झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, २४ फागुन । गौरीगंज गाउँपालिका–६, भारु चोकस्थित एक घुम्ती किराना पसलमा आगलागी हुँदा ठूलो क्षति भएको छ। मिति २०८२ फागुन २४ गते दिउँसो करिब १ः३० बजे तुलसी साहको स्वामित्वमा रहेको जसता पाताले बनेको र टिनको छाना भएको एक कोठे किराना पसलमा अचानक विद्युत् सर्ट भई आगलागी भएको हो। इलाका प्रहरी कार्यालय गौरीगंजबाट खटिएको प्रहरी टोली, निर्वाचन प्रहरी तथा स्थानीयवासीको सहयोगमा आगो करिब २ः०५ बजे पूर्ण रूपमा नियन्त्रणमा लिन सकिएको थियो। आगलागीबाट किराना पसल तथा भित्र रहेका सम्पूर्ण सामान जलेर नष्ट भएका छन्। यस घटनाबाट करिब रु २,०४,००० बराबरको क्षति भएको प्रहरीले जनाएको छ। मानविय वा चौपाय क्षति भने नभएको…

Read More

सुनसरी, २४ फागुन । सुनसरी जिल्ला निर्वाचन क्षेत्र न(१ मा हर्कराज रार्ई साम्पाङ प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ । श्रम संस्कृति पार्टीको अध्यक्षसमेत रहनु भएका राईले ३५ हजार ७ सय ४१ मत प्राप्त गरी निर्वाचित हुनुभएको हो । उहाँ निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका गोमा तामाङ ९सरिन०ले २७ हजार २ सय ४९ मत प्राप्त गर्नुभयो । यसैगरी नेकपा एमालेका टीकाराम लिम्बुले ६ हजार ४ सय ६३ मत, नेपाली कम्युनिष्ट पार्टीका सूर्यबहादुर भट्टराईले ६ हजार १ सय ८५ र नेपाली कांग्रेसका सुजेन्द्र तामाङले ३ हजार ९ सय ७० मत प्राप्त गर्नुभयो ।

Read More

द्रोण अधिकारीझापा, २४ फागुन । दमकमा निर्माण सम्पन्न भएको भ्यूटावर नै केपी शर्मा ओलीको निर्वाचन २०८२ को हारको कारण हुन सक्छ भन्ने मत गएको साउनयता झापामा चर्चाको विषय बन्दै थियो । कसरी हारको कारण हुन सक्छ ? भ्यूटावर भन्ने प्रश्नमा तर्क गर्नेहरू देशका विकट ठाउँमा अस्पताल र विद्यालय बन्न जानु पर्ने वजेट खोसेर राजनीतिक दाउपेचका लागि झापाको दमकमा छरेपछि सयमले सजाय दिने अवस्था आउँछ भन्नेहरूको आवाज अहिले सार्थक जस्तै लाग्न थालेको छ । खासगरी भदौ २३ को विद्रोह र २४ को बिध्वम्सपछि ओलीमाथि प्रहार गर्ने आधारहरू मध्ये यस टावरलाई राजयकोष दुरूपयोगको आधारका रूपमा स्थापित गर्न रास्वपा सफल हुँदा झण्डै ५०…

Read More

झापा, २४ फागुन । ११६ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर प्रभावकारी नेतृत्व तथा व्यक्तित्व विकास विषयक तालिम बिर्तामोडमा सम्पन्न भएको छ । महिलाहरूको नेतृत्व क्षमता अभिवृद्धि, व्यक्तित्व विकास तथा सामाजिक सहभागिता बढाउने उद्देश्यका साथ उक्त कार्यक्रम आयोजना गरिएको हो । वीरता जेसीजका अध्यक्ष जेसी लोक चन्द्र श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बिर्तामोड नगर प्रमुख पबित्रा महतारा प्रसाईं प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो । कार्यक्रममा प्रमुख प्रशिक्षकका रूपमा नारी सञ्चार गृह झापा अध्यक्ष जेसी स्वस्तिका आचार्यले सहजीकरण गर्नुभएको थियो । तालिमका क्रममा आचार्यले प्रभावकारी नेतृत्व, व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, सकारात्मक सोच तथा प्रभावकारी सञ्चार सीप सम्बन्धी विषयमा प्रशिक्षण दिनुभएको थियो…

