झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, १२ माघ । आईसीसी यू–१९ एसिया कप अन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा आज नेपालले अफगानिस्तानविरुद्ध खेल्दै छ । यसअघिका दुवै खेलमा पराजित भएकाले सुपर सिक्समा प्रवेश गर्न नेपाललाई आज जित्नै पर्नै दबाब छ भने अफगानिस्तानलाई पनि उस्तै दबाब छ । यसअघि पहिलो खेलमा नेपालले न्युजिल्यान्ड र दोस्रो खेलमा पाकिस्तानसँग हारिसकेको छ । अफगानिस्तानले पहिलो खेलमा पाकिस्तान र दोस्रो खेलमा न्युजिल्यान्डसँग पराजित भइसकेको छ । यी दुई टिमबीचको खेल नेपाली समयअनुसार दक्षिण अफ्रिकाको इस्ट लन्डनस्थित बफेलो पार्कमा दिउँसो १ः४५ बजेदेखि सुरु हुनेछ ।

Read More

झापा, १२ माघ । नेपाल कम्युनिष्ट पार्टी एमाले भद्रपुर नगर कमिटीले गत संघ, प्रदेश र स्थानीय तहको निर्वाचनमा पार्टीको निर्णय विपरीत कार्य गर्ने तीन जनाको पार्टी सदस्यता खारेज गरेको छ । एमाले भद्रपुर नगर कमिटीको पुस २९ गते बसेको सचिवालयको विस्तारित बैठकले पार्टी पूर्वप्रदेश कमिटीका सदस्य जीवनकुमार श्रेष्ठ, पूर्व नगर इञ्चार्ज तथा जिल्ला कमिटी सदस्य हरि तिम्सिना तथा पूर्वजिल्ला कमिटीका विभागीय सदस्य लोकनाथ भट्टराईलाई विधानको धारा ८० को १, २, ३, ४ र ५ अनुसारको कसुर गरेको ठहर गरी विधानको धारा ८१ (१) बमोजिम निजहरुको पार्टी सदस्यता खारेजीको निर्णय गरेको हो । सो निर्णय अनुमोदनका लागि पार्टी जिल्ला कमिटीमा अनुरोध…

Read More

झापा, १२ माघ । जिल्लामा केराखेतीतर्फ किसानको आकर्षण बढेको छ । केराखेतीबाट मनग्य आम्दानी हुने र धानबालीको तुलनामा खेती गर्न सजिलो हुनेहुँदा यसतर्फ किसानको आकर्षण बढेको हो । किसानले धान खेत मासेर केराखेती गरेका हुन् । जिल्लामा एक हजार आठ सय ९० हेक्टर जमिनमा केराको व्यावसायिक खेती हुने गरेको कृषि ज्ञानकेन्द्र झापाका प्रमुख सागर विष्टले बताउनुभयो । केराको फलसँग बोट र पात मलका लागि बहुउपयोगी हुने उहाँको भनाइ छ । उहाँले विगत तीन वर्षयता जिल्लामा केराको व्यावसायिक खेती बढेको बताउनुभयो । उहाँका अनुसार जिल्लाका गौरादह, भद्रपुर नगरपालिका, झापा, कचकवल, बाह्रदशी र कमल गाउँपालिकामा केराको व्यावसायिक खेती रहेको छ । यहाँ…

Read More

झापा, १२ माघ । विश्वको सबैभन्दा ठुलो अर्थतन्त्र भएको अमेरिकाको ‘अनौपचारिक’ अर्थतन्त्रको आकार ७.३ प्रतिशत छ भने दोस्रो ठुलो अर्थतन्त्र भएको चीनको १२.७ प्रतिशत छ । तर नेपालको अनौपचारिक अर्थतन्त्रको आकार औसत करिब ४० देखि ४२ प्रतिशत छ । नेपालको ५३ खर्ब ८१ अर्ब रुपैयाँको अर्थतन्त्रको आकारमा अनौपचारिक अर्थतन्त्र करिब २२ खर्ब रुपैयाँ छ । नेपाल राष्ट्र बैंकको सहयोगमा त्रिभुवन विश्वविद्यालय ९त्रिवि० केन्द्रीय अर्थशास्त्र विभागले गरेको एक अध्ययनले यस्तो देखाएको हो । यसले नेपालको अर्थतन्त्र व्यवस्थित छैन भन्ने देखाउँछ । उक्त अध्ययनले नेपालको अनौपचारिक अर्थतन्त्र करिब ४१ प्रतिशत देखाएको हो । अनौपचारिक अर्थतन्त्र सबैका लागि चिन्ताको विषय बनेको अध्ययनले दर्साउँछ…

