झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, १० माघ । उदयपुर र झापाबाट लागुऔषध गाँजा र ब्राउन सुगर सहित २ जनालाई पक्राउ गरिएको छ । हिजो दिउँसो १ बजे उदयपुर कटारी नगरपालिका ३ स्थित बसपार्कबाट इलाका प्रहरी कार्यालय कटारी उदयपुरबाट खटिएको प्रहरी टोलीले लागुऔषध गाँजा ८ किलोग्राम सहित सिरहा गोलबजार नगरपालिका १ की २८ बर्षीया अनिता राईलाई पक्राउ गरिएको छ । त्यसैगरी हिजै बेलुका ८ बजे झापाको दमक नगरपालिका–२ स्थितबाट अस्थाई प्रहरी पोष्ट फाल्गुनन्दबाट खटिएको प्रहरी टोलीले २९ बर्षीय तागेन्द्र मगरलाई लागुऔषध ब्राउन सुगर ५०० मिलिग्राम सहित घरैबाट पक्राउ गरी इलाका प्रहरी कार्यालय दमकबाट थप अनुसन्धान भइरहेको छ ।

Read More

धरान, १० माघ । सुनसरीको धरान उपमहानगरपालिका–८ स्थित भोटेपुलमा हाईसको ठक्करबाट एक जना मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनसरी धरान उपमहानगरपालिका–१५ बस्ने ४६ वर्षीय शम्भु दर्जी रहेका छन् । हिजो दिउँसो २ बजे इटहरीबाट धरान तर्फ जाँदै गरेको ना१ज ७१२१ नम्बरको हाइस गाडीले बाटो क्रस गर्दै गरेको को६प ५६०३ नम्बरको मोटरसाइकल र को ३२ प ८६६१ नम्बरको स्कुटरलाई ठक्कर दिँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक दर्जीको उपचारको लागि घोपा धरानमा पुर्‍याउन साथ मृत्यु भएको थियो भने स्कुटर चालक सोही स्थान ८ बस्ने ४४ वर्षीय सुरज गजमेर सामान्य घाइते भएका छन् । दुर्घटनामा संलग्न हाईस गाडी, चालक सप्तरी…

Read More

बिर्तामोड, १० माघ । पहिला–पहिला मर्दको शानको रुपमा जुँगालाई लिइन्थ्यो । जुँगा नभएकालाई ‘नामर्द’ भनेर पनि खिसीट्युरी गरिन्थ्यो । पछिल्लो समय जुँगा पालेको कमै देखिन्छ । अहिले जुँगा–दाह्री पाल्ने भन्दा सफाचट बनाएर काट्ने चलन बढेको छ । जुँगा पाले पनि नयाँ डिजाइन र स्टाइलिस बनाउने गरिन्छ । तर, उहिले–पहिलेजस्तो भने जुँगा पाल्ने चलन हराउँदै गएको छ । तर, झापा बिर्तामोड नगरपालिका–१० शिवालय चोकका ४४ वर्षीय मेदनीप्रसाद उप्रेती जुँगाको सोखिन् हुनुहुन्छ । पाँच वर्षयता उहाँले जुँगाको स्याहार गर्दै आउनुभएको छ । जसको परिणाम अहिले उनको जुँगा १३ इञ्च लामो भएको छ । जुँगा पालेर रेकर्ड राख्ने सोच उहाँको छ । हराउँदै…

