
भद्रपुर, ३१ साउन । झापाको भद्रपुर नगरपालिका–८ स्थित प्रादेशिक अस्पताल वरपर सूर्तीजन्य तथा मदिराजन्य पदार्थको बिक्री–वितरण पूर्ण प्रतिबन्धित छ ।
केही समय अघि नगरका जनप्रतिनिध लगायत सरोकारवालाहरुले सचेनामूलक स्टिक टाँसेर गुट्खा, चुरोट, खैनी, मदिराजन्य पदार्थ बिक्रीमा रोक लगाइएको र बिक्री–वितरण गरे कारबाही गर्ने चेतावनी दिएको स्टिकर टाँसेका थिए ।
तर, अहिले त्यहाँका केही पसलहरुले उक्त निर्णयको मजाक बनाइरहेका छन् । पसलमा सोझै देखिने गरी झुड्याइएको पान पराग, गुट्खा लगायतले वडाको निर्णयमाथि ‘कुरीकुरी’ गरिरहेको आभास हुन्छ । सँगै त्यहीँ पसलको सटरकै छेउमा टाँसिएको ‘अस्पतालको १०० मिटर वरपर सूर्तीजन्य तथा मादक पदार्थ प्रयोग तथा बेचबिखन निषेध गरिएको छ’ वडा नं. ८ को कार्यालय भद्रपुर नगरपालिका लेखिएको स्टिक पनि छ ।
वडाले वडाबासीको स्वास्थ्यलाई ख्याल गर्दै र केन्द्रीय नीति अनुरुप नै सूर्तीजन्य र मदिराजन्य पदार्थको नियन्त्रणमा प्रयास गरे पनि केही व्यापारीको मनोमानीले निर्णय मान्ने व्यापारीलाई समेत ‘निर्णय नमान्दा के हुँदोरहेन छ, हामीले पनि बेच्दा हुन्छ’ भन्ने सोचको विकास हुने वडाको निर्णय मानेर बेच्न छाडेको एक व्यवसायीले बताए ।

माथि खिचिएको तस्वीर आज (२०८०/०४/३१) प्रादेशिक अस्पताल पारिको एक पसलको हो । जहाँ सूर्तीजन्य पदार्थ झुण्ड्याएर राखिएको छ ।
यता, भद्रपुर–८ का वडाध्यक्ष गौरब सुब्बा (मनोज) ले सो क्षेत्रमा भर्खरै अनुगमन गरेको बताए । उनले त्यस्ता व्यवसायीलाई कारबाही गर्ने समेत जनाएका छन् ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



