
तित्रा
‘अब यो देशमा केही होला जस्तो छ । देश र जनताको त के नै होला र ! तर राजनीतिका तन्त्र मन्त्र गनेर् फेदाङ्वा, झाँक्री,धामी, बिजुवा, मारुनी र यिनका पछि लागेका धुपौरे फाकफुकेहरूको चालामाला देख्दा रिठ्ठेझाँक्रीहरूले गरिखालान् जस्तो लाग्न छाडेको छ । यिनका तन्त्र मन्त्र पन्थको सत्व सकिएजस्तो छ । यिनका अनेकौं चर्तिकला देखिसकियो । गृहमन्त्री जनतासँग गएर रोइ–कराई गर्न थालेका छन्–कति दुःख गरेर,भ्रष्टाचारीको गोहो पैल्याउँदै गएर कुनै एउटा देशमारा–जनतामारा अपराधीलाई प्रहरीले पक्रेर अगाडि ल्याउँछ अनि पार्टीका नेता भनाउँदाहरू विरुद्धमा बुरुक्कै उफ्रन्छन् ! अपराधीको सुरक्षार्थ उल्टै प्रहरी र गृहमन्त्रीलाई चेतावनी दिन्छन् । तिनको पद नै खुस्काइदिनेसम्मको धम्की दिन पछि पदैर्नन् ! यसबाट भ्रष्ट अपराधीहरूको बल कहाँ रहेछ भन्ने कुरा सामान्यभन्दा सामान्य जनताले पनि छर्लङ्गै बुझ्छन् । तिनै नेता र पार्टीका पछि जनता कहिलेसम्म लाग्लान् त ? कस्तो समय आयो हौ केटा !’ भन्दै माइलाबाले आएर आसन जमाए ।
हैन के एक्लै बर्बराएको हौ माइलाबा ! के भो तपाईंलाई ? चूप लागेर आफ्नो सुतिखेती गरेर बस्नु नि ! तपाईं बौलाएर मात्रै के हुन्छ ? यस्ता पीर–औडाहाले तपाईंलाई नै सिध्याउँछ । यी देश दोहन गनेर् अपराधीका विरुद्ध तपाईंले के गर्न सक्नुहुन्छ ? उही आफ्नै कलेजो डढाएर सिध्याउने मेलो मात्रै हो । तपाईं आफू चाहिँ एकछाक खाएर, यसो आङ छोप्ने एक झुम्रो लाएर, दूरदेश गाउँमा घाँस काटेर, गोबर सोहरेर बस्नु हुन्छ अनि टाउकामा चाहिँ राजनीतिका झिंगा भन्काएर किन हिँड्नु ?
बुढाले मलाई एकपटक राम्ररी हेरे, ओठमाथि फुलेका जुँगा जिब्रोले तानेर मुखभित्र हाले अनि दाँतले किरिक्किरिक्टोकिसकेर भने– ‘तँ जस्तो गैबार मान्छे त संसारमै छैन होला । नेता तस्कर माफिया बिचौलिया मिलेर देश खोक्रो बनाएर उनीहरू धोक्रो भरिरहेका छन्, तँलाई अलिकति पनि पीर चिन्ता छैन ? देशप्रतिको अलिकति माया ममता प्रेम नभएको तँ कस्तो मान्छे हँ…? राजनीतिका आडमा भूमाफिया, शैक्षिक माफिया, मेडिकल माफियाहरूले देशको लटिपटी सबै सोहरेर अकैर् कुन देशमा लगेर थुपारिसके । देशका युवक–युवतीहरू संसारभरिका कुन–कुन देशमा नोकरचाकर भइसके; तँ स्वाँठलाई कुनै मतलब छैन । उल्टै मलाई चूप लागेर बस भन्छस् ? फटाहाहरूले देश बेचेर कुम्लो बोकेर भागे भने कहाँ गएर बस्छस् ? तेरा सन्तानलाई कता थन्काउँछस् ? तेरो अलिकति गुदी गिदी पनि छैन ?’
