
इलाम, ४ असोज । डेंगु रोग सङ्क्रमणबाट इलामका एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा इलाम जिल्ला रोङ गाउँपालिका–३ निवासी ददिराम राईको ४ वर्षीया छोरी निहान राई रहेका छन् ।
बालिका निहान बिरामी परेपछि भदौ ३० गते उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी हस्पिटल ल्याइएको थियो । हस्पिटल ल्याएको बालिकामा डेंगु सङ्क्रमण पुष्टि भएको थियो । उनको उपचारको क्रममा सोही अस्पतालमा बुधबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
Facebook Comments Box
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



