
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, २३ माघ । नक्कली नेपाली नोट कारोबार गर्ने गिरोहका नाइकेसहित पक्राउ गरेका पाँचजनालाई बारा प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरी ती व्यक्तिलाई आज प्रहरीले सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा जिल्ला सर्लाही चन्द्रनगर गाउँपालिका–३ बस्ने वर्ष ४४ का रामचन्द्र महतो कोइरी, जिल्ला बारा परवानीपुर गाउँपालिका–५ बस्ने सुमित साह, सोही ठाउँ बस्ने सन्तोष पटेल, जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका–१० बस्ने विशालकुमार श्रीवास्तव र निजको सालो सोही ठाउँ बस्ने नीरज श्रीवास्तव रहेको प्रहरी प्रवक्ता दधिराम न्यौपानेले जानकारी दिनुभयो । जीतपुर सिमरा उपमहानगरपालिका–७ जीतपुर बजारमा नक्कली नोटको कारोबार भइरहेको सूचनाका आधारमा तत्कालै प्रहरीको टोली परिचालन गरी एकजनालाई नक्कली…
इलाम, २६ माघ । सूर्योदय नगरपालिका–१ धजेकी सुजता बजगाईलाई २०७४ सालमा कक्षा १२ उत्तीर्ण गरेपछि कसरी स्नातक अध्ययन गर्ने भन्ने चिन्ता थियो । तर उनलाई नगरपालिकाले निःशुल्क पढायो । गाउँकै हिमालय माध्यमिक विद्यालयबाट १२ कक्षा उत्तीर्ण गरेकी उनी ‘नगरको इच्छा छोरी–बुहारीलाई शिक्षा’ कार्यक्रमअन्तर्गत पालिकाको शत्प्रतिशत छात्रवृत्तिमा स्नातक उत्तीर्ण भइन् । हाल उनी स्नात्तकोत्तर अध्ययन गरिरेकी छिन्। “परिवारको सामान्य आर्थिक अवस्थाका कारण उच्च शिक्षा अध्ययनमा धेरैलाई समस्या छ,” सुजताका बुबा प्रेमले भने, “हाम्रो नगरपालिकाले छोरीबुहारीलाई स्नातक पढाइरहेको छ, पैसाको अभावमा पढाइ छोड्नुपर्ने, पढाइ छोडेकै कारण कम उमेरमा विवाह हुने जस्ता समस्या बाट मुक्त बनाउन पालिकाको यो काम उदाहरणीय लाग्छ ।” सूर्योदयले…
झापा, २६ माघ । तत्कालीन बाँसबारी छालाजुत्ता उद्योगका नाममा रहेको जग्गा अनधिकृत रूपमा हाल चौधरी समूहमा रहेकामा सो जग्गा फिर्ताको पहल सुरु भएको छ। चाँदबाग रेसिडेन्सी प्रालिबाट नेपाल सरकारका नाममा जग्गा ल्याउन डिल्लीबजार मालपोत कार्यालयले पत्र पठाएको छ। गृह मन्त्रालय र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको पहलमा चाँदबाग रेसिडेन्सी प्रालिलाई २१ दिने म्यादको पत्र बिहीबार बुझाइएको हो। तत्कालीन च्याम्पियन फुटवेयर प्रालि हाल चाँदबाग रेसिडेन्सी प्रालिको सञ्चालक समितिका अध्यक्ष सञ्जय ठाकुरले पत्र बुझेर भर्पाई गरिदिएका छन्। पत्र पठाउने आधार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को अनुसन्धान र पत्राचारलाई बनाइएको छ। पत्रमा जग्गाधनी च्याम्पियन फुटवेयर प्रालिका नाममा दर्ता कायम…
झापा, २६ माघ । राष्ट्रिय सभा अध्यक्षको टुंगो लगाउनेमा सत्तारूढ दलका बिचमा सहमति जुट्न सकेको छैन । माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रिय सभाको अध्यक्षमा दाबी गर्दै आएका छन् । आफ्नो दलले अध्यक्ष पाउनुपर्ने दाबी तीनै पार्टीका तीन शीर्ष नेताले गरेपछि उम्मेदवार टुंगो लाग्न नसकेको हो । संवैधानिक परिषद्को सदस्यसमेत राष्ट्रिय सभाका अध्यक्ष हुने संवैधानिक व्यवस्था भएकाले त्यहाँबाट हुने नियुक्तिलगायतका काममा अध्यक्षको प्रभावकारी भूमिका हुन्छ । सत्तारूढ दल नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीले राष्ट्रिय सभाको अध्यक्षमा दाबी गरेका छन् । शीर्ष नेताका बीचमा यसमा औपचारिक÷अनौपचारिक…
बिर्तामोड, २५ माघ । बिर्तामोड नगरपालिकाले कक्षा–५ सम्मका विद्यार्थीलाई पोशाक वितरण सुरु गरेको छ । नगरका १८ वटा सामुदायिक र २ वटा धार्मिक गरी २० वटा विद्यालयमा अध्ययनरत कक्षा ५ सम्मका विद्यार्थीको लागि निशुल्क विद्यालय पोशाक वितरण कार्य आजदेखि सुरु गरिएको हो । नगर प्रमुख पवित्रा महतारा प्रसाई, उप प्रमुख नगेन्द्र प्रसाद संग्रौला, वडाअध्यक्ष दुर्योधन गुरुङ, शिक्षा शाखा प्रमुख तिलचन भण्डारी, अधिकृत केशर खवास लगायतको टोलीले पहिलो दिन वडा नम्बर १० को चमरधाप आधारभूत विद्यालय, विराट आधारभूत विद्यालय, लक्ष्मीनारायण आधारभूत विद्यालय र महेन्द्र ज्योति माध्यमिक विद्यालयमा पुगेर पोशाक वितरण गरेको छ। नगर प्रमुख सहितको टोलीले विद्यालयमा पुगेर त्यहाँको वर्तमान अवस्था…
