
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
बिर्तामोड, १७ माघ । बिर्तामोड उद्योग वाणिज्य संघको आगामी निर्वाचनको लागि ‘स्वतन्त्र व्यवसायिक प्यानल’मा चार जना पदाधिकारीको नाम टुङ्गो लागेको छ । नेकपा एमालेसहित विभिन्न ५ वटा दलमा आबद्ध व्यवसायीहरुको प्यानलमा अध्यक्षमा अर्जुन कुमार मैनाली, वरिष्ठ उपाध्यक्षमा राजकुमार घिमिरे (राजु), महासचिवमा कृष्ण पौडेल नाम टुङ्गो लागेको हो । यसैगरी, व्यवसायी ओम प्रकाश श्रेष्ठले पनि पदाधिकारीमै कुनै एउटा पद पाउने निश्चित भएको छ । बाँकी पदाधिकारी तथा सदस्यहरुको नाम टुङ्याउने विषयमा भने व्यवसायीहरुको आन्तरिक बैठक तथा छलफल चलिरहेको छ । फागुन १४ हुने निर्वाचनका लागि दलहरु आफ्नो उम्मेदवार छनोटको प्रक्रियामा छन् । स्वतन्त्र व्यवसायिक प्यानलमा अन्य केहि व्यवसायीको नाम पनि चर्चामा…
भद्रपुर, १७ माघ । झापाको भद्रपुर नगरपालिका–१ सोमबारेस्थित साना किसान सहकारी संस्था चोरी भएको छ । सहकारीबाट मंगलबार राति रू तीन लाख दुई हजार नौ सय ७६ चोरी भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । मंगलबार राति चोरी भएको भनेर आज बिहान प्रहरीमा संस्थाका कर्मचारीले जानकारी गराएका थिए । सहकारी संस्थाको कार्यालयको झ्यालको पल्ला र ग्रील फोडेरभित्र प्रवेश गरेर चोरी भएको प्रहरीले जनाएको छ । कार्यालयको लकरमा रहेको नगद र सीसी क्यामराको हार्ड डिस्कसमेत चोरी भएको र चोरीमा संलग्नहरुको पहिचान एवम् खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
झापा, १७ माघ । झापा र मोरङको तीन छुट्टाछुट्टै स्थानबाट प्रतिबन्धित लागुऔषध ब्राउनसुगरसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । लागुऔषधको कारोबार भइरहेको भन्ने बिशेष सूचनाको आधारमा मंगलवार दिउँसो लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले बिराटनगर महानगरपालिका–१७ की १९ वर्षीया अनिता बैठालाई बिराटनगर–१५ बाट १९.३३ ग्राम लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरेको तथा घटनामा संग्लग्न रहेकी बिराटनगर(१६ की ३० बर्षीया सरस्वती गुरुङलाई १ थान डिजिटल तराजु सहित पक्राउ गरेको हो । यसैगरी, मोरङकै पथरी शनिश्चरे नगरपालिका–४ बाट स्थानिय ३३ बर्षीय चित्र कुमार रपाललाई २५ ग्राम लागुऔषध ब्राउनसुगर, विभिन्न कम्पनीका ५ थान मोबायल र डिजिटल तराजु १ थान सहित इलाका प्रहरी…
बिर्तामोड, १७ माघ । झापा बिर्तामोड नगरपालिका–७ का २४० जना ज्येष्ठ नागरिकलाई न्यानो कपडा ब्ल्यांकेट वितरण गरिएको छ । सिम्रिक बचत तथा ऋण सहकारी संस्था, बिर्तामोड वडा नं. ७ वडा कार्यालय र सुन्दर निचाझोडा सामुदायिक वन उपभोक्ता समूहले संयुक्त रुपमा यहाँका २४० जना जेष्ठ नागरिकलाई ब्ल्यांकेट प्रदान गरेका हुन् । ज्येष्ठ नागरिकलाई ब्ल्यांकेटका साथै मिष्ठान भोजन समेत खुवाइएको थियो । बिर्तामोड–७ स्थित शहिद नेत्र स्मृति पार्कमा आयोजित कार्यक्रममा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले ज्येष्ठ मातापिता अमूल्य निधि भएको बताउनुभएको थियो । कार्यक्रममा प्रदेश सभा सदस्य एकराज कार्की, बिर्तामोड नगरपालिका नगरप्रमुख पवित्रा महतारा प्रसाईं, सामुदायिक वनका अध्यक्ष बद्री प्याकुरेल लगायतले शुभकामना मन्तव्य…
बिर्तामोड, १७ माघ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले ज्येष्ठ नागरिक अमूल्य अनुभवको खानी भएको बताउनुभएको छ । बिर्तामोडस्थित सिम्रिक बचत तथा ऋण सहकारी संस्था, बिर्तामोड वडा नं. ७ र सुन्दर निचाझोडा सामुदायिक वन उपभोक्ता समितिको संयुक्त आयोजनामा आज भएको ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण कार्यक्रममा सम्बोधन गर्दै उहाँले समाजलाई अघि बढाउन ज्येष्ठ नागरिकको अनुभव महत्वपूर्ण हुने बताउनुभयो । “उहाँहरुको राजनीतिक, सामाजिक, आर्थिक, प्राकृति अनुभव लगायतका अनुभवले हामीलाई अघि बढ्न प्रेरणा, हौसला र मार्ग मिल्छ”, उहाँले भन्नुभयो, “ज्येष्ठ नागरिक अमूल्य निधि हुन् ।”बिर्तामोड–७ स्थित सहिद नेत्र स्मृति पार्कमा आयोजित कार्यक्रममा पार्कको विकासका लागि पहल गर्नेसमेत उहाँले प्रतिबद्धता जनाउनुभयो । हात्ती प्रभावित…
