
भद्रपुर, २८ साउन । राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको जिल्ला र भद्रपुर नगर कार्यसमितिले खुला रक्तदान कार्यक्रम गरेको छ ।
जिल्लामा रगतको अभावलाई मध्यनजर गर्दै ३४ औं अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर नेपाल रेडक्रस सोसाइटी झापा शाखाको प्राविधिक सहयोगमा राप्रयुसंले भद्रपुुर–८ स्थित सगरमाथा चोकमा शनिबार रक्तदान कार्यक्रम आयोजना गरेको हो । उक्त कार्यक्रममा १ महिला सहित ६२ जनाले रक्तदान गरेको संगठनका जिल्ला अध्यक्ष राजकुमार राई जानकारी दिए ।
Facebook Comments Box
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



