भएका हुन् । उनलाई प्रदेश कमिटीमा लैजाने चर्चा…
सुनसरी, १८ चैत । सुनसरीको झुम्का कारागारभित्र आज ४२ वर्षीय न्यायधीश राईको मृत्यु भएको छ । पत्नी हत्याको आरोपमा कर्तव्य ज्यान मुद्दामा कैद भुक्तान गरिरहेका खोटाङका साकला गाउँपालिका घर भई हाल इटहरी उपमहानगरपालिका–४ मा डेरा गरी बस्दै आएका राईको करागारभित्रै मृत्यु भएको हो । कारागारभित्रै कुटेर उनको हत्या गरेको राईका आफन्तले आरोप लगाएका छन् । कारागारमा भाईको हत्या भएको दाबी गर्नुहुँदै घटनाको छानबिन गर्नुपर्ने मृत्तक न्यायधीशका दाई सुभास राईले माग गरे । न्यायधीशको शरीरभरि निलडाम रहेको, कान सुनिएको र चोट देखिएकाले कारागारभित्रै कुटेर हत्या गरेको मृतकका भाउजु उर्मिला राईले दाबी गरिन् । कैदीबन्दी राईको जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको…
झापा, १८ चैत । झापाको कनकाई नगरपालिका–७ मा मनोक्रान्ति साधक तिलक लिम्बू (अद्वैत मनोक्रान्ति) ले शनिबारदेखि सात दिने भूतपस्या शुरु गर्नुभएको छ । मानव जातिप्रति समर्पित आध्यात्मिक सन्देश ‘संसारलाई बदल्नु छ, शुरु आफैँबाट गर्नु छ’ भन्ने मनोक्रान्ति अभियानको महान् नारालाई आत्मसात गर्दै आफूले भूतपस्या शुरु गरेको उहाँले बताउनुभयो । “जीवन–जगतलाई सही अर्थमा बुझ्न मनभित्रको क्रान्ति जरुरी छ”, उहाँले भन्नुभयो, “आत्मज्ञान प्राप्ति र संसारलाई सही मार्गमा डोर्याउने मार्ग देखाउने अभियानमा मैले भूतपस्या शुरु गरेको हुँ ।” कनकाई–७ दुर्गापुरस्थित फक्ताङलुङ एजुकेशन फाउण्डेशनको विद्यालय परिसरमा साधक लिम्बूले नौ फुट गहिरो, नौ फुट चौडाइ र नौ फुट लम्बाइको खाल्डोमा आज दिउँसो ३ बजेदेखि चैत…
भद्रपुर, १८ चैत । झापामा चालू आर्थिक वर्षमा सात जनाको मत्यु भएको छ । चालू आर्थिक वर्षमा हात्तीको आक्रमणबाट झापामा ७ जनाको मृत्यु र आठ जना घाइते भएको डिभिजन वन कार्यालय झापाका सूचना अधिकारी अञ्जना पुरीले जानकारी दिनुभयो । आहाराको खोजीमा निस्किएको हात्तीले मानिसको घर–खेतघरमै आक्रमण गर्दा मृत्यु भइरहेको छ । त्यस्तै, वन–जंगलमा घाँस–दाउरा, निगुरो–च्याउ टिप्न जाँदा हात्तीको आक्रमणमा पर्ने गरेका छन् । पछिल्लो समय हात्तीको आक्रमणबाट जनधनको क्षति बढ्दै गएको छ । यता, हात्तीमा ज्यान गुमाएका, घाइते भएका र बालीनालमा क्षति पु¥याएकाहरुले राहत रकम समयमै नआउँदा समस्या भएको जनगुनसो बढ्न थालेको छ । हात्तीको आक्रमणबाट जनधनको क्षति ब्यहोरोका पाँच…
कनकाई, १७ चैत । झापा कनकाई नगरपालिका–७ निवासी पत्रकार रामप्रसाद निरौलालाई मातृशोक परेको छ । उहाँकी आमा हेमकला निरौलाको आज ७० वर्षको उमेरमा निधन भएको हो । हेमकलाका श्रीमान टिकाराम निरौला, छोरा–बुहारी रामप्रसाद–शान्ता निरौला हुनुहुन्छ भने छोरी–ज्वाइँहरु इन्दु–भरत अधिकारी, गोमा–तारानिधी दवाडी, लक्ष्मी–राम कट्टेल, नर्वदा–डम्बर बराल, कल्पना–भीम भण्डारी, इन्दिरा–दुर्गा पोखरेल, गीता–दामोदर भट्टराई छन् । ६ नाति, ८ नातिनी र २ पनातिनाती छन् । मेचीनगर प्रेस क्लबका अध्यक्ष डम्बर बरालको सासूआमा समेत रहनुभका उहाँको शनिबार साँझ कनकाई माईको पूर्वी घाटमा अन्त्येष्टि गरिएको छ । पत्रकार निरौला कनकाई प्रेस क्लबका अध्यक्ष एवम् कनकाई खबर साप्ताहिकका सम्पादक हुन् । दिवंगत हेमकलाको आत्माको चिरशान्ति कामना…