झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

बिर्तामोड, २ बैशाख । इलाका प्रहरी कार्यालय अनारमनीले हल्दिवारी गाउँपालिकाका पूर्व उपाध्यक्ष डम्बर गिरीलाई नियन्त्रणमा लिएको छ । उनी विरुद्ध जातीय भेदभाव तथा अपमान सम्बन्धी व्यवहार कसुरमा जोहेरी दर्ता भएको थियो । जिल्ला समन्वय समिति झापाका पूर्व प्रमुख सोमनाथ पोर्तेलले गिरी विरुद्ध इप्रका बिर्तामोडमा चैत २८ गते जाहेरी दिएका थिए । सोही जोहरीका आधारमा प्रहरीले गिरीलाई बैशाख १ गते साँझ बिर्तामोडबाट नियन्त्रणमा लिएको झापा प्रहरी प्रवक्ता कृष्ण कुमार चन्दले जानकारी दिए । पूर्व उपाध्यक्ष गिरीले जिसस झापाका पूर्व प्रमुख पोर्तेललाई टेलिफोन सम्बाद मार्फत जातीय तथा अन्य छुवाछूत र भेदभाव (कसुर र सजाय) ऐन २०६८ आकर्षण हुने गरि अभिव्यक्ति दिएका थिए…

Read More

बिर्तामोड, २ बैशाख । साहित्य चौतारी झापाले नववर्ष २०८१ सालको शुभकामना आदानप्रदानसहित मासिक सांगीतिक काव्य सभा र पाँच जना अग्रज श्रष्टालाई अभिनन्दन र सम्मान गरेको छ । साहित्य चौतारी झापाको रजत वर्ष महाअभियान अन्तर्गत चैत्र महिनाको मासिक सांगितिक काब्यसभामा पाँच जना अग्रज श्रष्टालाई अभिनन्दन र सम्मान गर्नुका साथै नेपाली साँगीतिक क्षेत्रमा अतुलनिय योगदान पुर्याउने अमर सर्जक मदन दिपविमको स्मृतिमा श्रद्धासुमन अर्पणसहित उनका सृजना प्रस्तुत गरिएको हो । साहित्य चौतारी झापाका संस्थापक संरक्षक तथा अध्यक्ष देवीभक्त श्रेष्ठको अध्यक्षता तथा प्रा.डा.गंगाप्रसाद अधिकारीकोे प्रमुख आतिथ्यमा भएको कार्यक्रममा साहित्य चौतारी झापाका उपाध्यक्ष तथा कार्यक्रम संयोजक हिम्मत नेम्वाङले स्वागत गरेका थिए । साहित्य चौतारीका तत्कालिन…

Read More

बिर्तामोड, १ बैशाख । पूर्वको व्यापारिक केन्द्र बिर्तामोडमा होटल रुस्किन सञ्चालनमा आएको छ । नयाँ वर्ष २०८१ को अवसरमा झापाको बिर्तामोड–५ स्थित बसपार्क जाने बाटोमा होटल रुस्किन सञ्चालनमा आएको छ । तीन करोड रुपैयाँका लगानीमा युवा व्यवसायी नरेश श्रेष्ठले सञ्चालन गरेको उक्त होटलको आज बिर्तामोड नगरपालिकाकी नगरप्रमुख पवित्रा महताराले उद्घाटन गर्नुभयो । होटलको उद्घाटन कार्यक्रममा शुभकामना मन्तव्य राख्नुहुँदै प्रमुख अतिथि प्रसाईंले होटल क्षेत्रको विकासका लागि यहाँका पर्यटकीय स्थलको समेत विकास गर्नुपर्नेमा जोड दिनुभयो । पर्यटनसँग होटल व्यवसायले सोझो सम्बन्ध राख्ने भएकाले पर्यटन प्रबद्र्धनमा समेत ध्यान दिनुपर्नेमा उहाँले जोड दिनुभयो । होटल सञ्चालिका भगवती श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा सञ्चालक श्रेष्ठले स्वागत…

