
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
काठमाडौं, १७ चैत । विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थाले स्वास्थ्य बीमा अन्तर्गतका सेवामा ढिलासुस्ती गर्नुका साथै बिरामीलाई आवश्यक सुविधा दिन आनाकानी गरेको गुनासो बढेपछि स्वास्थ्य बीमा बोर्डले कडाइ गर्ने संकेत दिएको छ। बोर्डका अनुसार केही सेवा प्रदायक संस्थाले बीमित सेवाग्राहीलाई सहज रूपमा सेवा नदिएको, अनावश्यक झन्झट दिने तथा उपचार प्रक्रियामा अवरोध सिर्जना गर्ने अवस्था देखिएको छ। यस्तो प्रवृत्ति रोक्न सबै स्वास्थ्य संस्थालाई जिम्मेवार बन्न बोर्डले आग्रह गरेको छ। बीमा सेवा लिन अग्रिम समय लिनुपर्ने बाध्यता, बीमितप्रति विभेदपूर्ण व्यवहार तथा आवश्यक औषधि र सेवामा कमी भएको विषयमा बोर्डको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। स्वास्थ्य बीमा ऐन, २०७४ र स्वास्थ्य बीमा नियमावली,…
झापा, १६ चैत । झापाको मेचीनगर नगरपालिका–१४ पाथिभरा टोलमा बसोबास गर्ने एक महिलाले आफूलाई जबरजस्ती करणी गरेको भन्दै जाहेरी दिएको घटनामा संलग्न अभियुक्त पक्राउ परेका छन् । चैत ३ गते पीडित महिलाले बिर्तामोड नगरपालिका–२ का ६२ वर्षीय प्रदिप मित्तलविरुद्ध इलाका प्रहरी कार्यालय धुलाबारीमा जाहेरी दर्ता गरेकी थिइन्। जाहेरीपछि प्रहरीले अभियुक्तको खोजतलास जारी राखेको थियो। आज बिहान अभियुक्त प्रदिप मित्तल आफैं इलाका प्रहरी कार्यालय धुलाबारीमा उपस्थित भएपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। यस घटनामा मुलुकी अपराध संहिता २०७४ अन्तर्गत जबरजस्ती करणी उद्योग कसूरमा जिल्ला अदालत झापाबाट पाँच दिनको म्याद लिइ अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
झापा, १६ चैत । आज सुनचाँदीको भाउ घटेको छ । सुनको भाउ आज तोलामा २ हजार ५०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज भाउ घटेर सुन तोलाको २ लाख ८३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । कारोबार हुने हप्ताको पहिलो दिन हिजो आइतबार सुनको भाउ तोलामा ५ हजार रुपैयाँले बढेको थियो । हिजो सुन तोलाको २ लाख ८६ हजार रुपैयाँमा कारोबार भएको थियो । यस्तै आज चाँदीको भाउ पनि घटेको छ । चाँदीको भाउ तोलामा २० रुपैयाँले घटेर ४ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदीको भाउ तोलाको ४ हजार ७२० रुपैयाँ रहेको…
काठमाडौँ, १६ चैत । राष्ट्रिय समाचार समितिका अध्यक्ष धर्मेन्द्र झाले पदबाट राजीनामा दिएका छन् । उनले आजका मितिदेखि लागू हुने गरी राजीनामा दिएका हुन् । ‘हालको देशको परिवर्तित राजनीतिक परिवेशलाई मैले आत्मसात् गरेको छु । नवगठित सरकारले आफ्नो अनुकूलताका आधारमा कार्य सञ्चालन गर्नुपर्छ भन्ने मान्यता राख्छु र सरकारको सफलताको कामना गर्दछु,’ झाले राजीनामामा लेखेका छन्, ‘यस पृष्ठभूमिमा नैतिकताका दृष्टिले मार्ग प्रशस्त गर्नु उचित हुने ठानी आजैका मितिदेखि लागू हुने गरी पदबाट राजीनामा गर्दछु ।’ झालाई २०७९ असार ७ गते मन्त्रिपरिषद्ले राससको अध्यक्षमा नियुक्त गरेको थियो ।
नेपालगञ्ज, १६ चैत । खुला सीमा रहेको बाँकेको नेपालगञ्जलगायत स्थानमा बर्ड फ्लुको जोखिम देखिएपछि यहाँ उच्च सतर्कता अपनाइएको छ । जिल्लासँग जोडिएका नाकाबाट अवैध रूपमा भारतबाट ल्याउन लागिएका चल्ला दैनिकजसो नष्ट गरिएको पशु क्वारेन्टाइन कार्यालय, बाँकेका प्रमुख डा हरेराम यादवले जानकारी दिनुभयो । उहाँले यस क्षेत्रमा बर्ड फ्लु नदेखिएको उल्लेख गर्दै कुखुराका चल्ला र सेतो अण्डा ल्याउन रोक लगाइएको बताउनुभयो । उहाँले भन्नुभयो, “खुला सीमा क्षेत्रका कुखुराका चल्ला र अण्डा ल्याउँछन् तर प्रहरी देखेपछि छाडेर भाग्छन् ।” सरकारले भारतबाट कुखुराका चल्ला वा सेतो अण्डा नेपाल ल्याउन प्रतिबन्ध लगाएको छ । डा यादवले आन्तरिक ढुवानीमा कडाइ र निगरानी गरिएको जानकारी दिँदै…
