झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, ६ असार । अर्थमन्त्री प्रकाशशरण महतले पुँजीगत बजेट कटौती गरेर ल्याएको आगामी आर्थिक वर्षको बजेटमा कृषिका आधा दर्जन कार्यक्रमलाई पैसा दिएका छैनन्। अर्थमन्त्री महतले आन्तरिक उत्पादन बढाएर कृषिमा आत्मनिर्भर बनाउने उद्देश्यले बजेट ल्याएको दावी गर्दै आएका छन्। उनले चालु आवको भन्दा ३ अर्व रुपैयाँले कृषिको बजेट पनि बढाएका छन्। तर, कृषिकै आधा दर्जनभन्दा धेरै कार्यक्रममा बजेट शून्य बनाइएको छ। बजेट सार्वजनिक गर्दा महतले आगामी वर्षका लागि कृषिमा ५८ अर्व ९८ करोड रुपैयाँ विनियोजन गरिएको घोषणा गरेका थिए । अहिले अर्थ मन्त्रालयले बजेट कार्यक्रम बनाएर पठाउँदा कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गत सञ्चालनमा रहेका १० कार्यक्रमको बजेट शून्य बनाइएको छ। बजेट…

Read More

झापा, ५ असार । सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वीबहादुर सिंह आफ्नो गृह जिल्ला जाने क्रममा सवारी दुर्घटनामा परी निधन भएको छ । दुर्घटनामा सिंहसहित उनकी धर्मपत्नी अमृतादेवी सिंह र भाउजू जयादेवी सिंहको निधन भएको छ । यता, नेपाली कांग्रेस बझाङका पूर्व सभापति समेत रहका सिंहको निधनप्रति पार्टीका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले दुःख व्यक्त गरेको छ । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले उनको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै भनेका छन्, “नेपाली कांग्रेस बझाङका पूर्व जिल्ला सभापति एवं सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री पृथ्वीबहादुर सिंहको निधनको खबरले मलाई अत्यन्त दुःखीत र मर्माहत बनाएको छ ।’ लामो समयसम्म…

Read More

झापा, ५ असार । नागरिक उन्मुक्ति पार्टी (एकीकृत) का संरक्षक रेशमलाल चौधरीले पहिचान भनेको जातिवाद र जातीय विद्रोह नभएको बताएका छन् । झापाको बिर्तामोडमा पार्टीद्वारा आयोजित स्वागत, सम्मान तथा भेटघाट कार्यक्रममा बोल्दै चौधरीले त्यस्तो बताएका हुन् । चौधरीले आफु सानो छँदा भेडाबाख्रा चराउँदा गाइने गीतमा संस्कृति खोज्ने गरेको र आज त्यो संस्कृति बल्लबल्ल जिवित भएको देख्दा पहिचानको सही मुद्दा उठाएको आफुलाई लाग्ने गरेको बताए । उनले पहिचानको कुरा गर्दा आफुलाई झ्यालखाना पुर्याइएको समेत गुनासो गरे । कैलालीको टिकापुरमा २०७२ साल भदौ ७ गते घटेको घटनामा प्रहरीको प्रतिवेदनमा नै रेशमलाल चौधरी २३ किलोमिटर टाढा रहेको उल्लेख भए पनि आफुलाई दोषी ठहर…

Read More

भद्रपुर, ५ असार । भद्रपुर नगर शिक्षा शाखाको आयोजनामा नगर स्तरीय साँस्कृतिक प्रतियोगिता तथा विज्ञान प्रदर्शनी सम्पन्न भएको छ । नगरमा रहेका ६२ वटै विद्यालयहरूले प्रतिष्पर्धा गरेको प्रतियोगिताको विज्ञान प्रदर्शनीमा ग्यालेक्सी प्रथम, होलिल्याण्ड द्वितीय, पृथ्वी निमावि तृतीय र ग्रिनफिल्ड माविले सान्त्वना पुरस्कार प्राप्त गरेका छन् भने नृत्यतर्फ आधारभूत तहका लागि ग्रिनफिल्ड प्रथम, सिता निमावि द्वितीय, आदर्श मावि तृतीय र हिमालयन माविले सान्त्वना पुरस्कार प्राप्त गरेका छन् । त्यस्तै माध्यमिक विद्यालय तर्फ नृत्यमा प्रथम विभूति विद्या मन्दिर र होलीलेण्ड, द्वितीय अरनिको मावि र ग्रिनफिल्ड, तृतीय वीरेन्द्र र ग्यालेक्सी सान्त्वना मोरान र एमरल्ड एकाडेमी भएका छन् ।