Read More

बुद्धशान्ति, १ बैशाख । पत्रकारहरुको छाता संगठनका रुपमा रहेको बुद्धशान्ति प्रेस क्लब बुद्धशान्ति झापाले नयाँ वर्ष २०८१ को अवसर पारेर वार्षिक भित्तेपात्रो विमोचन तथा नयाँ बर्षको शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । प्रेस क्लबका अध्यक्ष तीर्थराज तिम्सिनाको सभापतित्वमा भएको कार्यक्रममा बुद्धशान्ति गाउँपालिका अध्यक्ष मनोज प्रसाईंको प्रमुख आतिथ्यता तथा गाउँपालिका उपाध्यक्ष भवानीप्रसाद खतिवडाको विशेष आतिथ्यता रहेको थियो । कार्यक्रममा वडा नं १का वडा अध्यक्ष एवम् प्रेस क्लबका संस्थापक अध्यक्ष अनिल वाग्ले, वडा नं ४का वडा अध्यक्ष शेरबहादुर राय, वडा नं ७का वडा अध्यक्ष चन्द्रप्रसाद भण्डारी लगायतको आतिथ्यता रहेको थियो । भित्तेपात्रो विमोचन पश्चात प्रमुख अतिथि गाउँपालिका अध्यक्ष प्रसाईंले नयाँ बर्षको शुभकामना…

Read More

चन्द्र बस्नेतकनकाई, ३० चैत । जामुनबारी सामुदायिक बन उपभोक्ता समिति तथा जामुनखाडी सिमसार पर्यटकीय क्षेत्रको आसन्न निर्वाचनको तयारीलाई तिब्र पारिएको छ । कनकाई नगरपालिका २ र १ मा रहेको जामुनबारी सामुदायिक बन उपभोक्ता समिति तथा जामुनखाडी सिमसार पर्यटकीय क्षेत्रको नयाँ नेतृत्वका लागि निर्वाचन सम्बन्धी कार्यलाई निर्वाचन समितिले तिब्रता दिएको हो । सोही क्रममा निर्वाचन समितिले शुक्रवार ९आज० सामुदायिक बनको कार्यालयमा पत्रकार भेटघाटको आयोजना गरी बैशाख ६ गते हुने निर्वाचन कार्यक्रम सम्बन्धी जानकारी दिएको हो । सामुदायिक बनको ३० वटा टोलको ५ वटा क्षेत्र रहेको र ८ सय ५१ उपभोक्ता मतदाता रहेको निर्वाचन समितिका संयोजक ददिराम पोखरेलले पत्रकार भेटघाट कार्यक्रममा जानकारी…

Read More

झापा, ३० चैत । झापा र मोरङ जिल्लाको छुट्टा छुट्टै स्थानहरुबाट लागुऔषध गाँजा र नियन्त्रित औषधी सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो दिउँसो साढे २ बजे झापाको मेचिनगर नगरपालिका-१० स्थितमा लागुऔषध बेचबिखन भईरहेको छ भन्ने गोप्य सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय धुलावारीबाट खटिएको प्रहरी टोलीले मकवानपुरको कैलाश गाउँपालिका-४ का २७ बर्षीय पासाङ जिम्बा र मेचीनगर-१० का ५६ बर्षीय शम्भु राजबंशीलाई ६ किलोग्राम ६ सय २० ग्राम गाँजा सहित नियन्त्रणमा लिएको हो । त्यस्तै मोरङको उर्लाबारी नगरपालिका-२ स्थितबाट इलाका प्रहरी कार्यालय उर्लावारीबाट खटिएको प्रहरी टोलीले स्थानीय ४५ बर्षीय बिमला भुसाल र १७ बर्षीय कमल भुसाललाई नियन्त्रित औषधी ट्रामाडोल…

Read More

कनकाई, ३० चैत। झापाको कनकाई नगरपालिकामा हात्तीपाइले रोग निर्वारण सम्बन्धी नगर स्तरिय बहुनिकाय अन्तरक्रिया तथा योजना तर्जुमा गोष्ठी सम्पन्न भएको छ । नगर प्रमुख राजेन्द्रकुमार पोखरेलको अध्यक्षतामा शुक्रवार (आज) कनकाई नगरपालिकाको सभाहलमा भएको कार्यक्रममा राष्ट्रिय हात्तीपाइले रोग निवारण अभियान २०८० लाई सफल बनाउन सवैले प्रतिवद्धता जनाएका हुन् । कनकाई नगरपालिका स्वास्थ्य शाखाको आयोजना तथा सहारा नेपाल अन्तरगतको विश्वास परियोजनाको समन्वयमा भएको गोष्ठीमा आगामी बैशाख १६ देखि २५ गतेसम्म हात्तीपाइले रोग निर्वारणका लागि सेवन गराइने औषधी कार्यक्रममा नगरका राजनीतिकदल, स्थानीय संघ/ संस्थासहित सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधिले कार्यक्रम सफल बनाउन प्रतिवद्धतामा हस्ताक्षर गरेको सहारा नेपाल अन्तरगतको विश्वास परियोजनाकी सामुदायिक स्वास्थ्य सहजकर्ता…

