
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, ५ भदौ । अर्थतन्त्रको प्रमुख हिस्साका रूपमा रहेको मुलुकको सेयर बजारको पुँजीकरण एक दशकमै पाँच गुणाले बढेको छ । डिजिटल प्रविधिमा आएको विकाससँगै अनलाइनबाट हातहातमा कारोबार गर्न मिल्ने भएपछि लगानीकर्ताको आकर्षणले पुँजी बजारमा छोटो समयमै उछाल आएको हो । आर्थिक वर्ष २०६९/७० मा ५ खर्ब १४ अर्ब रूपैयाँको सेयर बजार पुँजीकरण आव २०७९/८० मा आइपुग्दा ३० खर्ब ८२ अर्ब रूपैयाँमा पुगेको छ । यसरी हेर्दा नेपालमा सबैभन्दा द्रुत गतिमा विकास हुने क्षेत्रमध्ये पुँजी बजार पनि देखिएको छ । प्रविधिको विकास, पुँजी बजारमा नयाँ कम्पनीहरू लिस्टेट हुने क्रमको वृद्धि, ठुलो पुँजी भएका कम्पनीहरू सेयर बजारमा आएकाले पुँजीकरणको आकार बढेको हो…
झापा, ५ भदौ । बालुवाटार र सिंहदरबार माफिया र बिचौलियाको घेराबन्दीमा रहेको चर्चा चलिरहँदा कैयौं पूर्व मन्त्री, प्रशासकलगायत सयौं कर्मचारीहरू माफियाकै प्रलोभनमा पर्दा जेलमा बस्न विवश छन् भने कैयौ भागाभाग गर्नुपर्ने अवस्थामा पुगेका छन् । विशेषगरी ललिता निवास जग्गा प्रकरण, नक्कली भुटानी शरणार्थी प्रकरण र सुन तस्करी प्रकरणमा पूर्व प्रधानमन्त्री, उपप्रधानमन्त्री, मन्त्री तथा सचिवलगायतका दर्जनौं कर्मचारीहरूको संलग्नता देखिएपछि सिंहदरबार र बालुवाटार माफियाको घेराबन्दीमा रहेको पुष्टि भएको हो । जागिर र सेवाको अवधिमा माफिया र बिचौलियाको योजनाअनुसार काम गरेका उनीहरूले सेवानिवृत्त जीवन सुखसँग बिताउन पाएका छैनन् । विगतमा गरेको अपराधले यतिखेर उनीहरूलाई पोलिरहेको छ, डसिरहेको छ । बिचौलिया र माफियाले राजनीतिक…
हल्दिबारी, ४ भदौ । झापाको हल्दिबारी गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत मानबहादुर बन (महेन्द्र) लाई स्वागत गरिएको छ । आज एक कार्यक्रमकाबिच नयाँ प्रमुख प्रशासकीय अधिकृत मानबहादुर बनलाई स्वागत गरिएको हाे । को छन् । बनलाई हल्दिबारी गाउँपालिकाका अध्यक्ष रबिन्द्रप्रसाद लिङ्देनल, उपाध्यक्ष लक्ष्मीदेवी मैनाली, गाउँपालिका जनप्रतिनिधि र कर्मचारीहरूले स्वागत गरेका हुन् । बिगत ५ महिनादेखि मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय कोशी प्रदेश अन्तरगत यातायात पूर्वाधार निर्देशानलय कार्यालयमा कार्यरत महेन्द्र आजदेखि पालिकामा हाजिर हुनुभएकाे हाे । हल्दिबारीमा प्रमुख प्रशासकीयका रुपमा आउनुएका उहाँले यसअघि त्रियुगा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रुपमा समेत कार्यभार सम्हालिसक्नु भएको छ । यसैबीच, हल्दिबारीका प्रमुख प्रकासकीय अधिकृत इन्द्रप्रसाद चापागाईंको…
झापा, ४ भदाै । चर्चित अभिनेत्री मिरुना मगर र द भ्वाईस अफ नेपाल सिजन ४ बिजेता गायक करण राई फिचर्ड ‘पिरतीको मुस्कान’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै लेखक तथा गीतकार लीला सेलिङ् माबोको शब्दमा रहेको गीत सार्वजनिक गरिएको हो । देवेश राईको संगीत, एरेञ्ज तथा मिक्सिङ रहेको गीतलाई लिला र अन्जु सेलिङले निर्माण गरेका हुन्, भने करणको स्वर रहेको छ । यो गीत करण राई युट्युव च्यानलबाट सार्वजनिक भएको छ । चर्चित कवि तथा निर्देशक उपेन्द्र सुब्बाले करण र गीतको टिमलाई शुभकामना दिएका थिए । लीलाको बाबा–आमालाई करणले सम्मान गरेका थिए, भने करणलाई…
झापा, ४ भदौ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कोही पनि भ्रष्टाचारी उम्किनु नहुने धारणा राख्नुभएको छ । नेपाली कांग्रेस अर्जुनधारा नगर समितिको नगर सम्मेलनलाई आज सम्बोधन गर्नुहुँदै महामन्त्री शर्माले कोही पनि भ्रष्टाचारी उम्किनु नहुने र निर्दोषले कारबाही भोग्नु पर्ने अवस्था आउन नहुने धारणा राख्नुभएको हो । “कोही पनि भ्रष्टाचारी नम्कियोस्, निर्दोष कारबाहीमा नपरोस्, यो विषयमा कांग्रेस स्पष्ट छ”, महामन्त्री शर्माले भन्नुभयो, “प्रतिपक्षी दलले संसद्को अवरोध हटाएर निष्पक्ष छानविनमा सघाउन म आग्रह गर्दछु ।” सय किलो सुन तस्करीका विषयमा उच्चस्तरीय छानविन आयोग बनाउनुपर्ने मागसहित नेकपा एमालेले लामो समयदेखि सदन अवरुद्ध गर्दै आएकोप्रति शर्माले सीआइबीलाई निष्पक्ष छानविन गर्न दिनुपर्ने र सबैले…