Read More

भद्रपुर, १० माघ । झापामा नयाँ परिवार नियोजनको साधन प्रयोगमा आएको छ । जिल्लामा ‘साइना प्रेस’ नामक नयाँ गर्भ निरोधक तीन महिने सुई प्रयोगमा आएको स्वास्थ्य कार्यालय झापाका पब्लिक हेर्थ नर्स सुनिता राईले जानकारी दिनुभयो । पहिलो चरणमा कोशी प्रदेशको दुई जिल्ला झापा र सुनसरीमा ‘साइना प्रेस’ प्रयोगमा आएको उहाँले बताउनुभयो । जिल्लाका १५ वटै पालिकाका स्वास्थ्यकर्मीहरुलाई सुईको प्रयोग विधिबारे प्रशिक्षण दिने काम भइरहेको छ । हाल कार्यालयलाई प्राप्त भएको तीन हजार थान सुई प्रत्येक पालिकामा दुई सयका दरले वितरण गरिएको उहाँले बताउनुभयो । साइना प्रेस तीन महिने सुइ डिपोको विकल्प हो । यसअघि दिइँदै आएको डिपोको तुलनामा कम ‘साइपडफेक्ट’…

Read More

झापा, १० माघ । हामीले दैनिक प्रयोग गर्ने नोटबाट सङ्क्रामक रोग फैलिने भएकाले नागरिकको स्वास्थ्य अधिकार संरक्षणमा राज्यले गम्भीर कदम चाल्नुपर्ने आवश्यकता देखिए पनि त्यस्तो भएको पाइएको छैन। नोट वा सिक्का प्रयोग गर्दा व्यक्तिले पनि सावधानीसँगै विकल्प खोज्नुपर्ने देखिएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का अनुसार स्वदेश र विदेशमा गरिएका अनुसन्धानका आधारमा मुद्रा (नोट र सिक्का) मा विभिन्न कीटाणु तथा परजीवी हुने पुष्टि भएको हो । नोटमा हुने कीटाणु र परजीवीले छालामा हुने सालमोनेला (टाइफाइड), झाडा(पखाला, मूत्रनलीको सङ्क्रमण, फ्लु भाइरस ( रुघाखोकी) सार्ने गरेको पाइएको परिषद्ले जनाएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानमा गरिएको एक अनुसन्धानले मुद्राका ९८…

Read More

झापा, १० माघ । मुलुकभित्र उच्च माग हुने समयमा पर्याप्त विद्युत् आयात गर्न नसक्दा तराईका औद्योगिक क्षेत्रमा विद्युत् आपूर्तिमा समस्या देखिएको छ । आन्तरिक उत्पादन घट्दै गएको तर सम्बन्धित स्थानमा विद्युत् आपूर्ति गर्न पूर्वाधारको समस्या रहेकाले पनि उद्योग क्षेत्रमा पिक समयमा विद्युत् आपूर्ति गर्न समस्या भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । उद्योग सङ्गठन मोरङले पछिल्ला केही दिन बिहान र बेलुकी गरी आठ घण्टासम्म बिनापूर्वसूचना विद्युत् आपूर्ति अवरोध हुँदा उद्योग सञ्चालनमा समस्या भइरहेको जनाएको छ । प्राधिकरणका कार्यवाहक कार्यकारी निर्देशक मनोजकुमार सिलवालका अनुसार पिक समयमा भारतबाट पर्याप्त विद्युत् आपूर्ति हुन नसक्दा अवस्था हेरी आलोपालो गरी ३३ केभी प्रसारण लाइनमा विद्युत्…

Read More

झापा, १० माघ । सरकारले भिजिट भिसामा जान चाहने नेपालीलाई १३ बुँदे यात्रा परामर्श जारी गर्दै विदेश जानका लागि आवश्यक पर्ने ६ वटा कागजातको विवरण सार्वजनिक गरेको छ । बुधबारदेखि लागू हुनेगरी भिजिट तथा पर्यटक भिसामा विदेश जान आवश्यक पर्ने कागजातमा कम्तीमा ६ महिनाको वैध अवधि भएको राहदानी हुनुपर्ने प्रावधानलाई यथावत राखिएको छ । भ्रमण गर्ने देशको अनआराइभल भिजा हुने भए भिजा आवश्यक नपर्ने उल्लेख गरिएको छ । यसैगरी दुईतर्फी हवाई टिकट हुनुपर्ने कुरालाई दोहोर्‍याइएको छ । भ्रमण अवधिभर होटल बुकिङ गरेको प्रमाण वा होटल बुकिङ नभई आफन्तसँग रहने भएमा एकाघरका तीन पुस्ताभित्रको नाता खुल्ने नागरिकता प्रमाणपत्र वा अन्य कुनै…

