
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, २४ माघ । काठमाडौँ उपत्यका सहित देशभर निकै चिसो अर्थात जाडो बढिरहेको छ । जाडो महिनामा प्राय स्वासप्रश्वास सम्वन्धी रोगहरु बढी देखिन्छ । तर, यहाँ बुझ्नु पर्ने कुरा यो छ कि चिसो मौसम अर्थात जाडो आफै रोग लाग्ने महिना होइन । बरु यो मौसम रोगहरु लगाउने जीवाणु तथा विषाणुहरु सक्रिय हुन अनुकुल हुन्छ । त्यसैले रोगहरु बढी देखिने हो । जाडोमा स्वासप्रस्वासका समस्या लिएर आउने समूहमा प्रायः जेष्ठ नागरिक र बच्चाहरु पर्ने गर्दछन् । त्यसको एउटा कारण चै उनीहरुको रोग संग लड्न सक्ने प्रतिरक्षा प्रणाली कमजोर हुनु हो । यो मौसममा शरीरको घाँटी देखि फोक्सो सम्म रोग हरु लाग्न…
सर्लाही, २४ माघ। हरिवन नगरपालिकाले ‘ड्रोन’प्रविधिमार्फत जग्गाको नापजाँच सुरुआत गरेको छ । नगरभित्रका भूमिहीन सुकुम्बासी, भूमिहीन दलित तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा प्रदान गर्नका लागि ड्रोनमार्फत जग्गाको नापजाँच थालिएको हरिवन नगर प्रमुख रमेश बुढाथोकीले जानकारी दिए । उनका अनुसार दुई महिनाभित्रमा नगरपालिकाभित्रका ११ वटै वडामा जग्गाको नापजाँच गर्ने काम सम्पन्न हुने छ । हरिवन –१ स्थित कोठीखोला र सिकारी टोलबाट ड्रोनमार्फत जग्गाको नापजाँच शुभारम्भ गरिएको छ । सो प्रविधि मार्फत जग्गा नापजाँच गर्दा जनशक्ति तथा समयको पनि बचत हुने भएकाले चाँडै नै भूमिहीन सुकुम्बासी, भूमिहीन दलित तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा प्रदान गर्न सजिलो हुने नगर उपप्रमुख हरिमाया घलानले बताए…
काठमाडौं, २४ माघ । राष्ट्रिय बीमा कम्पनी लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीईओ)का लागि दर्खास्त आह्वान गरेको छ । कम्पनीले योग्यता पुगेका इच्छुक व्यक्तिलाई २१ दिनभित्र सिलबन्दी आवेदन दिन सूचना निकालेको हो । दर्खास्त दिनका लागि बीमा, मौद्रिक, बैंकिङ, वित्तीय, वाणिज्य शास्त्र, व्यवस्थापन, जनप्रशासन, तथ्यांक शास्त्र, गणित, अर्थशास्त्र वा कानून विषयमा कम्तिमा स्नातकोतर वा सो सरहको उपाधि हासिल गरी व्यवस्थापक तहमा बीमा क्षेत्रमा भए कम्तीमा पाँच वर्ष वा आर्थिक, बैंक वित्तीय क्षेत्रमा भए आठ वर्ष एवम् दुवै क्षेत्रमा भए एक वर्षको अनुभवसहित कम्तीमा सात वर्षको अनुभव भएको हुनुपर्ने छ । यसका साथै चार्टर्ड एकाउन्टेन्सी वा सोही विषयहरूमा स्नातक उपहाधि हासिल गरी…
बिर्तामोड, २४ माघ। छैटौँ संस्करणको झापा गोल्डकप २०८० लाई यती ब्रुअरीले मुख्य प्रायोजन गर्ने भएको छ । गोल्डकप र यती ब्रुअरीबीच मुख्य प्रायोजक (टाइटल स्पोन्सर) का रुपमा सम्झौतामा हस्ताक्षरसमेत भएको छ । यती ब्रुअरीको कुनै एक उत्पादनले प्रतियोगितामा टाइटलका रुपमा स्थान पाउनेछ । काठमाडौँमा भएको सम्झौतापत्रमा झापा गोल्डकपका अध्यक्ष विनोद बस्नेत र यती ब्रुअरीका तर्फबाट रिजनल मेनेजर शंकर लुइँटेलले हस्ताक्षर गरे । कार्यक्रममा यती ब्रुअरीका ब्रान्ड एम्बेसडर प्रतिपल अधिकारी एसिसटेन्ट ब्रान्ड मेनेजर गोरखा श्रेष्ठ, झापा गोल्डकपका महासचिव गजेन्द्रबहादुर पौडेलको उपस्थिति रहेको थियो ।प्रतियोगिता यही फागुन १९ गतेदेखि २८ गतेसम्म बिर्तामोड–३ मा रहेको डोमालाल राजवंशी रंगशालामा हुनेछ । रंगशालामा करिब १०…
काठमाडौँ, २४ माघ । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको संसद् सचिवालयका कार्यवाहाक महासचिव पद्म प्रसाद पाण्डेयले जानकारी दिए । आजको बैठकमा सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ्) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७९ दफावार छलफलसहित पारित गर्ने कार्यसूची रहेको छ । बैठकमा दलीय आधारमा मन्तव्य राख्ने तथा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर गर्ने दिनको जानकारी पनि गराउने विषय पनि संसद् क्यालेन्डरमा उल्लेख छ । आजको बैठकमा कांग्रेस नेता तथा पूर्व सांसद केशव कुमार बुढाथोकीको निधन भएकोले शोक प्रस्ताव पारित गर्ने कार्यसूची समेत रहेको संसद् सचिवालयले जानकारी दिएको छ ।