झापा, २५ माघ । झापाको शिवसताक्षी नगरपालिकामा १४ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आजदेखि शुरु भएको छ । शिवसताक्षी–७ स्थित भगवती माध्यमिक विद्यालयको खेल मैदानमा आजदेखि शुरु प्रतियोगिताको झापा क्षेत्र नं. ४ मा सांसद एलपी साँवा लिम्बू, प्रदेश सभा सदस्य राधाकृष्ण खनाल लगायतले उद्घाटन गर्नुभयो । कार्यक्रममा सांसद साँवाले विद्यार्थीको चौतफी विकासका लागि राष्ट्रपति रनिङ शिल्ड मार्फत बालबालिकाहरुले सानैदेखि खेलमा प्रवेश गर्ने बताउनुभयो । उहाँल विद्यार्थीले विभिन्न विधाका खेलमा समावेश भएर नगर, जिल्ला हुँदै केन्द्रसम्म आफ्नो प्रतिभा प्रस्फुटन गर्नका उच्च मनोबल लिएर प्रतियोगितामा सफलता प्राप्त गर्न शुभकामना दिनुभयो । व्यक्तिका स्वास्थ्यसँगै चौतफी विकासका लागि खेलकुदको ठूलो भूमिका रहेको प्रदेश सभा…
झापा, २५ माघ । अध्यागमन विभागले भोलि (शुक्रबार) देखि ई–भिसा लागु गर्ने भएको छ । विभागले स्वचालित प्रणाली र अनलाइन भुक्तानी सेवाको सुरु गर्न लागेको हो । उक्त सेवाको उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले अध्यागमन विभागमा शुक्रबार उद्घाटन गर्ने भएका छन् । सेवा सुरु भएपछि सेवाग्राहीलाई सहज हुने विश्वास विभागले लिएको छ ।
झापा, २५ माघ । आगामी आइतबार र सोमबार हुने नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठकमा आठ सय जना भन्दा बढी नेताहरू सहभागी हुने भएका छन् । माओवादीको हाल केन्द्रीय समितिको ४०९, वैकल्पिक केन्द्रीय समितिका १९०, सातै प्रदेशका कूल पदाधिकारी ९४, माओवादी केन्द्रको केन्द्रीय अनुशासन समिति, केन्द्रीय लेखापरीक्षण समिति र केन्द्रीय निर्वाचन समिति गरी तीनवटा आयोगका ७५ सदस्य छन् । यी सबै गरी करिब ८ सय हाराहारी बैठकमा सहभागी हुने माओवादी केन्द्रीय कार्यालयका सचिव डोरप्रसाद उपाध्यायले बताए । केन्द्रीय समिति बैठक काठमाडौंको भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा हुनेछ भने बैठकमा विधान सम्मेलनका लागि विधानमाथि केन्द्रीय सदस्यहरुले सुझाव राख्न पाउने छन् । यसअघि…
झापा, २५ माघ । कोशी प्रदेश सरकार र प्रदेश नं. १ पुनः नामकरण संघर्ष समितिबीचको वार्ता सकारात्मक रुपमा सकिएको छ । वार्ता सकारात्मक रहेको भन्दै दुवै पक्षले प्रतिक्रिया समेत दिएका छन् । विराटनगरमा आज दिउँसोदेखि सरकारको तर्फबाट बनेको वार्ता टोलीका संयोजक तथा भौतिक पूर्वाधार विकास मन्त्री कमलप्रसाद जबेगूले वार्ता सकारात्मक भएको प्रतिक्रिया दिएका छन् । आजको छलफलमा आ–आफ्ना कुरा राख्ने काम भएको भन्दै जबेगूले बैठक भोलि बिहान ८ बजे पुनः बताए । संघर्ष समितिको तर्फबाट वार्तामा सहभागी युवराज राईले पनि वार्ता सकारात्मक भएको प्रतिक्रिया दिएका छन् । आ–आफ्ना कुरा राखिएको र केही विकल्पसहित आउन आग्रह गरिएको र वार्ता पुनः भोलि…
झापा, २५ माघ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले गोरधनदास कमलावती परोपकारी प्रतिष्ठानलाई सम्मान गरेको छ । आज एक कार्यक्रमको आयोजना गरी कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरका प्रहरी वरिष्ठ उपरीक्षक जयराज सापकोटाले गोरधनदास कमलावती परोपकारी प्रतिष्ठानका संरक्षक जगदिश प्रसाद अग्रवाललाई प्रशंसा पत्रद्वारा सम्मान गर्नु भएको हो । प्रतिष्ठानले बिराटनगर महानगरपालिका–८ स्थित दलित, मुसहर तथा सुकुम्बासी बस्तीमा रहेका २५६ घरका विपन्न परिवारलाई न्यानो कपडा (कम्बल) वितरण कार्यक्रममा सहयोग उपलब्ध गराएको थियो । उक्त कार्यक्रममा कोशी प्रदेश प्रहरी कार्यालयका सिनियर प्रहरी अधिकृतहरु समेतको सहभागिता रहेको थियो ।