झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

भद्रपुर, २० साउन । नेपाली कांग्रेस भद्रपुर ६ नम्बर वडा समितिले वर्तमान परिस्थितिमा काँग्रेसको भूमिकाका लागि जनमत संकलनको उद्देश्यका साथ वडा सम्मेलन सम्पन्न गरेको छ । वडा सभापति महत राजवंशीको अध्यक्षता तथा क्षेत्रीय सभापति गणेश पोखरेलको प्रमुख आतिथ्यतामा वडा सम्मेलन सम्पन्न भएको हो । सम्मेलनमा महाधिवेशन प्रतिनिधि, जिल्ला प्रतिनिधि, प्रदेश प्रतिनिधि, क्षेत्रीय प्रतिनिधि, नगर सदस्य, वडा कार्य समिति, भातृ संघ लगायत नेपाली कांग्रेस पार्टीमा आस्था राख्ने व्यक्तिहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा नगर र वडामा भएको विकास निर्माण सम्बन्धि चर्चा, संगठन विस्तार लगायत विषयमा छलफल समेत भएको थियो । कार्यक्रम संचालन सचिव राजा मण्डलले गरेका थिए भने सहभागीले नेतृत्वलाई विविध…

Read More

झापा, २० साउन (एजेन्सी) । हलिउडका पुराना अभिनेता ८३ वर्षीय मार्क मार्गोलिसको निधन भएको छ । बिहीबार न्युयोर्क सहरको माउन्ट सिनाइ अस्पतालमा उनको निधन भएको उनका छोराले जनाएका छन् । ब्रेकिङ ब्याड र बेटर कल सउलजस्ता लोकप्रिय सिरिजमा उनले अभिनय गरेका छन् । यी दुवै सिरिजमा उनले हेक्टर सालमान्का नामक चरित्र अभिनय गरेका थिए । सन् २०१२ उनी ब्रेकिङ ब्याडका लागि एमी अवार्डको मनोनयनमा परेका थिए । त्यस्तै, उनले चर्चित फिल्म स्कारफेसमा पनि अभिनय गरेका थिए । निर्देशक डारेन अरोनोफ्स्कीका ६ वटा फिल्ममा उनले काम गरेका छन् । खलनायक चरित्रमा भिजेका उनको नाममा एक सयभन्दा बढी फिल्म तथा सिरिजको क्रेडिट…

Read More

बुधबारे, २० साउन । बुद्धशान्ति गाउँपालिका वडा नम्बर १ ले नागरिकसँग जनप्रतिनिधि कार्यक्रम शुरू गरेको छ । वडाले आज सर्पदशंसँग सम्बन्धित सचेतना मूलक कार्यक्रम गर्दै नागरिकसँग जनप्रतिनिधि कार्यक्रम शुरू गरेको हो । वडाको आयोजनामा भएको कार्यक्रमको सहजिकरण नेपाल रेडक्रस सोसाइटी उपशाखा बुद्धशान्तिले गरेको थियो । वडा अध्यक्ष अनिल वाग्लेको सभापतित्वमा भएको कार्यक्रममा वडा सदस्य तुलसा खतिवडा रेग्मीले कार्यक्रमको औचित्य माथि प्रकाश पार्नुभएको थियो भने तालिमको सहजिकरण हरिकान्त पोख्रेलले गर्नु भएको थियो । कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी उपशाखा बुद्धशान्ति सभापति पुष्प भट्टराई, टोल विकास संस्था अध्यक्ष नेत्र बास्तोला, नमूना आधारभूत बिद्यालयका प्रधानाध्यापक गायत्रा ढुंगेल, तीनतले सामुदायिक वनकी सचिव गंगा आचार्य लगायतले…

Read More

बिर्तामोड, २० साउन । नेपाली काङ्ग्रेसका विभिन्न वडा समितिहरुले आज वडा सम्मेलन सम्पन्न गरेका छ्न । नेपाली काङ्ग्रेस जिल्ला कार्य समितिले यशअघि नै साउन २२ सम्ममा वडा सम्मेलन सक्न निर्देशन गरेबमोजिम काङ्ग्रेसका वडा समितिले सम्मेलन गरेका हुन । शनिबार अर्जुनधारा नगरपालिका वडा नम्बर–४, ५, ८ र ११,बिर्तामोडको वडा नम्बर १ र ५, मेचीनगर( २ र १०, गौरादह ३ ,दमक १,५स् बाह्र्दसी १ लगायतका वडा समितिले वडा सम्मेलन सम्पन्न गरेका हुन । नेपाली काङ्ग्रेस अर्जुनधारा ४ नं. वडा समितिको वडा सम्मेलन नेका झापा सचिव कृष्ण हुमागाईको प्रमुख आतित्थ्यमा सम्पन्न भएको छ । वडा सभापती खेमबहादुर काफ्लेको सभापतित्वमा भएको सो सम्मेलनमा क्षेत्रीय…

