झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, २८ बैशाख । सरकारले विभिन्न समयमा राजनीतिक दल वा समूहसँग गरेका सम्झौता अनुसार मुद्दा फिर्ता लिनका लागि फौजदारी कार्यविधि संहिता संशोधनको प्रस्ताव गरेको छ। केही नेपाल ऐन संशोधन विधेयकमार्फत सरकारले यस्तो प्रस्ताव गरेको हो। जुनसुकै तहको अदालतमा विचाराधीन रहेका मुद्दा फिर्ता लिन सकिने प्रस्ताव विधेयकमा गरिएको छ। विधेयकमा एकै पटक ७९ वटा ऐन संशोधनको प्रस्ताव गरिएको छ। सरकारले पछिल्लो समयमा मधेशर थरुहट आन्दोलनलगायतका विभिन्न समूहसँग राजनीतिक सम्झौता गरेको छ। डा। सिके राउत समूहसँग सरकारले सम्झौता गरेको छ। संविधान जारी हुने पूर्वसन्ध्यामा भएका विभिन्न आन्दोलनरत समूहमा आबद्ध व्यक्तिका मुद्दा फिर्ता लिने गरी पनि सहमति भएका छन् । प्रस्तावित विधेयक पारित…

Read More

झापा, २७ बैशाख । नेपाली चलचित्र ‘परस्त्री’ भारतका सिनेमा हलमा रिलिज हुने भएको छ। भारतको पीभीआर सिनेमाज कम्पनीले हिन्दी भाषामा डबिङ गरिएको ‘परस्त्री’ रिलिज गर्न लागेको हो । पीभीआरले पाँच सयवटा थिएटरमा ‘परस्त्री’ रिलिज गर्न लागेको निर्देशक सुरज पाण्डेले जानकारी दिएका छन् । सिनेमा भारत र नेपालमा जुन ३० (असार १५ गते) रिलिज हुनेछ। ‘परस्त्री’को हिन्दी डबिङ भइसकेको छ । फिल्मको गत शुक्रबार नै पोस्टर सार्वजनिक गरिएको छ।

Read More

झापा, २७ बैशाख । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि नेकपा एमालेले पार्टी सचिव टोपबहादुर टोपबहादुर रायमाझीलाई निलम्बित गरेको छ । पार्टीले एक विज्ञप्ति जारी गर्दै रायमाझीलाई निलम्बन गरिएको जनाएको हो । एमालेले कानुनको शासनलाई मान्ने भन्दै रायमाझीलाई निलम्बन गरिएको जनाएको छ ।

Read More

झापा, २७ बैशाख । सरकारले सुत्केरी बिदा बढाएर ६ महिना पुर्‍याउने भएको छ। सरकारले हाल ९८ दिन बिदा दिँदै आएकोमा नेपालमा पूर्ण स्तनपान गराउने आमाको संख्या घट्दै गएपछि सुत्केरी बिदा ६ महिना दिन लागिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। स्वास्थ्य विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाले स्तनपान गराउने महिलाको संख्या घट्दै गएकाले थप तीन महिना बिदा दिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई झन्डै दुई महिना पहिले सिफारिस गरेको थियो । सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन, २०७५ को दफा १३ को उपदफा (१) संशोधन गरी ६ महिना सुत्केरी बिदा दिने व्यवस्थासहितको मस्यौदा करिब दुई हप्ताअगाडि नै कानुन मन्त्रालय गइसकेको स्वास्थ्य…

Read More

भद्रपुर, २७ बैशाख । झापाको सदरमुकाम रहेको भद्रपुर नगरपालिकामा नगरभित्रका सुत्केरी तथा गर्भवती महिलालाई पोसिलो खानेकुरा वितरण गरिएको छ । नगरपालिकाको नगरसभाले आ. व. २०७९÷०८० को लागि स्वीकृत गरेको बजेट अनुसार पालिकाभित्रका सुत्केरी तथा गर्भवती महिलालाई आजदेखि पोसिलो खानेकुरा वितरण शुरु गरिएको हो । भद्रपुर नगरपालिकाको आमासँग उपप्रमुख कार्यक्रमअन्तर्गत वडा नं ६ बाट पोसिलो खानेकुरा वितरण शुरु गरिएको नगरपालिकाको स्वास्थ्य शाखाका मनोज भट्टराईले जानकारी दिए । नगरपालिकाको सभाहलमा आयोजित संक्षिप्त समारोहका बीच एकजना बराबर एक केजी घ्यु, आधा केजी मह र एकथान झुलसहितको प्याकेज वितरण गरिएको थियो । नगरपालिकाको सामाजिक विकास शाखाकी संयोजक सीता गुरागाईंको अध्यक्षतामा स्वास्थ्य शाखाकी निर्मला निरौलाले…

