
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
बिर्तामोड, ३२ साउन । झापाको बिर्तामोड नगरपालिकाको करको दर अघिल्लो आर्थिक वर्ष २०७९÷८० कै हुने भएको छ । नगरप्रमुख पवित्रादेवी महतारा प्रसाईंले आज एक विज्ञप्ति जारी गर्दै करको दर अघिल्लो वर्षकै रहने जानकारी गराउनु भएको हो । उहाँले नगर अधिवेशनमार्फत् करको दर हेरफेर गरे पनि नागरिकहरुले व्यक्त गरेको गुनासा, असन्तोष र विरोधहरु सम्बन्धमा जनताप्रति पूर्ण जवाफदेही रहेको यस बिर्तामोड नगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको छ र सोही अनुरुप अघिल्लो वर्षकै करको दर कायम रहने निर्णय गरिएको विज्ञप्तिमार्फत् जानकारी गराउनुभएको छ । विज्ञप्तिमा भनिएको छ– ‘बिर्तामोड नगरबासीहरुप्रति पूर्ण जवाफदेही रहेको यस नगरपालिकाको कार्यपालिकाले स्थानीय करदाताबाट उठेका गुनासाहरु, देशकै आर्थिक घरसायीको अवस्था, बजारको…
– शालिक भट्टराई अन्तरेगाउँ-घर, छर-छिमेकमा मरिमराउ परेको अवस्थामा आजभोली विभिन्न समूह,संघ/संस्था निकायहरुबाट मृतकका परिवारजनमा सामुहिक/संस्थागत रुपमा घरमै पुगेर औपचारिक रुपमा मृतक प्रति श्रद्धाञ्जली र शोकाकुल परिवारजनमा समवेदना दिने चलन छ । बिशेष गरी शहर बजार क्षेत्र र आसपासमा यो चलन निक्कै बढेर गएको देखिन्छ । यस्तै औपचारिक समवेदना लिखित रुपमा दिने चलन नेपालका विभिन्न समुदायमा पचास साल पछि क्रमश बढ्दै गएको पाईएको छ । विभिन्न समूह, सामाजिक संघ÷संस्था निकायहरु, सहकारी संस्थाहरुको जब विकास र प्रवर्धन हुँदै गयो तव–तब समवेदना लिखित रुपमा दिने चलन र त्यसमा सहभागिता समेत बढ्दै गयो । सामुहिक र संस्थागत रुपमा गठन भएका आमा समूह, भजन समूह,…
झापा, ३१ साउन । धनीपुर्जाको समस्या समाधानका लागि कनकाई नगरपालिका नगरप्रमुख राजेन्द्रकुमार पोखरेलसहितको प्रधानमन्त्री कार्यालय पुगेको छ । विविध कानुनी जटिलताका कारण बर्षौंदेखि बसोबास गरिरहेका स्थानीयले जग्गाको धनीपुर्जा नपाएको भन्दै झापा कनकाई नगरपालिकाका नगरप्रमुख सहितको टोली अहिले प्रधानमन्त्री कार्यालयमा पुगेको हो । कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेल, उपप्रमुख आशाशर्मा शिवाकोटी, वडाध्यक्ष, र स्थानीय राजनीतिक दलका प्रतिनिधिसहितको टोलीले बुधवार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापन पत्र बुझाउँदै आफ्ना समस्या राखेका हुन् । कनकाई नगरपालिकामा मात्रै ७ हजार ५०० भन्दा बढीलाई सुकुम्वासी तथा अव्यवस्थित बसोबासीको जग्गाको धनीपुर्जा वितरणका लागि तयारी अवस्थामा रहेको कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले बताउनुभयो । तर कानुनी जटिलताका कारण…
भद्रपुर, ३१ साउन । झापाको भद्रपुर नगरपालिका–८ स्थित प्रादेशिक अस्पताल वरपर सूर्तीजन्य तथा मदिराजन्य पदार्थको बिक्री–वितरण पूर्ण प्रतिबन्धित छ । केही समय अघि नगरका जनप्रतिनिध लगायत सरोकारवालाहरुले सचेनामूलक स्टिक टाँसेर गुट्खा, चुरोट, खैनी, मदिराजन्य पदार्थ बिक्रीमा रोक लगाइएको र बिक्री–वितरण गरे कारबाही गर्ने चेतावनी दिएको स्टिकर टाँसेका थिए । तर, अहिले त्यहाँका केही पसलहरुले उक्त निर्णयको मजाक बनाइरहेका छन् । पसलमा सोझै देखिने गरी झुड्याइएको पान पराग, गुट्खा लगायतले वडाको निर्णयमाथि ‘कुरीकुरी’ गरिरहेको आभास हुन्छ । सँगै त्यहीँ पसलको सटरकै छेउमा टाँसिएको ‘अस्पतालको १०० मिटर वरपर सूर्तीजन्य तथा मादक पदार्थ प्रयोग तथा बेचबिखन निषेध गरिएको छ’ वडा नं. ८ को…
