
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
बिर्तामोड २२ साउन । नेपाली कांग्रेसका केन्द्रीय सदस्य मिनबहादुर विश्वकर्माले पार्टीका कार्यकर्तामा उत्पन्न निराशाको अन्त्य गरेर उत्साह भर्न विशेष आन्तरिक अभियान सार्थक हुने विश्वास ब्यक्त गर्नुभएको छ । अभियानका लागि केन्द्रबाट झापाका लागि खटिनुभएका प्रतिनिधि विश्वकर्माले पार्टीको आन्तरिक संगठन जागरुक बनाउन, विकास निर्माणमा कार्यकर्ता परिचालन गर्न, पार्टीप्रतिको अनर्गल प्रचार रोक्न एवं पार्टी सुद्धिकरण र सुदृढीकरणका लागि अभियान फलदायी हुने बताउनुभएको हो । नेपाली कांग्रेस झापाको आयोजनामा जिल्ला कार्य समिति, क्षेत्रीय सभापति र सचिव, प्रदेश क्षेत्रीय सभापति एवं गाउँ–नगर सभापतिहरुको संयुक्त भेलालाई अभियानबारे जानकारी दिनुहुँदै नेपाली कांग्रेस सूचना, सञ्चार तथा प्रचार–प्रसार विभागका संयोजक समेत रहनुभएका नेता वि।कले नियमानुसार खेल नखेल्दा खेलाडीहरुले…
भद्रपुर, २२ साउन । झापा हल्दिवारी-३ मा स्थायी बसोबास गर्दै आएकी ५२ वर्षीया सरस्वती भट्टराई बस्नेत एक वर्षयता घाँटीको क्यान्सर रोगसित लड्दै आइरहेकी छिन् । इलाम देउमाई नगरपालिका २ महाभीर मूल घर रहेकी बस्नेतको ५० रोपनी जति जमीन सोही स्थानमा रहे पनि उपचार गर्न सो जमीन उपभोग गर्न नपाएपछि माइती तथा शुभचिन्तक दाताको भरमा उपचार गर्न बाध्य भइरहेको दुखेसो गर्छिन् । माइतीले दिएको जग्गामा हल्दिवारी ३ शिकारीवारीमाघर बनाइ दुई छोरी एक छोराको जिम्मेवारी समेत सम्हालेर जीवन गुजारा गरिरहेकी सरस्वती सम्पत्ति भएर पनि उपचारमा खर्च गर्न नपाएपछि पीडा पाल्न बाध्य छिन् । अर्की श्रीमती लिएर इलाममै रहेका श्रीमान देवराज बस्नेतले देउमाईमा…
सन्तोष शर्माझापा, २२ साउन । झापामा ‘लम्पी स्कीन’ रोगको संक्रमणका कारण सात सय ७५ पशुको मृत्यु भएको छ । जिल्लामा गाई–गोरु ९६ वटा र बाछाबाछी सात सय ९२ वटा गरी सात सय ७५ वटा पशुको मृत्यु भएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र झापाका सूचना अधिकारी गणेश भट्टराईले जानकारी दिनुभयो । पछिल्लो तथ्यांक अनुसार झापामा गाई–गोरु नौ हजार छ सय ८१ र बाछाबाछी १० हजार सात सय ४६ वटा गरी २० हजार चार सय २७ वटा पशुमा लम्पी स्कीन रोगको संक्रमण देखिएको छ । झापाका स्थानीय तहहरुले हालसम्म सात हजार एक ९० वटा गाई–गोरुलाई लम्पी स्कीनविरुद्धको खोप लगाइसकेका छन्…