Read More

धुलाबारी, २० साउन । झापा जिल्लाका साप्ताहिक पत्रिकामा सम्बद्ध पत्रकारहरु गोलबन्द भएका छन् । जिल्लामा साप्ताहिक पत्रिकाको हक हितको सम्बद्र्धन र व्यावसायिक प्रवद्र्धनका निम्ति साउन २० गते साप्ताहिक पत्रिकाका प्रकाशक÷सम्पादकहरुको भेला भएको हो । झापा, मेचीनगर– ९ मा पर्ने खुट्टिडाँगी सामुदायिक बन उपभोक्ता समूह तथा सिमसार क्षेत्र परिसरमा सम्पन्न भेलाले राजु पाठकको अध्यक्षतामा ११ सदस्यीय ‘साप्ताहिक पत्रिका सञ्जाल–झापा’ गठन गरेको छ । नवगठित समितिको उपाध्यक्ष– रामप्रसाद निरौला, सचिव– झुलन रेग्मी र कोषाध्यक्ष– अनुषा चुडाल छन् भने सदस्यहरुमा– दीपक अधिकारी, विष्णु पौडेल, डम्बर बराल, इशा प्रधान, लीला राई, तीर्थ तिम्सिना र सेलिङ केसी रहेका छन् । झापामा नियमित रुपमा प्रकाशन हुँदै…

Read More

झापा, २० साउन । नेपालमा मनसुनी वायुको प्रभावका साथै भारतको मध्य प्रदेश आसपास रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थान भन्दा उत्तर र पूर्वतिर सरदर स्थानभन्दा दक्षिणतिर अवस्थित रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। गण्डकी, लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशको थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघ गर्जनरचट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ। भोलि आइतबार देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको केही र बाँकी…

Read More

भद्रपुर, २० साउन । आँखा पाक्ने रोगका कारण बिर्तामोड नगरपालिकाले दुई दिन विद्यालय बिदा दिएको छ । बिर्तामोड नगरपालिकाले यहाँका विद्यालय आइतबार र सोमबार बिदा दिएको हो । आँखा पाक्ने संक्रमणबाट धेरै विद्यार्थीहरु संक्रमित भएपछि बिर्तामोड नगर क्षेत्रका विद्यालयहरु आइतबार र सोमबार बन्द गर्ने नगरपालिकाले निर्णय गरिएको शिक्षा शाखाका अधिकृत केशर खवासले बताए । यस्तै, भद्रपुर नगरक्षेत्रका सबै संस्थागत विद्यालय शुक्रबारदेखि बन्द गरिएको छ । आँखा पाक्ने रोगको संक्रमण फैलिएसँगै नगरक्षेत्रका सबै संस्थागत विद्यालय बन्द गरिएको नगर शिक्षा शाखाले जनाएको छ । आँखा पाक्ने रोग विद्यार्थीहरूमा फैलिएको भन्दै संस्थागत विद्यालयका प्रधानाध्यापकहरुले बिहीबार नगरपालिकासँग बैठक बसी छलफल गरेका थिए । छलफलमा…

Read More

झापा, २० साउन । सरकारले १० लाख मेट्रिकटन धान र १ लाख मेट्रिकटन चामल खरिद गर्ने निर्णय गरेको छ । मूल्यबृद्धि नियन्त्रणका लागि सरकारले धान चामल खरिद गर्ने निर्णय गरेको छ। भारतले चामल निर्यातमा बन्देज लगाउने बित्तिकै नेपालमा मूल्य वृद्धि भइसकेको छ । उद्योग वाणिजय तथा आपूर्ति मन्त्रालयले खाद्य व्यापार कम्पनी माफर्त खरिद गर्ने निर्णय गरेको मन्त्रालयले जनाएको छ। यसले मूल्य नियन्त्रण गर्ने मन्त्रालयको दाबी छ।

Read More

इलाम, २० साउन । इलाममा राष्ट्रिय परिचयपत्र वितरण सुरु गरिएको छ । जिल्ला प्रशासन कार्यालयले राष्ट्रिय परिचयपत्र वितरण सुरु गरेको हो । विवरण पेस भई राष्ट्रिय परिचयपत्र छापिएर आएपछि प्रशासनले वितरणको काम सुरु गरेको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोख्रेलले बताए । उनले पहिलो चरणमा पाँच सय थान परिचयपत्र आएकाले सोही वितरण गर्न सुरु गरिएको हो । जिल्लाबाट फारम भरी पेस भए पनि पहिलो चरणमा पाँच सय राष्ट्रिय परिचयपत्र तयार भएर जिल्लामा आएको उनले बताए । उनका अनुसार अरू अब क्रमशः आउनेछ । यो परिचयपत्र लिन व्यक्ति स्वयम् आउनुपर्ने हुन्छ । प्रशासनले ‘फिङ्गर प्रिन्ट’ रुजु गर्न र पिन नम्बरसमेत रहेकाले परिचयपत्र…

Read More

झापा, २० साउन । एक दशकमा महिलासम्बन्धी हिंसाको ग्राफ तीव्र रूपमा बढेको छ । नेपाल प्रहरीको तथ्यांकअनुसार पछिल्लो दशकमा १ लाख ३३ हजार ८५६ भन्दा बढी महिला हिंसाका घटना भएका छन् । यो अवधिमा घरेलु हिंसाका ९० हजारभन्दा बढी र जबर्जस्ती करणीका १७ हजार ८० भन्दा बढी उजुरी परेका छन् । प्रहरीको तथ्यांकले आव २०५३र५४ बालबालिकाविरुद्ध ३३७ वटा मा महिला तथा घटना भएको देखाएको थियो । प्रहरीका अनुसार आव २०७९र८० मा २० हजार ९१३ वटा लैंगिक हिंसाका उजुरी दर्ता भए । तीमध्ये घरेलु हिंसाका १६ हजार ५१९, जबर्जस्ती करणीका २ हजार ३८७, बहुविवाहका ७२३, जबर्जस्ती करणी उद्योगका ५१८, बालयौन दुरूपयोगका…

Read More