झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, २८ साउन । कोशी प्रदेशका विभिन्न स्थानमा आएको अविरल वर्षासँगै बाढी पहिरोको कारण विभिन्न स्थानहरुमा सडक अवरोध भएको छ। झापाको अर्जुनधारा नगरपालिका–७ खुदुवावारी–शनिश्चरे सडक खण्डमा पर्ने बिरिङ खोलाको पुलको सडकको पुलमुनीको पंखामा बाढीले क्षति पुर्‍याउदा पुल जिर्ण अबस्थामा रहेकोले उक्त स्थानमा समेत प्रहरी टोली खटि गई स्थानीय निकायको सहयोगमा बाँध बाध्ने कार्य भइरहेको छ । त्यसैगरी ताप्लेजुङको मैवाखोलामा बाढी आई मेरिङदिन गाउँपालिका–३ स्थितमा दोभान बजार र आठराई त्रिवेणी गाउँपालिका–५ जोड्ने मोटरेबल पुलसम्म जाने अन्दाजी ७ मिटर बाटो बाढीले बगाउँदा दुवै तर्फको सवारी आवामगन बन्द भएको छ । त्यसैगरी, सुनसरीको बराहक्षेत्र नगरपालिका–१ गुप्त बराह भित्रि सडक खण्डमा सडकमा पहिरो झरी…

Read More

बिर्तामोड, २८ साउन । कतारमा स्थापित नेपाली व्यवसायी महेन्द्रप्रसाद चम्लागाईंले पत्रकार सहारा उपचार कोषलाई दुई लाख एक रुपैयाँ सहयोग गरेका छन् । नेपाल पत्रकार महासंघ झापा शाखाले स्थापना गरेको पत्रकार उपचार कोषमा चौम्लागाईंले आइतबार उक्त रकम सहयोग प्रदान गरेको महासंघ झापाका अध्यक्ष एकराज गिरीले जानकारी दिए । महासंघको वैंक खातामा चौम्लागाईंले कतारबाटै उक्त रकम जम्मा गरिदिएका हुन् । नेपाली व्यवसायी संघ कतारका अध्यक्ष चौम्लागाईंले पत्रकारको सामाजिक सुरक्षा र दीगो हित गर्ने उद्देश्यले स्थापित पत्रकार उपचार कोषमा सहयोग गर्न पाउँदा खुशी व्यक्त गरे । नागरिकलाई सूसुचित गराउन अहोरात्र खटिने पत्रकारहरुलाई घाइते र विरामी हुँदा उपचार खर्च दिने पत्रकार उपचार कोषको प्रशंसा…

Read More

झापा, २८ साउन । मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतिर (नेपाल नजिक) अवस्थित रहेको छ। यसका साथै भारतको उत्तर पूर्वी उत्तर–प्रदेश तथा उत्तर पश्चिम बिहार आसपासमा रहेको न्यून चापीय प्रणालीको पनि प्रभाव नेपालमा रहेको छ। जसको प्रभावले हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका केही, कर्णाली प्रदेशको थोरै र बाँकी प्रदेशका एक–दुई स्थानहरूमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशभर पूर्ण बदली रहनेछ। देशका अधिकांश स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै साथै मधेस प्रदेशको एक-दुई स्थानहरूमा चट्याङ्गसहित भारी…

Read More

झापा, २८ साउन । झापाको दमक नगरपालिकाबाट लागुऔषध ब्राउनसुगर र नगदसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । शनिबार राति दमक–२ भाङबारीस्थित २३ वर्षीय पुजन दुलालको घर कोठामा प्रतिबन्धित लागुऔषध ब्राउन सुगर बिक्री वितरण गरिरहेको छ भन्ने विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले घरधनी पुजन दुलाल र दमक–७ छितिज टोलका २१ वर्षीय सचिन मगरलाई शरीर तथा कोठा तलाशी गर्दा निजहरु बसेको कोठाबाट प्रतिबन्धित लागुऔषध ब्राउनसुगर ४ ग्राम ३०० मिलिग्राम, डिजिटल तराजु १ थान, मोबाइल ३ थान र नगद १ लाख २३ हजार ९०० समेत फेला परेकोले दुवै जना मानिसलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय दमकमा ल्याई…

Read More

भद्रपुर‌, २८ साउन । राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको‌ जिल्ला र‌ भद्रपुर‌ नगर‌ कार्यसमितिले‌ खुला र‌क्तदान कार्यक्रम गरेको‌ छ । जिल्लामा र‌गतको‌ अभावलाई मध्यनजर‌ गर्दै ३४ औं अन्तर्राष्ट्रिय युवा दिवसको‌ अवसर‌ पारेर‌ ने‌पाल रेडक्रस सो‌साइटी झापा शाखाको‌ प्राविधिक सहयो‌गमा राप्रयुसंले‌ भद्रपुुर‌–८ स्थित सगर‌माथा चो‌कमा शनिबार र‌क्तदान कार्यक्रम आयो‌जना गरेको‌ हो‌ । उक्त कार्यक्रममा १ महिला सहित ६२ जनाले‌ र‌क्तदान गरेको संगठनका जिल्ला अध्यक्ष राजकुमार‌ राई जानकारी दिए ।