मैले अलिक नम्र भएर सोधेँ–हैन होउ माइलाबा ! त्यस्तो औधी के भएको छ र ? यस देशमा जनता र नेता झण्डै बराबर संख्यामा छन् । सबैले देश बनाउने नै कुरा गर्छन् । देश बनाउन पैदल हिँडेर सम्भव भएन भनेर प्रदेशका लिखुरे मन्त्रीहरूलाई पनि एक–एक वटा गाडी किन्ने कुरा चल्दैछ । प्रदेशको ठूलो भाले मन्त्रीलाई काठमाडौंमा पुग्दा त्यहाँको बसाइ लखनवी नवाबको जस्तो रौसपूर्ण होस् भनेर महलै बनाइदिएका छन् । माथिका ठूला मन्त्रीको त झन् कुरै गर्नु परेन । गर्छन् होला नि केही त । यसो मह काड्नेले हात चाटिहाल्छन्, त्यसको रिस गर्नु भएन नि ! देश बनाएरै छाड्छौं भन्छन् सबै, मेरै कानले सुनेको !
मेरो कुरा बुढालाई पचेनछ, बीचैमा बम्किए– ‘ठीकै भनिस्, यिनले देश बनाउँछन् । दशैंमा खसी, सुँगुर, राँगा बनाएजस्तै गरी बनाउँछन् । पखेर्र बसिराख्, खालास् ! पुलिसले कसो–कसो गरेर एउटा तस्कर, हत्यारो, सरकारी जग्गा हड्पिने माफिया, डन, गुण्डो कसैलाई पक्रियो भने पार्टीको नेताले मेरो पार्टीको डन गुण्डालाई किन पक्रिस् भनेर जाइलाग्छन् र पुलिसकै जागिर धरापमा पार्छन् ! तस्कर माफिया पनि पार्टी–पार्टीले पालेर राखेका छन् । ठूल्ठूला भ्रष्टाचारीलाई पनि पार्टीले नै पालेर राखेका छन् । तिनकै पैसा ओच्छ्याएर नेताहरूले चुनाव जित्दै आइरहेका छन् । नत्र किन अपराधी भ्रष्टाचारीलाई पक्रिंदा तिनको बचाउमा बोल्छन् त पार्टीका नेताहरू?’
बुढा बोलिरहे– ‘एउटा घुस्याहा कर्मचारी पक्राउ पर्यो भने सिंगै कर्मचारी संघ–संगठन सरकार र प्रहरीमाथि जाइलाग्छन् । फटाहा कमिशनखोर नेता पक्राउ पर्यो भने सरकारै ढाल्दिने चेतावनी आउँछ । चोर ठग गुण्डालाई त झन् छुनु चलाउनु नै भएन । सोझासिधा युवायुवतीहरूलाई रोज्जा विदेश पुर्याइदिन्छौंं भनेर ठगहरूले उहिल्यैदेखि लटिपटी गरिरहेकै छन्, तर ती ठग डाकाहरूलाई दण्ड–सजाय छैन । किन दण्ड–सजाय हुँदैन त भनेर खोजी गर्दा ती ठगहरू नेताहरूका जिग्री दोस्त वा आफन्तहरूहुँदारछन् । तिनैबाट नेताहरूलाई कमिशनको प्रतिशत पुग्दोरछ । चुनावका बेलामा नेताहरूलाई तिनै मान्छे चाहिन्छ । त्यसले गर्दा तिनीहरूले देश र जनताको जत्ति नै खति गरे पनि तिनलाई क्षति नपुग्नेगरी सुरक्षा गर्नु नेता÷मन्त्रीहरूको कत्र्तव्य हुन जान्छ । पूर्वमन्त्री÷प्रधानमन्त्रीहरू नै भ्रष्टाचारमा मुछिएका छन्, तिनलाई कसले गनेर् दण्ड ? भ्रष्टाचार गनेर् र दण्ड सजाय गनेर् उनै–उनै मान्छे भएपछि कता के आश गर्नु ?’
