झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

काठमाण्डौ, २४ फागुन । १६ वर्षमुनिको महिला साफ च्याम्पियनशिपमा नेपालले आज भारतसँग खेल्दैछ । फाइनल पुग्न निकै महत्त्वपूर्ण मानिएको यो खेल दिउँसो ३ बजे एन्फा कम्प्लेक्स सातदोबाटोको मैदानमा शुरु हुनेछ । फाइनल प्रवेशका लागि दुवै टोलीलाई आजको खेल जित्नैपर्ने बाध्यता छ । बङ्गलादेश लगातार दुई खेल जित्दै फाइनलमा पुगिसकेको छ । दुई अङ्क भएको भारत दोस्रो स्थानमा र समान दुई अङ्क भएको नेपाल गोल अन्तरका आधारमा तेस्रो स्थानमा छ । दुवै खेल हारेको भुटान अङ्कविहीन हुँदै बाहिरिसकेको छ । फाइनल खेल आउँदो आइतवार हुनेछ । यसअघि १५ वर्षमुनिको उमेर समूहमा आयोजना हुँदै आएको प्रतियोगिता यो संस्करणदेखि १६ वर्षमुनिको उमेर समूहमा…

Read More

झापा, २३ फागुन । नागरिक उन्मुक्ति पार्टी इलामको तदर्थ समिति गठन भएको छ । दिलप्रसाद नेम्वाङको अध्यक्षतामा २१ सदस्यीय तदर्थ समिति गठन भएको हो । पार्टीका केन्द्रीय उपाध्यक्ष इन्दिरा मेन्याङ्बोको प्रमुख आतिथ्य र युवा नेता फक्तालुङ योङ्हाङको अध्यक्षतामा चुलाचुली–४ स्थित आइतबारमा भएको एक भेलाले तदर्थ समिति गठन भएको पार्टीका १ नंं प्रदेश अध्यक्ष धनबहादुर पन्धाकले जानकारी दिनुभयो । नवगठित समितिको उपाध्यक्षद्वयमा खड्कबहादुर लिम्बू र रामचन्द्र लिम्बू (आशिष) रहेका छन् । सचिवमा सञ्चित पन्धाक लिम्बू, सहिसचिवमा सन्तबहादुर लेप्चा, कोषाध्यक्षमा पूर्णिमा लिम्बू चयन हुनुभएको छ । त्यसैगरी, सदस्यहरुमा नरेन्द्र लिम्बू, किरन मगर, माइतबहादुर ताम्लिङ, मानबहादुर जवेगु, गंगा वान्तवा, जीवन राई, ख्याम सुहाङ,…

Read More

झापा, २३ फागुन । कोशी प्रदेश सरकारले पहिचानको आन्दोलनका क्रममा मृत्यु भएका पदम लिम्बु लाजेहाङको परिवारलाई पाँच लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ । बुधवार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले लाजेहाङको परिवार क्षतिपूर्तिस्वरूरुप सो रकम उपलब्ध गराउने निर्णय गरेको हो । यस्तै मन्त्रिपरिषद्ले आन्दोलनका क्रममा घाइते भएकाहरूको छानबिनका लागि समिति गठन गर्न आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई जिम्मेवारी दिने निर्णयसमेत गरेको सरकारका प्रवक्ता शमशेर राईले बताए । बैठकबाट कात्तिक २६ गते मोरङको उर्लाबारीमा भएको आगलागीमा परी घाइते भएकाहरूले झापा र मोरङमा गराएको उपचारको खर्च पनि सरकारले नै व्यहोर्ने निर्णय भएको छ । मन्त्रिपरिषद्ले प्रदेश नियमावली बमोजिम पुस मसान्तपछि…