Read More

गौरीगञ्ज, २७ बैशाख । झापाको गौरीगञ्जमा विद्यार्थीलाई लक्षित गरी प्रविधिको बढ्दो प्रयोग साइबर अपराध र कानूनी व्यवस्था सम्बन्धी अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको छ । गौरीगञ्ज गाउँपालिकाको सहयोग र नारी सञ्चार गृह झापाको आयोजनामा सम्पन्न कार्यक्रममा प्रविधि हरेक मानिसको अभिन्न अंगझै बनिसकेको निष्कर्ष निकाल्दै प्रविधिको प्रयोगबाट हुने अपराधजन्य घटनाबाट बच्न व्यक्ति स्वयं सचेत र सतर्क हुनुपर्नेमा जोड दिइएको थियो । प्रविधिको सदुपयोगले मानिसलाई हरेक सहजता हुने निश्चित भएपनि सही सदुपयोग गर्न नजाने त्यसबाट हुने समस्याबारे छलफल गरिएको थियो । गौरीगञ्ज गाउँपालिका अन्तरगत रहेका मावि तहका विद्यार्थी, अभिभावक र शिक्षक प्रतिनिधि सहभागी कार्यक्रमको उद्घाटन गर्दै कार्यक्रमकी प्रमुख अतिथि तथा गाउँपालिकाकी अध्यक्ष फुलवती…

Read More

झापा, २७ बैशाख । इलाम जिल्लाका दशै वटा र झापाका १५ वटै पालिकामा ‘लम्पी स्किन’ को प्रकोप देखा परेको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र झापाका प्रमुख शीतल भट्टराईले इलाममा २१ हजार गाईगोरु ‘लम्पी स्किन’ बाट सङ्क्रमित रहेको र तीन सय ४६ वटा गाईगोरु यही रोगबाट मरिसकेका बताउनुभयो । झापामा छ हजार चार सय ९५ वटा गाईगोरु यसबाट प्रभावित भएकोमा एक सय १६ वटा पशु मरिसकेका छन् । इलामको देउमाई नगरपालिका र झापाको बाह्रदशी गाउँपालिकामा सबैभन्दा बढी गाईगोरु रोगबाट प्रभावित भएको पाइएको छ । देउमाईमा १० हजार पशुमा रोग सङ्क्रमण भइसकेको र तीमध्ये दुई सय ५० वटा…

Read More

झापा, २७ बैशाख । आगामी महिना जिम्बावेमा आयोजना हुने आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको छनोटमा सहभागी हुने १० वटै राष्ट्रको टुंगो लागेको छ । बंगलादेश र आयरल्यान्डबीचको पहिलो एकदिवसीय खेल मंगलबार वर्षाका कारण रद्द भएपछि विश्वकप छनोट खेल्ने अन्तिम टोलीको टुंगो लागेको हो । बंगलादेश र आयरल्यान्डबीचको उक्त खेल वर्षाका कारण रद्द भएपछि दक्षिण अफ्रिका सिधै विश्वकपमा छनोट भयो । आयरल्यान्डले भने विश्वकपमा स्थान बनाउन छनोट प्रतियोगिता खेल्नुपर्ने भएको हो । उक्त खेल वर्षाका कारण रद्द नभएको भए आयरल्यान्डले विश्वकप सुपर लिगको शीर्ष ८ भित्र रहेर सिधै विश्वकप खेल्ने सम्भावना थियो । त्यो अवसर दक्षिण अफ्रिकाले प्राप्त ग¥यो । दक्षिण अफ्रिका…

Read More

धनकुटा, २७ बैशाख । धनकुटामा आजबाट सहिद भीमनारायण गोल्डकप फुटबल प्रतियोगिता सुरु हुँदैछ । टुँडिखेलमा दिउँसो २ बजे प्रतियोगिता उद्घाटन गरिदैछ । धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले प्रतियोगिता उद्घाटन गर्ने कार्यक्रम तय भएको आयोजकले जनाएको छ । प्रतियोगिता उद्घाटन समारोह पश्चात दिउँसो ३ बजेबाट खेल सुरु हुने प्रचारप्रसार समिति संयोजक विदुर खवासले जानकारी दिए । उद्घाटन खेलमा आयोजक टिम धनकुटा र पेमा युवा क्लव विराटनगरबीच खेल हुदैछ । सहिद भिमनारायण स्मृति प्रतिष्ठानले आयोजना गरेको प्रतियोगिता जेठ २ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगिताको उपाधिका लागि आठ टिम भिड्दैछन् । भारतको सिलगुडीस्थित कञ्चनजंगा फुटवल क्लव, प्लानिङ ब्वाईज क्लब काठमाण्डौ, राष्ट्रिय जागृती फुटवल…

Read More

हल्दिबारी, २७ बैशाख । झापाको हल्दिबारी गाँउपालिकाले चालू आर्थिक वर्षको दोस्रो चौमासिक सार्वजनिक सुनुवाई सम्पन्न गरेको छ । हल्दिबारी–५ स्थित धनुषा आधारभुत विद्यालय परिसरमा मंगलबार गाउँपालिकाले सार्वजनिक सुनुवाई गरेको हो । सेवा तथा विकास निर्माणको प्रभावकारिता विषयमा सेवाप्रदाय र स्थानीय सरोकारवालाको उपस्थितिमा सार्वजनिक सुनुवाई गरिएको थियो । सरोकारवालाहरुले खानेपानी, सडक, सडकबत्ति, सामुदायिक विद्यालय, भौतिक पूर्वाधार, कृषि जस्ता बिषयमा सन्तोषजनक काम नभएको गुनासो गरेका थिए । हल्दिबारी–४ का रामबहादुर मोक्तानले धेरै प्रयास गर्दा पनि २०० मिटर खानेपानी पाइपलाइन विस्तार नगर्दा खानेपानी पिउनबाट बञ्चित भएको गुनासो पोखे । वडा–५ का बलराम गिरी, लालबहादुर मगर र कर्ण खपाङ्गीले पनि भनेजस्तो विकासका कामहरु हुन…

Read More