शिवसताक्षी, ४ भदौ । झापा शिवसताक्षी नगरपालिका वडा नं. ७ का उपभोक्ताहरुले बाटो कालो पत्रेका लागि वडा कार्यालयमा ज्ञापन पत्र बुझाएका छन् । शिवसताक्षी नगरपालिका हुँदै चन्द्रडाँगी जोडन् बैकल्पिक मार्गको रुपमा रहेको बाटो कालो पत्रे गर्नका लागि उपभोक्ताहरुले वडाध्यक्ष भवानी विक्रम चेम्जोङ्गलाई ज्ञापन पत्र बुझाएका हुन् । उक्त बाटोका लागि शिवसताक्षी नगरपालिकाबाट वडा गौरवको आयोजनाका लागि विनियोजित २० लाख र नगरपालिकाले ६० लाख बजेट थप गरी कालो पत्रे गर्ने सहमति भएको ज्ञपान पत्रमा उल्लेख छ । तर वडा कार्यालयले २० लाख बजेट उक्त बाटो कटाई लालझोडा लगिएको भन्दै स्थानीय उपभोक्ताहरु आक्रोसित बनेका हुन् । वडा कार्यालयले आफु खुसी बजेट विनियोजन…
भद्रपुर, ४ भदौ । झापाको बुद्धशान्ति गाउँपालिकामा स्कूल बसको ठक्करबाट गम्भीर घाइते भएकी एक बालिकाको आज बिहान उपचारको क्रममा मृत्यु भएको छ । स्कूल बसको ठक्करबाट गम्भीर घाइते भएकी बुद्धशान्ति–३ की ८ वर्षीया बालिका समीक्षा बस्नेतको उपचारका क्रममा बिर्तामोडस्थित बिएण्डसी हस्पिटलमा आज बिहान ३ः०० बजे मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । आइतबार बिहान जयपुर बुधबारे सडक खण्ड अन्तरगत बुद्धशान्ति–३ स्थित प्रणामी मन्दिर नजिकै पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मे १ क ८६० नम्बरको कर्णाली एजुकेसन फाउन्डेसनको स्कूल बसले सोही दिशातर्फ जाँदै गरेको साइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो । बसको ठक्करबाट साइकलमा सवार आमा रीता बस्नेत उनकी…
झापा, ४ भदौ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणमा अवस्थित छ। साथै नेपालमा हाल भारतको मध्य प्रदेश र आसपासमा रहेको न्यून चापीय क्षेत्रको समेत आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। सबै प्रदेशका केही स्थानहरूमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक(दुई स्थानमा मेघ गर्जनरचट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ। मंगलबार देशभर सामान्यतया बदली रहनेछ। कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका…
झापा, ४ भदौ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ललिता निवास प्रकरणमा अनुसन्धान पूरा गरी रायसहितको प्रतिवेदन तयार पारेको छ । सङ्गठित अपराधको कसुरमा प्रहरीलाई अनुसन्धानको हदम्याद ६० दिन हुने भएकाले भदौ ८ गतेभित्र प्रतिवेदन बुझाइसक्नुपर्ने हुन्छ। प्रधानमन्त्री निवास बालुवाटारसँगै जोडिएको २९९ रोपनी नौ आना तीन दाममध्ये ललिता निवासको १४३ रोपनी सरकारी जग्गा किर्ते गरी व्यक्तिको नाममा अवैध रूपमा नामसारी गरेको पाइएपछि सिआइबीले गत असार १२ गतेदेखि विस्तृत अनुसन्धान सुरु गरेको थियो । उक्त सरकारी जग्गा २०४९, २०६२, २०६४, २०७९ साल गरी चार चरणमा योजनाबद्ध रूपमा सङ् गठित गिरोहले सरकारी कागजात किर्ते गरी, नक्कली हकवालासमेत तयार गरी अवैध…
झापा, ४ भदौ । झापा कनकाई नगरपालिका–३, सुरुङ्गा बजार र कनकाई टोल र झापा गाउँपालिका क्षेत्रका एक सय बढी युवालाई राम्रो देशमा रोजगारी लगाइदिने भन्दै प्रतिव्यक्ति १ लाखदेखि ३ लाखका दरले रकम उठाएर मोरङ पोखरिया घर भई हाल कनकाई नगरपालिका–३ कनकाई टोलमा डेरा गरी बस्ने सञ्जय सरदार फरार भएका छन् । कनकाई–३ कनकाई टोलको एक घरमा डेरा गरी बस्ने सरदारले स्थानीय युवालाई आकर्षक तलबमा रोजगारीका लागि क्रोसिया पठाइदिने भन्दै रकम ठगेर बेपत्ता बनेका हुन् । रकम ठगी गनेर्हरुमध्ये २ महिलासहित १६ जनाको समूहलाई भारतको दिल्ली समेत पुर्याएर त्यहाँ मेडिकल र बायो मेट्रिक गराएको समेत नाटक गरेको स्थानीय सनम राईले बताए । भारतको दिल्लीमा…