Read More

भद्रपुर, २३ फागुन । झापाको भद्रपुर नगरपालिकाले यहाँका अग्रज पत्रकारलाई दीर्घसेवा सम्मान प्रदान गरेको छ । नगरपालिकाको १३ औं नगर सभाको अवसरमा अग्रज पत्रकार नकुल काजी र गोविन्दचन्द छेत्री नगद रू ३० हजार एकसहित दीर्घसेवा सम्मान प्रदान गरेको हो । पत्रकार काजी छ दशक र छेत्री पाँच दशकदेखि झापालाई कर्मथलो बनाएर पत्रकारिता क्षेत्रमा क्रियाशील हुनुहुन्छ । सोही अवसरमा पत्रकार दीपक अधिकारी नगर विकास पत्रकारिता पुरस्कार–२०७९ बाट र लेखनाथ परदेशीलाई नगर विकास पत्रकारिता पुरस्कार–२०८० द्वारा सम्मान गरिएको छ । पुरस्कारको राशी नगद रू १५ हजार एक रहेको छ । यस्तै, प्रोत्साहन पत्रकारिता पुरस्कार–२०७९ बाट पत्रकार रेवतीराज घिमिरे र प्रोत्साहन पत्रकारिता पुरस्कार–२०८०…

Read More

बिर्तामोड, २३ फागुन । डिफेन्डिङ च्याम्पियन त्रिभुवन आर्मी फुटबल क्लब झापामा जारी छैटौँ झापा गोल्ड कपको सेमिफाइनलमा प्रवेश गरेको छ । यस सिजनको सर्वाधिक सफल क्लब मछिन्द्र फुटबल क्लबमाथि २–१ गोलअन्तरको जित निकाल्दै आर्मीले सेमिफाइनलको यात्रा तय गरेको हो । खेलको प्लेयर अफ दि म्याच आर्मीका वसन्त जिम्बा घोषित भए । उनलाई कोशी प्रदेशका पूर्वमुख्यमन्त्री हिक्मत कार्कीलगायतले नगद ११ हजार र ट्रफी प्रदान गरे । १० टोली सहभागी गोल्ड कपको विजेताले नगद १३ लाखसहित आकर्षक ट्रफी पाउनेछ भने उपविजेता टोलीले नगद ७ लाखमा चित्त बुझाउनु पर्नेछ । १ करोड ४० लाख खर्च हुने अनुमान गरिएको गोल्ड कपमा झापा ११ एफसीले…

Read More

बिर्तामोड, २३ फागुन । झापाको बिर्तामोड नगरपालिका–४ मा मुख्य कार्यालय रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले अर्जुनधारा नगरपालिकामा रहेको एक सामुदायिक विद्यालयमा अध्ययनरत विद्याथीलाई विद्यालय पोशाक वितरण गरेको छ । आज एक कार्यक्रमका बीच सिम्रिकले अर्जुनधारा–४ मा रहेको लक्ष्मी आधारभूत विद्यालयका ३२ जना विद्यार्थीलाई विद्यालय पोशाक वितरण गरेको हो । सामाजिक उत्तरदायित्व अन्तर्गत सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि संस्थाले सहयोग गरेको संस्थाका कार्यकारी प्रमुख कमलबहादुर बस्नेतले जानकारी दिए । सस्थाका अध्यक्ष सुवास भट्टराई, विभागीय प्रमुख दुर्गाप्रसाद रिजाल, प्रेम बस्नेत (विजय), आईटी अधिकृत विजय पाण्डेले संयुक्त रुपमा विद्यार्थीलाई पोशाक वितरण गरेका हुन् । संस्थाका अध्यक्ष भट्टराईले पोशाक हस्तान्तरण गर्दै…

Read More

भद्रपुर, २३ फागुन । विद्यालय तहका विद्यार्थीलाई संस्कारयुक्त शिक्षा दिने उद्देश्यले झापामै पहिलो पटक यहाँका ३५० जना शिक्षकलाई प्रशिक्षण दिइने भएको छ । संस्कार सहितको शिक्षा प्रबद्र्धन समिति भद्रपुरको आयोजनामा ‘संस्कारसहितको शिक्षा, आजको आवश्यकता’ भन्ने नाराका साथ फागुन २४ गते बिहीबार (भोलि) भद्रपुरसहित पाँच पालिकाका शिक्षकहरुलाई प्रशिक्षण दिन लागिएको हो । भद्रपुरसहित कनकाई, बिर्तामोड, अर्जुनधारा र मेचीनगरका शिक्षक सहभागी हुने आयोजकले जनाएको छ । भद्रपुरका आठ विद्यालयका २१५ जना र अन्य चार पालिकाका १३५ जना शिक्षक प्रशिक्षणमा सहभागी हुनेछन् । उत्प्रेरक वक्ता डा. रवीन कटुवालले सहभागी शिक्षकलाई प्रशिक्षण दिने जनाइएको छ । प्रशिक्षण पछि शिक्षकहरुले आफूले अध्यापन गराउने विद्यालयका विद्यार्थीलाई…