ताप्लेजुङ, २२ साउन । विभिन्न दातासँग सहयोग सङ्कलन गरेर तोक्पोगोलामा गुम्बा निर्माण गर्न थालिएको छ । समुद्र सतहदेखि चार हजार एक सय मिटर उच्चाइमा रहेको ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–५ तोक्पेगोलाका स्थानीयवासीले सहयोग सङ्कलन गरेर गुम्बा निर्माण जुटेको गुम्बा निर्माण समिति अध्यक्ष तेन्जिङ शेर्पाले बताए । उनका अनुसार यस क्षेत्रमा परापूर्वकालदेखि नै गुम्बा रहेको थियो तर मर्मतसम्भार नहुँदा जीर्ण हुँदै गएपछि नयाँ गुम्बा बनाउँन स्थानीय जुटेका हुन् । गुम्बा निर्माण लागत रु दुई करोड बजेटमा सम्पन्न हुने निर्माण समितिले जनाएको छ । तोक्पेगोलामा जन्मिएर रोजगारीका सिलसिलामा विभिन्न देशमा पुगेका व्यक्तिले ठुलो सहयोगमा गुम्बा निर्माण प्रक्रिया अगाडि बढेको स्थानीयवासीको भनाइ रहेको छ ।…
झापा, २२ साउन । मुलुक आर्थिक मन्दीबाट गुज्रिएका बेला सरकारले दुई महिनामा २ करोड ७५ लाख ५० हजार रुपैयाँ आर्थिक सहायता बाँडेको छ । मन्त्रिपरिषद्को निर्णयबाट आर्थिक सहायता शीर्षकमा गत जेठ र असारमा सो रकम बाँडेको हो । जेठमा ३५ लाख र असारमा २ करोड ४० लाख ५० हजार रुपैयाँ बाँडेको छ । पछिल्लो दुई महिनामा सबैभन्दा धेरै आर्थिक सहायता लिनेमा राष्ट्रपति रामचन्द्र पौडेल छन् । राष्ट्रपतिलाई सरकारले ५५ लाख २ हजार २७९ दिएको छ । सरकारले परराष्ट्र मन्त्रालयको आग्रहमा असारको मन्त्रिपरिषद्को निर्णयबाट सो रकम राष्ट्रपतिलाई दिएको हो । राष्ट्रपतिले सबैभन्दा बढी सहायता रकम प्राप्त गर्दा सबैभन्दा कम पाउनेमा भने…
झापा, २२ साउन । पहुँच र शक्तिको आडमा लामो समयसम्म उपत्यकाभित्रका कार्यालयमा टिकिरहने कर्मचारीलाई मोफसलमा सरुवा गरिएपछि थमौती गर्न यति बेला सिंहदरबारमा कर्मचारीको भिड लाग्न थालेको छ । वर्षौंसम्म उपत्यकाभित्र टिक्न सफल भएका कर्मचारीको भिड यति बेला सिंहदरबारस्थित सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा निकै देखिएको छ । मन्त्रालयले ती कर्मचारीलाई रिक्त स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएर सरुवा गरेपछि सरुवा रोक्न मन्त्रालयमा कर्मचारीसँगै ट्रेड युनियनका अगुवा तथा स्थानीय तहका नेता सक्रिय छन् । यति बेला त्यस्ता कर्मचारीको छटपटी निकै बढेको छ ।मन्त्रालयले काठमाडौँमा नै जरोकिलो गाडेर बसेका कर्मचारीलाई मधेश प्रदेशका स्थानीय तह र रिक्त भएका विभिन्न पालिकामा प्रमुख…
भद्रपुर, २१ साउन । झापाको भद्रपुर–७ का ६१ वर्षीय भीष्मप्रसाद सापकोटालाई ५ महिनायता भोक निन्द्रा हराएर पीडाले सहन नसक्ने अवस्था आएको छ । उनकी ५३ वर्षीया श्रीमती अनुपा सापकोटा २०७९ चैत्रदेखि उच्च रक्तचापका कारण पक्षघात भएर थलापरेपछि आर्थिक अभावले राम्ररी उपचार गर्न नपाएर पीडित भएका हुन् । १६ धुर जग्गामा एक तले टिनको घर भएका सापकोटा आर्थिक अवस्था कमजोर भएकै कारण श्रीमती अनुपाको उपचारमा विभिन्न अस्पतालमा पुग्दा ऋण लिएर ४ लाख हाराहारी खर्च गरिसकेको बताउँछन् । ५ महिनायता ओछ्यानमा थला पर्न बाध्य भएकी अनुपाको उपचारका लागि अब ५ लाख खर्च हुने अनुमान विशेषज्ञ डाक्टरहरूले गरेको सापकोटाको भनाइ छ । श्रीमती…
