
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, १ चैत । पाथीभरा क्षेत्र विकास समिति ताप्लेजुङले पछिल्लो एक महिनामा पाथीभरा मन्दिरबाट सङ्कलन भएको ५५ लाख भेटी सङ्कलन गरेको छ । फागुन महिनामा पाथीभराबाट सङ्कलन भएको रु ५५ लाख ७० हजार ८८० विभिन्न बैंकमा जम्मा गरेको क्षेत्र विकास समितिले जनाएको छ । फागुनमा जम्मा भएको भेटी रकमबारे बुधबार पाथीभरा क्षेत्र विकास समितिले सार्वजनिक रुपमा जानकारी गराएको हो । समितिले हरेक महिनाको अन्तिम दिन पाथीभरामा सङ्कलित भेटीघाटी सार्वजनिक गर्दै आएको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले बताउनुभयो । यस्तै पछिल्लो एक महिनामा स्वदेशी तथा विदेशी गरी १७ हजार ९१२ जना तीर्थयात्री पाथीभरा मन्दिरमा पुगेको तथ्याङ्कसमेत समितिले सार्वजनिक…
झापा, १ चैत । झापाको गौरादह नगरपालिकाबाट हजुरआमाको हत्या आरोपमा प्रहरीले नातिसहित चार जनालाई पक्राउ गरेको छ । गौरादह–७ की नरमाया विकको हत्या गरेको आरोपमा १७ वर्षीय नाति धिरज विकसहित चार जनालाई प्रहरीले पक्राउ गरेको हो । ८२ वर्षीया विकलाई हत्या गरी नजिकै गाडेको र हजुरआमा हराएको भन्दै प्रहरीमा निवेदन परेपश्चात उनको खोजतलास गरिएको थियो । सो क्रममा नरमायालाई गत शिवरात्रीका दिन हत्या गरेर घरनजिकै खाल्डो खनी पुरेको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक मिलन केसीले जानकारी दिए । प्रहरी उपरीक्षक केसीका अनुसार घटनामा संलग्न भएका आधारमा गौरादह–४का १४ वर्षीय अनिष दर्नाल, दमक–२ बेलडाँगीका १६ बर्षीय…
मेचीनगर, ३० फागुन । झापाको मेचीनगर–१५ ज्यामिरगढीस्थित भगवती लेमिनेट्स प्रालि (प्लाइउड उद्योग) मा सोमबार बिहान सुरु भएको आगलागी दुई दिनपछि पूर्ण नियन्त्रणमा आएको छ । काठको विशाल घाटगद्दी भएको कारण आगो निभाउन ६० घण्टा लागेको उद्योगका सञ्चालक सन्तोष आचार्यले बताउनुभयो । आगलागीबाट १५ करोडको भौतिक सम्पत्ति डढेर क्षति भएको सञ्चालक आचार्यको भनाइ छ । उहाँका अनुसार आगलागीबाट उद्योगको मुख्य ब्लक पूर्णरुपमा क्षतिग्रस्त भएको छ भने भण्डारण गरिएको ठूलो मात्रामा काठको गोलिया र उत्पादित प्लाई जलेर नष्ट भएको छ । यो प्लाइउड उद्योगमा दैनिक एक हजार दुई सय मजदूर काम गर्दै आएका थिए । आगलागी नियन्त्रणका लागि नेपाली सेना, सशस्त्र प्रहरी…
झापा, ३० फागुन । झापाको बिर्तामोड–३ स्थित सैनिकमोडमा आयोजना गरिएको तेस्रो सडक फुड फेस्टिवल–२०८० सम्पन्न भएको छ । फागुन १७ गतेदेखि शुरु भएको फुड फेस्टिवल आज समापन भएको हो । होटल व्यवसायी संघले आयोजना गरेको सडक फुड फेस्टिवलको आज विविध कार्यक्रमकाबीच समापन गरिएको हो । संघको अध्यक्ष इन्दिरा श्रेष्ठको अध्यक्षता र बिर्तामोड नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाको प्रमुख आतिथ्यमा भएको समापन कार्यक्रममा स्वागत संघका बरिष्ठ उपाध्यक्ष ख्यामप्रसाद ओलीले गरेका थिए भने सञ्चालन संघका महासचिव शिवराज पौडेलले गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि संग्रौला, बिर्तामोड–३ का वडाध्यक्ष मदन बुढाथोकी लगायतले मनतव्य राखेका थिए । कार्यक्रममा महोत्सव सफल बनाउने सहयोग पु¥याउने सबैलाई प्रशंसा…