Read More

झापा, ११ माघ । ओखलढुंगाकी माओवादी नेतृ चम्पादेवी कार्कीलाई राष्ट्रिय सभा निर्वाचनको टिकट दिँदै अध्यक्ष प्रचण्डले भनेका थिए, ‘धेरै पहिलेदेखि सांसद बनाउन खोजे पनि सकेको थिइनँ, यसपटक बोल्ड डिसिजन गरेको छु।’ बालुवाटारमा कार्कीको हातमा टिकट थमाउँदै प्रचण्डले ‘तपाईंलाई न्याय गरेँ’ पनि भन्न भ्याए । अध्यक्ष प्रचण्डले टिकट दिएपछि खुसी हुँदै विराटनगर पुगेकी कार्की यसपटक संसद भवन छिर्न पाउनेमा ढुक्क थिइन्। तर, परिस्थिति उनले सोचेजस्तो भइदिएन। एमाले–राप्रपा गठबन्धनको चेपुवामा परेकी कार्कीले गठबन्धनकै अर्का उम्मेदवार कृष्ण सिटौलाले जित्दा आफू भने हार्न पुगेकी छन्। कार्कीले ९४ मत कम पाउँदा एमालेकी रुक्मणी कोइरालासँग पराजित भइन्। पार्टीले तीनपटकसम्म समानुपातिक उम्मेदवार बनाएर बन्द सूचीमा नाम पठाउँदा…

Read More

झापा, ११ माघ । आज भएको राष्ट्रिय सभा निर्वाचनमा नेकपा (माओवादी केन्द्र) ५ सिट जित्न सफल भएको छ । माओवादीले कोशी प्रदेशमा एक सिटमा हार व्यहोरे पनि पाँच सिट जित्न सफल भएको हो । योसँगै फागुन २० गतेपछि राष्ट्रियसभामा माओवादी १८ सिटसहित पहिलो दल बन्न लागेको छ । बागमतीबाट अपाङ्गतातर्फ माओवादीका श्रीकृष्ण अधिकारी, गण्डकीबाट महिलातर्फ मनरूपा शर्मा, लुम्बिनीबाट अन्यतर्फ झक्कु सुवेदी, कर्णालीबाट दलिततर्फ विष्णु विश्वकर्मा र सुदूरपश्चिमबाट महिलातर्फ रेणु चन्द विजयी हुन सफल भएका हुन् । गठबन्धनबाट ६ जना चुनावी मैदानमा उत्रिएकामध्ये कोशीकी उम्मेदवार चम्पा कार्की बाहेक ५ जना उम्मेदवार विजयी हुन सफल भएका छन् ।

Read More

झापा, ११ माघ । नेपाली कांग्रेसका नेता कृष्ण प्रसाद सिटौलाको रााष्ट्रिय सभामा यात्रा शुरु भएको छ । आज सम्पन्न राष्ट्रियसभा निर्वाचनको मतगणनामा उनले राप्रपाका उम्मेदवार उद्धव पौडेललाई पराजित गर्दै राष्ट्रियसभाको यात्रा सुरक्षित गरेका हुन् । सिटौलाले प्रदेशतर्फ ४५ सांसदको मत पाउँदा उद्धवले ४७ सांसदको मत पाएका थिए । अर्थात गठबन्धनबाट पाउनुपर्ने मत उनले पाएका थिएनन् । तर, स्थानीय तहतर्फ भने उनले सोचेअनुसार मत पाएपछि सकारात्मक नतिजा प्राप्त भयो । स्थानीय तहतर्फ सिटौला १५३ जनाको मत पाउँदा उद्धवले १०९ जनाको मात्रै मत पाए । यस्तै एमालेका पर्शुराम अधिकारीले ५ जनाको मत पाए । यस्तै उम्मेदवारी निष्क्रिय बनाएपनि अधिकारीले प्रदेशतर्फ १ मत…

