
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
तित्रा‘अब यो देशमा केही होला जस्तो छ । देश र जनताको त के नै होला र ! तर राजनीतिका तन्त्र मन्त्र गनेर् फेदाङ्वा, झाँक्री,धामी, बिजुवा, मारुनी र यिनका पछि लागेका धुपौरे फाकफुकेहरूको चालामाला देख्दा रिठ्ठेझाँक्रीहरूले गरिखालान् जस्तो लाग्न छाडेको छ । यिनका तन्त्र मन्त्र पन्थको सत्व सकिएजस्तो छ । यिनका अनेकौं चर्तिकला देखिसकियो । गृहमन्त्री जनतासँग गएर रोइ–कराई गर्न थालेका छन्–कति दुःख गरेर,भ्रष्टाचारीको गोहो पैल्याउँदै गएर कुनै एउटा देशमारा–जनतामारा अपराधीलाई प्रहरीले पक्रेर अगाडि ल्याउँछ अनि पार्टीका नेता भनाउँदाहरू विरुद्धमा बुरुक्कै उफ्रन्छन् ! अपराधीको सुरक्षार्थ उल्टै प्रहरी र गृहमन्त्रीलाई चेतावनी दिन्छन् । तिनको पद नै खुस्काइदिनेसम्मको धम्की दिन पछि पदैर्नन् ! यसबाट भ्रष्ट अपराधीहरूको बल कहाँ…
भद्रपुर, ७ फागुन । नेपालको प्रतिनिधित्व गर्दै भुटानको थिम्पुमा सम्पन्न दोश्रो भुटान जिताई क्योई जोडो प्रतियोगितामा पदक जित्न सफल खेलाडीलाई सम्मान सहित बिदाइ गरिएको छ । नेपाल जुडो संघ झापाले ३ स्वर्ण र २ रजत पदक विजेता नेपाली खेलाडीलाई काँकरभिट्टा स्थित नेपाल भारत प्रवेशद्वारमा सम्मान गरेको हो । झापा जिल्ला जुडो संघका प्रमुख प्रशिक्षक गंगाबहादुर खड्काको नेतृत्वमा पूर्व प्रहरी निरीक्षक एवम् मुस्लिम संघ नेपालका केन्द्रीय सदस्य अमिन अली शेखले भुटानबाट भारतीय बाटो हुँदै स्थल मार्गबाट नेपाल आइपुगेका विजेता खेलाडीलाई सम्मान गरेका थिए । सम्मानित हुने खेलाडीहरूमा पुरूष ६० केजी समूहका काशिराम महौत, महिला ५७ केजी समूहकी पेमा याङ्जी शेर्पा, ४४…
कनकाई, ७ फागुन । झापाको कनकाई नगरपालिका–७ मा भएको निःशुल्क आँखा शिविरमा १७८ जनाले सेवा लिएका छन् । ज्येष्ठ नागरिक संघ कनकाईको आयोजना र मेची आँखा अस्पताल बिर्तामोडको प्राविधिक सहयोगमा भएको आँखा शिविर उनीहरुले सेवा लिएका हुन् । कूल १७८ जनाले सेवा लिएकोमा १६ जनालाई शल्यक्रियाका लागि सिफारिस र ४८ जनालाई चस्मा वितरण गरिएको ज्येष्ठ नागरिक संघ नगर अध्यक्ष शम्बुप्रसाद पोखरेलले जानकारी दिनुभयो । कनकाई–७ ज्येष्ठ नागरिक चौतारी भवन कालिमुडामा भएको आँखा शिविरको उद्घाटन प्रमुख अतिथि नगर प्रमुख राजेन्द्रकुमार पोखरेलले गर्नुभएको थियो । कार्यक्रममा विशिष्ट अतिथि उपप्रमुख आशा शर्मा शिवाकोटी, अतिथि कनकाई–७ का वडाध्यक्ष भीष्म भूषण सिटौला लगायतले शुभकामना मन्तव्य…