झापा, १७ माघ । सुनसरीमा बुबाको हत्या गरेको आरोपमा एक युवा पक्राउ परेका छन् । प्रहरीले इनरुवा नगरपालिका–८ का ७० वर्षीय चिकचिलिया रिसिदेवको हत्या गरेको आरोपमा २१ वर्षीय चिबु रिसिदेवलाई पक्राउ गरेको हो । उनले घरायसी लेनदेनमा विवाद हुँदा गत माघ ११ गते बुवालाई निर्घात कुटपिट गरेका थिए । कुटपिटबाट गम्भीर घाइते भएका उनको कोशी अस्पताल विराटनगरमा उपचारको क्रममा सोमबार मृत्यु भएको थियो ।.मृत्युपछि उनका छोरालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
झापा, १७ माघ । दक्षिण अफ्रिकामा जारी आईसीसी यू–१९ विश्वकपअन्तर्गत सुपर सिक्सको पहिलो खेलमा नेपाल आज बंगलादेश भिड्दै छ। सुपरसिक्सअन्तर्गत मंगलबार भएका खेलमा भारत र पाकिस्तान विजयी भएसँगै सेमिफाइनल पुग्ने दौडबाट बाहिरिइसकेको नेपालको यो प्रतिस्पर्धा केवल प्रतिष्ठा र शक्ति परीक्षणका लागि हुनेछ। नेपाल र बंगलादेशबीच सुपर सिक्सको पहिलो खेल ब्लुमफोनटिनस्थित मनगाउङग ओभलमा दिउँसो पौने २ बजे सुरु हुनेछ। आईसीसी यू–१९ विश्वकपमा नेपाल र बंगलादेश तेस्रो पटक भिड्न लागेका हुन् । यसअघि भएका दुई भेटमा नेपाल र बंगलादेशले समान १–१ पटक जितका छन्। यी दुई टोली ८ वर्षपछि भेट हुन लागेका हुन्। यसअघि सन् २०१६ मा बंगलादेशमा नै भएको खेलको क्वार्टरफाइनलमा…
झपा, १७ माघ । हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। साथै देशका तराई भूभागका केही स्थानहरूमा हुस्सु लागेको छ। आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागमा साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहनेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूका साथै बाँकी पहाडी भू९भागका एक–दुई स्थानमा फाटफुट देखि हल्का वर्षाको सम्भावना रहेको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूका साथै बाँकी उच्च पहाडी तथा हिमाली भूभागका…
झापा, १७ माघ । नेपालमा पहिलो पटक हुलाक टिकट छपाइ सुरु भएको छ । सरकारी स्वामित्वको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले आफ्नो छापाखानाबाट टिकट छपाइ गर्न थालेको छ । यसअघि नेपालका हुलाक टिकट भारत, इन्डोनेसियालगायत अन्य मुलुकमा छापिने गरेको थियो । हुलाक टिकट छपाइका लागि चाहिने कच्चा पदार्थ भने जनक शिक्षाले अहिले पनि विदेशबाट नै ल्याएको हो । जनक शिक्षाले राजनीतिज्ञ, सहिद, विभिन्न प्रकारका फूल र अन्य वनस्पतिलगायत १४ प्रकारका हुलाक टिकट छपाइ गरिरहेको छ । जनक शिक्षाले आउने चैतसम्म एक करोड तिस लाख थान टिकट छाप्ने सम्झौता हुलाक सेवा विभागसँग गरेको छ । तीमध्ये चार प्रकारका रैथाने वनस्पतिका दस…
झापा, १६ माघ । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य मधु आचार्यले नैतिक पतन भएका व्यक्ति काङ्ग्रेस बन्न नसक्ने बताएका छन् । सहिद सप्ताहको अन्तिम दिन मंगलबार (आज ) झापाका प्रथम सहिद विश्वनाथ घिमिरेको स्मृतिमा मेचीनगरको बाहुनडाँगीमा आयोजित कार्यक्रममा आचार्यले काङ्ग्रेसलाई सामाजिक मूल्य, मान्यता र नैतिकतामा उभिएको पार्टी बनाउनु पर्नेमा जोड दिए। “हत्या, हिंसा, बलात्कार, भ्रष्टाचारमा सम्लग्न व्यक्ति काङ्ग्रेसको नेता हुनैसक्दैन” उनले भने,” पार्टीमा गुट महारोग भएको छ,समयसँग चल्ने र नैतिकवान नेतृत्व निर्माण गर्न नसके काङ्ग्रेस थप कमजोर हुनबाट जोगाउन सकिन्न।” उनले दाजु -भाउजू र दिदीहरुका कारण काङ्ग्रेस बिग्रेको तथा जनताको बन्न नसकेको टिप्पणी गरे। “हिजो बाजेहरुले चलाए जसरी अब पार्टी चल्दैन”…