Read More

झापा, २८ साउन । देशका विभिन्न स्थानमा आँखा पाक्ने रोगको प्रकोप फैलिँदै गएपछि अन्तर्राष्ट्रिय उडान गर्दै आएका वायुसेवा कम्पनीले उडानमा कडाइ गर्न थालेका छन्। आँखा पाक्ने समस्या भएका बिरामीको चाप बढेसँगै हवाई कम्पनीले उडान योग्यताको प्रमाणपत्र (फिट टु फ्लाई) खोज्न थालेका हुन्। नेपालबाट अन्तर्राष्ट्रिय उडान गर्दै आएका नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्सले सूचना जारी गरेर सो रोगसँग सम्बन्धित लक्षण देखिएका यात्रुलाई यात्रा नगर्न आग्रह गरेका छन्। निगमका प्रवक्ता रमेश पौडेलले आधिकारिक चिकित्सकीय निकायबाट आँखा पाक्ने रोग नभएको वा अन्य व्यक्तिलाई नसर्ने सुनिश्चित भएको प्रमाणपत्र पेस गरेर मात्रै उडानमा सहभागी गराउन थालेको जानकारी दिए । उनले हवाई उडानपूर्व आफूमा त्यस्तो…

Read More

झापा, २८ साउन । त्रिभुवन विश्वविद्यालयले शिक्षक र कर्मचारीको अतिरिक्त सेवासुविधा कटौती गरेपछि माओवादी र नेपाली कांग्रेस निकट कर्मचारीले आन्दोलन शुरू गरेका छन् । सरकारले चालु आर्थिक वर्षमा करिब १ अर्ब ५० करोड रुपियाँँ कटौती गरेपछि आर्थिक अवस्था धराशयी बनेको भन्दै त्रिविले कर्मचारीको अतिरिक्त सेवाबापतको उपलब्ध गराउने रकम कटौती गरेको हो । अधिकांश विभाग, डीन कार्यालय, संस्थान र क्याम्पसले अतिरिक्त सुविधा उपलब्ध गराउने नाममा करोडौं रुपियाँ खर्च गरेपछि त्रिविले अतिरिक्त सुविधा कटौती गरेको हो । अतिरिक्त सुविधा दिन आवश्यक पर्ने कर्मचारीको लिस्टमा काम गरिररहेका सबै कर्मचारीले सो सुविधा लिएपछि त्रिविको कार्यकारीले सो भत्ता कटौती गरेको हो । ‘हामीले अतिरिक्तबाहेक अन्य…

Read More

युवा ज्योतिषः सूर्य कुईँकेलनेपाल ज्योतिष परिषद सदस्यता नं ३१७मेष ः साहस र पराक्रम बढेर जाने छ । भाइबहिनीहरुसँग रमाइलो समय व्यतीत व्यतीत होला । छोटो यात्राको योग पनि रहेको छ । छाती सम्बन्धि कुनै बिमार वा समस्या बल्झिएला । माता, सासु ससुराको तर्फबाट मनग्य सहयोग मिल्नेछ । स्थीर सम्पत्तीको सुख मिल्ने साता पनि रहेको छ । प्रेम सम्बन्धमा सुधार आउने वा प्रस्ताव स्वीकार हुने विशेष साताका रुपमा देखा परेको छ । वृष ः साता राम्रो रहेको छ । धन सञ्चित वा संग्रह गर्न सकिनेछ । घर जग्गा जमीन आदिको जोडिने साता छ वा यससम्बन्धि कारोबारमा मनग्य फाइदाको समय छ ।…

Read More

बिर्तामोड, २७ साउन । बिर्तामोडमा आयोजित एक कार्यक्रमका बीच इन्द्रप्रसाद कटुवालद्वारा लिखित योगसाधना महाकाब्यमाथि चर्चा परिचर्चा सम्पन्न भएको छ । जयेन्द्रप्रसाद प्रसाईं साहित्य सेवा कोषको सभाहलमा आयोजित कार्यक्रममा कृतिमाथि चर्चा परिचर्चा गरिएको हो । विष्णुकुमार भट्टराईको अध्यक्षता तथा साहित्यकार कोमल पोखरेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा कृतिका लेखक कट्वालले स्वागत र नैनकला भट्टराईले गरेकी थिइन । कोमल पोखरेलले कटुवालद्वारा लिखित योगसाधना अध्यात्मपरक महाकाब्य रहेको उल्लेख कृतिमाथि दृष्टिकोण आ आफ्नै रहन सक्ने बताए । अध्यात्मपरक कृतिमा लेखकको आत्माले जे बोध गर्यो त्यो नै अध्यात्म हुने पोखरेलको भनाई थियो । कटुवालद्वारा लिखित महाकाब्य योगसाधना विधा अन्तरगत आफ्नो नजरमा पहिलो रहेको बताए । कार्यक्रममा…

Read More

बिर्तामोड, २७ साउन । अखिल नेपाल यातायात मजदुर निजी बिद्यालय चालक संघ झापाले हकअधिकार स्थापित गर्न अन्तरक्रिया गरेको छ । संघले यसअघि निजी विद्यालयका चालक र सह–चालकका बिषयमा भएका सम्झौता कार्यान्वयन गर्न पहल तथा थप सेवासुबिधा सुरक्षित गर्न शनिवार (आज) बिर्तामोडमा अन्तरक्रिया गरेको हो । संघका झापा अध्यक्ष पदमलाल तामाङको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा अखिल नेपाल ट्रेड युनियन महासंघका केन्द्रिय उपाध्यक्ष भूपाल सापकोटाको प्रमुख आतिथ्य रहेको थियो । अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि सापकोटाले राजनीतिक आस्था जुनसुकै पार्टीमा भएपनि मजदुरका पेशागत हकअधिकारका लागि टे«ड युनियन महासंघले साथ र सहयोग गर्ने बताए । ‘आन्दोलन गर्ने कसैको रहर हुँदैन’ महासंघ उपाध्यक्ष…

Read More