Read More

भद्रपुर, ५ असार । युवा तथा खेलकूद मन्त्री डिकबहादुर लिम्बूले खेलाडीको जीवन सुरक्षित गर्ने योजनामा सरकार रहेको बताउनुभएको छ । जिल्ला खेलकुद विकास समिति झापाको भद्रपुरस्थित मेची रंगशाला परिसरमा आज आयोजित स्वागत तथा कार्यक्रममा मन्तव्य राख्नुहुँदै मन्त्री लिम्बूले खेलाडीको जीवन सुरक्षित गर्न सरकार खेलाडीको जीवन बिमा गर्ने योजनामा रहेको बताउनुभयो । “खेलको माध्यमबाट विश्व जित्न सकिन्छ”, उहाँले भन्नुभयो, “खेलाडीले मुलुकलाई विश्वमा चिनाउन महत्वपूर्ण योगदान गरिरहनुभएकोछ, खेलाडीको जीवन परिमार्जन गर्ने योजनामा सरकार छ, खेलाडीको जीवन बिमा गर्ने नीति निर्माणको तयार गरिरहेका छौं ।” मन्त्री लिम्बूले खेलाडीलाई कडा महेनत गर्न र उच्च प्रतिफल निकाल्न अनुरोध समेत गर्नुभयो । खेलकुद क्षेत्रको विकासमा केही…

Read More

भद्रपुर, ५ जेठ । जिल्ला खेलकुद विकास समिति झापाले खेलाडी र खेलकूदको प्रवद्र्धन गर्ने स्थानीय तह तथा संस्थाहरुलाई सम्मान गरेको छ । मेची रंगशाला परिसरमा आज एक कार्यक्रमका बीच उनीहरुलाई समितिले सम्मान गरेको हो । कार्यक्रमका प्रमुख अतिथि युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बूलाई समितिले स्वागत गर्दै सम्मान गरेको छ । कार्यक्रममा १३औं राष्ट्रपति रनिङ शिल्डमा झापाबाट पदक विजेता खेलाडी र झापामा खेलकूदको गतिविधिलाई चलायमान बनाउन योगदान पु¥याउने स्थानीय तह र संस्थालाई सम्मान गरेको हो । कार्यक्रममा एथलेटिक्स (ट्रिपल जम्प) मा स्वर्ण पदक विजेता खेलाडी राजिव ढुंगाना, कबड्डी पुरुषतर्फ रजत पदक विजेता अमन ताजपुरिया, आदर्श सहनी, कराँतेमा कास्य पदक विजता…

Read More

भद्रपुर, ५ असार । जिल्ला खेलकुद विकास समिति झापाले कनकाई नगरपालिकालाई सम्मान गरेको छ । झापाको भद्रपुर नगरपालिकामा आज आयोजित एक कार्यक्रमका बीच समितिले नगरपालिकालाई सम्मान गरेको हो । खेलकुदको गतिविधिलाई चलामान बनाउन र खेलकुद क्षेत्रको विकासमा उच्च भूमिका निर्वाह गरेकाले कनकाई नगरपालिकालाई सम्मान गरिएको खेलकुद विकास समिति झापाका अध्यक्ष प्रशान्त भण्डारीले बताउनुभयो । त्यस्तै, कनकाई खेलकुद विकास समितिलाई समेत समितिले सम्मान गरेको छ । कार्यक्रमका प्रमुख अतिथि युवा तथा खेलकुद मन्त्री डिकबहादुर लिम्बूले कनकाई नगरपालिकाका नगरप्रमुख राजेन्द्र पोखरेललाई सम्मान पत्र हस्तान्तरण गर्नुभएको थियो । कार्यक्रममा नगरप्रमुख पोखरेलले काम गर्ने इच्छाशक्ति हुने हो भने स–सानो प्रयासबाट समेत राम्रो काम गर्न…