Read More

बिर्तामोड, २७ चैत । अखिल नेपाल महिला संघ क्रान्तिकारी झापाको बुधबार हुने जिल्ला भेलाको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले  उद्घाटन गर्ने भएकी छन् । मन्त्री शर्मा पहिलोपटक झापा आउन लागेकी हुन् । बिर्तामोटको सिटी सेन्टरमा हुने अनेम संघको जिल्ला भेलाले नयाँ नेतृत्वसमेत चयन गर्ने भएको छ । कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको प्रदेश सांसदसमेत रहेकी झापा अध्यक्ष बन्दना झाँगडले बताइन् । झापाका १५ वटै पालिकामा रहेका अनेम संघका पालिका कमिटीहरूले तयारी तीव्र पारेको अनेम संघ क्रान्तिकारीकी केन्द्रीय सदस्य तथा झापा इन्चार्ज निरु खतिवडा ९अनु०ले बताइन् ।

Read More

झापा, २६ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले चैत्र २७ गतेको पार्टीको बिरोध प्रदर्शनमा सरकारले तोकेका निषेधित क्षेत्रहरू तोडेर अघि बढ्ने बताएका छन्। उनले सरकारले कथित रुपमा तोकेका निषेधित क्षेत्रहरु राप्रपालाई मान्य नहुने बताए। उनले राप्रपाले शान्तिपूर्ण विरोध प्रदर्शन गर्ने बताउँदै सरकारले जुलुसलाई उत्तेजित बनाउन र अवरोध सिर्जना नगर्न आग्रह गरे। उनले संविधानले दिएको प्रजातान्त्रिक क्रियाकलाप अन्तर्गत विरोध गर्न पाउने अधिकारलाई सरकारले कुण्ठित पार्दै लगेको बताए। अध्यक्ष लिङदेनले निषेधित क्षेत्र घोषणा गरेर प्रदर्शनहरुलाई साँघुरो बनाउने प्रयत्नहरु राप्रपालाई स्वीकार्य नरहेको बताए। उनले प्रदर्शन शान्तिपूर्ण हुने, सर्वसाधारणलाई असुविधा पुग्ने कुनै क्रियाकलाप नगर्ने स्पष्ट पारे। कथित निषेधित क्षेत्र घोषणा गरेर सरकारले…

Read More

झापा, २६ चैत । मिथिलाक्षेत्रमा आज परेको औँसीका दिन सोमवती अमावस्या पर्व मनाइँदैछ । महोत्तरीसहितका मिथिलाक्षेत्रमा आज बिहान प्रथम प्रहरदेखि नै धार्मिक महत्वका नदी, तलाउ तथा सरोवरमा पवित्र स्नान गर्नेको घुइँचो छ । महोत्तरीको सदरमुकाम जलेश्वरस्थित पुरन्दर, वरुण र भार्गव (भृगु) सर (सरोवर, पोखरी) मा सोमवती अमावस्या स्नान गर्ने श्रद्धालु खचाखच छन् । यसैगरी, मटिहानी–७ स्थित लक्ष्मीसागर र जिल्लाका तीर्थस्थलहरू ध्रुवकुण्ड, कञ्चनवन, टुटेश्वरधाम नजिकका जलाशय र रातु नदी तटमा स्नान गरेर श्रद्धालु पीपल वृक्षमा पूजाआराधना गर्दैछन् । मिथिलामा सोमवती अमावस्याका दिन गरिने स्नान, दान एवं श्राद्ध अक्षयफल दिने पुण्यदायक मानिन्छ । सोमबार औँसी परेका दिन बिहान सखारै कसैसँग बोलचाल नगरी…

Read More