चन्द्र पन्दाकताप्लेजुङ, १६ चैत । ताप्लेजुङमा सडेगलेको अवस्थामा एक पुरुषको शव फेला परेको छ । प्रहरीका अनुसार जिल्ला फक्ताङ्लुङ गाउँपालिका–२ खेजेनिमस्थित मेथेम खोला किनारमा उक्त शव फेला परेको हो ।उक्त शव तेह्रथुमको म्याङ्लुङ नगरपालिका–१ गैरीगाउँका ४० वर्षीय यमराज लिम्बूको रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी एवं प्रहरी निरीक्षक जटाशंकर यादवले जानकारी दिनुभयो । प्रहरी निरीक्षक यावदका अनुसार निकै सडेको अवस्थामा फेला परेको शव हातमा खोपेको ट्याटुका आधारमा लिम्बूको रहेको पहिचान भएको हो । लिम्बू फक्ताङ्लुङ गाउँपालिका–५ मा निर्माणाधीन माथिल्लो तमोर जलविद्युत आयोजनामा काम गर्दै आएका बुझिएको छ ।गत फागुन ८ गते घर जान्छु भनी काम गर्दै आएको आयोजना स्थलबाट…
इलाम, १६ चैत । पहिरोले मेची राजमार्ग आज बिहानदेखि अवरुद्ध छ । इलामको रोङ गाउँपालिका–४ बागखोर सडक मर्मत भइरहेको ठाउँमा माथिबाट ढुङ्गासहितको सुक्खा पहिरो खसेको हो । हिजोको पहिरो पन्छाएर गएरातिदेखि एकतर्फी सडक खुलाएकोमा फेरि पहिरो खसेको हो । जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीका अनुसार सडक पूर्ण रूपमा अवरुद्ध छ । अवरुद्ध सडक खुलाउन अहिले काम भइरहेको छ ।
झापा, १६ चैत । झापाको कमल गाउँपालिका–३ केर्खामा एक शिशु (बालिका) बेबारिसे अवस्थामा फेला परेकी छिन् । आज बिहान स्थानीय लिलाराज थापा (४८ वर्ष) ले आफ्नै घर नजिकको करेसाबारीमा रहेको मकैबारीमा शिशुलाई देखेपछि तत्काल प्रहरीलाई खबर गरेका थिए .। जानकारी पाएलगत्तै प्रहरी चौकी केर्खाबाट टोली खटिएको थियो। स्थानीयबासीको सहयोगमा शिशुलाई उद्धार गरी उपचारका लागि किओच बाल अस्पताल, दमक पठाइएको छ। अस्पतालका अनुसार बालिकाको स्वास्थ्य अवस्था तत्काल सामान्य रहेको छ। शिशुको आमाको पहिचान खुल्न बाँकी रहेको र खोजतलास कार्य जारी रहेको प्रहरीले जनाएको छ।
निशान निराैला ईलाम, १५ चैत । इलामको रोङ गाउँपालिका–४ बागखोर स्थित मेची राजमार्गमा सुख्खा पहिरो झर्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। मिति २०८२ साल चैत १५ गते साँझ करिब १८:०४ बजेको समयमा सडक मर्मत भइरहेको स्थानभन्दा करिब ३०/४० मिटर माथिबाट ढुङ्गासहितको सुख्खा पहिरो झरेको हो। पहिरोका कारण इलामबाट झापा तर्फ जाँदै गरेको प्रदेश १-०१-००१ ख ४३३४ नम्बरको गोलिया बोकेको ट्रक पुरिएको प्रहरीले जनाएको छ । घटनाबारे जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी किटेनी इलामबाट प्रहरी सहायक निरीक्षक याम चन्द्र कर्कीको कमाण्डमा प्रहरी टोली खटिएको थियो। टोली घटनास्थलमा पुगेर अवस्था बुझ्दा मानवीय क्षति नभएको पुष्टि भएको छ। हाल मेची राजमार्ग पूर्ण…
१. मुटुरोग नियन्त्रण गर्छ – बेलायतमा हालै गरिएको एक अनुसन्धानले दैनिक गोलभेडा खाने व्यक्तिमा मुटुरोग लाग्ने सम्भावना ३० प्रतिशतले कमी हुने पाइएको छ । २. भिटामिन र खनिज पदार्थ प्रसस्त – गोलभेडामा भिटामिन ए, भिटामिन सि, भिटामिन के, बी१, बी३, बी५, बी६, बी७, पोटासियम, फोलिट, आईरन, म्याग्नेसियम, क्रोमियम, कोलिन, जीक र फस्फोरस जस्ता शरीरका लागि आवश्यक भिटामिन र खनिज पदार्थ पाइन्छ । ३. चुरोटखाँदा हुने असर कम गराउछ – गोलभेडा नियमित खाँदा त्यसमा पाइने काउमेरिक एसिड र क्लोरोजेनिक एसिडले चुरोटबाट आउने कार्सिनोजिन्स जसले क्यान्सर गराउन मद्धत गर्छ । त्यसको असर कम गर्छ । ४. पाचनशक्ति बढाउछ – गोलभेडाको नियमीत सेवनले…