Read More

शिवसताक्षी, ९ माघ । झापा इनर्जी प्रालिले १० मेगावाट विद्युत उत्पादन गरी नेपाल विद्युत प्राधिकरणको प्रसारण लाइनमा जोडिएको छ । शिवसताक्षी नगरपालिका वडा न. ४ स्थित बोलोचोकमा सञ्चालित झापा इनर्जी निजी क्षेत्रको सवै भन्दा धेरै क्षमताको सौर्य उर्जा कोशी प्रदेशकै ठुलो परियोजना हो । झापा इनर्जी परियोजनाको आगामी माघ २३ गते नेकपा एमालेका श्रद्धेय अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको झापा इनर्जी प्रा.लि.ले जनाएको छ । प्यानलकोे १२ मेगावाट उत्पादन गर्ने क्षेमता रहेको र १० मेगावट विद्युत प्राधिकरणमा जोडिएको संघीय सांसद तथा प्रदेश कमिटी सदस्य एलपी साँवा लिम्बुले जानकारी दिए । साँवाले नागरिकलाई उत्पादनसँग जोड्ने…

Read More

झापा, ९ माघ । नेपालले चालु आर्थिक वर्षको ६ महिनामा २२ अर्ब २२ करोड रुपैयाँको खाद्यान्न आयात गर्दा भएको छ । भन्सार विभागको तथ्यांकअनुसार ६ महिनामा ४ लाख ७८ मेट्रिक टन खाद्य वस्तु आयात गरिएको हो । नेपालबाट भने ६० लाख ४३ हजार रुपैयाँको मात्रै खाद्यान्न निर्यात भएको छ । नेपालबाट निर्यात गरिएका अधिकांश खाद्यान्न वस्तुमा रैथाने बाली रहेको विभागको तथ्यांकमा उल्लेख छ । गहुँ तथा गहुँजन्य वस्तु मेक्सिको र भारतबाट बराबर ४ अर्ब ९९ करोड २८ लाख बराबरको आयात गरिएको छ भने ३ अर्ब २१ करोड २५ लाख रुपैयाँको बासमती चामल चीन, भारत, इन्डोनेसिया, इटाली, जापान, थाइल्यान्डबाट आयात गरिएको…

Read More

झापा, ९ माघ । प्रेस काउन्सिल नेपालले पत्रपत्रिकाले पाउँदै आएको लोककल्याणकारी विज्ञापनको रकम दोब्बर वृद्धि गर्न सरकारलाई सुझाव दिएको छ । काउन्सिलले मंगलबार एक विज्ञप्ति जारी गरी हालै बसेको बोर्ड बैठकबाट लोककल्याणकारी विज्ञापनबापतको रकम लामो समयसम्म वृद्धि नभएको र टिकाइरहन कठिनाइ भएको भन्दै रकम दोब्बर गर्न सुझाव दिने निर्णय गरेको जनाएको हो । काउन्सिलका वरिष्ठ प्रशासकीय अधिकृत दीपक खनालद्वारा जारी विज्ञप्तिमा छापा माध्यमलाई टिकाइराख्न समस्या आइरहेको सन्दर्भमा प्रादेशिक र स्थानीय निकायका विज्ञापन–सूचना तत् तत् स्थानका पत्रपत्रिकाले नपाएको विषयमा समेत काउन्सिलको गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ । ‘सरकारी कार्यालय रहेको स्थानका सञ्चार माध्यममा समेत सूचना प्रकाशन गर्न मिल्ने गरी सार्वजनिक खरिदसम्बन्धी…

Read More