होइन होउ माइलाबा ! त्यति सारो चाहिँ अलिक होइन होला । कर नतिनेर् एनसेलका निम्ति समिति बनाएर अध्ययन गराउँदै छन् । अरु के–के काण्डमा पनि छानवीन समिति नै बनाउँछन् । हैन, त्यो समिति भन्ने कुरो चाहिँ सरकारभन्दा पनि ठूलो जान्ने हो कि क्या हो ? सबैकाम यस्तै समितिले गनेर् हो भने अख्तियार, अदालत, सीआईबी… आदि जस्ता सरकारी निकायलाई किन पालेर राखेका ? म त कुरै बुझ्दिन होउ माइलाबा ! यस्तै पारा हो भने अब यिनले यी हामी नेताहरूबाट सरकार चलाउन नसकिने भयो भनेर अकोर् एउटा समिति बनाएर छोड्ने रहेछन् ।
बुढाले भने– ‘समितिका कुरा के गर्नु ! त्यो नेताहरूका आफ्ना मान्छेलाई जागिर खुवाउने जुक्ति मात्रै हो । कुनै पनि समस्या आयो भने समिति गठन गरेर पन्छायो । आफू सरकारमा बसुञ्जेल म्याद थपेको–थप्यै गरेर जागिर दियो । अकोर् सरकार आएपछि समिति नै लापत्ता हुन्छ । समस्याको घाउमा खाटो बस्छ । त्यस्ता काण्ड र समिति थपिंदै जान्छन्, पुराना पुरिंदै जान्छन् । अहिले पनि दर्जनौंछानवीन समितिहरूमा नेताका सयौं मान्छेले मस्त जागिर खाइरहेका छन्् । कुनै समिति जान्ने बाठो भएर प्रतिवेदन बुझायो नै भनेपनि मन्त्रालयको दराजमा थन्काइदियो । अनि त्यहीँ मुसा साङ्ला धमिराले मसिनोगरी अनुसन्धान गर्छन् । यी समिति बनेका सरकारका घाउ खटिरा फुन्सी फोडा हुन् ।’
बुढा बोल्न रोकिएनन्… ‘चल्दैन केटा यसरी चल्दैन ! म निकै खराब सपना देख्तै छु । जुन देशमा नेतै भ्रष्ट हुन्छ, मन्त्री नै भ्रष्ट हुन्छ र सजाय दिने निकायले खुट्टा कमाउँछ भने, ठग तस्कर माफियालाई पक्राउ गर्दा तिनका सुरक्षाका निम्ति नेता मन्त्री नै लाग्छन् भने देश कसरी उँभो लाग्छ त ? यो दाइँ यसरी नै सधैँ चल्दैन नै होला, पानीले बाँध भत्काए झैँ यी अनेकथरिका समस्याले एउटा न एउटा निकास लिन्छ जस्तो मलाई लागेको छ । बाँध भत्केर ठूलै बाढी आएर विनाश भएको मेरो सपना त्यसै खेर जाँदैन । तर, ल भइगो केटा ! मसँग कुरा गर्न तेरो स्तर मिल्दैन । तँ आँखै अगाडिको पनि देख्तैनस्, म पचास वर्षपछिको कुरामा चिन्तित छु । तैंले नमस्कार गरेका नेतालाई म तिरस्कार गर्छु । तैंले आश गरेको कुरामा म निराशा देख्छु । तैले विकास भनेको कुरालाई म विनाश भन्छु । तँसँग होइन, अलिक गतिला–गतिलै मान्छेसँग भिडेर कुरा गनेर् मन छ’ भन्दै दुइटै हात झड्कादैर् बुढा उठेर बाटो लागे ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