Read More

झापा, ११ माघ । झापा उद्योग संघले भद्रपुर भन्सारसँगको समन्वयमा बिहीबार प्रादेशिक अस्पताल, भद्रपुरका बिरामीहरुलाई फलफूल वितरण गरेको छ । संघले सामाजिक उत्तरदायित्व अन्तर्गत ७२ औं अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसर पारेर प्रादेशिक अस्पताल भद्रपुरमा भर्ना भई उपचाररत ८० जना बिरामीलाई स्याउ, सुन्तलाको प्याकेज फलफूल वितरण गरिएको झापा उद्योग संघका उपाध्यक्ष दिपेश ढकालले जानकारी दिए । फलफूल वितरणअघि अस्पताल परिसरमा गरिएको कार्यक्रममा उपाध्यक्ष ढकालकै अध्यक्षतामा आयोजित कार्यक्रमका प्रमुख अतिथि भद्रपुर भन्सारका प्रमुख अमित तिवारी, प्रादेशिक अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट रामबाबु खड्का लगायतले उद्योगी–व्यवसायीहरुको संगठन उद्योग–व्यवसाय क्षेत्रमा मात्र केन्द्रित नभएर सामाजिक सेवा कार्यमा पनि उत्तिकै जिम्मेवार रहनुपर्ने औंल्याउँदै उद्योग संघले निर्वाह गरेको सामाजिक…

Read More

काठमाडौँ, ११ माघ । सञ्चार क्षेत्रमा क्रियाशील संस्थामा संलग्न जनशक्ति र विषयवस्तुमा समावेशीकरणको यथार्थ समेटिएको पुस्तक ‘आमसञ्चार र समावेशी पत्रकारिता’ सार्वजनिक भएको छ । पत्रकार तारामणि सापकोटाले लेख्नुभएको उक्त पुस्तकमा समावेशीताको सैद्धान्तिक पक्ष तथा सरकारी सञ्चार संस्था र पेसागत सङ्घसङ्गठनमा समावेशीकरणको वर्तमान अवस्थाका बारेमा तथ्याङ्कीय विश्लेषण प्रस्तुत गरिएको छ । आज यहाँ आयोजित कार्यक्रममा राष्ट्रिय समावेशी आयोगका अध्यक्ष डा रामकृष्ण तिमिल्सिना र आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापाले संयुक्त रुपमा उक्त पुस्तकको विमोचन गर्नुभयो । सो अवसरमा समावेशी आयोगका अध्यक्ष तिमिल्सिनाले समावेशीतालाई हेर्ने दृष्टिकोण बदल्नुपर्नेमा जोड दिँदै समावेशीता सामुदायिक प्रतिनिधित्व मात्रै नभई समुदायभित्रका भौगोलिक र वैचारिक प्रतिनिधित्व पनि हो भन्नुभयो…

Read More

अर्जुनधारा, ११ माघ । ‘खेलाडीहरु राष्ट्रको सान, स्थानीय खेलाडीहरु उत्पादन गर्ने हाम्रो अभियान’ भन्ने मुख्य नारासहित नगरस्तरीय १४औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०८० झापाको अर्जुनधारामा बुधबारदेखि शुरु भएको छ । प्रतियोगिता व्यवस्थापन तथा निर्देशन समितिको आयोजनामा अर्जुनधारा–८स्थित शनिश्चरे माध्यमिक विद्यालयको खेलमैदानमा सञ्चालन हुने उक्त प्रतियोगिताको प्रमुख अतिथि संविधानसभा सदस्य एवम् पूर्वसामान्य प्रशासनमन्त्री केशवकुमार बुढाथोकीले उद्घाटन गरेका थिए । तीन दिनसम्म सञ्चालन हुने प्रतियोगिता अन्तर्गत एथलेटिक्स अन्तर्गत विभिन्न विधा, मार्सल आर्टस् अन्र्तगत उसु, कराते र तेक्वान्दो, कबड्डी र भलिबल खेल सञ्चालन हुने बताइएको छ । उक्त प्रतियोगितामा सामुदायिकतर्फ नौवटामाध्यमिक विद्यालय र संस्थागततर्फ १४ वटा माध्यमिक विद्यालय गरी जम्मा २३ वटा विद्यालयको सहभागिता…

Read More