काठमाण्डौ, २४ माघ । (आईसीसींं) १९ वर्षमुनिको विश्वकप क्रिकेटमा भारत फाइनलमा पुगेको छ । हिजो भएको पहिलो सेमिफाइनल खेलमा घरेलु टोली दक्षिण अफ्रिकालाई २ विकेटले हराउँदै भारत फाइनलमा पुगेको हो । बेनोनीमा दक्षिण अफ्रिकाले दिएको २ सय ४५ रनको लक्ष्य पछ्याएको भारतले ४८ ओभर ५ बलमा ८ विकेट गुमाएर लक्ष्य पूरा गरेको हो । भारतका सचिन दासले सर्वाधिक ९६ रन बनाए । कप्तान उदय शरणले ८१ रन जोडे । दक्षिण अफ्रिकाका क्वेना मफाका र ट्रिस्टन लुइसले तीनरतीन विकेट लिए । त्यसअघि टस हारेर ब्याटिङ गरेको घरेलु टोलीले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २ सय ४४ रन बनाएको थियो ।…
काठमाडौँ, २४ माघ । हाल नेपालमा पश्चिमी बायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले लुम्बिनी, सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ। तराईका थोरै स्थानहरूमा हुस्सु लागेको छ । आज दिउँसो पनि लुम्बिनी, सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ। गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। राति भने पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सफा रहनेछ ।
झापा, २३ माघ । नेकपा एमाले झापा जिल्ला कमिटीको आठौं पूर्ण बैठक आज मंगलबारदेखि सुरु भएको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दुई दिनसम्म सञ्चालन हुने पूर्ण बैठकको आज उद्घाटन गरेका हुन् । जिल्ला कमिटीका कार्यवाहक अध्यक्ष प्रेमबहादुर गिरीको अध्यक्षता एवम् सचिव शिव ढुंगेलको सञ्चालनमा झिलझिले स्थित एक रिसोर्टमा बैठकको उद्घाटन गरिएको हो । भोलिको बैठक जिल्ला पार्टी कार्यालय बिर्तामोडमा बस्नेछ । सो समारोहमा मन्तब्य राख्दै पार्टी अध्यक्ष ओलीले नेकपा एमालेको नीति, कार्यक्रम, दृष्टिकोण र कार्ययोजना प्रष्ट भएको जनाए । अरु राजनीतिक दलहरुले एमालेको सिकोमात्र गर्ने हुन्, उनीहरुसँग कुनै मौलिक कार्यक्रम नै नभएको अध्यक्ष ओलीले ठोकुवा गरे ।…
कनकाई, २३ माघ । झापा कनकाई नगरपालिका–५ मा रहेको एकता बाल सञ्जाल पुनर्गठन गरिएको छ । आज कनकाई–५ को वडा कार्यलय परिसरमा वडाध्यक्षसँग बालबालिका कार्यक्रमको आयोजना गरी बाल सञ्जालको पुनर्गठन गरिएको हो । एलिसा पाठकको अध्यक्षतामा ९ सदस्यीय संजाल गठन गरिएको हो । संजालको उपाध्यक्षमा दिक्षा निरौला, सचिवमा सुभेक्षा प्रसाईं, सहसचिवमा सौगात बस्नेत, कोषाध्यक्षमा राम मुर्मु रहेका छन भने सदस्यमा राज तामाङ, अनुस पौडेल, अनिस भट्टराई र सर्गम खड्का रहेको नगर बाल सञजालका अध्यक्ष अभिसेख मिश्रले जानकारी दिनुभयो । सौगात गड्तौलाको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अथिथि समेत रहनुभएका कनकाई–५ का वडाध्यक्ष कृष्णबहादुर राईले आजका बालबालिका भोलिका कणधार हुन् भन्दै अहिलेका…
शिवसताक्षी, २३ माघ । झापाको शिवसताक्षी नगरपालिकामा स्थानीय तह स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने भएको छ । यही माघ २५ गतेबाट २७ गतेसम्म शिवसताक्षी नगरपालिका वडा नं. ७ स्थित श्री भगवती माध्यमिक विद्यालयमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन हुने शिवसताक्षी नगरपालिकाले जनाएको छ । प्रतियोगितामा शिवसताक्षी नगर भित्रका सामुदायिक र संस्थागत विद्यालयहरुले सहभागिता जनाउने छन् । राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सन्चालन निर्देशिका, २०७० पाँचौ संशोधन २०८० अनुसार शिवसताक्षी नगरपालिकामा स्थानीयस्तरमा संचालन हुने प्रतियोगिता सञ्चालन तथा ब्यवस्थापन समितीको संयोजकमा नगर प्रमुख श्री मेगाहाङ्ग थोप्रा रहेका छन् । त्यस्तै, प्रतियोगिता सञ्चालन हुने सम्बन्धित विद्यालयका प्रधानाध्यापक रमेशकुमार दहाल सदस्य सचिव छन् ।…