
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
भद्रपुर, २९ माघ । कालोपत्रे सडक निर्माणको कार्य तत्काल सुचारु गर्नुपर्ने माग राख्दै स्थानीयले सडक अवरुद्ध पारेका छन् । बिर्तामोड–भद्रपुर सडक खण्ड अन्तर्गत चन्द्रगढीस्थित लेखनाथ चोकमा सडक अवरुद्ध पारेका हुन् । स्थानीयले आइतबार बिहान लेखनाथ चोक र उत्तरतर्फ खानेपानी कार्यालय छेउमा ढाट र अन्य सामग्री सडकमा राखेर अवरुद्ध पारेका थिए । सडक अवरुद्ध गरेका कारण सवारी साधनहरू वैकल्पिक सडकबाट सञ्चालन गरिएको थियो । धुलोका कारण सडकमा बसी नसक्नु भएपछि अब पानी हालेर धुलो बन्द गर्ने होइन कालोपत्रे सडक नै एक सूत्रीय माग रहेको उनीहरूले जनाएका छन् । हिउँदमा धुलो मारेर के गर्नु, वर्षा याममा हिलाम्मेसडक हुन्छ भन्दै स्थानीयहरु नेता र…
झापा, २९ माघ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक(दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। मंगलबार देशभर आंशिक देखि साधारणतया बदली रहनेछ । देशको उच्च पहाडी तथा हिमाली भू(भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।
बिर्तामोड, २९ माघ । झापाको बिर्तामोड नगरपालिकाको दोस्रो नगर सभाको चौथो अधिवेशनले दुई वटा विधेयक र सात वटा प्रस्ताव पास गरेको छ । बिर्तामोड–७ स्थित सहिद नेत्र स्मृति पार्कमा आइतबार आयोजित नगरसभामा विधेयक विधायक समिति संयोजक शर्मिला राजवंशीले पेस गर्नुभएको फोहोरमैला व्यवस्थापन विधेयक २०८० र आर्थिक ऐन २०८० दोस्रो संशोधन गर्ने विधेयक २०८० पास भएको हो । नगर प्रमुख पवित्रा महतारा प्रसाईले पेस गर्नु भएको चार वटा र उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले पेश गर्नु भएको तीन वटा प्रस्तावसमेत सर्वसम्मत पास भएको छ । नगर प्रमुख प्रसाईंले स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा २२ अनुसार सुशासन समिति र विधायन समिति गठन…
झापा, २९ माघ । पुरुष म्याराथनमा विश्व कीर्तिमानी धावक केन्याका केल्भिन किपटुमको कार दुर्घटनामा निधन भएको छ । पश्चिमी केन्यामा भएको दुर्घटनामा २४ वर्षीय केल्भिनसहित उनका प्रशिक्षक रुवान्डाका जार्भिस हाकिजिमानको मृत्यु भएको बताइएको छ । एएफपी न्यूज एजेन्सीका अनुसार दुर्घटना आइतबार राति स्थानीय समयअनुसार ११ बजे भएको थियो । दुर्घटनामा अन्य एक जना घाइतेलाई अस्पताल लगिएको छ । प्रहरीका अनुसार धावकले नै उक्त कार चलाइरहेका थिए । कारमा नियन्त्रण गुमेपछि दुर्घटना भएको र दुई जनाको घटनास्थलमा नै मृत्यु भएको प्रहरीको भनाई छ । सन् २०२३ मा म्याराथनमा केल्भिनको उदय भएको थियो । गत अक्टोबरमा उनले सिकागोमा आयोजित प्रतियोगितामा इलुड किपचोगेको…
झापा, २९ माघ । तीन वर्षअघि रुकुम पश्चिममा ६ जना युवकको ज्यान जानेगरी भएको घटना जातीय विभेदजन्य आपराधिक काम भएको व्याख्या जिल्ला अदालतले गरेको छ । रुकुम पश्चिम जिल्ला अदालतका न्यायाधीश खड्गबहादुर केसीले गत मंसिर १९ मा गरेको फैसलाको हालै सार्वजनिक पूर्ण पाठमा जातीय विभेदकै कारण गाउँलेले ६ जना युवकलाई कुटपिट गरी मारेको ठहर गरिएको छ । २०७७ जेठ १० मा गाउँलेले घरेलु हतियारसहित घेरा हाली ती युवालाई कुटपिट गरेका थिए । आक्रमणपछि नवराज विकसहित २१ वर्षीय सन्जु विक, १७ वर्षीय गणेश विक, १८ वर्षीय लोकेन्द्र सुनार, गोविन्द शाही र २० वर्षीय टीकाराम सुनारको मृत्यु भएको थियो । उनीहरू सबैको…