बिर्तामोड, ३० फागुन । झापाको बिर्तामोडमा चलचित्र ‘महाजात्रा’ प्रिमियर शो हुने भएको छ । चैत ९ गते रिजिट डेट रहेको चलचित्रको प्रमोशनका लागि आगामी चैत ७ गते बिर्तामोडमा महाजात्राको प्रिमियर शो हुने भएको हो । झापाको बिर्तामोडमा आज पत्रकार भेटघाटको आयोजना गरी पोखरा र बुटबलपछि झापामा चलचित्रको प्रिमियर शो गर्न लागिएको चलचित्रका कार्यकारी निर्माता एवम् कलाकार रविन्द्र सिंह बानियाले बताए । निर्माता म्याक्स दीपेश खत्री रहेको फिल्मका तर्फबाट अभिनेता हरिवंश आचार्य, विपिन कार्की, रवीन्द्रसिंह बानियाँ, कलाकार रवीन्द्र झाले चलचित्रमा आफूहरुले भरपुर पर्फमेन्स दिएको बताए । उनले सेटमा आफूहरुले हाँस्ने–रुने गरिसकेकाले चलचित्र हेरेर प्रक्रिया दिने पालो दर्शकको भएको बताए । कलाकार…
शिवसताक्षी, ३० फागुन । नेपाल शिक्षक महासंघ शिवसताक्षीको अध्यक्षमा पुनः बेनुप्रसाद कार्की चयन भएका छन् । कार्की नेपाल शिक्षक महासंघको शिवसताक्षीका लागि दोस्रो कार्यकालको लागि सर्वसम्मत चयन भएका हुन् । त्यस्तै समितिको सह अध्यक्षमा हरिप्रसाद सुवेदी, उपाध्यक्षमा खगेन्द्रराज बजगाईं, महिला उपाध्यक्षमा सीता चापागाईं चयन भएका हुन् । त्यस्तै गरी सचिवमा हेतिराज निरौला, सह सचिवमा जगतवीर लिम्बु, सह सचिव (महिला) मा चक्रकुमारी लुइटेल न्यौपाने, सह सचिव (अर्थ)मा ज्ञानेन्द्रप्रसाद चपागाईं चयन भएको निर्वाचन समितिले जनाएको छ । सदस्यहहरुमा सावित्रा फुयल, कमल ढकाल, श्यामबहादुर खड्का, निर्मला भट्टराई, काजी पाठक, कमल बस्नेत, सूर्यमणी ताजपुरिया, रामप्रसाद मण्डल, दिलबहादुर ताजपुरिया, बासकी राजवंशी र खेमनाथ बराल रहेका…
बिर्तामोड, ३० फागुन । झापाको बिर्तामोड–४ स्थित आरआर पोलिक्लिनिकमा मानसिक रोगको निःशुल्क स्वास्थय शिविर हुने भएको छ । छाला रोगको विशेषज्ञ सेवा प्रदान गर्दै आएको पोलिक्लिनिकले मानसिक रोगको विशेषज्ञ सेवा थप गरेसँगै चैत १ गतेदेखि ७ गतेसम्म निःशुल्क स्वास्थ्य शिविर गर्ने भएको हो । आज पोलिक्लिन परिसरमा पत्रकार सम्मेलनको आयोजना गरी साताव्यापी रुपमा मानसिक रोगसम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्न लागिएको जानकारी दिइयो । पत्रकार सम्मेलनमा पोलिक्लिनिकका सञ्चालक महेन्द्रबहादुर राईले मानसिकको उपचारका लागि भारत र जिल्ला बाहिर जानुपर्ने बाध्यताको रहेको बताउनुभयो । सो बाध्यता अन्त्य गर्नका लागि सेवा थप गरेसँगै निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्न लागिएको बताउनुभयो । मेडिकल क्षेत्रमा…
