
झापा, १६ चैत । आज सुनचाँदीको भाउ घटेको छ । सुनको भाउ आज तोलामा २ हजार ५०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज भाउ घटेर सुन तोलाको २ लाख ८३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । कारोबार हुने हप्ताको पहिलो दिन हिजो आइतबार सुनको भाउ तोलामा ५ हजार रुपैयाँले बढेको थियो । हिजो सुन तोलाको २ लाख ८६ हजार रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै आज चाँदीको भाउ पनि घटेको छ । चाँदीको भाउ तोलामा २० रुपैयाँले घटेर ४ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदीको भाउ तोलाको ४ हजार ७२० रुपैयाँ रहेको थियो ।
Facebook Comments Box
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