झापा, २१ साउन । कोशी प्रदेशभर तीव्र गतिमा फैलिरहेको डेंगु संक्रमणमा झापा तेस्रो स्थानमा रहेको छ । पहिलो स्थानमा सुनसरी रहेको छ भने दोस्रो स्थानमा मोरङ र तेस्रो स्थानमा झापा देखिएको छ । कोशी प्रदेश जनस्वास्थ्य निर्देशनालय धनकुटाका अनुसार सबैभन्दा धेरै सुनसरी जिल्लामा डेंगु संक्रमितको संख्या ४ हजार ५५८ पुगेको छ । दोस्रो स्थानमा मोरङमा डेंगु सङ्क्रमितको सङ्ख्या ९८१ रहेको छ भने झापामा ४५४ जना रहेको निर्देशनालयले जनाएको छ । हालसम्म कोशी प्रदेशमा डेंगु सङ्क्रमणबाट ९ जनाको मृत्युसमेत भइसकेको छ । हालसम्म ताप्लेजुङमा ११, पाँचथरमा ५, इलाममा २५, उदयपुरमा १६१, धनकुटामा १०८, भोजपुरमा ८४, सङ्खुवासभामा ७८, तेह्रथुममा ५८ र खोटाङमा…
झापा, २१ साउन । झापाको दमकबाट प्रहरीले तीन जनालाई नेपालमा प्रतिबिन्धत औषधिसहित तीन जनालाई नियन्त्रणमा लिएको छ । दमक नगरपालिका–७ पशुहाटमा बिना इजजात औषधीहरु धेरै परिणाममा बिक्री वितरण भइरहेको भन्ने विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो । प्रहरीले दमक–७ का २६ वर्षीय दिपेश खड्का, दमक–६ का ३३ वर्षीय रोशनकुमार साह र इलाम साबिक दानाबारी–७ घर भई हाल दमक–८ मा बस्दै आएका २६ वर्षीय संजिव सुबेदी नियन्त्रणमा लिएको छ । चेकजाँचका क्रममा उनीहरुको साथबाट Tramadol Hydrochloride capsul IP ८५६० क्यापसुल, Spaspain Tablets ७००० ट्याबलेट फेला परेकोले निजहरुले प्रयोग गरिरहेको प्र १–०१–०१२ प ८५३५…
शिवसताक्षी, २१ साउन । झापाको शिवसताक्षीमा सामुदायिक प्रहरी साझेदारी कार्यक्रम सञ्चालनका लागि समुदाय प्रहरी पालिका समिति गठन भएको छ । शिवसताक्षी नगरपालिकामा एक कार्यक्रमका बीच नगरप्रमुख मेगाहाङ्ग थोप्राको संयोजकत्वयमा २१ सदस्य पालिका समिति गठन गरिएको हो । जसको सहसंयोजकद्वयमा नगर उपप्रमुख नरमाया कार्की, इलाका प्रहरी कार्यालय झिलझिलेका इञ्चार्ज युवराज कटुवाल रहेका छन् । सदस्यमा शिवसताक्षी नगरपालका वडा नं. ७ का वडाध्यक्ष भवानी विक्रम चेम्जोङ्ग, सदस्य सचिव प्र.स.नी भिमबहादुर मगर सदस्य शिवसताक्षी नगरपालिकाका प्रशासन प्रमुख डिल्लीराम नेपाल रहेको शिवसताक्षी नगरपालिकाले जनाएको छ । त्यसैगरी नगरका संघ संस्थाहरुको प्रतिनिधित्वको रुपमा रहेका सदस्यहरुमा रमेश बराल, छत्रबाबु ओझा, निर्मला प्रधान, विष्णुमाया भट्टराई, जयश्वर आङ्देम्बे,…