
कनकाई, ७ फागुन । झापाको कनकाई नगरपालिका–७ मा भएको निःशुल्क आँखा शिविरमा १७८ जनाले सेवा लिएका छन् ।
ज्येष्ठ नागरिक संघ कनकाईको आयोजना र मेची आँखा अस्पताल बिर्तामोडको प्राविधिक सहयोगमा भएको आँखा शिविर उनीहरुले सेवा लिएका हुन् । कूल १७८ जनाले सेवा लिएकोमा १६ जनालाई शल्यक्रियाका लागि सिफारिस र ४८ जनालाई चस्मा वितरण गरिएको ज्येष्ठ नागरिक संघ नगर अध्यक्ष शम्बुप्रसाद पोखरेलले जानकारी दिनुभयो ।

कनकाई–७ ज्येष्ठ नागरिक चौतारी भवन कालिमुडामा भएको आँखा शिविरको उद्घाटन प्रमुख अतिथि नगर प्रमुख राजेन्द्रकुमार पोखरेलले गर्नुभएको थियो । कार्यक्रममा विशिष्ट अतिथि उपप्रमुख आशा शर्मा शिवाकोटी, अतिथि कनकाई–७ का वडाध्यक्ष भीष्म भूषण सिटौला लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



