झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, २९ फागुन । झापाको बिर्तामोडमा एक व्यक्तिको मृत्यु भएको छ । बिर्तामोड–६ घर भइ हाल बिर्तामोड–३ मा डेरा गरी बस्दै आएका ४२ वर्षीय सन्तोष राईको ‘साइकलबाट लडेर’ मृत्यु भएको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायव उपरीक्षक सुरज कार्कीले जानकारी दिए । बुट्टाबारी नजिकै सडक किनारमा उनी मृत फेला परेका थिए । मादक पदार्थ सेवन गरी यात्रा गर्दा साइकलबाट लडेर उनको मृत्यु भएको हुनसक्ने प्रहरीले जनाएको छ । उनको टाउको बजारिएको, एकापट्टिको गाला धसारिएको र मुखबाट पानी बगिरहेको अवस्थामा शव फेला परेको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायव उपरीक्षक कार्कीले बताए ।

Read More

भद्रपुर, २८ फागुन । भद्रपुरका क्रान्तिकारी कविको छवि बनाएका विहरी अधिकारीको एकल कविता वाचन सम्पन्न गरिएको छ । भद्रपुर–९ मा रहेको देवकोटा स्मारक संरक्षण समितिको आयोजनामा कवि अधिकारीले आफ्नो एकल कविता वाचन गरेका हुन् । कवि तथा साहित्यकार डिल्लीरमण नेपालको प्रमुख आतिथ्यमा सम्पन्न एकल कविता वाचनमा कवि अधिकारीले विगतदेखि वर्तमानसम्मको समाज चित्रण गर्ने नौ वटा कविता वाचन गरेका थिए । सहिदको सम्झना गर्दै कविता वाचन सुरू गरेका अधिकारीले सहिदको योगदान बिर्सदै गएकोमा आक्रोस पोखे । उनले भो तीजमा लिन नआउ कविता मार्फत नेपाली नारीमाथि हत्या, बलात्कार, शोषण, दमन भइरहेको संकेत गर्दै नारीको सुरक्षा गर्न सवैसित आग्रह समेत गरेका थिए ।…

Read More

झापा, २८ फागुन । नेपाली काङ्ग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकार परिवर्तनको पछिल्लो शृङ्खलालाई ठूलो विषय नभई संसदमा भएको केही गडबड र गज्याङगुजुङको संज्ञा दिएका छन् । ‘सरकार बदलिन्छ, बदलिन दिनुस्’, सोमबार गृहनगर धुलाबारीमा आयोजित एक कार्यक्रममा शर्माले भने, ‘समाजमा व्यापक निरासा छ, साझा मञ्चमा उभिएर यो निरासा हटाउनु सक्नु चाहिँ मुलुकको आवश्यकता हो।’ महामन्त्री शर्माले राजनीतिक दलमा कायम शंकाउपशंका र अविश्वास त्याग्नु पर्नेमा जोड दिए । ‘संसदमा केही गडबड र गज्याङगुजुङ भएको छ, त्यसकै कारण सरकार परिवर्तन भएको हो, ठूलो हलचल, नौलो र आश्चर्यजनक कुरा केही भएको होइन’, उनले भने, ‘यसमा अल्मलिएर समय बर्बाद गर्ने छुट कसैलाई छैन, राजनीतिक दलमा…

Read More

बिर्तामोड, २८ फागुन । रिटर्नी सेन्टर नेपालको झापा जिल्ला सम्मेलन बिर्तामोडमा भएको छ । झापामा पहिलो पटक भएको सम्मेलनले नयाँ नेतृत्व चयन गर्नेछ । बैदेशिक रोजगारका सिलसिलामा बिभिन्न मुलुकमा रोजगारी गरेर फर्किएकाहरुको संगठन रिटर्नी सेन्टर नेपाल तदर्थ समिति झापाको आयोजनामा सोमवार बिर्तामोडमा सम्मेलन भएको हो । रिटर्नी सेन्टर नेपाल झापाका संयोजक सुवासचन्द्र मैनालीको अध्यक्षतामा भएको सम्मेलनमा नेकपा माओवादी केन्द्र प्रदेश १ का संसदीय दलका नेता इन्द्रबहादुर आङ्वो (मौसम) को प्रमुख आतिथ्य रहेको थियो । रिटर्नी सेन्टरका झापा सह–संयोजक डम्बर बोहोराले स्वागत गरेको कार्यक्रममा रिटर्नी सेन्टरका केन्द्रिय सदस्य राम सञ्जेलले औचित्यमाथि प्रकाश पारेका थिए भने कार्यक्रमको सञ्चालन झापा सचिव समुन्द्रा लामाले…