झापा, २९ माघ । सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीसँग खाद्यान्नको मौज्दात सकिनै लाग्दा जोखिमपूर्ण अवस्थामा पुगेको देखिएको छ । भइपरी आउने प्राकृतिक प्रकोप, बाढी पहिरो, भूकम्प जस्ता विपत्तिमा खाद्यान्नको आपूर्ति व्यवस्था सहज बनाउन पर्याप्त मात्रामा खाद्यान्न मौज्दात राख्नुपर्ने व्यवस्था भए पनि कम्पनीसँग न्यून मात्र खाद्यान्न मौज्दात रहेको छ । समयमा खाद्यान्नको मौज्दात पर्याप्त राख्न नसक्दा आपत्कालीन अवस्था आइपरे खाद्यान्नको अभाव हुने देखिएको छ । कम्पनीको मुलुकभर रहेका अधिकांश गोदाम खाली छन् । सार्क खाद्य बैङ्कमा आठ हजार मेट्रिक टन र बफर स्टकमा २५ हजार मेट्रिक टन अनिवार्य रूपमा खाद्यान्न मौज्दात राख्नुपर्ने व्यवस्था भए पनि हाल कम्पनीसँग अहिले कुल…
झापा, २८ माघ । मकैबारीमा पानी लगाउन गएका झापाको झापा गाउँपालिका–६ दुर्गा चोकका एक युवा मृत फेला परेका छन् । आज दिउँसो झापा–६ का ३० वर्षीय रोहितबहादुर कट्वाल सोही स्थानका हरिबहादुर बानियाको मकै बारीमा पानी लगाउन गएकोमा सोही स्थानमा मृत अवस्थामा फेला परेका हुन् । जिल्ला प्रहरी कार्यालय झापाबाट घटनाको सम्बन्ध थप अनुसन्धान भइरहेको छ ।
बिर्तामोड, २८ माघ । बिर्तामोड नगरपालिकाले उत्कृष्ठ कर्मचारी सहित जग्गा दातालाई सम्मान गरेको छ । आज वडा नम्बर ७ स्थित शहिद नेत्रपार्कमा आयोजित नगरपालिकाको दोस्रो नगरसभाको चौंथो अधिवेशनका अवसरमा उत्कृष्ठ कर्मचारी तथा जग्गा दातालाई सम्मान गरेको हो । उत्कृष्ठ कर्मचारीको रुपमा सम्मानित हुने शिक्षा शाखाका अधिकृत दिनेश प्रसाद आचार्य, वडा नम्बर ९का वडासचिव सुवास कुमार वि।क र बिर्तामोड नगरअस्पतालकी सिनियर अनमी ओमकुमारी गुरुङलाई २५ हजार रुपैंया नगद सहित सम्मान गरिएको हो । नगरपालिकाले वडा नम्बर १० मा आधारभूत स्वास्थ्य केन्द्र तेलगानीलाई स्वास्थ्य चौकी भवन निर्माणका लागि जग्गा दिने जग्गादाता श्रीप्रसाद शिवाकोटी दम्पतीलाई दोसल्ला ओढाएर सम्मान गरेको छ । सम्मानित हुनेहरुलाई…
बिर्तामोड, २८ माघ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व मन्त्री केशवकुमार बुढाथोकीको सातौं पुण्य तिथिको अवसर पारेर श्रद्धाञ्जलीसभा सम्पन्न भएको छ । नेपाली कांग्रेस झापाको आयोजनामा बुढाथोकी निवासमा आयोजित श्रद्धाञ्जलीसभामा पार्टी सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले परिवारलाई समवेदना पत्र हस्तान्तरण गर्नुभयो । श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै सभापति देउवाले बुढाथोकीको निधनले पार्टी र राष्ट्रलाई नै अपुरणीय क्षति पुगेको बताउँदै विकास निर्माण, संगठन विस्तार, लोकतान्त्रिक आन्दोलन एवं संविधानसभा सदस्य रहेर संविधान निर्माणमा खेलेको भुमिका सदास्मरणीय रहने बताउनुभयो । सभापति देउवाले पार्टी केन्द्रीय समितिले तयार पारेको समवेदना पत्र परिवारका सदस्यलाई हस्तान्तरण गर्नुभएको थियो । श्रद्धाञ्जलीसभामा नेपाली कांग्रेस कोशी प्रदेश समिति, नेपाली…
बिर्तामोड, २८ माघ । झापाको बिर्तामोडमा जारी पाँचौँ संस्करणको राष्ट्रिय पुरुष खुला तथा भेट्रान्स ब्याडमिन्टन प्रतियोगिताको सेमिफाइनल समीकरण सकिएको छ । बिर्तामोडको मेहरमान बहुउद्देश्यीय कबर्ड हलमा आज भएको खेलमा क्वार्टर फाइनलको प्रतिस्पर्धा सकिएको हो । भोलि माघ २९ गते फाइनल हुनेछ । आयोजक लायन्स क्लब अफ अनारमनीका पूर्वअध्यक्ष शैलेन्द्र कुरुङबाङका अनुसार खुला डबल्स र खुला भेट्रान्स डबल्स गरी दुई विधामा सञ्चालन भइरहेको छ । प्रतियोगिताअन्तर्गत खुला भेट्रान्स डबल्सको फाइनल प्रवेशका लागि प्रेम गुरुङ र सञ्जय कपालीको जोडीले दिपक आङदेम्बे र जीवन बोगटीको जोडीसँग प्रतिस्पर्धा गर्नेछ । त्यस्तै, घनेन्द्र लिम्बू र मदन लिम्बूको जोडीले कृष्ण खड्का र विष्णु तामाङको जोडीको सामना…