झापा, ३१ साउन । झापाको मेचीनगर–१ स्थित एक घरबाट प्रहरीले अढाइ लाख रुपैयाँ भन्दा बढीको सुपारी बरामद गरेको छ । प्रहरीले मंगलबार राति मेचीनगर नगरपालिका–१० स्थित खयरडाँगीका शेखर खड्काको घरमा सुपारी राखिएको छ भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरी टोलीले २ लाख ७० हजार रुपैयाँ बराबरको सुपारी बरादम गरेको छ । सुपारी कहाँबाट कसले ल्याएर राखेको हो ? भनेर घर धनीलाई सोधपुछ गर्दा ‘हामीलाई थाहा छैन’ भन्ने जवाफ आएपछि प्रहरीले नौ बोरा आर्थात ४५९ केजी सुवारी बरामद गरेको हो । त्यत्रो परिमाणको सुपारी घरमा ल्याएर राख्यो भन्ने जानकारी नहुनु आश्चर्यको कुरा हो । त्यस्तै, आज बिहान…
झापा, ३१ साउन । झापाको झापा गाउँपालिका–४ स्थितबाट प्रतिबन्धित लागुऔषध ब्राउनसुगरसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो प्रहरी चौकी टाघनडुब्बाबाट खटिएको प्रहरीले चेकजाँचको क्रममा शंकास्पद अवस्थामा रहेका दमक नगरपालिका–३ का २२ वर्षीय जीवन सार्कीको साथबाट ५ ग्राम ७४० मिलिग्राम ब्राउनसुगर बरामद गरेको हो । त्यसैगरी, विराटनगर–१६ स्थितबाट लागुऔषध नियन्त्रण व्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले इटहरी–१४ का २९ वर्षीय सुरेन चौधरीलाई नाइट्रोभेट १०० ट्याबलेटसहित पक्राउ गरेको छ । लागुऔषध सहित पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
झापा, ३१ साउन । झापाको कमल गाउँपालिका–५ स्थित राजमार्गमा कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मंगलबार बेलुका BR11AP 4141 नम्वरको भारतीय कारले बिपरीत दिशाबाट आउँदै गरेको मे १ प ४६४४ नम्वरको मोटरसाइकललाई ठक्कर दिई दुर्घटना हुँदा घाइते भएका मोटरसाईकल चालक कमल गाउँपालिका–४ का ६७ बर्षीय डोरप्रसाद खनाललाई उपचारको लागि लैजाने क्रममा बाटोमा नै मृत्यु भएको हो । ठक्कर दिने कार र चालक विराटनगरका ३१ वर्षीय रुस्तम उप्रेतीलाई इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएको छ ।
झापा, ३१ साउन (एजेन्सी) । इन्टर मियामीले फिलाडेल्फियालाई हराउँदै लिग्स कपको फाइनलमा प्रवेश गरेको छ । बुधबार भएको खेलमा मियामी ४–१ गोलले विजयी बनेको हो । खेलको तेस्रो मिनेटमा नै जोसेफ मार्टिनेजले मियामीलाई अग्रता दिलाएका थिए । २० औँ मिनेटमा ३६ यार्ड टाढाबाट उत्कृष्ट गोल गर्दै मेस्सीले टोलीको अग्रता दोब्बर बनाए । पहिलो हाफको इन्जुरी समयमा जोर्डी अल्बाले मियामीका लागि तेस्रो गोल गरे । दोस्रो हाफको ७३ औँ मिनेटमा अलेहान्द्रो बेडोयाले फिलाडेल्फियाका लागि एक गोल फर्काए पनि ८४ औँ मिनेटमा डेभिड रुइजले मियामीका लागि चौथो गोल गर्दै टोलीको जीत सुनिश्चित गरे । जीतसँगै मियामी शनिबार हुने फाइनल खेलमा प्रवेश गरेको…
झापा, ३१ साउन । लोक सेवा आयोगले ३६० जना हलुका सवारी चालकका लागि आवेदन आव्हान गरेको छ । आज एक सूचना जारी गर्दै आयोगले योग्यता पुगेका नागरिकहरूले आगामी भदौ १९ गतेसम्म आवेदन दिन सक्ने उल्लेख गरेको छ । दोब्बर दस्तुर तिरेर भने भदौ २६ गतेसम्म आवेदन दिन सकिनेछ । आवश्यक कागजपत्रसहित आयोगको अनलाइन दरखास्त प्रणालीमार्फत आवेदन दिन आयोगले सूचनामार्फत आग्रह गरेको छ ।
बुद्धशान्ति, ३१ साउन । बुद्धशान्ति गाउँपालिका अन्र्तगत रहेको अपाङ्ग समन्वय समितिले अपाङ्ग भएका नागरिकहरूलाई पहिचान गर्दै परिचय पत्र वितरण गरेको छ । ७ वटै वडाका अपाङ्गता भएका व्यक्तिहरुलाई परिचय पत्र वितरण गरिएको हो । ७ जनालाई (क) वर्गको परिचय पत्र, १७ जनालाई (ख) वर्गको, ७ जनालाई (ग) र ४ जनालाई (घ) वर्गको परिचयपत्र वितरण गरिएको समन्वय समिति संयोजक एवम् गाउँपालिका उपाध्यक्ष भवानी खतिवडाले बताएका छन् । दुईदिन लगाएर सात वटै वडाका अपाङ्गता भएका व्यक्तिलाई अपाङ्गता परिचयपत्र वितरण गरिएको समितिकी सदस्य नर्वदा चापागाईं बाँस्कोटाले बताएकी छिन् । परिचयपत्र वितरण कार्यक्रममा महिला तथा बालबालिका शाखाकी प्रमुख मीना बिष्ट, समितिका सदस्य मदन कडेल,…