सरोज भट्टराईशिवसताक्षी, ३० फागुन । झापाको शिवसताक्षी नगरपालिकामा सञ्चालित प्रधानमन्त्री रोजगार कार्यक्रम प्रभावकारी देखिएको छ । शिवसताक्षी नगरपालिकाले चालु आवमा सञ्चालित प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत गराइएका विकासका कामहरु गुणस्तरीय र तोकिएको समयमा सम्पन्न हुन थालेपछि कार्यक्रम प्रभावकारी देखिएको हो । जिल्लाका १५ वटा स्थानीय तहमध्ये शिवसताक्षीमा प्रधानमन्त्री रोजगार कार्यक्रम निकै प्रभावकारी रुपमा अघि बढिरहेको रोजगार संयोजक विदुर तिम्सिनाले जानकारी दिए । नगरका कुल ११ वटा वडामा प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन भइरहेको छ । कार्यक्रम अन्तर्गत चालु आर्थिक वर्षमा ७७ जनाले रोजगारी पाएका छन । नगरपालिका भित्रका श्रमिक बेरोजगारको सूचीमा थुप्रै सूचीकृत थिए । छनौटका आधारमा प्रत्येक वडाबाट ७÷७ जनाले रोजगार…
सन्तोष शर्माबिर्तामोड, ३० फागुन । झापाको बिर्तामोडमा आज अलैंची ग्रेडिङ मेसिनको परीक्षण गरिएको छ । स्थानीयस्तरमै निर्माण गरिएको उक्त मेसिनको अलैंची व्यवसायी महासंघको कार्यालय परिसरमा परीक्षण गरिएको हो । स्वीस सरकारको सहयोगमा सञ्चालित सहज परियोजनाको सहयोगमा झापाको कमल गाउँपालिकास्थित कामक्ष एग्रो इन्जिनियरिङले उक्त मेसिन निर्माण गरेको जनाइएको छ । कामक्ष एग्रोका सञ्चालक कृष्णप्रसाद अधिकारीले स्थानीय स्तरमै पाइनले सामग्रीको प्रयोग गरेर मेसिन निर्माण गरिएको बताउनुभयो । मेसिन परीक्षणकै क्रममा रहेकाले अझै परिमार्जित गरिने बताउनुभयो । “स्थानीय सामानको प्रयोग गरेर मेसिन बनाएका हौं”, उहाँले भन्नुभयो, “एउटा मेसिनको अधिकतम् मूल्य ५० हजार पर्छ ।” उत्पादनलाई प्रविधिसँग जोड्नका लागि मेसिन निर्माणमा सहयोग गरिएको सहज…
बिर्तामोड, ३० फागुन । झापाको बिर्तामोड–४ मुख्य कार्यालय रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । मोरङको मिक्लाजुङ गाउँपालिका–८ को सह–आयोजना, नोबेल मेडिकल कलेज विराटनगरको प्राविधिक सहयोग तथा समाजिक व्यक्तित्व सूर्यप्रसाद रिमालको सहकार्यमा मिक्लाजुङ्ग गाउँपालिकाको तोरीबारीस्थित देवकोटा माध्यमिक विद्यालय परिसरमा एक दिने निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम सञ्चालन गरिएको हो । सामाजिक उत्तरदायित्व अन्तरगत आम नागरिकमा स्वास्थ्य सेवाको पहुँच पुर्याउन शिविर सञ्चालन गरिएको संस्थाका कार्यकारी प्रमुख कमलबहादुर बस्नेतले जानकारी दिनुभयो । शिविरमा जेनेरल मेडिसिन तथा मुटुरोग, प्रसुती तथा स्त्री रोग, बाल रोग, हाड जोर्नी तथा नसा रोग, छाला तथा यौन रोग, नाक कान घाँटी, आँखा…