Read More

झापा, २४ फागुन । सशस्त्र प्रहरी बल नेपाल नं. २ गण हेक्वा झापाद्वारा ठुलो परिमाणमा अवैध भारतीय मदिरा सहित दुई जना व्यक्तिलाई पक्राउ गरिएको छ। फागुन २३ गते बुद्धशान्ति गाउँपालिका–७ वर्ने डाँडा इलाकामा सुरक्षा बेस टिमाईबाट खटिएको टोलीले बा.१५ च.१२९८ नम्बरको महेन्द्रा स्कार्पिओ गाडी चेकजाँच गर्ने क्रममा ३६ कार्टुन विभिन्न ब्राण्डका भारतीय मदिरा बरामद गरेको हो । बरामद मदिराको मूल्य रु १,७८,९५५ बराबर रहेको प्रहरीले जनाएको छ। पक्राउ परेकामध्ये सवारी चालक भोजपुर टेम्केमैयुङ गाउँपालिका–२ का ५२ वर्षीय गणेश कुमार राई र सामान धनी पाँचथर हिलिहाङ गाउँपालिका–२ का ४० वर्षीय शंकर प्रसाद प्रसाई रहेका छन् । बरामद मदिरा तथा सवारी साधन…

Read More

धनगढी, २४ फागुन । धनगढीमा गएराति श्रीमतीको हत्या गरी एक जना फरार भएका छन् । धनगढी उपमहानगरपालिका–७ को देवहरियाका ३६ वर्षका डम्मराज जोशीले श्रीमती ३० वर्षीया सरस्वती अवस्थी जोशीको हत्या गरेका हुन् । उनले सरस्वतीको टाउको धारिलो हतियार प्रयोग गरी हत्या गरेको र घटना लगत्तै फरार भएको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी योगेन्द्र तिमील्सिनाले जानकारी दिनुभयो । श्रीमतीको हत्या गर्ने जोशी पूर्व शिक्षक समेत हुन् । हाल मृतकको शव पोस्टमाटमका लागि सेती प्रादेशिक अस्पतालको शव गृहमा राखिएको छ । हत्यापछि फरार जोशीको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

Read More

भद्रपुर, २४ फागुन । बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा झापाका पाँचै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार विजयी भएका छन् । झापा १ बाट रास्वपाकी निशा डाँगी ४५ हजार ६८० मतसहित निर्वाचित हुनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका केशवराज पाण्डेले १० हजार ५५० मत प्राप्त गर्नुभएको छ । झापा २ मा रास्वपाकी इन्दिरा रानामगर ६० हजार ११० मतसहित निर्वाचित हुनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा ९एमाले०का देवराज घिमिरेले ११ हजार ३६८ मत प्राप्त गर्नुभएको छ । त्यसैगरी, झापा ३ बाट रास्वपाका प्रकाश पाठक ३८ हजार ६७४ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम…

Read More

झापा, २३ फागुन । प्रतिनिधिसभा सदस्य चुनावमा भक्तपुर क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का राजीव खत्री ३१ हजार ३३८ मतान्तरले विजयी हुनुभएको छ । निर्वाचन आयोगका अनुसार खत्रीले ४२ हजार ३३४ मत प्राप्त गर्नुभएको छ । उहाँका प्रतिस्पर्धी नेकपा एमालेका महेश बस्नेतले १० हजार ९९६ मत प्राप्त गर्नुभएको छ । यस्तै नेपाली कांग्रेसका कविर राणाले ८ हजार ४०१ मत प्राप्त गर्नुभएको छ ।

Read More

झापा, २३ फागुन । चितवन क्षेत्र नं. ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार सोविता गौतम विजयी भएकी छन् । उनले निकटतम प्रतिस्पर्धी नेपाली कम्युनिस्ट पार्टीकी उम्मेदवार रेणु दाहाललाई पछि पर्दै जित हासिल गरेकी हुन् । सोविता गौतमले अहिलेसम्मकै सर्वाधिक मतको जित निकालेकी छन् । गौतमले ५९ हजार २ सय ७७ मत ल्याएर जित हात पारेकी हुन् । दाहालले भने २० हजार ६ सय १५ मत ल्याइन् । गौतम र दाहाल बिचको मतान्तर ३८ हजार ६ सय ६२ रहेको छ । गौतमलाई रेणुले सामाजिक सञ्जाल फेसबुकमा एक स्ट्याटस पोस्ट गर्दै सोवितालाई शुभकामना दिएकी छन् ।

Read More

कोकिला ढकालइलाम, २३ फागुन । इलाम–१ मा जारी मतगणनाको पछिल्लो परिणाम अनुसार नेकपा -एमाले) का उम्मेदवार काजीमान कागतेले अग्रता लिनुुभएको छ । कागतेले अहिलेसम्ममा दुुई हजार ३९७ मत प्राप्त गर्नुभएको छ । श्रम संस्कृति पार्टीका विनोद नेम्वाङले दुुई हजार ३२६ मत प्राप्त गर्नुभएको छ । यस्तै, नेपाली कांग्रेसका निश्कल राईले दुुई हजार २९५, रास्वपाका विमल गदालले एक हजार १८१ मत प्राप्त गर्नुभयो । नेपाली कम्युुनिस्ट पार्टीका रणबहादुुर राईले ८२५ मत प्राप्त गर्नुभएको छ । इलाम–१ मा हालसम्म १० हजार ५६७ मत गणना भएको छ । इलाम–१ मा ६३ हजार ६९५ मत खसेको छ ।

Read More