Read More

कनकाई, २८ फागुन । झापाको कनकाई नगरपालिका-२ निवासी १६ वर्षीय आशिष माझीको जीवन बचाइदिन परिवारले अपिल गरेको छ । कनकाई माविमा कक्षा–८ मा अध्ययनरत माझी गत फागुन १७ गते विद्यालय जाने क्रममा साइकलबाट लड्न गई घाइते भएका थिए । घाइते भएका माझीको ब्रेन हेमरेज भई टाउकाको शल्यक्रिया समेत भएको र हाल बिर्तासिटी अस्पतालको न्युरो सघन उपचार कक्षमा राखी उपचार भइरहेको माझीका छिमेकी गणेश खड्काले जानकारी दिए । अस्पतालमा उपचार खर्च बापत एक हप्ताको बिल २ लाख ४७ हजार र फार्मेसीमा ७४ हजार भएको जानकारी आएपछि कनकाई नगरपालिका, स्थानीय संघसंस्था, विद्यालय, छिमेकी एवं सहयोगीहरुबाट १ लाख ५० हजार आर्थिक सहयोग संकलन…

Read More

झापा, २८ फागुन । इस्लाम धर्मावलम्वीको महान् पर्व रमजान मुबारक महिना भोलिदेखि सुरु हुने भएको छ । एक महिनासम्म चल्ने यस पर्वमा मुुसलमानहरु दिनभर निराहार बस्छन् । सूर्योदय हुनुअघि अर्थात् बिहानको नमाज पढ्नुअघि केही खानेकुरा खाई प्रारम्भ हुने रोजा बेलुकाको नमाज (मगरिब) को आजान सुनेर खोल्ने चलन छ । निराहार बस्नुलाई रोजा भनिन्छ । रोजाको समय दैनिक सूर्य उदाउने र अस्ताउने तालिका पनि परिवर्तन भइरहन्छ । रोजा बस्न बिहान तोकिएको समय अगावै र बेलुका तोकिएको समयपछि आहार लिइन्छ । उर्दू पात्रोअनुसार हिजरी सम्बत्को रमजान नवौँ महिना हो । रमजानमै मुसलमानहरुको सबैभन्दा ठूलो ग्रन्थ कुरान अवतरण भएको हो भने यस महिनामा…

Read More

झापा, २८ फागुन । विभागीय टिम एपिएफलाई ३–० गोलले हराउँदै चर्च ब्वाइज युनाइटेड झापा गोल्डकप–२०८० को उपाधि चुमेको छ । सोमबार भएको फाइनल खेलमा विभागीय टोली शसस्त्र प्रहरी बलको एपिएफ एफसीलाई ३–० ले पराजित गरेपछी चर्च ब्वाइज खेलको च्याम्पियन बनेको हो । सहिद स्मारक ए डिभिजन लिग विजेता चर्चको जीतमा फकुन्लेले दुई तथा राजेश परियारले एक गोल गरे । टोली अपराजित रहँदै च्याम्पियन भयो । च्याम्पियन चर्च ब्वाइजले १३ लाख रुपैयाँ प्राप्त गरेको छ । पहिलो पटक च्याम्पियन बन्ने लक्ष्य राखेको एपिएफ भने उपविजेता बन्दै सात लाखमा चित्त बुझायो । खेलको १२औं मिनेटमा फकुन्लेले पहिलो गोल गरे। गोलकिपर एन्जल श्रेष्ठ…

