
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, ४ असोज । बिर्तामोडमा सुरक्षित भवन निर्माणको लागि डकर्मी सीप अभिवृद्धि तालिम सुरु भएको छ । भौतिक पूर्वाधार विकास मन्त्रालय कोशी प्रदेश र मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को प्रदेश सहयोग कार्यक्रम अन्तर्गत बिर्तामोड नगरपालिकाले आयोजना गरेको तालिमको आज नगर प्रमुख पवित्रा महतारा प्रसाईले उद्घाटन गर्नु भयो । कार्यक्रममा बोल्दै नगरप्रमुख प्रसाईले स्वदेश तथा विदेशका लागि सीप अपरिहार्य रहेको बताउनु भयो । कामको महत्व नबुझेर देश पछि परेको गुनासो गर्दै उहांले महत्व दिएर सिक्न सहभागी सबैलाई आग्रह गर्नु भयो । त्यस्तै प्रमुख प्रशासकीय अधिकृत विनोद कुमार न्यौपानेले घर निर्माणमा काम गर्ने कामदारहरु तालिम प्राप्त हुनु पर्ने धारणा राख्नु भयो । उहांले सीप…
शिवसताक्षी, ४ असोज । देश व्यापापी रुपमा शिक्षकहरुले शिक्षा विधेयक २०८० विरुद्ध आन्दोलन गरिरहेका बेला शिवसताक्षी नगरपालिकाका शिक्षकहरु आन्दोलित भएका छन् । आज शिवसताक्षी नगरपालिका कार्यालयमा शिक्षकहरुले शिक्षा विद्येक विरुद्ध कोण सभा गरेर विरोध जनाएका हुन् । देश भरका शिक्षकहरु शिक्षा विद्येक विरुद्ध आन्दोलनका लागि काठमाण्डौ केन्द्रित भएका बेला शिवसताक्षी नगरपालिका क्षेत्रमा कार्यरत सामुदायिक विद्यालयका शिक्षकहरु नगरपालिका कार्यालयमा गएर विरोध जनाएका हुन । विद्यालय शिक्षा विधेयक २०८० का केही व्यवस्थाप्रति असन्तुष्टि जनाउँदै नेपाल शिक्षक महासंघले घोषणा गरेको आन्दोलनका कार्यक्रम अनुसार आज झापाका स्थानीय तहहरूमा शिक्षकहरूले धर्ना दिएका छन् । शिक्षक महासंघले गत शुक्रबार पत्रकार सम्मेलन गरी २० बुँदे माग राख्दै…
झापा, ४ असोज । गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रहरीको कार्यक्षमता, नियमसंगत, पारदर्शी ढङ्गले सरुवा बढुवाको काम गरिरहेको बताएका छन् । आज प्रतिनिधि सभा अन्तरगत राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै मन्त्री श्रेष्ठले प्रहरी सरुवा बढुवामा चलखेल शून्यमा झारिएको बताए । सरुवा बढुवाको मापदण्ड अझै अपुरो भएकोले त्यसलाई सुधार गरेर जान आवश्यक समेत भएको उल्लेख गरे । उनले भने, ‘आन्तरिक रूपमा सुशासन स्थापित नगरी सुशासन र सेवा प्रवाहको हाम्रो मिसन सफल हुँदैन भन्नेमा गृह प्रशासन प्रस्ट छ । आन्तरिक सुशासन भन्नाले समयमा कर्मचारी अफिस जानुपर्यो । सेवाग्राहीको फाइल अड्काउनु भएन, अनावश्यक अवाञ्छित चलखेल पैसा वा अरू चलखेल भइरहेको छ भने हुन…
झापा, ४ असोज । कोशी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रीमा हालै नियुक्त भई पदभार सम्हालेका एकराज कार्कीलाई आज बिर्तामोडमा बधाई तथा कार्यकाल सफलताको शुभकामना अर्पण गरिएको छ। १० वर्षदेखि सञ्चालनमा रहेको साझामञ्च डटकमको प्रकाशक कम्पनी साझामञ्च मिडिया प्रालिका अध्यक्षसमेत रहेका मन्त्री कार्कीलाई विशेष कार्यक्रमको आयोजना गरी बधाई ज्ञापन गरिएको हो । कम्पनीका उपाध्यक्ष खड्गप्रसाद दाहालको अध्यक्षतामा सञ्चालित समारोहमा मन्त्री कार्कीलाई माला र खादा ओढाएर बधाई तथा शुभकामना पत्र प्रदान गरिएको हो । कम्पनीका अध्यक्ष कोशी प्रदेशको मन्त्री बनेकोमा खुशी ब्यक्त गर्दै उनको मन्त्रित्वकालमा झापाको सञ्चार जगतले माया पाउने विस्वास गरिएको छ । शुभकामना पत्रमा भनिएको छ वि. सं.…
बिर्तामोड, ४ भदौ । झापाको बिर्तामोडमा २६ औं शाखाको रुपमा भाट–भटेनी सुपर मार्केट सञ्चालनमा आएको छ । कम्पनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले आज भाटभटेनीको शाखा उद्घाटन गर्नुभयो । भाट भटेनी स्टोरमा एक लाख २५ हजारका विभिन्न प्रकारका सामानहरु खरिद गर्न पाइने कम्पनीले जनाएको छ । सुपर मार्केटमा झापा, इलाम जिल्लासहित भारतबाट समेत ग्राहकहरु सपिङ गर्न आउने कम्पनीको भनाइ छ । उद्घाटनका समयमा ग्राहकलाई प्रत्येक सामानहरुमा १० देखि २० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको कम्पीले जानकारी दिएको छ । २ अर्ब रुपैयाँ भन्दा बढीको लगानीमा सञ्चालनमा आउन लागेको बिर्तामोडको भाट भटेनीमा स्केटिङ पार्क, फुड कोर्ट, दुईवटा सिनेमा हल रहनेछ ।…