तनहुँ, ७ फागुन । तनहुँको आँबुखैरेनी गाउँपालिका–१ गिरौनचोरस्थित भित्री सडकखण्डमा आज बिहान जन्ती बोकेको जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बरादी–हिलेखर्कस्थित भित्री सकखण्डमा जन्ती लिएर गइरहेको बा१८च ५९२१ नम्बरको बोलेरो जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो । मृत्यु हुनेको पहिचान हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए। अनियन्त्रित भई सडकबाट अन्दाजी पाँच सय मिटर तल जीप खसेको थियो । दुर्घटनामा १६ जना घाइते भएका छन् । घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
अर्जुनधारा, ७ फागुन । झापाको अर्जुनधारा नगरपालिका–८ मा नयाँ कृषि बजारका लागि नवनिर्मित पूर्वाधारहरुमा कस्तो डिजाइनमा कसरी बजार सञ्चालन गर्ने भन्ने विषयमा छलफल भएको छ । अर्जुनधारा नगरपालिका र नेपाल कृषि बजार विकास कार्यक्रम (सहज) को संयुक्त आयोजनामा आइतबार सम्पन्न भएको कृषि बजार पूर्वाधार सञ्चालनका अवसरहरु बारेको कार्यशालामा उक्त छलफल भएको हो । जनप्रतिनिधि र सरोकारवालाहरुको संयुक्त सहभागितामा आयोजित छलफलमा कृषि अध्ययन भ्रमणबाट प्राप्त भएका विभिन्न कृषि बजार सञ्चालन मोडालिटीको अनुभव कृषि बजार अध्धयन टोलीका सदस्य एवम् अर्जुनधारा नगरपालिका पशुपन्छी तथा मत्स्य विकास शाखा प्रमुख पदमलाल राई, सुनसरीको दुहबीस्थित कृषि र पशु बजारको सञ्चालन अनुभव अध्यक्ष राजन केसी, धरानस्थित कृषि…
झापा, ७ फागुन । रोजगार अनुमति प्रणाली (ईपीएस) सन् २०२४ को उत्पादनतर्फको भाषा परीक्षा सोमबारदेखि पाँच सिफ्टमा सञ्चालन गरिँदै छ । दक्षिण कोरिया उत्पादनतर्फ २०२४ मा रोजगारीका लागि भाषा परीक्षा आवेदन दिनेको सङ्ख्या अपेक्षाभन्दा दोब्बर परेकाले परीक्षाको सिफ्ट सङ्ख्या बढाउनु परेको ईपीएस शाखाले जनाएको हो । सो शाखाका अनुसार शाखाका निर्देशक मैयाँ कँडेलले यस पटक अपेक्षाभन्दा दोब्बर परीक्षार्थीको आवेदन परेकाले सोमबारदेखि प्रत्येक दिन पाँच सिफ्टसम्म परीक्षा सञ्चालन गर्न आवश्यक तयारी पूरा भएको जानकारी दिइन् । ईपीएस शाखा र कोरिया मानव संसाधन विभाग ९एचआरडी० ले नेपालबाट ८० हजारको हाराहारीमा आवेदन पर्ने अनुमानसहित भाषा परीक्षाको व्यवस्थापनका लागि पूर्वाधार तयार गरेको तर अनुमान…
झापा, ७ फागुन । आज राष्ट्रिय प्रजातन्त्र दिवस । देशभर विभिन्न कार्यक्रम गरी मनाइदैछ । गणतन्त्र स्थापनापछि केही समय ओझेलमा परेको यो दिवसलाई यस वर्ष सरकारले थप महत्वका साथ विभिन्न कार्यक्रम गरी मनाउने निर्णय गरेको छ । दिवसका अवसरमा सरकारले देशभर सार्वजनिक बिदा दिएको छ । दिवसको अवसरमा काठमाडौँको टुँडिखेलस्थित सैनिक मञ्चमा विशेष समारोह आयोजना गरिएको छ । समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुखसहितको सहभागिता रहनेछ । सो क्रममा सेनाको हेलिकोप्टरबाट ‘राष्ट्रिय प्रजातन्त्र दिवस, २०८०’ अङ्कित ब्यानर चक्रपथ वरपर प्रदर्शन गर्ने तथा नेपाली सैनिक मञ्च, टुँडिखेलमा हेलिकोप्टरबाट पुष्पवृष्टि र झन्डा प्रदर्शन गर्ने कार्यक्रम समेत छ । विसं २००७ सालमा जहानियाँ…