Read More

झापा, २८ फागुन । झापा गाउँपालिका–७ स्थित मदरगाछ बजारमा जारी ‘मदरगाछ सांस्कृतिक तथा व्यापार मेला २०८०’ मा अवलोकनकर्ता बढ्दै गएका छन् । दीपज्योती युवा क्लब र जेएस फिल्म प्रोडक्शन काठमाडौंको संयुक्त आयोजनामा गत फागुन २५ आगामी चैत ६ गतेसम्म मेला हुँदैछ । स्थानीय उत्पादनको प्रवर्धन र मदरगाछ बजारलाई चिनाउने उद्देश्यले मेला आयोजना गरिएको आयोजक संस्था युवा क्लबका अध्यक्ष डिल्लीराम चुँडालले बताउनुभयो । मेलामा स्थानीय उत्पादनसहित विभिन्न स्टल रहेको मेला आयोजक समितिका संयोजक तारावीर पाण्डेले जानकारी दिनुभयो । उहाँका अनुसार बालबालिकाका लागि मनोरजानत्मक सामग्रीका स्टल, व्यावसायिक स्टल र कृषि सामग्रीका स्टलहरु रहेका छन् । मेलामा करिब दर्जन बढी ख्यातीप्राप्त कलाकारहरूको दैनिक…

Read More

झापा, २८ फागुन । तन्त्र तथा धामीझाँक्री अध्ययन प्रतिष्ठान कोशी प्रदेश समन्वय समितिको प्रथम साधारणसभा सम्पन्न भएको छ । कनकाई–४ स्थित रिमाल सेवा समाजको भवनमा आइतबार प्रतिष्ठानका कोशी प्रदेश समन्वय समिति संयोजक रोषन भेट्वालको अध्यक्षता तथा धर्मगुरु विकास राईको प्रमुख अतिथ्यमा साधारण सभा सम्पन्न भएको हो । कार्यक्रममा प्रमुख अतिथि राईले धामीझाँक्री परम्परा, मौलिक धर्म संस्कृति, जडिबुटी विद्यासहित परापूर्वकालका धामीझाँक्री इतिहासको बारेमा जानकार दिनुभएको थियो । हाल धामीझाँक्रीहरु भएका समस्या, चुनौती र सुधार गर्नुपर्ने विषयलाई प्रष्ट पार्दै उहाँले कार्यक्रम सफलताको शुभकामना दिँदै संस्थालाई आवश्यक परेको खण्डमा सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । कार्यक्रममा संस्थालाई योगदान पुर्याउने प्रदेश सदस्य र आजीवन सदस्य…

Read More

कनकाई, २८ फागुन । झापा कनकाई–३ स्थित देवकोटा एजुकेशन फाउण्डेशनका विद्यार्थीलाई लागुऔषधविरुद्ध सचेतना दिइएको छ । आइतबार फाउण्डेशनमा कक्षा–६, ७, ८, ९, र १० मा अध्यानरत विद्यार्थीलाई सचेतना दिइएको हो । विद्यार्थीलाई लागुऔषध दुर्व्यसन के हो ? यसबाट स्वास्थ्यमा र समाजका कस्तो असर पर्छ ? दुर्व्यसनमा परिसकेपछिको अवस्था कस्तो हुन्छ ? साइबर क्राइम, ट्राफिक नियम सम्बन्धी जनचेतनामुलक लगायतका विषयमा विद्यार्थीमा इलाका प्रहरी कार्यलय सुरुङ्गाका बरिस्ठ प्रहरी नायव निरीक्षक प्रविन कुमार भट्टराईले प्रशिक्षण दिनुभएको थियो । कनकाई नगरप्रमुख राजेन्द्रकुमार पोखरेलले समाज रुपान्तरणको मुख्य भुमिकामा रहेका युवावर्ग लागूपदार्थ दुर्व्यसनको सिकार बनिरहेको बेला यसको न्यूनीकरण गर्न समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत समाज तथा…

Read More