झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

कपिलवस्तु, ३० बैशाख । आधारभूत स्वास्थ्य सेवा अस्पताल चन्द्रौटाको ३८ लाख रकम हिनामिना प्रकरणमा अस्पताल र बैंकका पाँच जना कर्मचारी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा आर्थिक वर्ष २०८१–०८२ को कारोबारमा हिनामिना भएको भन्दै उजुरी परे पछि अनुसन्धानका क्रममा उनीहरुलाई पक्राउ गरिएको जनाएको छ । प्रहरीका अनुसार शिवराज नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख चुडामणि भट्टराई, चन्द्रौटा अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट अमित पाण्डेय,अस्पतालको फार्मेसीका कर्मचारी रुक्सना खातुन,नेपाल बैंक लि।चन्द्रौटाका क्यासियर कमलप्रसाद भण्डारी र नेपाल बैंकको मणिग्राम शाखाका कार्यालय सहयोगी तथा तत्कालीन चन्द्रौटा शाखामा कार्यरत बिक्रम केसी पक्राउ परेका हुन् । उहाँहरूले अस्पतालको ३८ लाख ११ हजार ७ सय ७० रुपैयाँ हिनामिना…

Read More

झापा, ३० बैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन आगामी असार ७, ८ र ९ गते चितवनमा हुने भएको छ । पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा आज यहाँ बसेको कार्यसमिति बैठकले प्रथम अधिवेशनको मिति तय गरेको पार्टीका संसदीय दलका सचेतक प्रकाशचन्द्र परियारले जानकारी दिनुभयो । रास्वपा २०७९ साल असार ७ गते स्थापना भएको थियो ।

Read More

झापा, ३० बैशाख । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायु प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, मधेस, बागमती र गण्डकी प्रदेशलगायत देशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल तथा बाँकी भूभागमा आंशिक बादल लागिरहेको छ । बागमती र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ । महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशलगायत देशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ र बाँकी भूभागमा आंशिक बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरू तथा मधेस प्रदेशलगायत बाँकी हिमाली र पहाडी भूभागका केही स्थान तथा बाँकी…

Read More

झापा, ३० बैशाख । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले निर्वाचनको समयमा राष्ट्रिय स्वतन्त्र पार्टीले व्यक्त गरेका वाचापत्र, शासकीय सुधार र सरकारको नीति तथा कार्यक्रममा केन्द्रित रहेर आगामी आर्थिक वर्षको बजेट तय हुने बताउनुभएको छ । सङ्घीय संसद् प्रतिनिधिसभाको अर्थ समितिको आजको बैठकमा उहाँले आगामी आवको बजेट कार्यान्वयनका लागि स्रोत व्यवस्थापन सबैभन्दा ठूलो चुनौती भए पनि सरकारले आवश्यक प्रबन्ध गर्ने विश्वास दिलाउनुभयो । उहाँले राजस्व चुहावट नियन्त्रणका लागि निर्मम भएर लाग्ने उल्लेख गर्नुभयो । स्वदेशी उत्पादनलाई समस्यामा पार्नेगरी अवैध तस्करी नियन्त्रणमा लागि सरकार निर्मम भएर लाग्ने स्पष्ट पार्दै आम जनताको दैनिक जीविकोपार्जनका लागि हदैसम्मको लचक हुने बताउनुभयो । अर्थमन्त्रीले सरकारको नियमित दायित्व…

Read More

राजेश ढुंगानानेपाली कांग्रेसको ‘विशेष’ महाधिवेशन पश्चात् कांग्रेसलाई ‘नयाँ कांग्रेस’ नामाकरण गरिएको छ । तर, कसरी, के कारणले, किन यो ‘नयाँ’ भयो ? नयाँवालाले भाषणमा बाहेक केही बताएका छैनन् । त्यसको प्रामाणिक पुष्टि गरेका छैनन्– व्यवहारतः । आस्था बदलिएको हो कि आदर्श र विचार पो बदलिएको हो ? नभए किन र कसरी नयाँ कांग्रेस भयो त ? वर्तमान संस्थापन पक्ष भनिएको पक्षले यो ‘नयाँ’ भन्नुको औचित्य पहिले सिद्ध गर्नु प¥यो । होइन भने कांग्रेस भविष्यमा समेत ‘नयाँ’ बन्न सक्दैन । अथवा, पहिला यसको टुङ्गो हुनु प¥यो कि नयाँ बन्न के–के हुनु प¥यो र पर्दछ । मुखले फलाको मारेर मात्रै कांग्रेस नयाँ…

