
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
दमक, ६ साउन । मोटरसाइकल दुर्घटनामा परेर गएराति झापाको गौरादहमा एक युवाको ज्यान गएको छ । गौरादह–गौरीगञ्ज सडकखण्डअन्तर्गतको गौरादह–३ स्थित धोबेनियामा मोटरसाइकल दुर्घटनामा परेर सोही वडा निवासी ३२ वर्षीय जीवन न्यौपानेको ज्यान गएको हो । न्यौपाने गौरादहका युवा व्यवसायी हुन् । गौरीगञ्जबाट घरतर्फ फर्कदै गर्दा उहाँ सवार बा १० प ४६३ नम्बरको मोटरसाइकल गएराति ८ः३० बजे दुर्घटना भएको थियो । दुर्घटनामा गम्भीर घाइते हुनुभएका उहाँलाई उपचारका लागि दमकतर्फ लैजाँदा गर्दा बाटोमा नै ज्यान गएको इलाका प्रहरी कार्यालय गौरादहले जनाएको छ ।
काठमाडौँ, ५ साउन । प्रारम्भिक बाल मनोविज्ञानको सूक्ष्म अध्ययन गरी लेखिएको पत्रकार दामोदर न्यौपानेको पाँचौँ कृति ‘स्कूल बेच्ने बालक’ सार्वजनिक भएको छ । शिखा प्रकाशनले आज आयोजना गरेको पुस्तक लोकार्पण कार्यक्रममा काठमाडौँ विश्वविद्यालयका पूर्वउपकुलपति प्रा डा सुरेशराज शर्मा, सञ्चार विज्ञ विनय कसजु, शिक्षा विज्ञ अञ्जु भट्टराई, बाल अधिकारकर्मी गौरव पोखरेल, शिखा प्रकाशनका अध्यक्ष पुष्पराज पौडेल र साढे चार वर्षीय बालक हार्दिक न्यौपानेले संयुक्त रुपमा पुस्तक सार्वजनिक गरेका हुन्। कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वउपकुलपति शर्माले बालबालिकाको मनोविज्ञान बुझ्न परिवारका सबैले पुस्तकबाट ज्ञान लिन सक्ने बताए । सञ्चारविज्ञ कसजुले नेपाली साहित्यमा अभावका रुपमा रहेको प्रारम्भिक बाल्यकालको जानकारी दिन पुस्तक सफल हुने विश्वास व्यक्त…
प्रकाश सिलवाल काठमाडौँ, ५ साउन । सरकारले प्राविधिक धारको शिक्षालाई प्राथमिकता दिने नीति लिएका बेला मुलुकको जेठो त्रिभुवन विश्वविद्यालयमा यस धारको विद्यार्थी संख्या न्यून पाइएको छ । विश्वविद्यालयले पनि विगतदेखि प्राविधिक शिक्षामा पहुँच बढाउने नीति लिँदै आएकामा सोचेजति यस क्षेत्रका विद्यार्थी वृद्धि हुन सकेको छैन । विश्वविद्यालयको ५६औँ ‘ग्रेस लिष्टमा प्राविधिकतर्फ उपाधि प्राप्त गर्ने विद्यार्थीको प्रतिशत १४ दशमलव ९१ देखिएको छ । यो प्रतिशत गत वर्षको तुलनामा १ दशमलव १५ प्रतिशतले बढी भए पनि मुलुकको आवश्यकताअनुसारको प्राविधिक जनशक्ति उत्पादन वृद्धि हुन चुनौती देखाएको छ । त्रिवि मुलुकको उच्च शिक्षाको ८० प्रतिशतभन्दा बढी जिम्मेवारी बहन गर्ने विश्वविद्यालयमा हो । त्रिविको ५९औँ…
