झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

हल्दिबारी, २४ चैत । झापाको हल्दिबारी गाउँपालिकामा ४० जनाले सम्बन्धविच्छेद गरेका छन् । चालु आर्थिक वर्षको चैत २३ गते सम्म ४० जनाले सम्बन्धविच्छेद गरेको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वन (महेन्द्र)ले जानकारी दिनुभयो । उहाँका अनुसार अघिल्लो आर्थिक वर्ष २०७९–०८० को तुलनामा चालू आवमा सम्बन्धविच्छेद गर्नेको सङ्ख्या बढेको छ । झापा जिल्ला अदालतबाट सम्बन्धविच्छेद गरी विभिन्न वडाबाट सम्बन्धविच्छेदको प्रमाणपत्र लिनेको सङ्ख्या ४० पुगेको हो । जस अनुसार वडा १ मा १८, वडा २ मा १०, वडा ३ मा ६, वडा ४ मा ३ र वडा ५ मा ३ जना रहेका छन् । विवाह दर्तातर्फ वडा १ मा ६३, वडा २…

Read More

झापा, २४ चैत । वैदेशिक रोजगारीको सिलसिलामा पछिल्लो आठ महिनामा झापाबाट ८ महिनामा २२ हजार ३ सय ९८ जना विदेशिएका छन् । चालूआर्थिक वर्षको फागुन मसान्तसम्म ४ हजार ४ सय ८५ महिला र १७ हजार ९ सय १३ पुरुष श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएको सुरक्षित आप्रवासन सामीले जनाएको छ । तथ्यांकगत हिसाबले हेर्ने हो भने कोशी प्रदेशमा रोजगारका लागि विदेशिनेहरुमा झापा पहिलो स्थानमा पर्छ । झापामा अघिल्लो आर्थिक वर्ष २०७९–०८० मा ५ हजार ८५१ महिला र २७ हजार ६ सय १९ गरी ३३ हजार ५ सय ७० जना श्रम स्वीकृति लिएर विदेश गएका थिए ।

Read More

झापा, २ चैत । आगामी बैशाख १५ गते हुने इलाम–२ को उपनिर्वाचनमा नेकपा (माओवादी केन्द्र) ले एमालेका उम्मेदवारलाई सघाउने निर्णय गरेको छ । दुवै पार्टीका जिल्ला संयोजकले एक विज्ञप्ति जारी गर्दै पार्टीको निर्णयलाई सार्वजनिक गरिएको हो । ‘आगामी २०८१ वैशाख १५ गते हुन लागिरहेको इलाम क्षेत्र नं. २ प्रतिनिधि सभा उपनिर्वाचनमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रबिच नेकपा एमाले केन्द्रीय अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्र अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच चुनावी तालमेल गर्ने उच्चस्तरीय समझदारी भएकोले इलाम–२ मा नेकपा एमालेको उम्मेदवार सुहाङ्ग नेम्बाङ्गलाई साझा उम्मेदवारको रूपमा अत्यधिक बहुमतका साथ विजयी गराउनका लागि इलाम–२…

Read More

बिर्तामोड, २४ चैत । बिर्तामोड १० नं वडा खेलकुद विकास समितिको आयोजनामा जारी चौथो वडाध्यक्ष टोलस्तरीय फुटबल प्रतियोगिताको शुक्रबार भएको अन्तिम सेमिफाइनल खेलमा तेलकानी–हाम्रो तेलकानी–सिद्धिबिनायक टोल विजयी भएको छ । सैनिकं भूपू सैनिक टोललाई ३–२ को गोल अन्तरले पाखा लगाउँदै तेलकानी ंहाम्रो तेलकानी–सिद्धिविनायक टोल फाइनलमा प्रवेश गरेको हो । खेलको सुरुवातदेखि नै दुवै टिमका खेलाडीले पटक–पटक गोल गर्ने मौका पाए पनि गोल गर्न सकेनन् । पहिलो हाफको १४ औ मिनेटमा तेलकानींहाम्रो तेलकानी ं सिद्धिविनायक टोलका तर्फबाट जर्सी नं ११ का विशाल हेमरमले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । त्यस्तै पहिलो हाफकै २९ औ मिनेटमा जर्सी नं ८ का विक्रम…

Read More

भद्रपुर, २३ चैत । झापा कनकाई नगरपालिका–३ का वडा सदस्य गोबिन्द सुवेदीले यहाँस्थित मदिना जामे मस्जिदमा भोजनसँगै खाद्यन्न सामग्री प्रदान गरेका छन् । रमजानको अवसरमा धार्मिक सद्भाव कायम राख्दै हिन्दु र मुस्लिम समुदायलाई एकसुत्रमा बाँध्ने उद्देश्यले वडा सदस्य सुवेदीले आज यहाँको जामे मस्जिदमा मिष्ठान भोजनसहित खाद्या सामग्री वितरण गर्नुभएको हो । ‘धर्म अनेक भए पनि उद्देश्य एउटै हो’, उहाँले भन्नुभयो, ‘चाडपर्व मनाउने कुरा फरक छ, यो पवित्र महिना र चाडमा हामी हिन्दु धर्मावलम्बीले पनि केही न केही गर्नुपर्छ भन्ने सोचका साथ कार्यक्रम गरेका हौं ।’ भाइचाराको भावना र सम्बन्ध सधैं रहनुपर्ने उहाँले बताउनुभयो । मस्जिदका व्यवस्थापन समिति अध्यक्ष महम्मद फिरोजले…