Read More

झापा, २३ फागुन । कोशी प्रदश सरकारले प्रदेशमा रहेका करारका कर्मचारीको म्याद थप गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को आज बसेको बैठकले मोरङ र झापामा हालै भएको आगलागीमा परी जलनमा परेका बिरामीको उपचार खर्च व्यहोर्ने, सामाजिक विकास मन्त्रालयले पेस गरेको ‘एजेन्डा’ स्वीकृत गर्नाका साथै सोही मन्त्रालयले अन्तर प्रदेश खेलकुद प्रतियोगिताका लागि माग गरेको बजेट दिने निर्णय भएको आन्तरिक मामिला तथा कानुनमन्त्री शम्शेर राईले जानकारी दिए । सरकारका प्रवक्ता समेत रहेका मन्त्री राईले प्रदेशको नामकरणका विषयमा सङ्घर्ष समितिसँग सरकारले वार्ता गरिरहेको र वार्तामा आएका विषयमा छलफल गरी निर्णय गरेको जानकारी दिए ।

Read More

बिर्तामोड, २३ फागुन । आमसञ्चार र समावेशी पत्रकारिता विषयक अन्तरक्रिया तथा पत्रकार तारामणि सापकोटाद्वारा लिखित अनुसन्धानमुलक पुस्तकको विमर्श गरिएको छ । नेपाल पत्रकार महासंघ झापाको आयोजनामा भएको कार्यक्रममा सहभागीले संविधान र कानूनमा व्यवस्था भएका समावेशिता सम्बन्धी व्यवस्थाहरु व्यवहारमा कार्यान्वयन हुन नसकेको धारणा राखे । उनीहरुले संविधानको मर्म अनुसार समावेशी समाज निर्माणका लागि मिडियाले खबरदारी गर्नुपर्नेमा जोड दिए । महासंघका झापाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको कार्यक्रममा पुस्तकका लेखक सापकोटाले नेपालको सञ्चार लगायत विभिन्न क्षेत्रमा समावेशिताको अवस्था बारे तथ्यांक प्रस्तुत गर्दै पुस्तकको औचित्यमाथि प्रष्ट्याएका थिए । सरकार र राजनीतिक दलहरुले समावेशिताको नारा लगाए पनि व्यवहारमा कार्यान्वयन गर्न नसकेको सो अवसरमा बताइयो…

Read More

झापा, २३ फागुन । झापाको झापा गाउँपालिका–७ स्गित मदगाछ बजारमा ‘मदरगाछ सांस्कृतिक तथा व्यापार मेला २०८०’ हुने भएको छ । आगामी फागुन २५ देखि चैत ६ गतेसम्म दीपज्योती युवा क्लब र जेएस फिल्म प्रोडक्शन प्रालि काठमाडौंको संयुक्त आयोजनामा सांस्कृतिक तथा व्यापार मेला आयोजना हुने भएको हो । स्थानीय उत्पादनको प्रवर्धन र मदरगाछ बजारलाई विश्वमाझ परिचित गराउने उद्देश्यले मेला आयोजना गर्न लागिएको आयोजक संस्था दीपज्योति युवा क्लबका अध्यक्ष डिल्लीराम चुडालले बताउनुभयो । झापा गाउँपालिका–७ का वडाध्यक्ष सखीचन्द्र ठाकुरले यो मेला यहाँका लागि गौरवको विषय भएको बताउनुभयो । यो मेलाले यहाँको परिचयलाई व्यापक बनाउन मद्दत मिल्नुका साथै स्थानीय उत्पादनको प्रबद्र्धन हुने उहाँको…

Read More