झापा, ७ फागुन । युनाइटेड अरब इमिरेट्स (यूएई)मा एक नेपाली युवालाई मृत्युदण्डको सजाय सुनाइएको छ । ओखलढुंगाका भुवन श्रेष्ठलाई दुबईको अदालतले मृत्युदण्डको फैसला सुनाएको बताइएको छ । विगत ५ वर्षदेखि दुबईको जेलमा बसिरहेका श्रेष्ठलाई केही दिनअघि मृत्युदण्डको फैसला सुनाइएको घनश्याम थापा मगरले जानकारी दिए । आफ्नै कम्पनीमा कार्यरत नवलपुरका बाबुराम आले मगरको मृत्यु भएपछि उनलाई दुबई प्रहरीले पक्राउ गरेको थियो । गम्भीर घाइते आले मगरको उपचारका लागि अस्पताल लैजाँदा बाटैमा मृत्यु भएको थियो । श्रेष्ठ २०७४ सालमा रोजगारीका लागि दुबई पुगेका थिए । उनी बसेको कोठामा झगडा हुँदा छुट्ट्याउने क्रममा आले मगरलाई गम्भीर चोट लागेको थियो । त्यसपछि उनैले अस्पताल…
अर्जुनधारा, ६ फागुन । झापाको अर्जुनधारा नगरपालिकाले आइतवार ९आज० नगर सभाको चौधौं नियमित अधिवेशन शुरु भएको छ । अर्जुनधाराका नगर प्रमुख बलदेवसिंह गोम्देन तामाङको अध्यक्षतामामा भएको कार्यक्रममा प्रतिनिधिसभा उपसभामुख इन्दिरा राना मगरकासमेत आतिथ्य रहेको थियो । नगर सभामा चालु आर्थिक बर्षको बजेट तथा कार्यक्रम अर्धबार्षिक समिक्षा तथा आय व्ययको संसोधित अनुमान, आवधिक नगर बिकास योजना र मेलमिलापकर्ताहरु सम्बन्धी प्रस्ताप पेश गरिएको थियो । कार्यक्रममा नगरकी उपप्रमुख खड्गमाया पराजुलीले आर्थिक वर्ष २०८०र०८१ को संशोधित आय र व्ययको अनुमान पेश गरेकी थिइन् । नगरपालिकाको तेह्रो नियमित अधिवेशनबाट चालु आर्थिक बर्षका लागि ७६ करोड २२ लाख ८० हजार बराबरको वार्षिक बजेट पारित थियो…
शिवसताक्षी, ६ फागुन । झापाको शिवसताक्षीमा तामाङ्ग समुदायले सोनाम लोसार मनाएका छन् । नेपाल तामाङ्ग घेदुङ शिवसताक्षी नगरपालिका वडा नं. ९ ले सोनाम लोसार २८६० सालको पर्व मनाउँदै विभिन्न साँस्कृतिक कार्यक्रम गरेको हो । कार्यक्रमको झापा क्षेत्र नं. ४ का सांसद एलपी साँवा लिम्बुले उद्घाटन गरेका हुन् । कार्यक्रममा नेपाल तामाङ्ग घेदुङ शिवसताक्षी ९ ले बुद्ध छोरेङ गुम्बा निर्माण गर्ने जानकारी गराएको छ । शिवसताक्षी ९ को योङया चोक दक्षिणमा उक्त गुम्बा चाडै निर्माण गरिने नेपाल तामाङ्ग घोदुङका उपाध्यक्ष गंगाराम तामाङ्गले जानकारी दिए । गुम्बा निर्माणका लागि शिवसताक्षी ९ का गंगाराम तामाङ्ग, सुनमाया तामाङ्ग, निर्माण लामा तामाङ्ग, लक्ष्मी तामाङ्ग, दावा…