
झापा, २१ साउन । कोशी प्रदेशभर तीव्र गतिमा फैलिरहेको डेंगु संक्रमणमा झापा तेस्रो स्थानमा रहेको छ । पहिलो स्थानमा सुनसरी रहेको छ भने दोस्रो स्थानमा मोरङ र तेस्रो स्थानमा झापा देखिएको छ ।
कोशी प्रदेश जनस्वास्थ्य निर्देशनालय धनकुटाका अनुसार सबैभन्दा धेरै सुनसरी जिल्लामा डेंगु संक्रमितको संख्या ४ हजार ५५८ पुगेको छ । दोस्रो स्थानमा मोरङमा डेंगु सङ्क्रमितको सङ्ख्या ९८१ रहेको छ भने झापामा ४५४ जना रहेको निर्देशनालयले जनाएको छ । हालसम्म कोशी प्रदेशमा डेंगु सङ्क्रमणबाट ९ जनाको मृत्युसमेत भइसकेको छ ।
हालसम्म ताप्लेजुङमा ११, पाँचथरमा ५, इलाममा २५, उदयपुरमा १६१, धनकुटामा १०८, भोजपुरमा ८४, सङ्खुवासभामा ७८, तेह्रथुममा ५८ र खोटाङमा ४ जनामा डेंगु देखिएको छ । कोशी प्रदेशका १२ जिल्लाका ६ हजार ४६४ जनामा डेंगुको सङ्क्रमण देखिएको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