‘केटाहरु नबन सोझो, फुच्ची केटीहरुले न्यू खोजो’ प्रकाश सपूतको इपिक ब्याटल दोहोरी यो गीतले अहिले नेपाली युवा पुस्तामाझ निकै चर्चा बटुलेको छ । सपूत र प्रीति आलेको गायन रहेको यो गीतमा छाडा शब्दको निकै प्रयोग भएको देखिन्छ । यस्ता खालका गीत लोकबजारमा भित्रिन थालेसँगै नेपालको लोक मौलिकपना हराउँदै गएको स्पष्ट रुपमा देखिन्छ । लोकसंगीतका पारखी चाबहिल निवासी २३ वर्षीया सृष्टि नेपाल पछिल्लो समयमा यस क्षेत्रमा देखिएको विकृतिका कारण लोकगीतप्रतिको आफ्नो मोह घट्दै गएको बताउछिन् । ‘आजभोलि बजारमा आएका गीत सुनिनसक्नुका छन्’, नेपालको बुझाइ छ । बजारमा आएका नयाँ छाडा गीतले नेपाली पहिचान गुम्दै गएकामा उनले दुखेसो व्यक्त गरिन् । ‘आजकलका…
विवाहित महिलामाथि आफ्नै लोग्नेले गर्ने यौन हिंसाका सम्बन्धमा भारतको दिल्ली हाइकोर्टले मंगलबार एउटा महत्वपूर्ण फैसला गरेको छ । अदालतले एक मुद्धाको फैसलामा भनेको छ( बिहेको अर्थ यो होइन कि कुनै पनि महिला आफ्नो लोग्नेसँग हरक्षण यौन सम्पर्कका लागि राजी होउन् । साथै अदालतले बलात्कार हुनका लागि शारीरिक बलको अनिवार्यता नहुने पनि ठहर गरेको छ । अदालतका अनुसार दाम्पत्य जिवनमा लोग्ने र स्वास्नी दुवैलाई यौन सम्पर्क का लागि नाइँ भन्ने अधिकार हुन्छ । वैवाहिक बलात्कारलाई अपराध किटान गर्न माग गर्दै दायर गरिएको निवेदनमा फैसला गर्दै अदालतले भनेको छ कि बलात्कार नहुनका लागि पुरुषले यौन सम्पर्कका लागि महिलाले सहमति दिएको सावित गर्नुपर्दछ…
भद्रपुर, ४ साउन । झापाको दक्षिण क्षेत्रमा रहेको गौरीगञ्ज गाउँपालिकाले सर्वसाधारण जनतालाई सहज रुपमा इन्टरेनटमा पहुँच पु¥याउने उद्देश्यले निःशुल्क वाइफाइ सेवा शुरु गरेको छ । स्थानीयवासीलाई सूचना प्राप्त गर्न सजिलो होस् भन्ने उद्देश्यले परीक्षणको रुपमा यो सेवा शुरु गरिएको गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठले बताए । निःशुल्क वाइफाइ सेवा पहिलो चरणमा गाउँपालिका कार्यालय, वडा नं ३ को कार्यालय र गौरीगञ्ज बजार क्षेत्रमा सेवा उपलब्ध हुने गाउँपालिकाका सूचना अधिकृत सुमन थापाले जानकारी दिएका छन् । हाल गाउँपालिका कार्यालयबाट चार सय मिटर टाढासम्म यो सेवा लिन सकिने र निकट भविष्यमै वाइफाइको रेञ्ज बढाएर एक किलोमिटर आसपाससम्म पु¥याइने सूचना अधिकृत थापाले बताए । ‘अहिले…
टीका खतिवडा इलाम, ४ साउन । इलामको सूर्योदय नगरपालिकाका सामुदायिक विद्यालयमा राखिएको बायोमेट्रिक्स डिजिटल हाजिरी प्रभावकारी बन्दै गएको छ । नगर प्रमुखले कार्यकक्षमै बसेर शिक्षक विद्यालय आए अनाएको निरीक्षण गर्न पाउने भएपछि सो प्रविधि प्रभावकारी भएको हो । सबै शिक्षक आए नआएको र अनुगमन गर्न सम्बन्धित विद्यालय पुग्नु नपरेपछि समयको बचत भएको नगरपालिकाका प्रवक्ता पेमा उगेन लामाले जानकारी दिए । नगर प्रमुख रणबहादुर राईले आफ्नो कार्यकक्षबाट नै कतिजना शिक्षक विद्यालय हाजिर भएको, कतिजना नआएको साथै पूरा समय विद्यालय बसे नबसेको कार्यालयबाट नै जानकारी लिने गरेका छन् । राइले भने, ‘यो विद्यालयमा राखिएको यो प्रविधि नेपालकै पहिलो हो ।’ अन्य संघ…