Read More

अर्जुनधारा, २९ वैशाख । झापाको अर्जुनधारा नगरपालिका वडा नं ४ का पशुपालक किसानलाई गाई वस्तुमा लाग्ने खोरेत रोगको प्रभाव सम्बन्धी एक दिने तालिम दिइएको छ । अर्जुनधारा नगरपालिकाको पशुपंक्षी तथा मत्स्य विकास शाखाको आयोजना र चाँदनी बहुउद्देश्य सहकारी संस्था अर्जुनधारा-४ को व्यवस्थापन सहयोगमा यहाँका पशुपालक कृषकहरूलाई आज एक दिने उक्त तालिम दिइएको हो ।  अर्जुनधारा नगरपालिकाकी उपप्रमुख खड्गमाया पराजुलीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा कृषकहरूलाई बिर्तामोड नगरपालिकाका पशुपंक्षी तथा मत्स्य विकास शाखाका पशु चिकित्सक नगेन्द्र खड्का र अर्जुनधारा नगरपालिकाका पशुपंक्षी तथा मत्स्य विकास शाखाका प्रमुख पदम राईले तालिम दिनुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उपप्रमुख पराजुलीले पहिला-पहिला खोरेत रोगबारे जानकारी नहुँदा…

Read More

झापा, २९ बैशाख । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा छ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–९ बस्ने नवलपरासी पश्चिम रामग्राम नगरपालिका–७ का ४७ वर्षीय शैलेन्द्र पाण्डे, टोखा नगरपालिका–९ की ३० वर्षीया सुमना अर्याल, काठमाडौँ महानगरपालिका–९ बस्ने खोटाङका ३० वर्षीय विकास सुनार, काठमाडौँ महानगरपालिका–३० बस्ने नवलपरासीपूर्वका ५३ वर्षीय वासुदेव श्रेष्ठ, काठमाडौँ महानगरपालिका–९ बस्ने पाँचथरका ४७ वर्षीय धनबहादुर योङहाङ र नवलपरासीपूर्व देवचुली नगरपालिका–८ घर भएकी ३३ वर्षीया नौमाया आलेमगर छन् । पक्राउ परेकामध्ये शैलेन्द्रले सर्विया, स्लोभाकियालगायतका देश पठाइदिन्छु भन्दै १३ जनाबाट ३५ लाख ७० हजार रुपैयाँ, सुमनाले युएई पठाइदिन्छु भन्दै…

Read More

धरान, २९ बैशाख । सुनसरीको धरान उपमहानगरपालिका–१३ स्थितबाट ४ सय ४० किलोग्राम गाँजा बोकेको एम्बूलेन्स प्रहरीले नियन्त्रणमा लिएको छ । गए राति इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी चेकिङ टोलीले धरान–१३ मा चेकजाँचको क्रममा को.१ च ७३५९ नम्बरको एम्बुलेन्स भित्र प्लास्टिकको बोरामा प्याक गरिराखेको ४ सय ४० किलोग्राम गाँजा बरामद गरेको हो । एम्बुलेन्समा गाँजा बरामद भएसँगै चालक तथा संलग्न व्यक्तिहरुको खोजी कार्य भइरहेको छ । उक्त एम्बूलेन्स बुढासुब्बा डाइग्नोष्टिक सेन्टर प्रालि धरानद्वारा सञ्चालित रहेको खुल्न आएको छ । लागुऔषधको उत्पादन, संचय, बेचबिखन ,ओसारपसार तथा सेवन गर्नु कानुन अनुसार दण्डनीय अपराध हो ।

Read More