इलाम, ४ असोज । डेंगु रोग सङ्क्रमणबाट इलामका एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा इलाम जिल्ला रोङ गाउँपालिका–३ निवासी ददिराम राईको ४ वर्षीया छोरी निहान राई रहेका छन् । बालिका निहान बिरामी परेपछि भदौ ३० गते उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी हस्पिटल ल्याइएको थियो । हस्पिटल ल्याएको बालिकामा डेंगु सङ्क्रमण पुष्टि भएको थियो । उनको उपचारको क्रममा सोही अस्पतालमा बुधबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
झापा, ४ असोज । चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो महिनामा बैङ्क तथा वित्तीय संस्थामा रहेको निक्षेप एक खर्ब ३३ अर्ब २४ करोडले घटेको छ । नेपाल राष्ट्र बैङ्कले आइतबार सार्वजनिक गरेको २०८०/८१ को पहिलो महिनाको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिका अनुसार साउनमा निक्षेप परिचालन २.३ प्रतिशतले घटेको हो । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप एक खर्ब ७७ करोड (२.० प्रतिशत) ले घटेको थियो । चालु आर्थिक वर्षको साउन मसान्तमा बैङ्क तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दती निक्षेपको अंश क्रमशः ५.० प्रतिशत, २६.७ प्रतिशत र ६१.३ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा…
झापा, ४ असोज । सरकारले ल्याएको विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० ले गरेको व्यवस्थामाथि असन्तुष्ट जनाउँदै शिक्षकहरूले बुधबारदेखि आन्दोलन सुरु गरेका छन् । सरकारले सो विधेयकमा समेटिएको विषयमा छलफलका लागि बोलाएको वार्ता अस्वीकार गरेर शिक्षकहरू आन्दोलित भएका हुन् । संविधानअनुसार शिक्षकहरूले सरुवा, बढुवा, नियुक्ति, कार्यसम्पादन मूल्यांकन, सेवा सुविधा, नियमनलगायत रेखदेखमा स्थानीय तहको भूमिकालाई अस्वीकार गर्दै उनीहरूले सो विषय संसद्बाट संशोधन हुनुपर्ने प्रमुख माग राखेका छन् । संसद्मा दर्ता भएको विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकले शिक्षकलाई स्थानीय तहमातहत राख्ने व्यवस्था गरेको छ । यस व्यवस्थाप्रति असन्तुष्टि जनाउँदै नेपाल शिक्षक महासंघले शिक्षकका पेसागत सुरक्षा,…
गाैरादह, ३ असाेज । नेकपा माओवादी केन्द्रको जनतासग माओवादी विशेष रुपान्तरण अभियान अन्तरगत गौरादह नगरको बिशेष नगर भेला सम्पन्न भएको छ । गौरादह-८ जुरोपानी स्थित शिबालय मन्दिरको हलमा भएको विशेष भेलाले माधब भट्टराईको अध्यक्षतामा ५१ सदस्यीय गौरादह नगर कमिटी समेत गठन गरेको छ । नगर कमिटीको उपाध्यक्षमा क्रमशः छबिन्द्र बस्नेत , गणेश राजबंशी र कमला खड्का रहनु भएको छ भने सचिबमा बिशाल ढकाललाई चयन गरिएको छ । त्यसैगरी सह सचिब कुमार पौडेल, शंकर कट्टेल र गणेश कार्कि , कोषाध्यक्षमा चुडा भुजेल चयन हुनुभएको छ । त्यसैगरी भेलाले सुनिल खड्का , राजन खनाल , ज्ञानेन्द्र लुइटेल , जागिराम अधिकारिलाई कार्यालय सदस्यमा…
कनकाई, ३ असाेज । कनकाई नगरपालिका नगर प्रमुख राजेन्द्रकुमार पोखरेलले २०७२ सालको संविधान प्रभावकारीरुपमा कार्यन्वयन गर्नुपर्नेमा जोड दिनुभएको छ । संविधान दिवसका अवसरमा आज नगर परिसरमा आयोजित एक विशेष कार्यक्रममा नगर प्रमुख पोखरेलले संविधानको प्रभावकारी कार्यान्वयन गर्दै देशमा शान्ति, सुरक्षा, सामाजिक न्याय, समानता र राष्ट्रिय एकता कायम गर्नुपर्ने बताउनुभएको हो।उहाँले तिनै तहका सरकार मिलेर संविधानको प्रभावकारीरुपमा कार्यन्वयन गर्दै स्वदेशमा नै रोजगारीको व्यवस्था , स्वदेशमा नै उच्च- शिक्षा हासिल गर्ने वातावरण निर्माण गरि पढ्न कै लागि विदेशीने कार्यलाई निरुत्साहित गर्नुपर्ने धारणा पनि राख्नुभयो। नगर प्रमुख पोखरेलले संविधान दिवस कुनै एकपार्टी, विभिन्न जात-जाति विशेषको मात्र नभई सम्पूर्ण नेपालीको साझा उपलब्धि र सिङ्गो…