झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

काठमाडौँ, १८ चैत । भोलि चैत १९ गतेदेखि देशभर सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) को सम्पूर्ण तयारी पूरा भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । बिहीबार बिहान ८ बजेदेखि जापानमा एक समेत गरी १ हजार ९ सय ६६ परीक्षा केन्द्रमा एकै पटक परीक्षा सुरु हुदैछ । एसइई परीक्षा चैत २९ गतेसम्म सञ्चालन हुनेछ । यस वर्ष एसइई मा कूल ५ लाख १२ हजार ४ सय २१ विद्यार्थी सहभागी हुने बोर्डले जनाएको छ । बोर्डले क्षेत्रगत रूपमा सबैभन्दा धेरै बागमती प्रदेशबाट र सबैभन्दा कम कर्णाली प्रदेशबाट विद्यार्थी सहभागी हुने जानकारी दिएको छ । परीक्षामा ११ हजार ३ सय ७९ विद्यालयका…

Read More

क्रिमिया, १८ चैत । रुसद्वारा कब्जा गरिएको क्रिमियन प्रायद्वीपमा एक रूसी सैन्य विमान दुर्घटनाग्रस्त हुँदा चालक दलसहित सबै २९ जनाको मृत्यु भएको छ । घटनाले सैन्य उडान सुरक्षामाथि गम्भीर प्रश्न उठाएको छ भने प्रारम्भिक रूपमा प्राविधिक खराबीलाई दुर्घटनाको कारण मानिएको छ । रूसी रक्षा मन्त्रालयलाई उद्धृत गर्दै सरकारी समाचार एजेन्सीहरूले जनाएअनुसार एएन–२६ सैन्य यातायात विमानमा छ जना चालक दल र २३ जना यात्रु सवार थिए । उनीहरूको दुर्घटनामा परेर ज्यान गएको हो । विमानले नियमित उडान गरिरहेका बेला मङ्गलबार साँझ करिब ६ बजेतिर सेनाले त्यससँग सम्पर्क गुमाएको थियो । उक्त विमान क्रिमियन प्रायद्वीपमाथि निर्धारित मार्गमा उडिरहेको थियो । सन् २०१४…

Read More

सङ्खुवासभा, १८ चैत । सङ्खुवासभाको पाँचखपन नगरपालिका–४ खानीगाँउमा ट्याक्टर दुर्घटना एक जनाको मृत्यु भएको छ । मृत्युहुनेमा पाँचखपन–४ का २१ वर्षीय रोशन श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक धनबहादुर राजवंशीले बताउनुभयो । पाँचखपन–४ खानीगाउँस्थित भित्री सडकखण्डमा वानाबाट टिम्मुरेतर्फ जाँदै गरेको प्र१–०२–००३त ३८६६ नम्बरको ट्रयाक्टर अनियन्त्रित भई आज विहान दुर्घटनामा परेको हो । दुर्घटनामा ट्रयाक्टरमा सहयोगी काम गर्ने २१ वर्षीय श्रेष्ठको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक राजवंशीले बताउनुभयो । प्रहरीले ट्रयाक्टर चालक पाँचखपन–३ सिभुवाका १८ वर्षीय विकास दर्जीलाई नियन्त्रणमा लिएको छ ।

Read More

नयाँदिल्ली, १८ चैत । लामो समयदेखि स्थगित हुँदै आएको भारतको राष्ट्रिय जनगणना अन्ततः सुरु भएको छ। यस पटकको जनगणनाले देशको जनसाङ्ख्यिक वास्तविकतालाई नयाँ ढङ्गले उजागर गर्दै कल्याणकारी कार्यक्रमदेखि राजनीतिक संरचनासम्म व्यापक प्रभाव पार्ने अपेक्षा गरिएको छ । विश्वकै सबैभन्दा ठूलो जनसङ्ख्या गणनाका रूपमा हेरिएको यस अभियानले एक अर्ब ४० करोडभन्दा बढी मानिसको विवरण सङ्कलन गर्ने लक्ष्य राखेको छ । यसअघि सन् २०११ मा गरिएको जनगणनाले भारतको जनसङ्ख्या एक अर्ब २१ करोड रहेको देखाएको थियो । अहिले भने यो सङ्ख्या एक अर्ब ४० करोड नाघिसकेको अनुमान गरिएको छ, जसले भारतलाई विश्वकै सबैभन्दा बढी जनसङ्ख्या भएको देशको रूपमा स्थापित गरेको छ ।…

Read More

झापा, १८ चैत । आज पनि सुनचाँदीको भाउ बढेको छ । सुन आज तोलामा सात हजार ४०० बढेर तोलामा दुई लाख ९७ हजार ६०० पुगेको छ भने चाँदी १०० रुपैयाँले बढेर चार हजार ९४५ रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको दुई लाख ९० हजार २०० र चाँदी तोलाको चार हजार ८४५ रुपैयाँ थियो ।