Read More

झापा, २३ चैत । झापाको कनकाई नगरपालिका–७ दुर्गापुरस्थित फक्तालुङ एजुकेशन फाउण्डशनको हाताभित्र निराहार सातदिने भूतपस्यामा बसेका साधक तिलक लिम्बू (अद्वैत मनोक्रान्ति) ले सात दिने भूतपस्या पूरा गर्नुभएको छ । आज मनोक्रान्तिका प्रवर्तक डा. योगी विकाशानन्दले जुस पिलाएर साधक लिम्बूलाई भूतपस्याबाट निकाल्नु भएको छ । २०६४ सालबाट मनोक्रान्ति साधनमा लाग्नुभएका झापा कमल गाउँपालिका–७ केर्खा स्थायी घर भएका साधक लिम्बूले पहिलो पटक भुतपस्या गर्नुभएको हो । भूतपस्याबाट निस्किएका साधक लिम्बूले गुरुको शक्ति र दृढ इच्छाशक्तिका कारण तपस्या पूर्ण भएको बताउनुभयो । “सात दिन केही नखाइ बसेपनि मलाई भोक लागेको छैन”, उहाँले भन्नुभयो, “मैले आफूमा अद्भुत शक्ति प्राप्त भएको महसुस गरेको छ, यो…

Read More

झापा, २३ चैत । झापाको झापा गाउँपालिका–१ स्थित सितुमारीबाट ४८.५५० ग्राम ब्राउनसुगर सहित एक भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत किशनगञ्ज धनतोला ग्रामपञ्चायत बालुवाडीका २३ वर्षीय राहुल मण्डल रहेको सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण हेडक्वाटर झापाका डीएसपी तथा सूचना अधिकारी दिनेश कटुवालले जानकारी दिए । सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट टाघनडुब्बाबाट सशस्त्र प्रहरी निरीक्षक श्याम कुमार थापाको कमाण्डमा खटिएको मोबाइल गस्ती टोलीले आज दिउँसो मोटरसाइकलमा सवार मण्डललाई शङ्का लागि चेकजाँच गर्दा ब्राउनसुगर बरामद भएको थियो । भारतीय BR37N5811 नम्बरको बजाज कम्पनीको प्लाटिना मोटरसाइकल, मोबाइल १ थान, भारतीय रुपैयाँ २१००, ब्राउनसुगर र पक्राउ गरेको…

Read More

शिवसताक्षी, २३ चैत । झापाको शिवसताक्षीमा जारी प्रदेशस्तरीय नविन राई स्मृति भेट्रान कप फूटबल प्रतियोगिताको उपाधि पुर्वेली भेट्रान क्लब बिर्तामोडले उचालेको छ । आयोजक झिलझिले भेट्रान क्लबलाई ४–० गोल अन्तरले हराउँदै हराउँदै पुर्वेलीले उपाधि उचालेको हो । उपाधि उचालेसँगै पुर्वेलीले नगद ७१ हजारसहित ट्रफी मेडल र प्रमाण–पत्र प्राप्त गरेको छ । त्यस्तै, उपविजेता बनेको आयोजक झिलझिले भेट्रा क्लबले नगद ४१ हजारसहित ट्रफी मेडल र प्रमाण–पत्र प्राप्त गरेको छ । उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि शिवसताक्षी नगरपालिकाकी उपप्रमुख नरमाया कार्की, प्रमुख प्रशासकीय अधिकृत अमृतबहादुर राई, वडाध्यक्ष बहादुर आङ्गबो, भेट्रान कपका अध्यक्ष दिलबहादुर राई लगायतले ट्रफी तथा प्रमाण पत्र प्रदान गरेका थिए ।…

Read More

बिर्तामोड, २३ चैत । झापाको विभिन्न स्थानमा आगलागी हुँदा करिब रू १७ लाख बराबरको क्षति भएको छ । आज बिहान बिर्तामोडको दुई वटा घर र बुद्धशान्ति गाउँपालिकाको एक वटा गाईगोठ आगलागी हुँदा करिब रू १७ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक ढुण्डीराज गिरीले जानकारी दिनुभयो । बिर्तामोड–५ सुकुम्बासी टोलका बद्रीकुमार दर्जीको घरको पुजा कोठाबाट आज बिहान अगरबत्तीबाट अचानक आगो सल्किँदा टिनको छानो, टाटीबेरा भएको एक तले घर, काठपात, फर्निचरका सामान, अन्नपात, लत्ताकपडा, भाँडावर्तन, नागरिता लगायतका महत्वपूर्ण कागजात र नगद रू २२ हजार गरी करिब रू. सात लाख बराबरको क्षति भएको उहाँले बताउनुभयो ।…

Read More

एजेन्सी, २३ चैत । १.पानी :गर्मी मौसममा शरीरलाई पानीको बढी आवश्यकता पर्दछ त्यसैले बिहान उठ्नासाथ प्रशस्त मात्रामा पानी पिउनु फाइदाजनक हुन्छ । जसले शरीरमा रहेको बिकार पदार्थहरु बाहिर निकाल्न मद्दत गर्छ र शरीरमा रोग लाग्नबाट बचाउँछ । यो समयमा चिया तथा कफिको सेवन कम गर्नु राम्रो हुन्छ । २.नरिवल पानी : गर्मी मौसममा नरिवलको पानी पिउने गर्नाले शरीरलाई शीतलता प्रदान गर्छ । यसले शरीरलाई निकै फाइदा गर्छ । यसका साथै दहीको सेवन गर्नु पनि उत्तम हुन्छ । दहीमा एन्टीबायोटिक हुन्छ जसले शरीरमा पाचन प्रक्रियालाई मजबुत बनाउन मद्दत गर्छ । ३.फलफूल : गर्मी मौसममा मौसम अनुसारका फलफूल प्रशस्त मात्रामा खानाले शरीरलाई…

Read More