Read More

राजेन्द्र गौतमछोरी जन्मने दिनआमालाई बेजोड हतारो थियोसन्तान जन्माउन होइनछोरा हेर्नलाईआमाले जन्माइन्, हेरिन्तिमी छोरा थिएनौँ, छोरी थियौतिमी जन्मियौ हुर्कियौ र बढ्यौ ।समय चक्रसँगैतिमी असरल्ल भएको साँझबिल्कुल तिमीलाई होइनउसलाई आफैं सम्हालिने हतारो थियो ।तिमी बेहुली भएर भिँत्रदै गर्दाउसलाई आफ्नै अपराधहरुढाकछोप गर्ननितान्त अर्को हतारो थियो ।साँच्चै साँझ परेर पराइकोघर तिमी पुग्दापराइलाई सुहागरातको नसा चढेको थियो ।बिचरी !तिमीलाई के थाहा ?पुरुष एकाङ्की हुन्छ भनेर ।एउटा शिशु जन्मन्छप्राकृतिक नियम होप्रक्रियामा औस फरक छैनतर, तिमी घर सम्हाल्न तयारिँदै गर्दापुरुष बेसुरा बनिरहेको हुन्छ ।एउटा नारी घरमा जन्मन्छेत्यो माइत हुन्छपराइ घर जान्छेआफ्नो घर हुन्छगुलाम गर्न सके प्रिय हुन्छेप्रतिवाद गरे अलच्छिनी ।मात्र होर !उसका उपमा यति हुन्छन्व्यक्त गर्न नै…

Read More

बिर्तामोड, ५ असार । झापाको बिर्तामोड–२ मा वडास्तरीय बाल भेला तथा योजना तर्जुमा कार्यक्रम सम्पन्न भएको छ । बिर्तामोड नगरपालिका वडा नम्बर २ को आयोजनामा पहिलोपटक आयोजित भेलाबाट बालबालिकाले आगामी बर्षको योजना तर्जुमा गर्दै सम्पन्न भएको हो ।वडाले बाल मैत्री बनाउने योजना अनुसार विभिन्न गतिविधि गर्दै आएको छ । आइतबारबाट सुरु भएको कार्यक्रममा योजना छनौट,नेतृत्व बिकास तथा बाल मैत्रीका बिषयमा प्रशिक्षण समेत प्रदान गरिएको थियो । जिल्ला बाल संजाल झापाका अध्यक्ष अभिषेक मिश्र ,अस्लेशा कडेलले योजना तर्जुमाको सहजीकरण गरेका थिए। बालबालिकाको मानसिक बिकास तथा क्षमतालाई सहयोग पुर्याउदै बाल मैत्री बाताबरण निर्माण गर्न कार्यक्रम आयोजना गरिएको बताईएको छ । पबित्रा पौडेलले…

Read More

झापा, ४ असार । झापाबाट वैदेशिक रोजगारीका लागि चालू आर्थिक वर्षको १० महिनाको अवधिमा करिब २९ हजार जना वैदेशिक रोजगारीमा गएका छन् । पुनः श्रमस्वीकृति र नयाँ गरी चालू आर्थिक वर्षको १० महिनाको अवधिमा २८ हजार आठ सय ५६ जना वैदेशिक रोजगारीमा गएको सुरक्षित आप्रवासन (सामी) कार्यक्रम झापाका कार्यक्रम संयोजक फणिन्द्र दाहालले जानकारी दिनुभयो । गत आव २०७८÷०७९ मा पुनः श्रमस्वीकृति र नयाँ गरी २७ हजार नौ सय ६६ जना वैदेशिक रोजगारीमा गएका थिए । अघिल्लो वर्षको तुलनामा चालू आवमा वैदेशिक रोजगारीका लागि विदेशिनेको संख्यासमेत बढेको छ । झापाबाट साउनमा तीन हजार ५१, भदौमा तीन हजार १४, असोजमा दुई हजार…

Read More