Read More

दमक , १७ चैत । पुर्खा पुरन अदौ क्वोने (घोन्डे, घोताने) गुरुङ (तमु) कुल वंश समाज, नेपालको तेस्रो अधिवेशन सम्पन्न भएको थियो। शनिबार दमक नगरपालिका स्थित कन्काई रिसोर्ट एण्ड पार्टी प्यालेसको सभा भवनमा समाजको तेस्रो अधिवेशन आयोजना गरिएको थियो। अदौ क्वोने (घोन्डे , घोताने) समाजका अध्यक्ष भीम बहादुर गुरुङको अध्यक्षतामा आयोजित कार्यक्रममा तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद झापा जिल्लाका अध्यक्ष जगत गुरुङको प्रमुख आतिथ्य रहेको थियो। कार्यक्रममा क्वोने (घोण्डे, घोताने) समाज झापाका अध्यक्ष कुमार गुरुङ, भारत, पश्चिम बङ्गाल गुरुङ एसोसिएसनका फाउन्डर प्रेसिडेन्ट दिलीप गुरुङ, अदौ (घोण्डे ,घोताने) गुरुङ चेली समाजसेवी ध्रुव देवी गुरुङ, सिक्किम राज्यका क्षेत्रीय संयोजक किशोर…

Read More

उदयपुर, १७ चैत । बैङ्कमा राखेको खाताको रकम हिनामिना गरेको आरोपमा नेपाल इन्भेस्टमेन्ट मेगा बैङ्क गाईघाट शाखामा कार्यरत एक कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ। बैङ्ककै कर्मचारीको निवेदनका आधारमा उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । यसरी पक्राउ पर्नेमा जिल्लाको त्रियुगा नगरपालिका–५ की सुनिता बानियाँ रहेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख प्रहरी उपरीक्षक राजन चापागाईंका अनुसार बैङ्ककै औपचारिक उजुरीका आधारमा बानियाँलाई नियन्त्रणमा लिएर बैङ्किङ कसुरमा अनुसन्धान अघि बढाइएको हो। उहाँले भन्नु भयो, “बैङ्क व्यवस्थापनबाट आएको उजुरीपछि बानियाँलाई पक्राउ गरिएको हो, हाल घटनाबारे विस्तृत अनुसन्धान भइरहेको छ।” प्रारम्भिक अनुसन्धानका क्रममा बानियाँले बैङ्कमा रहेको रकम दुरुपयोग गरेको…

Read More

झापा, १७ चैत । देशका विभिन्न प्रदेशमा मेघगर्जन तथा चट्याङसहित वर्षा र हिमपात भइरहेको भन्दै सतर्कता अपनाउन आग्रह गरिएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले आइतबार दिउँसो २ बजे जारी गरेको सूचनाअनुसार हाल बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू(भागमा पानी पार्ने बादल विकसित भएको छ । महाशाखाका अनुसार कास्की, लमजुङ, म्याग्दी, मनाङ लगायत आसपासका क्षेत्रमा मेघगर्जन–चट्याङ र हावाहुरीसहित हल्का वर्षा तथा हिमपात भइरहेको छ । थप वर्षा तथा हिमपातको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ । उक्त मौसमी प्रणाली पूर्वतर्फ सर्ने क्रममा रहेकाले अन्य क्षेत्रमा पनि यसको प्रभाव देखिन सक्ने जनाइएको छ ।…

Read More

दार्चुला, १७ चैत । दार्चुलाको शैल्यशिखर नगरपालिका–४ ओसिलामा आज बिहान जीप दुर्घटना हुँदा सिँचाइ कार्यालयका दुई जना कर्मचारीको ज्यान गएको छ । सुदूरपश्चिम प्रदेश ०१–००१ ज १६४१ नम्बरको जीप दुर्घटना हुँदा जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय दार्चुलामा कार्यरत सब–इन्जिनियर मालिकार्जुन गाउँपालिका–७ की मनिषा पाल र अर्का कर्मचारी शैल्यशिखर–१ का भरतबहादुर तितराको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । दुर्घटनामा जीप चालकसहित चार जना घाइते भएका छन् । शैल्यशिखर नगरपालिका–४ का जीप चालक प्रकाश ठगुन्ना, विक्रम महर, अकबर महरा र मीनबहादुर पाल घाइते हुनुहुन्छ । उहाँहरूको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको छ । जीप दुर्घटना हुनुको कारण नखुलेको जिल्ला…

Read More

झापा, १७ चैत । हिजो घटेको सुनचाँदीको भाउ आज बढेको छ । सुनको भाउ आज तोलामा ६ हजार ७०० रुपैयाँले बढेर तोलाको २ लाख ९० हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । आज चाँदी तोलाको ४ हजार ८४५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

Read More