सन्तोष शर्मा बनियानी, ४ साउन । झापाको दुई नगरपालिकाको बीचमा अवस्थित एक गाउँको नाम ‘कुलमान घिसिङ चोक’ नामकारण गरिएको छ । मुलुकबाटै लोडसेडिङ हटाउने महाअभियनमा लागेको भन्दै नेपाल विद्युत् प्राधिकरणका कार्यकारी कुलमान घिसिङको नाममा कनकाई–४ र शिवसताक्षी–१० को बीचमा पर्ने टेक्रा गाउँबासीले आफ्नो गाउँको नाम परिवर्तन गरी ‘कुलमान घिसिङ चोक’ राखेका हुन् । उक्त गाउँमा दुई सय घरधूरी रहेको छन् । तीमध्ये एक सय घरमा विद्युत् सेवा नहुँदा कुटी बाल्दै आएका थिए । ‘बिजुली भएका घरमा भोल्टेज कम हुने समस्याले गाउँबासी हैरान थिए’, चोक नामकरण समितिका अध्यक्ष श्याम ओलीले भने, ‘कुलमान सरलाई समस्या बताउँदा अहिले विद्युत्को समस्या छैन, त्यसैले टोलको…
रत्ननगर, ४ साउन । रत्ननगर नगरपालिकाले चालु आर्थिक वर्षबाट गाईलाई सुत्केरी भत्ता कार्यक्रम शुरु गरेको छ । नगरपालिकाको पशुपक्षी शाखाका प्रमुख शालिग्राम पौडेलका अनुसार साउन १ गतेदेखि लागू हुनेगरी गाईलाई सुत्केरी भत्ता दिन शुरु गरिएको हो । ‘अब साउन १ गतेबाट ब्याएका गाईले भत्ता पाउनेछन्, नगरपालिकाबाट पारित भइसक्यो, कार्यविधि बनेपछि वितरण शुरु हुन्छ तर त्यसका लागि प्रमाण भने पु¥याउनुपर्ने हुन्छ’ उनले भने । भत्तास्वरुप प्रतिगाईले रु ५०० पाउने छन् । किसानलाई गाईपालनमा प्रोत्साहनका लागि यस्तो कार्यक्रम ल्याइएको हो । गाई ब्याउने वित्तिकै किसानले खबर गरेमा पशु प्राविधिक किसानकै घरमा पुगेर अभिलेख राख्ने र उपयुक्त समय मिलाएर भत्ता वितरण वितरण गरिने…
इटहरी, ४ साउन। सुनसरी जिल्लाको धरान उपमहानगरपालिकाका प्रमुख स्व तारा सुब्बाको भोलि शनिबार शवयात्रापछि मात्र अन्तिम श्रद्धाञ्जलि अर्पणसहित दाहसंस्कार गरिने कार्यक्रम तय भएको उपमहानगरपालिकाले जानकारी दिएको छ । काठमाडौँको ग्राण्डी अस्पतालमा गत साउन १ गते निधन भएको प्रमुख सुब्बाको पार्थिव शरीर बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको मर्चरी विभागमा राखिएको छ । उनको पार्थिव शरीर भोलि ११।३० बजेपछि नगरवासीको सामूहिक श्रद्धाञ्जलिका लागि धरान १२ को पब्लिक माविको खेल मैदानमा ल्याइने कार्यक्रम पनि तय गरिएको छ । धरान उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमन घिमिरेका अनुसार धरानवासीले अन्तिम दाहसंस्कार गर्नुअघि उनको पार्थिव शरीर पब्विलको खेल मैदानमा राखिने तथा त्यसपछि धरान उपमहानगरको मुख्य मुख्य…